कड्की कड्की आपत्ती जनाएपनि ‘युरो कांग्रेस’को भेला फत्ते

सन्तोष न्यौपाने / बेल्जियम

santosh-3

जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेशनको मिति घोषणा सँगै यसमा रहेको विवाद पनि टुंगिएको दाबी गरेका छन् । युरोपियन कांग्रेसमा रहेका केहि असन्तुण्ट पक्षहरुले युरो कांग्रेसलाई अवैधानिक तथा महाधिवेशन गर्नुपर्ने  अडान राख्दै आएका थिए । तर उनिहरुको यो अडानलाई हिजो नेदरल्याण्डमा सम्पन्न जनसम्पर्क समिति युरोपको भेलाले केहि हदसम्म साम्य बनाइदिएको छ ।

अबको छ महिना पश्चात अर्थात नोभेम्वर २९ र ३० का दिन स्पेनको बार्सिलोनामा जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेशन गर्ने निर्णय गरिएको छ । यो महाधिवेशनमा युरोपभरि रहेका जनसम्पर्क समितिहरुबाट आउने प्रतिनिधिहरुबाट अर्को नयाँ कार्यसमिति बन्नेछ । तर उक्त महाधिवेशनमा सहभागि हुन कस्ता ब्यक्तिहरुले भोट गर्न पाउने तथा उम्मेदवारि दिन पाउने लगायतका अनेकौ विषयहरुमा केन्द्रित रहेर विधान निर्माण गरिने भएको छ । जसको जिम्मा पोर्चुगलका भिम कमल केसिको संयोजकत्व रहने गरेर विधान निर्माण समिति गठन भएको छ । त्यस समितिमा सदस्यहरु सन्तोष श्रेष्ठ लगायत अन्य केहि ब्यक्तिहरु पछि थप गरिनेछ ।

तिन छुट्टाछुट्टै विषयहरुमा तिन प्यानलहरु निर्माण गरेर विषयगत छलफल गरिएको थियो । उत्त प्यानल र उपस्थितहरुले निकालेको निर्णयलाई संयोजक तोकेर नयाँ समितिले कार्य गर्ने योजना तर्जुमा गरिएको थियो । उक्त समितिले आगामि महाधिवेशनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्ने र ति कार्यक्रमहरु महाधिवेशनबाट पारित भएको खण्डमा लागु गरिने छ । जसअनुसार जनसम्पर्क समितिहरुको संस्थागत विकास कसरि गर्न सकिन्छ भन्ने विषयमा वृहत छलफल आगामि महाधिवेशनमा स्पेनका एकराज गिरिको संयोजकत्वमा रहेको टोलीले आफ्नो कार्यपत्रमार्फत प्रस्तुत गर्ने छ ।

santosh-1

जनसम्पर्क समिति युरोप र नेपाली कांग्रेस केन्द्रिय कमिटि बिचको सम्बन्धको लागि छुटटै कार्यदल निर्माण गरिएको छ । दिल गुरुङको संयाजकत्वमा पुर्ण हमाल, गंगाधर गौतम र हरि पौडेल रहेको कार्यदलले जनसम्पर्क समितिहरुको ऐक्यबद्दता, मजबुतिकरण तथा शुद्धिकरणमा नेपाली कांगेंसको भूमिकालाई कसरि शसक्त बनाउन सकिने छ भन्नेमा कार्य गर्ने छ । त्यस्तै, जनसम्पर्क समितिको कोष अभिवृदि तथा परोपकारि कोष कसरि खडा गर्न सकिन्छ भन्ने विषयमा देव पौडेलको संयोजकत्वमा छुटटै कार्यदल निर्माण गरिएको छ । यो कार्यदलले आवश्यक छलफल अनुसन्धान गरेर समितिको कोष स्थापनार्थ आवश्यक निति तथा रणनितिहरु संरचना संबन्धि कार्यपत्र आगामि अधिवेशनमा प्रस्तुत गर्ने छ । कार्यपत्र पारित भएमा कार्यान्वयनमा ल्याइने छ ।

