बैध्यतिर चारो फ्याँक्नासाथ पद जोगाउन भट्टराईलाई हतारो

prachanda-and-dr-baburam-bhattarai-nepalplus

बिराटनगर भेलाबाट निति र आदर्शको बाहिरि गफ त दिए डा भट्टराईले । पार्टी बदलिनुपर्छ भनेर आदर्शवानपनि बने । तर त्यो पार्टी कसरि बदलिने हो ? कस्तो निति बन्नुपर्ने हो भन्ने केहि थिएन । गाँठी कुरो धेरै भन्दा धेरै पदको मोलमोलाई थियो उनको । त्यसैले उनले पार्टी के कसरि बदलिने भन्ने कुनै खास तथ्य नबताइ बाहिरिएका थिए । नयाँ बैकल्पिक पार्टी बन्छ भनेर आफ्ना पक्षका टोपबहादुर रायमाझीलाई यस्सो धम्कीको धुवाँ छर्नपनि लगाए । त्यो उनको साँच्चै पार्टी फोडेर जानका लागि रहेनछ भन्ने बुझियो । पार्टी नितिगत रुपमा बदलिनुपर्छ भन्ने आकांक्षापनि रहेनछ । बरु धेरै भन्दा धेरै सिट पाउनकालागि घुर्की पो रहेछ । भट्टराईको यति स्वार्थ प्रचण्ड जस्ता चतुर नेताले नबुझ्ने प्रश्नै थिएन । 

किनभने चतुर प्रचण्डले बाबुराम भट्टराई बटारिँदै हिँडेपछि मोहन बैध्य अध्यक्ष रहेको नेकपा-माओवादीसित एकताको प्रस्ताब गरेर भट्टराईलाई तह लगाउने डण्डा प्रयोग गरे । बिराटनगरमा भेला सकिएपछि प्रचण्डले प्रस्ताब गरेको केन्द्रिय समितिमा एक जनापनि नबस्ने निर्णय गरेर भट्टराई भगवान महादेवले डुबुल्की मारेको धार्मिक स्थल मानसरोबर तालतिर इश्वरिय शक्ति याचनाकालागि हानिएका थिए । त्यहि मेसोमा प्रचण्डले  मणी थापा, मात्रिक यादव, मोहन बैध्य लगायतका  नेताहरुलाई एकै ठाउँ निम्त्याएर छलफल चलाए । पार्टी एकिकरणको प्रस्ताव गर्दै । बहस र छलफलमा मोहन बैध्यले तत्कालै पार्टी एकता हुन नसक्ने । तर कार्यगत एकता हुन सक्ने भनेर हरियो बत्तीपनि बालिदिए । अब डा बाबुराम भट्टराई पक्षमा आगो बल्न थाल्यो । कम्तिमा प्रचण्ड र मोहन बैध्य अध्यक्ष रहेको पार्टीबिच कार्यगत एकता भयो भनेपनि भट्टराई पक्षलाई उति भाउ प्रचण्डले दिने छैनन् । बैध्य पक्षको पार्टी नेकपा-माओवादीले त दिएकै होइन ।

माओवादीको विराटनगरमा भएको सम्मेलनमा प्रचण्डले प्रस्ताव गरेको ९९ सदस्यीय केन्द्रीय समिति बन्दा त्यसको संख्या बढाउन दबाब दिएका थिए भट्टराईले । त्यसपछि भट्टराई पक्षकाले आफ्ना केन्द्रिय सदस्यहरुको लामो सूचीनै बुझाए । केन्द्रिय समितिमा पर्ने हैशियत नभएकाहरुको समेत केन्द्रिय सदस्य दाबी गरेपछि प्रचण्ड पक्षले केन्द्रिय समितिको संख्या बढाउन बाध्य भयो । त्यसपछि प्रचण्डले बढाएर १४९ सदस्यिय बनायो । त्यो समितिमापनि डा बाबुराम भट्टराईले फेरि ५१ जना आफ्नो पक्षका हुनुपर्छ भनेर अत्तो थापे । बाबुराम भट्टराईले ५१ जन आफ्ना हुनुपर्छ भन्नुको अर्थ अलि धेरै जनाको दाबी गरे त्यसमा केहि संख्या प्रचण्ड पक्षले घटाउँछन् र त्यसमा बार्गेनिङ गर्दा गर्दा ठिक्क पद पाइन्छ भन्ने आकांक्षा थियो । पार्टीमा नारायणकाजी भन्दा कमजोर सांगठनिक प्रभाव रहेका भनिएका भट्टराईलेनै ५१ जना केन्द्रिय समस्य मागेपछि नारायणकाजी श्रेष्ठ पक्षका कति जना राख्ने ? प्रचण्ड अप्ठेरोमा परे । फेरि पदका लागि रस्साकस्सी भयो । प्रचण्ड पक्षले घटाउँदै लग्यो । भट्टराईले बढाएर मोलमोलाई गर्दै अगाडि बढे । बाबुरामले फेरि ४०, ३६ जनाको दाबी गर्दै अन्तिममा ३० जनामा आएर सहमती गरेछन् । पदका लम्पट, कजुस र लोभीहरुले पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीमा कुन गूटको कति जना, कति प्रतिशत हुनुपर्छ भनेर मारमुंग्री, मोलमोलाई गर्ने हुन् त्यो त हेर्न बाँकिनै छ ।

