युरोप कांग्रेस मेलमिलापका भित्रि रहस्य
युरोप महादेशभित्र नेपाली कांग्रेसको जनवर्गिय संगठन धेरै देशमा छन् । तिभित्र बिबाद रहँदै आएको थियो । दुई पक्षबिचको किचलो र बिबादले गर्दा महाधिबेशनसमेत हुन सकेको थिएन । तर अब भने बिवाद हालकालागि साम्य बनाएको घोषणा गरेका छन् । किनभने दुबै कांग्रेसको संयुक्त बिज्ञप्तीले त्यहि भन्छ । तर बिज्ञप्ती जसरि आएको छ कांग्रेसको मेलमिलापको भित्रि पाटो भने अलग छ । बिज्ञप्तीमा नभएको त्यो भित्रि रहस्य नेपालप्लसले पत्ता लगाएको छ ।
बेलायत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग, स्पेन, पोर्चुगल, इटाली, डेनमार्क, पोल्याण्ड र स्वीट्जरल्याण्ड जस्ता धेरै नेपाली भएका देशमा नेपाली कांग्रेसको बिदेश शाखा नेपाली जनसम्पर्क समिति गठन भएका छन् । तर ति बिवादमा थिए । त्यसैले धेरै ठाउँमा अधिबेशन हुनै सकेको थिएन । भएकापनि बिवादमा थिए । नेपाली कांग्रेसका ५०० कृयाशील सदस्य रहेका जनसम्पर्क समितिहरूलाइ विधानमै व्यवस्था गरेर नेपाली काँग्रेसको गत बाह्रौ महाधिवेशनमा सहभागी हुन पाउने निर्णय भएको थियो । तर युरोपमा नेपाली कांग्रेसको बिवादले गर्दा त्योपनि बिवादमा पर्यो । तर गत जुन सातका दिन स्पेनको बार्सिलोनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महतको उपस्थितिमा युरोपका नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलाले तत्कालकालागि बिवाद समाधान गरेको छ ।
बार्सिलोनामा भएको कांग्रेसको भेलाले निम्न पाँच बुँदे सहमती गरेको छ :
● नेपाली जनसम्पर्क समिति गठन भएका सबै देशका बहालवाला अध्यक्षहरू पदेन सदस्य रहने
● सबै देशका निवर्तमान अध्यक्ष तथा भूपु अध्यक्षहरू पदेन सदस्य रहने
● २७ सदस्यबाट नबढ्ने गरी बाँकी रहेका सदस्यहरू संयोजकले मनोनित गर्ने छन्
● नेदरल्याण्ड भेलाले स्थापना गरेका कार्यदलहरूलाइ कायम राख्ने
● अधिवेशन सम्पन्न गर्नको लागि आवस्यक बाँकी उपसमितिहरूको स्थापना र चयन संयोजकले यथाशिघ्र गर्ने
नेदरल्याण्डमा भएको युरो कांग्रेसको भेलाले युरो कांग्रेसको युरोप अधिबेशन गर्न भनेर बिभिन्न उपसमितिहरु गठन गरेको थियो । बिज्ञप्तीमा त्यो उपसमिति भंग भएको उल्लेख छैन । तर बार्सिलोनामा अधिबेशन गर्नको लागि नयाँ उपसमितिहरु गठन गर्ने भन्नासाथ पुराना उपसमितिहरु स्वत : भंग भएको हो । अब बन्ने नयाँ उपसमितिहरुमा त दुबै पक्षका स्वत परिहाल्छन् ।
नेदरल्याण्ड भेलाले गठन गरेको कार्यदल कायम राख्ने भन्नासाथ गंगाधर गौतम र दिल गुरुङ पक्ष (जसलाई कतिले देउवा पक्ष भन्छन्) मात्रै पर्दैनन् । किनभने युरोपका जति देशमा कांग्रेसको भात्रि संगठन नेपाली जन सम्पर्क समिति छ ति सबै देशका बहालवाला अध्यक्षहरू पदेन सदस्य रहन्छन् । त्यसैगरि सबै देशका निवर्तमान अध्यक्ष तथा भूपु अध्यक्षहरू पदेन सदस्य रहन्छन् । यसो गर्नासाथ कोइराल पक्ष भनेर चिनिँदै आएको इन्द्र क्षेत्री, सिता सापकोटा र ध्रुव पौडेल पक्षकापनि स्वत : पर्छन् । बार्सिलोना भेलाले नेदरल्याण्डमा गरिएको अधिबेशन तयारि समितिलाई नमान्ने निर्णय गरेको प्रस्ट छ । तर बिज्ञप्तीमा स्पष्ठसित योपनि उल्लेख छैन ।