हिजोको कार्यक्रममा असन्तुष्ट पक्षधर मानिनेहरुको उपस्थिति भने न्युन देखिएको थियो । तरपनि अघिल्ला कार्यक्रमहरुमा झैं भाँडभैलो र अब्यस्थित भने थिएन । शुरुको कार्यक्रम जनसम्पर्क समिति नेदरल्याण्डसले संचालन गरेको थियो । त्यस कार्यक्रम मार्फत उक्त समितिको वार्षिक साधरणसभा सम्पन्न गरिएको थियो । कार्यक्रममा एन आर एन बेल्जियमको तर्फबाट अतिथिको भूमिकामा गएका एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले युरो कांग्रेसका संयोजकलाई नमान्ने जनाएपछि अहिलेका संयोजक दिल गुरुङ कडकिएका थिए । बाहिर बसेर क्रिया प्रतिक्रया दिनेहरु मंचमै आएर आफनो असन्तुष्टि पोख्न थालेका थिए ।

santosh-2

यता नेपालबाट आएका पुर्व उर्जा मन्त्रि प्रकाशशरण महतले आफ्नो भुमिका राम्रैसँग प्रस्तुत गर्न भ्याएका थिए । नेपाली कांग्रेसका केक्द्रिय नेताहरुकै कारण जनसम्पर्क समितिहरुमा विभाजन आएको बताउँदै उनले आफू लगायत अन्य नेताहरु मिलेर समितिहरुलाई एकबद्ध रुपमा लैजाने बताए । नेता महतले युरो कांग्रेस बैधानिक रहेको आशयको मन्तब्य दिएका थिए । अबका केहि दिनपछि यसमा रहेको विवाद साम्य हुने जानकारिपनि उनले दिए । बेल्जियम आउँदै गरेका महतले यो समस्या तथा जुँगाको लडाइँलाइ कुन हदसम्म साम्य पारेर जाने हुन त्यो चाहिँ हेर्न बाकि नै छ ।

त्यस्तै, सामाजिक संजालमा नेपाली कांग्रेस युरोपका नेतृत्वकर्ताहरुलेनै लेखेजस्तो विवाद, रुवाबासि तथा अन्य समस्याहरु कार्यक्रम स्थलमा देखिएन । नेपाली जन सम्पर्क समिति नेदरल्याल्याण्ड्सको कार्यक्रम पश्चात जनसम्पर्क समिति युरोपका महामन्त्रि गंगाधर गौतमले स्टेज संचालन गरेका थिए । त्यसपछि भने सामान्य विवाद भएको थियो । विवाद सिर्जना गर्नेहरुमा एन आर एन बाट अतिथिको आतिथ्यता ग्रहण गर्न गएका बेल्जियमका अध्यक्ष प्रेम गुरुङ र जनसम्पर्क समिति नेदरल्याण्डसका सल्लाहाकार प्रेम गुरुङनै रहेका थिए ।’

‘हामी नेदरल्याण्ड्सले कार्यक्रम आयोजना गर्ने भनेर आएका हौं गंगाधर गौतमलाई किन दिइयो ? यसैमा हाम्रो विरोध हो ।’ प्रेम गुरुङले भने ‘अवैधानिक समितिका पतित ब्यत्तिहरुले संचालन गरेको कार्यत्रम हामीलाई मान्य हुने छैन ।’ केहि छिनको  विवादपछि नेदरल्याड्ण्सको समितिले छलफल गर्न, बिबाद साम्य पार्न र छुट्टै कोठामा गएर सहमतीको प्रयास गर्न उनिहरुलाई एक घण्टाको समय दिएको थियो । त्यसपश्चात जन सम्पर्क समिति नेदरल्याण्ड्सलेनै कार्यक्रम सञ्चालन गर्ने जनाएपछि भने माहौल साम्य भएको थियो । उक्त विवादले कार्यक्रम स्थललाई भने त्यति असर गरेको पाइएन ।

समग्रमा सफलनै मानिएको हिजोको कार्यक्रमले भोलिका दिनहरुमा असन्तुण्ट पक्ष्रलाई के कसरि समेटेर अगाडि बढने त्यो भने हेर्न बाकिनै छ । तर पनि चलिरहेको विवाद तथा दुई पक्षबिचको जुँगाको लडाइले केहि हदसम्म निकास पाउने भने निश्चित छ ।

तपाइँको प्रतिक्रिया