चुनाव चुनाव भन्दै माओवादीभित्र तिन गूटको भागबण्डा
यस्सो हेर्दा एकिक्रित नेकपा माओवादी पार्टीको उपाध्यक्ष, महा सचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचन गरेको जस्तो देखियो । धेरै मेडियाले यसै भनेर तामझामका साथ समाचार लेखे । माओवादीहरुलेपनि निकै प्रचार गरे । चुनाव हुँदै छ । लौ अब कसले हार्ने हो । कसले जित्ने हो । तर बास्तवमा यो निर्वाचन प्रचार गरिए जस्तो स्वतन्त्र थिएन । निर्वाचित भनिएकाहरुकै नाम र पदबाट निर्वाचनमा डा बाबुराम भट्टराई, प्रचण्ड र नारायणकाजी गूटबिच भागबण्डा गरिएको प्रष्ट हुन्छ ।
अर्को हाँस्यास्पद तथ्य के भने सहमती अनुसार निर्वाचित भनिएको छ । यसमापनि मेडियाहरुले उति ध्यान दिएनन । निर्वाचन भन्ने कुरोपनि सहमती अनुसार बाँडफाँड गरेर हुन्छ र ? मुख्य पद सहमतीलेनै बाँडफाँड हुन्छ भने किन चाहियो निर्वाचन ? किन गर्नुपर्यो निर्वाचनको नौटंकी ? निर्वाचन भनेको त भएका पद मध्ये दाबी धेरै हुने, भएका पदमा सहमती नहुने, पद भन्दा दाबेदार धेरै हुने, धेरैले आफू अरुभन्दा सक्षम र सबल भएको दाबी भएमा हुन्छ निर्वाचन । तर निर्वाचन भनेर त्यत्रो हल्लीखल्लेपनि गर्ने अनि सहमति अनुसारपनि भन्ने ।
पहिले निर्वाचितहरुको नाम हेरौं त त्यसै प्रस्ट हुन्छ । महासचिवमा कृष्णबहादुर महरा । प्रचण्ड गूटकापनि अझ प्रचण्डका एकदमै बिश्वाशिला । जसरिपनि यिनलाई महासचिव बनाउन कम्मर कसेका थिए प्रचण्डले । आखिर यिनै भए । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी निर्वाचित भएका छन् । उपाध्यक्षमा नारायणकाजी गूटका उनै हुनुपर्यो । उपाध्यक्षमा प्रचण्डका अर्का विश्वाशिला पोष्टबहादुर बोगटी आए । अरुभन्दा वरिष्ठ, नारायणकाजी भन्दा बलिया र प्रचण्डसित सिँगौरी खेल्ने भएकोले बाबुरामका लागि विशेष पद स्रिजना गरियो, वरिष्ठ उपाध्यक्ष ।
सचिवमा प्रचण्ड, बाबुराम र नारायणकाजी तिन गूटका तिन जना छानिए । सचिवमा वर्षमान पुन अनन्त प्रचण्ड गूटका । टोपबहादुर रायमाझी बाबुराम गूट्का र गिरिराजमणि पोखरेल नारायणकाजी गूटका । प्रचण्डका झन अति विश्वाशिला हरिबोल गजुरेललाई कोषध्यक्ष बनाइयो । माथिल्ला भन्दा अलि कनिस्ट भएपनि प्रचण्डका विश्वाशिला भएकाले कोषाध्यक्ष पड्काए गजुरेलले । प्रचण्डको पार्टीमा बहुमत भएपछि पदाधिकारी टिममापनि बहुमत हुनैपर्यो । भयोपनि त्यस्तै । त्यसैले निर्वाचन, मतदान भनेपनि यसरि तिन गूटका नेता छानिए ।
हराइएका तिन जना मध्ये लिलामणी पोख्रेल नारायणकाजी गूटका हुन् । रामचन्द्र झा प्रचण्ड गूट र दिनानाथ शर्मा बाबुराम गूटका । तिन गूटका यि तिन जनालाईपनि सहमति अनुसारनै हारेको भनिएको हो । यिनलाई पार्टीमा आआफ्ना गूटकाले विशेष भूमिका दिने सहमती गरेको बताइएको छ ।