युरोपमा कांग्रेसको बिवाद मुख्यगरि सन् २०१० देखिको हो । सन् २०१० मा वार्सिलोनामा भएको नाट्रयशाला पछि वार्सिलोनाबाट मोटरमा बेल्जियममा फर्किँदै गर्दा त्यो समिति कांग्रेसका केहि नेता मिलेर अफूखुशि जन्माइएको आरोप लाग्दै आएको हो । त्यसैले यसमा ध्रुव पौडेल, इन्द्र क्षेत्री र सिता सापकोटा पक्षले असहमती गर्दै आएका थिए । मनोमानी ढंगले आफ्ना पक्षका मानिस राखेर समिति गठन गरेको भन्दै कोइराला पक्ष भनिएकाहरुले त्यो भंग नभएसम्म सहमती हुन नसक्ने अडान राख्दै आएका थिए । गंगाधर गौतम पक्षले गठन गरेको त्यो समितिमा ४३ जना थिए । त्यसमध्ये २५ जना बेल्जियमका थिए । ति अधिकांश गौतम पक्षकै भएको आरोप इन्द्र क्षेत्री, सिता सापकोटा र ध्रुव पौडेल पक्षले आरोप लगाउँदै आएका हुन् । त्यो समिति भंग हुने भए पछि मात्र कोइराला पक्ष भनिएकाहरु सहमती प्रकृयामा सामेल हुने भएका हुन् । यसमापनि कोइराला पक्षकै हात माथि परेको देखिन्छ । युरो कांग्रेस भन्ने नामनै हटाएर नेपाली जनसंपर्क समिति युरोप भन्ने स्थापित गरिनु उनीहरुको अर्को बिजय हो । त्यसैगरि बार्सिलोनामा नेपाली जनसंपर्क समिति युरोप भनेर २६ सदस्यिय समिति गठन गठन गरिएको छ जसमा दुबै पक्षका छन् । त्यसैगरि, वार्सिलोनामा हुने घोषणा गरेको अधिवेशन गर्नको लागि आवश्यक पर्ने सबै उपसमितिहरू संयोजकले गठन गर्ने र मनोनित गर्ने निर्णय भएको छ । दिल गुरुङ संयोजक छन् भनेर उनीहरु खुशि देखिन्छन् । तर दिल गुरुङ एक्लैले आफुले चाहेका सदस्य मात्रै समितिमा राख्न पाउने होइनन् ।
दिल गुरुङको संयोजकत्वमा गठित २६ सदस्यिय नयाँ समिति बनेपछि यता दिल गुरुङ र गंगाधर पक्ष भनिएकाहरु हामीले जित्यौं, हाम्रै एजेण्डा पास गराइयो, अर्को पक्षलाई झुकाईयो भनेर मख्ख परेका छन् । खासगरि बेल्जियमा देउवा पक्षको त्यहि दाबी सुनिन्छ । तर यता इन्द्र क्षेत्री, सिता सापकोटा र ध्रुव पौडेलको टोली पनि उसैगरि दंग छ । किनभने नेदर्ल्याण्डमा गठित युरो कांग्रेसनै भंग भएको छ । अनि नेदरल्याण्डमा गठित ४५ सदस्यिय समितिपनि भंग भएर नयाँ समिति बनेको छ ।
युरोपमा देखिएको कांग्रेस बिवाद देउवा पक्ष र कोइराला पक्ष भनिएपनि वा त्यसरि ब्याख्या गरेपनि सबैको हकमा त्यो लागू भएको देखिन्न । किनभने बेल्जियमका गंगाधर गौतम पक्षलाई देउवा पक्ष भनिएपनि उनैतिर देखिएका दिल गुरुङ आफूलै देउवा पक्षको वा अलग खेमाको रुपमा स्विकार गर्दैनन् । बरु दिल गुरुङले गिरिजा प्रसाद कोइरालाकै प्रशंसा गर्दै बिज्ञप्तीमा उल्लेख गरेका छन् “२००४ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति श्री गिरिजा प्रसाद कोइरालाबाट मलाइ प्राप्त निर्देशन बमोजिम २००६ सालमा