‘युरो कांग्रेस’मा दुबै पक्षले झुकाए, दुबैले जिते
केहि वर्ष भयो युरोपमा नेपाली कांग्रेसको किचलो, बिबाद र एक खाले भाँडभैलो भएको । कोहि कोइराला खेमा र देउवा खेमा भन्छन् । कोहि युरोपमा आआफ्नै पदको लागि झगडा भन्छन् । कोइराला र देउवा पक्ष वा अन्य कुनै पक्ष भनेपनि दुई थरीको किचलो, पानी बाराबारकै स्थिति थियो । झन गत मे २७ मा युरो कांग्रेसको युरोपेली भेला भन्दै नेदरल्याण्डमा भेला गरेपछि त झन चर्किएको थियो । तर अब भने किचलो मिल्ने भएको छ । गत हप्ता बार्सिलोनामा भएको एन आर एन युरोपेली भेलामा बैठक गरेर उनीहरु दुबै पक्षलाई मान्य हुने बिकल्प निकालेका हुन् ।
युरो कांग्रेसका बिभिन्न देशमा कमिटी छन् । युरोपका जुन जुन देशमा कमिटी छन् ति सबै देशका जनसंपर्क समितिका अध्यक्षहरू, सल्लाहकार, भुपु अध्यक्ष र निर्तमान अध्यक्षहरू सदस्य रहनेगरि अधिबेशन तयरि समिति बनाउने । सबै देशका नेपाली जनसंपर्क समितिलाई मान्यता दिएर समेट्ने । सबैलाई मिलाएर बन्ने अधिबेशन आयोजक कमिटीले बिधान बनाउने देखि अधिबेशनका सबै काम गर्ने । मुख्य यहि निर्णयमा सहमती गरेका हुन् । यहि निर्णयलाई कांग्रेस केन्द्रिय सदस्य प्रकाशशरण महतले ‘तपाईहरुले नेपाली कांग्रेसको आउने महाधिबेशनबाट युरो कांग्रेसको मान्यता पाउनुहुन्छ । बाँकी जे निर्णय गर्ने हो मिलेर गर्नुस्’ भन्दै सहमतीमा हस्ताक्षर गरेका थिए ।
त्यो भेलामा युरोपमा रहेका कांग्रेसका हस्ती भनिने सिता सापकोटा, इन्द्र क्षेत्री, दिल गुरुङ, लगायतका थिए । ध्रुव पौडेल र गंगाधर गौतम, बिबादमा नदेखिएका शरण केसी लगायतका केहि हस्ती भने अनुपस्थित थिए । यो निर्णयमा दिल गुरुङ र अर्को सिता सापकोटा, इन्द्र क्षेत्रीहरुको पक्ष भनिने दुबैले सहमती गरेका थिए । यि दुई पक्षलाई देउवा र कोइराला पक्ष भन्नेपनि छन् । तर कांग्रेस बिबादमा खरोसित उत्रिने आफ्नो छुट्टै खेमा बनाएका गंगाधर गौतमले यो सहमतीलाई मान्लान् कि नमान्लान् भन्ने द्विबिधा रहेको स्रोतले बतायो । त्यै कारणले गर्दा सहमतीमा हस्ताक्षर गर्न ढिलो भएको हो । तर यसैमा सहमती हुने संभावना बलियो छ ।
रमाईलो के छ भने यता कोइराला पक्ष भनिएकाहरु ‘हामीले जित्यौं’ भनेर रमाईरहेका छन् । किनभने युरो कांग्रेस देउवा पक्षले नेपाली कांग्रेसको बिधान बिपरित बनाएको आरोप लगाएर त्यसलाई भंग गर्ने माग गरेका थिए । त्यसैले सबै जनसंपर्क समितिका अध्यक्ष र सल्लाहकार समेत समेटेर महाधिबेशन गर्ने निर्णय आफ्नो जित भएको दाबी गरेका छन् । उता देउवा पक्षकाहरुले चाहिँ युरो कांग्रेस आफैंले बनाएकोले त्यसलाई मान्यता दिएर कोइराला कांग्रेस आउनु, युरो कांग्रेसले मान्यता पाउनुनै आफ्नो जित भएको, कोइराला कांग्रेसलाई नुघाएर आफ्ना शर्तमा ल्याइछाडेको भन्दै खुशि भएका छन् ।
तर कांग्रेस भित्र अन्य नेता र कार्यकर्ताको गुनासो र असहमतीपनि देखिन्छ । कांग्रेसका जर्मनी निवासी युवा नेता शरण केसीले स्पेनमा दुई पक्षले गरेको सहमतीमा आपती जनाउँदै आफ्नो फेसबूकमा लेखेका छन् “जनसंपर्क समिती यूरोपले पाँच, छ ब्यक्ती मिलाउँदै मिल्ने अनी बाँकी भएका कांग्रेस चै यिनका खेतला हुन क्या हो ? की पेवा हो भनुँ, अरु चुप लागेर बस्छन ।” उनको भनाईमा सहमती जनाउँदै स्विजरल्याण्डको जनसंपर्क समितिका पूर्व अध्यक्ष गुणराज पौडेलले झन तिखो प्रहार गरेका छन् छन् “शरण ब्रो, युरोपमा रहेका जनसम्पर्क समितिहरुको पूर्ण सहभागिता बिना जनसम्पर्क समन्वय समिति युरोपको कुनै अर्थ नै छैन र हुनु पनि हुँदैन । जहाँसम्म दुई चार जना व्यक्ति मिल्दैमा भन्ने कुरा छ हिजो कहाँ कसले के गरे त्यो थाहा छैन र कसैले मै हुँ भने त्यो पनि थाहा छैन । तर गत हप्ता बार्सिलोनामा समग्र सबै युरोपमा रहेका जनसम्पर्क समितिहरु सहभागितामा जनसम्पर्क समन्वय समिति युरोपको अवधारणा अगाडी बढाउनु पर्छ भन्ने मान्यतामा केहि निर्णय भएका छन । हेरौं युरोपको कांग्रेस हाँक्छु भन्नेहरुले कसरि लिन्छन त्यसका लागि केहि दिन कुर्दा नै उपयुक्त होला । नत्र आफ्नै पेवा ठानेर यो र त्यो भन्न थाले भने तपाइँ हामीले सधै भन्ने गरेको कुरा छँदै छ नि ।”




