सभासदलाइ पाँच करोड, नेपाललाई शक्ति राष्ट्रले खेलाउने खेल ?
● भरत दहाल
सांसदलाई ५ करोडको मुद्दाका बारेमा अझै ठिक ढंगले बहस हुन सकेको छैन । यसलाई
दलहरुको भ्रष्टाचारी प्रवृतिको परिणाम मात्र ठान्नुहुँदैन । मूल रुपमा यो दृष्य कमजोर देशहरुलाई बहुराष्ट्रिय कम्पनीहरु, जो समकालिन विश्वमा अधिराष्ट्रिय शक्ति अर्थात राष्ट्रभन्दा माथिका शक्तिका रुपमा परिचित छन्,को मातहतमा सञ्चालन गर्ने साम्राज्यवादी योजनाको एउटा हिस्सा हो ।
हाम्रै देशको पनि अनéव छ कि कसरी विश्वबैंक, अन्तर्राष्ट्रिय व्यापार संगठन, मुद्राबोष, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका बहुराष्ट्रिय कम्पनीहरुले भएको आर्थिक–सामाजिक संरचनालाई छिन्नभिन्न पारेर आफ्नो रणनीतिको मातहतमा लैजान सफल भए ? ऋण सहयोगका लागि तिनीहरुले संरचनागत समायोजनका नाममा सर्तहरु लादेर आर्थिक–सामाजिक एवं साँस्कृतिक संरचनालाई खल्बल्याईसकेपछि शासन प्रणालिको अधिराष्ट्रियकरण गर्न सुरु गरेका छन् ।
राज्यलाई जनताप्रतिको उत्तरदायीत्वबाट अलग गरेर यसलाई बहुराष्ट्रिय कम्पनीहरुको स्वार्थको समन्वय गर्ने संस्थाका रुपमा सिमित गर्नु यसको मूख्य उद्देश्य हो । यसका लागि तिनीहरुले आम मानिसहरुको दैनिक जीवन प्रणालिको निजीकरण गर्दछन् । शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, विद्युत, खानेपानी जस्ता राज्यको जरुरी दायीत्वभित्र पर्ने विषयको नीजिकरण गराएर बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना एजेन्टहरु तयार पारेर यी सबै क्षेत्रमा आफ्नो लगानी सुदृढ गर्दछन् ।
५ करोडको कुरा यहि योजनासंग जोडिएको छ। यसका पछाडि जनताको करमाथि लुट मचाउने कुत्सीत मनशाय त छ नै तर यो भन्दा ठूलो षडयन्त्र के हो भने विकास निर्माका कामहरु साँसदहरुको स्वविवेकको मातहतमा गएपछि उक्त रकमको लगानी त्यो क्षेत्रमा मात्र हुनेछ, जो विदेशि मालको बजार सúमतासंग जोडिएको छ । विदेशीहरुको बजारलाई सुदृढ गर्नकाल लागि कुनकुन क्षेत्रमा लगानी गर्ने भन्ने कुरा यसको चुरो सरोकारको विषय हो ।
यसैका लागि चुनाजवी प्रकृयालाई तिब्र रुपमा माफियाकरण गरेर सर्वसाधारण जनताको पहुँचबाट बाहिर लगिंदैछ र यसलाई अत्यधिक खर्चिलो बनाईंदैछ । गएको चुनावमा सबैजसो दलमा पैसा भुक्तानि गर्नसक्ने तस्करहरुले टीकट पाएर सांसद बन्न सफल भएको घटनाहरु हामीले भोगिसकेका छौं। यीनै तस्करहरु बहुराष्ट्रिय कम्पनीका एजेन्टहरु हुन्छन् र तिनीहरुले नै नीति निर्माणमा बहुराष्ट्रिय कम्पनीहरुका लागि काम गर्दछन्। अहिले बाहिरका तस्करहरु मात्र होइन, प्रत्येक दलहरुको मूख्य जिम्मेवारीमा यस्ता एजेन्टहरुको नियुक्ति भैसकेको छ। नेता र साँसदहरु अनुत्तरदायी बन्दै जानुको कारण दलालले गर्नुपर्ने दायीत्वको निर्वाहले काम गरिरहेको छ ।
(दहालको फेसबुकबाट)