गठित यस समितिमा विगत केहि वर्षदेखि कायम रहेको वाद विवाद र मत मतान्तरका कारण युरोपमा काँग्रेसको अभियानमा ठूलो अवरोध पुग्न गएको कुरा हामी सबैलाइ महसूस भएको छ ।” तर देउवा पक्षका कार्यकर्ता बढि गंगाधर गौतम र दिल गुरुङतिर देखिनु, देउवा पक्षकै नेता प्रकाशशरण महत आएर नेदर्ल्याण्डमा मे २७ मा युरो कांग्रेसको भेला उद्घाटन गर्नु, त्यसमा कोइराला कांग्रेसतिर निकट भनिएकाहरुले आलोचना गर्दै अनुपस्थित रहनुले यि दुई पक्षलाई देउवा र कोइराला पक्षका नै हुन् भनेर बुझ्न सहयोग पुर्याँएको छ
नेपाली जनसंपर्क समिति युरोपको प्रेस बिज्ञप्ती हेर्नुस्
नेपाली जनसम्पर्क समिति यूरोपको प्रेस बिज्ञप्ति
युरोप महादेशमा नेपाली काँग्रेसको सिद्दान्त र आदर्शलाइ फैलाउने हेतुले २००६ सालमा तत्कालीन पार्टी बिदेश प्रमूख सुजाता कोइरालाको उपस्थितिमा बर्लिनमा गठन भएको नेपाली जनसम्पर्क समिति युरोपको पहलकदमीमा नेपालीहरूको घनिभूत वसोवास रहेका बेलायत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग, स्पेन, पोर्चुगल, इटाली, डेनमार्क, पोल्याण्ड र स्वीट्जरल्याण्डमा नेपाली काँग्रेसको बिदेश शाखा नेपाली जनसम्पर्क समिति गठन भै ती समितिका अधिवेशनहरू सम्पन्न भैसकेको कुरा सगर्व जानकारी गराउँदछु । बाँकी रहेका देशहरूमा समेत तदर्थ समितिहरू बनिसकेका र ति समितिहरू अधिवेशनको तैयारीमा रहेका छन् भने अरू देशहरूमा पनि समितिहरू गठन गर्ने तैयारी भैरहेको छ ।
यस बीचमा बिभिन्न देशमा रहेका विवादहरूलाइ यस समितिले सुझबुझपूर्ण ढँगले समाधान गरेको छ । नेपाली काँग्रेसका ५०० कृयाशील सदस्य रहेका जनसम्पर्क समितिहरूलाइ विधानमै व्यवस्था गरेर नेपाली काँग्रेसको गत बा-हौँ महाधिवेशनमा सहभागी गराइनु हाम्रा लागि गर्वको विषय हो । यस कार्यमा जनसम्पर्क समिति युरोपको महत्वपूर्ण भूमिका रहेको कुरा सर्विदितै छ । त्यसै गरि गैर आवासीय नेपाली सँघले शुरू गरेको अभियानमा पनि यस समितिले होस्टेमा हैँसे गर्दै आएको छ । एक पल्टको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ एनआरएनले अघि सारेको दोहोरो नागरिकताको मुद्दामा यो समितिले ऐक्यबद्दता जाहेर गर्दै आएको छ । उसै गरि प्रवाशमा सास्तीमा परेका नेपालीहरूको सहयोगको लागि विभिन्न राष्ट्रमा सकृय रहेका जनसम्पर्क समितिहरू मार्फत बिभिन्न कदमहरू चालिएका छन । अन्य महादेशमा पनि नेपाली काँग्रेसको महादेशीय ढाँचा निर्माण गर्दै ग्लोबल डायस्पोरा काँग्रेसको परिकल्पनालाइ मूर्त रूप दिने महा-अभियानमा सकृय हुन म विश्वभरी रहनु भएका नेपाली काँग्रेस समर्थक समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
