सबैभन्दा ठूलो बन्छ बाबुरामको पार्टी

baburam-bhattarai_8

भट्ट्टराईले धेरै समयदेखि एकिक्रित माओवादीमा बहुमत भनिएको प्रचण्ड पक्षसित बार्गेनिङ गर्दै आए । केन्द्रिय समिति, पोलिटब्युरो, स्थायी समिति सबैमा यति सिट चाहिन्छ भन्ने । बार्गेनिङ नमिले बैठकनै बहिस्कार गर्ने । यो घुर्की, धम्की, चेतावनी केहि समय चल्यो । अब भने नयाँ पार्टीका लागि भट्टराईले तयारि पुरा गरे जस्तो छ । अहिले भट्टराईले समानान्तर पार्टी गठनको खाकानै तयार गरेर भित्रि काम थालेका छन् । अब भने उनले पदका लागि घुर्की मात्रै लगाएको नहुन सक्छ । किनभने केन्द्रदेखि जिल्ला र राज्य इन्चार्ज, प्रचार प्रसार र महिला, सञ्चार देखि एन जिओ सम्म कसले हेर्ने भनेर इन्चार्ज तोकिएको छ । त्यसैले केहि ढिलो भएपनि भट्टराई प्रमुख बनेर अर्को पार्टी घोषणा हुन्छ हुन्छ । यो पार्टी अरुले अनुमान गरेको जस्तो सिपी मैनालीको झैं नभएर ठूलो पार्टी बन्ने छ । 

जतिसुकै बुर्जुवा शिक्षा भनेर उफ्रिएपनि कम्युनिष्ट पार्टी भित्रैपनि उच्च शिक्षा लिएकाहरुले विशेष स्थान पाउँछन् । बुर्जुवा शिक्षाबाटै डाक्टरी पाएका भट्टराईले नत्र डा लेख्दैनथे होला । उनको डाक्टरी देखेरै सोझासाझा, केहि बुद्देजिवी ‘यस्तो पढेको मान्छेले केहि गर्ला’ भनेर पछि लाग्छन् । नेपालमा कम्युनिष्ट आकर्षण र प्रभाव उच्च छ । त्यो प्रभावलाई नगद गर्नपनि भट्टराईले कम्युनिष्ट शब्द पार्टीको नाममा झुण्ड्याउँछन् । केहि लोकप्रिय नारा दिन्छन् । त्यसैले एक खाले कम्युनिष्टहहरु मुक्तिको आशा गर्दै उनको पार्टीमा गोलबन्द हुने छन् । कम्युनिष्ट शब्द, ढाँट्ने, छल्ने, पार्टी ठूलो बनाउने, मोज गर्ने मसला बनिरहेकै छ नेपालमा ।

उनी पूर्ण रुपमा पूँजीवादी चिन्तनका भैसके । पूँजीवादकै पक्षधर बनिसके । भनिसकेका छन् ‘नेपालमा राजैतिक क्रान्ति पुरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ ।’ यो भनेकै पूँजीवादी आर्थिक विकासको कुरो हो । पूंँजीवादी धारणा हो । त्यसैले पूँजीवादीहरुकालागि भट्टराईको पार्टी आकर्षण बन्न सक्छ । अर्थात् एमाले, नेपाली कांग्रेस र अन्य दलका कार्यकर्ताका लागि उनको पार्टीमा स्थान हुन्छ । भारतीय संलग्नता, भारतीय समर्थकहरुका लागि त झन सबैभन्दा राम्रो पार्टी भट्टराईकै हुन सक्छ । भारतमै शिक्षित र दिक्षित । भारतीय आर्थिक विकास र त्यसको मोडलबाट प्रभावित । भारतीय धेरै नेतासितको निकटता । प्रधानमन्त्री हुँदापनि विमानस्थलको सुरक्षा भारतलाई दिन तम्तयार बनेका । उनले भारतीय नेताहरुलाई रिझाएका, प्रभावित पारेका छन् । त्यसैले भारतीय सहयोग उनको पक्षमा हुन्छ । भारतीय सहयोग भएपछि नेपालमा पार्टीहरु यसै फस्टाउँछन् । मधेशी दलहरुलाईपनि भारतले हप्काउन सक्छ ‘भट्टराईसित मिल, भट्टराईको दललाई सहयोग गर’ भन्दै । मुक्तिका कुरा नछोड्ने भएकाले उपेन्द्र यादवको मधेशी जन अधिकार फोरमसम्म भट्टराईको पार्टीमा अटाउन सक्छ ।

जनयुद्द बिसाएर शान्ति सम्झौतामा ल्याउन मुख्य भूमिका खेलेका भनिएका भट्टराईको निति र आर्थिक विकासको गफ पश्चिमाहरुलेपनि रुचाएका छन् । अर्थात् भट्टराईको आर्थिक विकासको निति र पिएचडीको ब्यक्तित्वबाट उनीहरु प्रभावित छन् । त्यसैले पश्चिमा देशहरुको साथपनि भट्टराईको पक्षमा हुन सक्छ । पूँजीवादी, समाजवादी, कम्युनिष्टको नाम र केहि अवशेष भएको हुन्छ उनको पार्टी । अर्थात खिचडी पार्टी । सबै पार्टीका, सबै राज्य प्रणालीका टिपनटापन पाइने पार्टी । त्यसैले अन्य पार्टीबाट कारवाही भोगेका, कांग्रेस र एमालेमा स्थान नपाएका, चिढिएका, निस्क्रिय भएर बसेका सबैलाई मिल्ने पार्टी बन्छ भट्टराईको । मधेशी दल, एमाओवादी, एमाले, राप्रपा जस्ता पार्टीका जो विकास, स्वतन्त्रता र अलिकति आदर्शको गफ गर्छन्  तिनका लागिपनि सुहाउँने पार्टी बन्छ । जो पनि अटाउन शक्ने भएकाले केहि समयकालागि भट्टराईको पार्टी ठूलो हुन सक्छ ।

तपाइँको प्रतिक्रिया