मोदीले जित्दैमा के फरक पर्छ र नेपाललाई ब्रुक ब्रुक ?

narendra-modi-1

भारतीय जनता भन्दा बढि खुशि केहि केहि नेपाली देखिए नरेन्द्र मोदी प्रधानमन्त्री हुने भए भन्दै । पहिले आम आदमी पार्टीका केजरिवाल केहि समय हाबी हुँदा त्यसैगरि उफ्रिएका थिए । फेसबूकको पातो रंगिएको थियो । बधाईका लहरहरु ओइरिएका थिए । लाग्थ्यो, केजरीवालले नेपालकै मुहार बदलिदिने छन् । उनी भारतीय जनताकालागि भन्दापनि नेपाली जनताको हित, नेपालको परिवर्तनकालागि आएका हुन् शक्तिमा ।

केजरीवाल भदौरे भेल झैं आए । भदौरे भेल नसुक्दै उनी गए । अहिले उनको पार्टीको बिजोग भएको छ । सस्तो नारा र क्षण आश्वाशनले टिक्न सकिन्न भन्ने यथार्थताको हेक्का रहनुपर्छ । धेरैले उहिबेलै अनुमान गरेका थिए, उनका सस्ता आश्वासन र हतारिएर आएका आवेगपूर्ण बचनहरु पालना हुन गाह्रो छ । तिनलाई ब्यवहारमा उतार्न केजरीवाललाई सहज हुने छैन । नभन्दै त्यस्तै भयो । हामी नेपालीहरु रमाउनुसम्म रमायौं, उनको जित र आश्वाशनमा ताली बजाउनुसम्म बजायौं । अहिले केजरीवाल गुमनाम जस्तै बने । केजरीवाल आएरपनि नेपालमा केहि भएन ? नेपालीकालागि केहि फरक परेन ।

प्रचण्ड प्रधानमन्त्री हुने भए भन्ने सुन्नासाथ युरोपका केहि नेपाली ‘अब नेपाल बन्छ’ भन्थे । केहि त नेपाल फर्किएपनि । जब प्रचण्डको हबिगत देखियो । जब उनले राम्रा भन्दा आफ्ना च्याप्न थाले अनि उनलेपनि झिंगो मार्न लागेनन् भन्ने बुझियो । जब कम्युनिष्ट सरकारमा बेथिति, अत्याचार, महँगी र गरिबहरुकै उठिबास हुन थाल्यो तब ति मध्ये धेरैले पुन्पुरोमा हात राखेर बसे । केहि फेरि भिसाको लागि १०, १२ लाख तिरेर युरोप छिरे । अहिले मोदी आएसि नेपाअलका गाउँ, गाउँ टोल टोल झिम्लिमिली हुने भो झैं गरेर खुब उचालिएका छन् केहि नेपाली । यि मोदी के नेपालको लागि भनेर उता प्रधानमन्त्री बन्न लागेका हुन् र ? भारतीय जनताले नेपालीको सेवा गर्न भनेर दुई ठाउँबाट जिताएका रैछन् कि क्याहो मोदीलाई ?

भारतमा नेपालका नेताले झैं निति तत्कालै बदल्दैनन् । भारतीय परराष्ट्र निति नेपालमा प्रधानमन्त्री भएपिच्छे झैं बदलिन्न । नेपालमा झैं लहडका रुपमा परराष्ट्र निति बदल्ने गरिन्न । परराष्ट्र नितिलाई भारतले नेपाली नेताले झैं वालवालिकाका खेलका रुपमा लिने, खेलाँची ठान्ने गर्दैनन् । भारतको परराष्ट्र निति एउटा मान्यतामा चल्छ । उसले अमेरिका, चिन, रुस जस्ता देश, युरोप र बाँकि एशियाका लागि एक खालको मापदण्ड बनाएको छ बैदेशिक नितिमा । भारतीय नेता त्यहि अनुसार चल्छन् । त्यसैले नरेन्द्र मोदी प्रधानमन्त्री हुनासाथ केहि भैहाल्ने होइन ।