२००४ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति श्री गिरिजा प्रसाद कोइरालाबाट मलाइ प्राप्त निर्देशन बमोजिम २००६ सालमा गठित यस समितिमा विगत केहि वर्षदेखि कायम रहेको वाद विवाद र मत मतान्तरका कारण युरोपमा काँग्रेसको अभियानमा ठूलो अवरोध पुग्न गएको कुरा हामी सबैलाइ महसूस भएको छ । आपसी मतमतान्तर र वादविवादकै कारण काँग्रेसको गत महाधिवेशनमा ५०० कृयाशील सदस्य नपुगेका तर कार्यक्षमता, कुशलता र योगदानमा उत्कृष्ट रहेका जनसम्पर्क समितिहरूलाइ जनसम्पर्क समिति युरोप मार्फत प्रतिनीधित्व दिलाउने हाम्रो प्रयास सफल हुन सकेन । यसै तथ्यलाइ हृदयँगम गर्दै युरोप भरीका देश भित्र रहेका मतमतान्तरहरूलाइ विधिवत रूपमा अधिवेशनहरू सम्पन्न गरि न्युनिकरण गर्दै लगिएको छ । त्यसै गरि युरोप महादेशमा रहेका आम कार्यकर्ताहरू बीचमा रहेका मतान्तरहरूलाइ व्यवस्थापन गर्ने क्रममा सबैलाइ समेटेर यसलाइ सबै काँग्रेसको साझा मञ्च बनाउने हेतुले नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.प्रकाश शरण महतको विशेष उपस्थिति र निर्देशनमा स्पेनको बार्सिलोनामा भएको विशेष बैठकमा देहाय बमोजिमका निर्णयहरू भएको जानकारी गराउँदछु –
नेपाली जनसम्पर्क समिति युरोपको आसन्न वार्सिलोना महाधिवेशन भव्य एवम् सभ्य रूपमा सम्पन्न गर्नको लागि अध्यक्ष दिल गुरूँगको संयोजकत्वमा देहाय बमोजिमको एक अधिवेशन तैयारी समिति गठन गरिएको छ-
१-नेपाली जनसम्पर्क समिति गठन भएका सबै देशका बहालवाला अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।
१-सबै देशका निवर्तमान अध्यक्ष तथा भूपु अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।
३-२७ सदस्यबाट नबढ्ने गरी बाँकी रहेका सदस्यहरू संयोजकले मनोनित गर्ने छन् ।
४-होल्याण्ड भेलाले स्थापना गरेका कार्यदलहरूलाइ कायम राखिएको छ ।
५-अधिवेशन सम्पन्न गर्नको लागि आवस्यक बाँकी उपसमितिहरूको स्थापना र चयन संयोजकले यथाशिघ्र गर्ने छन् ।
सबैको अस्तित्व र सम्मान नेपाली काँग्रेसको मूल मन्त्र हो । विगतमा जानी वा नजानी भएका कमी कम्जोरीहरूको सामूहीक जिम्मेवारी लिँदै सबैको लागि मञ्च खुल्ला भएको मैले ठानेको छु । अब जनमतको कदर गर्दै सबै साथीहरू स्वच्छ प्रतिस्प्रधामा लाग्नुहुनेछ भन्ने मैले विस्वास लिएको छु । सँगठनको जीत नै सबैको जीत हो । नेपाली जनसम्पर्क समिति युरोपको आवस्यकता सबैलाइ महसूस भएको यस घडीमा यस समितिको स्थापना देखि आजको मितिसम्म पदीय जिम्मेवारीमा बसेर वा नबसेर नेपाली काँग्रेसको युरोपीयन अभियानमा भूमिका निभाउनुहुने सबै साथीहरूलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
यस समितिमा रहेर असहयोग गर्ने वा बाहिरबाट समेत बिरोध जनाउने साथीहरूको भूमिकालाइ समेत प्रजातान्त्रीक अभ्यासको रूपमा कदर गर्दै आसन्न महाधिवेशनले सबैको अस्तित्व र भूमिका सुनिश्चित गर्ने अटल विस्वासका साथ सबैमा सहमति,सहकार्य र एकताको लागि हार्दिक आह्वान गर्दछु । साथै अधिवेशन सम्पन्न गर्नको लागि आवस्यक उपसमितिहरू छिट्टै गठन गरिने जानकारी गराउँदछु । जय नेपाल ।
दिल गुरूँग
अध्यक्ष नेपाली जनसम्पर्क समिति युरोप ।