अस्ति मंगलबार माओवादीको बैठक बसेको थियो । बिराटनगरमा भएको सम्मेलनमा केन्द्रिय समितिमा कोहिपनि नबस्ने भनेर पार्टीको निति र आदर्श बदलिनुपर्ने भन्दै हिँडेका भट्टराईले अस्ति मंगलबार भने नितिसिति, आदर्श सबै गोलीमार गर्दै ३० जना केन्द्रिय सदस्य आफ्ना पक्षका पाउने भएपछि स्विकारेका छन् । यसबाट उनको राजनितिक आदर्श, पार्टीको निति र आदर्श भन्दा पदको लोभि रहेछन् । निति र आदर्श भन्दा आफूले चाहेका नेतालाई सिट दिलाउन पाए, पार्टीमा कैकम कायम गर्न पाए मोलमोलाई गरेरपनि बस्ने रहेछन् भन्ने प्रस्टै बुझिन्छ । माओवादी कार्यकर्ताहरुलेपनि त्यहि अर्थ लगाउन थालेका छन् ।

एकिक्रित नेकपा माओवादीको भात्री संगठन वाई सि एलका काठमाडौं ईन्चार्ज रामप्रसाद सापकोटाले आफ्नो फेसबूकमा डा भट्टराईलाई ब्यंग्य हान्दै लेखेक छन् “डा सा’ब तपाइलाइ नकारात्मक लाग्ला । तर मेरो कूरा सकारात्मक हो । सामान्य लोकाचारको ख्याल गर्नूपर्छ । सूनाउने भान्सावालाहरूले के सूनाउँछन् थाहा छैन । म भन्छू यो त नौटंकी भयो । सिधै पदको बार्गेनिङ बाहेक केहि देखिएन । केहि गर्ने दम रहेनछ तपाइमापनि । चित्त नदूखोस् – हाम्रोतिर यस्तालाइ हूतिहारा भन्छन् ।”

यता प्रचण्ड पक्षलाईपनि साँच्चै कम्युनिष्ट केन्द्र बनाउनु त थिएन । पार्टी एकता भन्दै गरिएको छलफलमा आफू सामान्य कार्यकर्ता भएर बस्न तयार रहेको र पार्टीको नेत्रित्व मोहन बैध्यलाई सुम्पेरपनि पार्टी एकता गर्न चाहेको त बताए, प्रचण्डले । त्योपनि सायद बास्तविक थिएन । उनलाई यतिखेर डा बाबुराम भट्टराईलाई चखाउनु, तह लगाउनु र गलाउनु थियो । प्रचण्डको त्यो अक्किलले काम गर्योपनि । प्रचण्डले नेत्रित्व त्याग्ने, पार्टी एकिकरण गर्ने मुद्दापनि साम्य जस्तै भए । नेत्रित्व त्याग्नै खोजेको भए बाबुराम भट्टराईले ५१ सिट माग्दा किन कन्ज्युस्याइँ गर्नुपर्थ्यो ? पार्टी एकता गर्ने आकांक्षा भए अहिलेनै किन केन्द्रिय समिति बिस्तार गर्नुपर्थ्यो ? किन केन्द्रिय समिति बिस्तार गर्नुपूर्व ड्यास माओवादीसित छलफल र एकताको लागि प्रयास गरिएन त ? पार्टी एकिकरण गर्ने मननै भए पार्टी एकिकरणलाई प्रमुख बनाएर छलफल र प्रस्ताब गरिएन ड्यास माओवादी, मात्रिका यादव र मणी थापासित ? त्यसैले बाबुराम भट्टराइ र प्रचण्ड दुबै पद र नेत्रित्वका लोभीनै देखिए । अहिलेको मुद्दा भनेको एकले अर्कोलाई कसरि कमजोर पार्ने ? कसले धेरै पद हत्याउने भन्ने नै देखियो । यि दुबै नेतामा पार्टी एकिकरणको मुद्दा प्रमुख देखिएन ।

तपाइँको प्रतिक्रिया