‘युरो कांग्रेस अबैधानिक’
युरोपका सबै जसो देशमा कांग्रेसको भात्रि संगठन छ, नेपाली जन संपर्क समिति । युरोपभरिका कांग्रेसका संघ संघठनको युरोप स्तरिय संगठन बनाउने भनेर कांग्रेसका केहि कार्यकर्ता, युरोपक नेता लागे । बनाए, युरो कांग्रेस । यहि युरो कांग्रेसको नाममा मे २७ मा नेदरल्याण्ड्समा ब्रिहद भेला भन्दै घोषणा गरे । प्रचारबाजी गरिरहेका छन् । एक पक्ष घुँडा घसेर सफल बनाउन लागेको छ । अर्को पक्ष बेक्कार भन्दै हिँडेको छ । कोहि यसलाई असफल बनाउन लागेका छन् । यत्रो रडाको मच्चाउने, तामझाम गर्ने संस्था आफैंमा अबैधानिक पो रहेछ । कांग्रेसको भात्री संगठन भनेर प्रचार प्रसार गरिएको युरो कंग्रेसलाई नेपाली कांग्रेसको केन्द्रिय कार्यालयलेनै अबैधानिक घोषणा गरिदिएको छ ।
युरो कांग्रेस भनेर प्रचारप्रसार शुरु भएपछि कांग्रेसका दुई पक्षबिच तनाब, मनमुटाव र तानातान शुरु भो । अनि एक पक्ष ‘कांग्रेसको युरोप स्तरिय ब्रिहद भेला’ भनेर लाग्यो । पदवालाहरुको लामो न लामो सूची सार्वजनिक गर्यो । ठूलो भेला गरेर अर्को पक्षलाइ चखाउँला भन्ने थियो एक पक्षलाई । अर्को पक्षले फेरि यो युरो कांग्रेस भनेको कांग्रेसको आधिकारिक संस्थाबाट बढारिएपछि, निर्वाचनमा हारेपछि राजनिति गर्न खोज्नेले, पदका लोभीले खडा गरेको संस्था हो भनेर त्यसलाई पत्याएनन् । एक पक्ष यसलाई खडा गरेर ठूलो भूगोल समेटेर राजनिति गरौंला भनेर लागे ।
अर्को पक्ष यो बैधानिक होइन भनेर लागे । कांग्रेसको केन्द्रिय कार्यालयमा उजूरी पर्यो । त्यसरि उजूरी परेपछि कांग्रेसको जनसम्पर्क समिती समन्वय बिभागले भनिदियो ‘नेपाली कांग्रेसको बिधानको धारा १४ अनुसार बिदेशमा रहेका नेपाली कांग्रेससित संबद्द सबै लोकतन्त्रबादीहरुको संगठनको रुपमा नेपाली जनसंपर्क समितिलाई मात्र मान्यता प्रदान गरिएको तपाईलाई अवगतनै छ । नेपाली जनसंपर्क समिति बाहेक पार्टीको भात्रि संस्था वा अन्य कुनै नामको संस्था वा संगठनले पार्टीको बिधान अनुसार मान्यता पाउन नसक्ने ब्यवहोरा जनाकारि गराउँदछु ।’
जनसम्पर्क समिती समन्वय बिभाग प्रमुख अर्जुन प्रसाद जोशीले तोकेरै नभनेपनि उनको नाममा कांग्रेस केन्द्रिय कार्यालयबाट जारि पत्र यहि युरो कांग्रेस तर्फ केन्द्रित देखिन्छ ।
नेपाली जनसंपर्क समिति बाहेक अन्य कुनैपनि नाममा भएका संस्था वा संगठनलाई नेपाली कांग्रेस केन्द्रले मान्यता नदिने रहेछ । तिनले गरेका कार्यक्रमको अभिलेख सम्म नहुने रहेछ । युरो कांग्रेसका नाममा ब्रिहद भेलाको घोषणा भैसकेकाले अब के गर्लान् ? आखिर युरोपमा राजनिति गर्नु, पद लिनु र भाषण ठोक्नु न हो । कांग्रेसले आधिकारित मान्यता नदिएपनि युरोपमा राजनिति गर्न त रोकिन्न । तर केन्द्रको यो पत्रपछि युरो कांग्रेसले कस्तो प्रतिक्रिया जनाउला ? धेरैको चासो छ ।