बरु भारतीय जुन नेता आएपनि हामीलाई रहत हुने होइन कि दक्षिण एशियाका आफ्ना छिमेकीलाई सताउने, हेप्ने, चुस्ने र दबाउने भारतीय निति कायम रहने छ । बेलायती शासकहरुबाट दबिएका भारतीयहरुको मानसिककता आफू दबे जस्तै अरुलाई दबाउने, हेप्ने र चुस्ने छ । दक्षिण एशियामा भारत आफ्नो निति, आफ्नो बल मिच्याई लादिरहन र आफू शक्तिशाली रहिरहन चाहन्छ । त्यसैले नरेन्द्र मोदी प्रधानमन्त्री भएपनि सुस्ता, टनकपुर, टिकापुर, खैरापुर्, ठोरी लगायतका दर्जनौं ठाउँमा हाम्रो अतिक्रमित भूमी मोदीले फिर्ता दिने होइनन । अझ वारीतिर आँखा लगाउने हुन् । हाम्रा नदीनाला पाएसम्म अझै षडयन्त्र गरेर हात पार्ने कोसिस गर्ने छन् ।

त्यसो त, मोदीका आफ्नै चुनौती छन् । छ दसकसम्म एक छत्र जस्तै राजनितिमा छाएको कांग्रेस पार्टी प्रतिपक्षमा बस्दै छ । हिन्दूबादी भनिएको मोदीको पार्टीलाई धेरै गैह्र हिन्दूले मत दिएर जिताएका छन् । तिनको मतको, तिनको आकांक्षाको कदर गर्नु छ । साथसाथै कट्टर हिन्दूहरुलाई कसरि खुशि बनाएर लैजान सक्छन् त्यो चुनौतिपनि छ । गुजरातमा विकासको लहर ल्याएका, नाटकिय आर्थिक परिवर्तन गरेका भनिएका मोदीलाई आर्थिक विकासको नाराले गर्दा मत दिएका हुन् भारतीयहरुले, गैह्र हिन्दूहरुले । गुजरातमा गैह्र आवाशिय भारतीयहरुले ठूलो लगानी गरेकाले आर्थिक विकास संभव भएको हो । गुजरात सानो प्रान्तलाई फेर्न सफल हुनु र समग्र भारतमा विकासको लहर ल्याउनु सहज होइन । यसको चुनौतिपनि मोदीसित छ ।

त्यसैले मोदीले चाहँदैमा न त नेपालमा राजतन्त्रनै फर्किने हो । न त मोदीले नेपालमा हिन्दू धर्म स्थापित गर्न कम्मरनै कस्ने हुन् । न मोदी नेपालको विकासकै लागि भनेर निर्वाचित हुन् । दक्षिण एशियामा भारतीय परराष्ट्र निति जे छ त्यसमा खासै परिवर्तन हुनेपनि छैन, मोदीको कालमापनि । बरु नेपाललाई हेर्प्ने, दबाउने र चुस्ने भारतीय निति मोदीकोपनि यथावत रहने छ । बरु झिलिमिलि भाका ठाउँका दुई चार वटा बल्बपनि झिक्ने सुर गर्लान् मोदीले नेपालीलाई केहि दिन्नन्न् साथी हो, ब्रुक्क बुरुक्क हुनु पर्दैन बच्चाले मिठाइ पाको बेला झैं ।

आफ्नो देश बनाउने हामी आफैंले हो । हाम्रै नेता नलागेसम्म,  हामी नेपाली नमिलेसम्म र हामीलेनै आफ्नो देश नबनाएसम्म बिदेशी कोहि आएर बनाउँदैनन् । हाम्रो राष्ट्रिय हितमा हामी एक भएर प्रस्तुत नभएसम्म हाम्रा सुस्ता अझै मिचिने छन् । हाम्रो राष्ट्रियता अझै कमजोर हुने छ । पराईले गर्ने भनेको आफ्नै देशको हित हो । परनिर्भरता, परजिवी सोच नत्यागेसम्म हामी कहिल्यै माथि उठ्न सक्दैनौं ।

 

 

 

तपाइँको प्रतिक्रिया