जल माफियाहरुदेखि सावधान

भरत दहाल

bharat dahal (1)एमालेभित्रको एउटा गिरोहले गुपचुप ढंगले मोदी सरकारसंग जलश्रोत संबन्धि संझौता गर्न खोजेको प्रयास असफल भएपछि त्यसको बदलामा भारतले नयाँ सर्त अघि राखेको कुरा सार्वजनिक भएको छ। आजका विभिन्न सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार, बिजुलीको व्यापारिक मूल्य तोक्ने संयन्त्र वा निकाय नहुने, त्यसमा निजी क्षेत्रको समेत संलग्नता हुनु नहुने र नेपालले बेच्न चाहेको बिजुलीको मूल्य भारतीय बजारको चलनचल्ती मूल्यभन्दा कम हुनुपर्ने उल्लेख गरिएको छ । जलविद्युत विकासका लागि त्यससँग सम्बन्धित तालिमका कार्यक्रम, दक्षता विकास र परामर्शदाता नियुक्ति प्रक्रियामा ‘व्यापक रुपमा भारतीय पक्षको सहभागिता हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

सर्तमा, ‘नेपालले आफ्नो आवश्यकताको किटान गरिसकेको र यो स्थिर भएकाले नेपाललाई चाहिएजति र खपत हुन सक्ने बिजुली राखिसकेपछि बाँकी भारतकै सर्तमा नेपालले निर्यात गर्नुपर्नेछ वा भारतले किन्ने छ,’ उल्लेख गरिएको छ ।

गुपचुप ढंगले हस्ताक्षर गर्न दिल्ली प्रस्थान गर्न लागेको बेला असफल भएको यो षडयन्त्रमा अन्य दलका व्यक्तिहरुको समेत संलग्नता रहेको कुरा रामशरणको बजेटले नै प्रष्ट पारिसकेको छ तापनि यो एमालेभित्रकै देशद्रोही गिरोहको विशेष पहल हो भन्ने कुरा आम नेपालीहरुलाई सुसूचित गर्न आवश्यक छ ।

महाकालि नदि बेच्दा यो गिरोहले झुठ्ठा प्रचार गरेर भारतसंग अरबौं रुपैया खाएर आफ्नो जमिन र दरबार जोडेको थियो । नेपालको जलश्रोत, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कब्जामा लैजानका लागि सकृय रहेका भारतका बहुराष्ट्रिय कम्पनीहरुका मूख्य एजेन्ट र दलालहरु एमालेको केन्द्रीय समितिमा रहेको यथार्थतालाई यहाँ विशेष रुपमा ध्यान दिन जरुरी मात्र छैन कि अब तिनीहरुको नाम किटान गरेरै नंग्याउन अत्यावश्यक पनि हुँदै गएको छ। मातृभूमीको अस्मिता बेचेर धन कमाउन पल्केका यी अपराधिहरुप्रति कुनै पनि सर्तमा नरम बन्नु हुँदैन । एमाले नेतृत्व चिप्ला शब्दहरुको आवरणमा लुकेको खतरनाक अपराधिहरुको ग्याङ हो ।

(दहालको फेसबुकबाट)

तपाइँको प्रतिक्रिया