युरोपभरि कांग्रेसको जालो, ब्रिहद भेलाकालागि तानातान

nepalcongress-flagयुरोपको अब कुनै देश त बाँकि हुने प्रश्नै रहेन जहाँ नेपाली पुगेका छैनन् । ति नेपाली सँगै नेपालका राजनितिक पार्टीका झण्डापनि फहराउँछन् । झण्डा गोप्य रुपमा । तर कार्यक्रम भने खुलारुपमा । नेपाली जहाँ पुगेपनि, जतिसुकै हाम्रा नेता र पार्टीको आलोचना गरेपनि कुनै न कुनै दलको छायाँमनु बस्नपनि छोडेका छैनन् । बरु सकेसम्म आआफ्ना पार्टीका झण्डा बोक्नेहरुको खोजिमै छन् । पार्टी गठन, पूनर्गठन गरिरहेका छन् । पछिल्लो समयमा युरोपभरि नेपाली पार्टीका जालो फिजाउँदै लगेका छन् । नेपाली कांग्रेसको पनि पार्टीको जालो युरोपमा फैलिएको छ । बिबाद, तानातान, मतभेद, गुनासो र असन्तुष्टिका बिचमा नेपाली कांग्रेसको युरोप कार्यसमिटि गठन भएको छ । ति बनेको हो । त्यहि भागबण्डा, अलग अलग दाबी, पदको हानथापले गर्दा एउटै पदमा एक जनाभन्दा बढि छनौट गर्नु परेको थियो । त्यहि पदको लोभले गर्दा होला, नेपाल पत्रकार महासंघ युरोप शाखामा रहेका ओम शर्मा र भिम कमल केसीपनि नेपाली कांग्रेसको युरोप कार्यसमितिमा खुलेरै लागेका छन् ।

त्यो जालोलाई अझ फैलाउन, भएकोलाई अझ कसिलो पार्न वा अझ बिस्तार गर्न नेपाली कांग्रेसले युरोप स्तरिय ब्रिहद भेला २७ मे को दिन नेदरल्याण्ड्समा राखेको छ । त्यहाँ अनिवार्य उपस्थित हुन भनिएको छ, कार्य समितिका सदस्यहरुलाई । त्यसैले नेदरल्याण्ड्समा मेको चौथो हप्ता नेपाली कांग्रेसका कार्यकर्ताहरुको ठूलै तामझाम देखिने छ । यो ब्रिहद भेलामा फेरि मतभेद, बिबाद र हानथाप हुने अवस्था देखिएको छ । कांग्रेसका आन्तरिक, ब्यक्तिगत टकराव र देउवा अनि कोइराला पक्षमा बिचमा तानातान शुरु भैसकेको छ । अहिले को कसको पक्षमा, को कता लाग्ने, कसलाई तानेर आफ्नो पक्षमा बनाउने भन्ने आन्तरिक बिबाद चुलिएको छ । दुबै पक्ष जोडदाररुपमा आआफ्नो पक्षमा लबिङमा लागेका छन् । कोहि पदका लागि मरिमेटेर लागेका छन् भने कोहि ब्यक्तिगत टकराव र पदको लोभले भिडेका छन् । कांग्रेसको स्वच्छ राजनिति गर्ने भन्नेहरु नभएका होइनन् । तर त्यस्तै ईमानदार भनिएकाहरुको संख्या पातलिएको बताइन्छ ।

यो ब्रिहद भेलामा जनसंपर्क समितिका अध्यक्षहरु स्वत आमन्त्रित सदस्य रहने ब्यवस्था गरेका छन् । जन संपर्क समिति प्रवाशमा नेपाली कांग्रेसको भात्रि संगठन हो । युरोपका सबैजसो मुलुकमा कांग्रेसले जनसंपर्क समिति गठन गरेको छ । ति हरेक देशका अध्यक्षहरु यो ब्रिहद भनिएको भेलामा स्वत आमन्त्रित हुन पाउने ब्यवस्था गरेको हो । अहिलेको नेपाली कांग्रेस युरोपको कार्यसमिति यस्तो छ ।

अध्यक्ष -दिल गुरुङ, जर्मनी

बरीस्ठ उपाध्यक्ष- पूर्ण हमाल, पोर्तुगल

उपाध्यक्ष- बिनोद मोक्तान बेलायत

उपाध्यक्ष- बलिराम झा बेल्जियम

उपाध्यक्ष- पुष्प राज भण्डारी, स्पेन

उपाध्यक्ष- श्रीमती जानकी गुरुङ, बेल्जियम

महामन्त्री- गंगाधर गौतम, बेल्जियम

सह महामन्त्री- गुणराज शर्मा, स्विस्स

सह महामन्त्री- त्रिलोचन सापकोटा, डेनमार्क

सह महामन्त्री- योकेन्द्र श्रेष्ठ, बेल्जियम

कोषाध्यक्ष- दयाराम पौडेल, जर्मनी

सह कोषाध्यक्ष- सुदाम लम्साल, बेल्जियम

सदस्यहरु :

-नारायण आचार्य, नेदरल्याण्ड्स

-लोक गुरुङ, बेलायत

-शरण के सि, जर्मनी

-बालकृष्ण सापकोटा, लक्जमबर्ग

-उल्का घिमिरे, बेल्जियम

-उशा शर्मा, जर्मनी

-प्रमिला खनाल,पोर्तुगल

-ठाकुर प्रशाद शर्मा (मनहरी), नेदरल्याण्ड्स

-भिम के सि (कमल,पोर्तुगल

-रामजी पन्त, इटाली

-लीला शर्मा मानन्धर, बेल्जियम

-राम कुमार महतो, स्विजरल्याण्ड

-लक्ष्मण बस्नेत, जर्मनी

-अमृत प्रधान, बेल्जियम

-राजकुमार त्रिपाठी, बेलायत

-उल्का घिमिरे, बेल्जियम

-केदार जोशी, बेल्जियम

-हरेन्द्र वनेम, जर्मनी

-ओम शर्मा, बेल्जियम

-मदन गौली

-बिनोद ढकाल

-रमेश गुरुङ

सल्लाहकारहरु

-राम थापा, बेल्जियम

-माधव आचार्य, स्विजरल्याण्ड्स

-लक्ष्मी सापकोटा, पोर्तुगल

-कृष्ण सुबेदी, इटाली

-स्व राम लाल कंडेल, स्पेन

तरुण दलयुरोप सम्योजक

-सैलेश कुमार मल्ल, बेल्जियम

 

तपाइँको प्रतिक्रिया