सिंहलाई नटेर्ने ‘सेलिब्रेटी’ फिस्टो

ramesh-kharel-and-bamdeb-gautamगुण्डा, बन्दुकधारी, चोर, डाँका र समाजमा आतंक छरेर सुरक्षा चुनौति दिनेहरुलाई निमिट्यान्न पार्न लागेका थिए एस एस पी रमेश खरेल । ग्रिहमन्त्रीले निर्देशन दिनुपर्ने थियो यस्तो काम गर्न । ग्रिहमन्त्रीकालागि राम्रो जस लिने, देश र जनताको सुरक्षा मामिलामा केहि गरेर देखाउने यो गतिलो अवशरपनि हो । तर हाम्रोमा त्यसो हुन्न । किनभने त्यस्ता गुण्डाका पालक, हतियारधारीका मतियारनै ग्रिहमन्त्री हुन्छन् । डङडङी गनाएकाहरु उच्च ओहदामा पुग्छन् । भ्रस्टाचारीहरु ग्रिहमन्त्रीको आवरणमा गुण्डा पालेर आतंक मच्चाउनेहरुको निशानामा गुण्डा तह लगाउनेहरु नपरेर को परुन् ? अहिले ग्रिह मन्त्री वामदेव गौतमले त्यहि गरेका न हुन् । 

वामदेव ग्रिहमन्त्री भएपछि एस एस पी रमेश खरेल जुम्ले हात लिएर उनको पाऊ मोल्न जानुपर्थ्यो । तर गएनछन् । पद, शक्ति र कुर्सीले गौतम सिंह । खरेल फिस्टो । सिंहलाई नटेर्ने फिस्टोदेखि सिंहलाई झोक चल्नु स्वभाविकै हो । यता सिंह दरबारमा रिसले राँक्किएको सिंह उता धुलिखेलको डाँडोमा गएर चिच्यायो ‘त्यो फिस्टे रमेश खरेलले म सिंहलाई ढोग्न, हजुर बिन्ति भन्न नआउने ? त्यत्रो पदमा ख्वामित कसरि पुग्न सक्नु भो ? कुन कुन् क्किल लाएर त्यो उचाईमा पुग्न सक्नु भो हजुर भनेर चासो नराख्ने ? पाइताला नचाटिदिने ? मसितै सिंगौरी खेल्न खोज्ने ? म त्यत्रो पदमा पुग्दा आएर यस्सो देखभेट नगर्ने ? मेरो पदको गुनगान नगर्ने ? म जस्तो बाघका अगाडि त्यो फिस्टो सेलिब्रेटी हुन खोज्या छ ।’

रमेश खरेलको काम कुनै प्रधानमन्त्री, ग्रिहमन्त्रीका ढोका चहार्ने होइन । जनताको सेवा गर्ने हो । सुरक्षा ब्यवस्था राम्रो पार्ने हो । समाजमा आतंक मच्चाउने, गुण्डागर्दी गर्नेहरुलाइ खोजिखोजि कानुनको कठघरामा उपस्थित गराउने हो । जुन सुकै मन्त्री बनोस् वा प्रधानमन्त्री त्यसले रमेश खरेललाइ उति फरक पार्नुनै हुन्न । आफ्नो मर्यादा र जिम्मेवारीमा बसेर राष्ट्रको सेवा, दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गर्ने हो ।

बामदेव जस्ता आफ्नै पार्टीका नेताले भ्रस्ट भनेर सार्वजनिक रुपमै भ्रस्टाचारी घोषणा गरेकालाई हेक्का हुनुपर्छ, रमेश खरेल आफैं अदालत होइनन् । उनले न्यायधिशको काम गर्ने होइन । पक्रेर ल्याएपछि अदालत बुझाउनु उनको काम हो । को अपराधीलाई कति समयको, कुन हदको कारवाही गर्ने भन्ने न्यायधिश रमेश खरेक हुन सक्दैनन् । त्यसैले रमेश खरेलले कुन अपराधीलाई कति समय थुन्यो वा किन छिटो छोड्यो भन्ने आरोप हिम्मत भए अदालततिर सोझ्याउन, सोध्न सक्नुपर्छ । रमेश खरेललाई होइन । रमेश खरेल भन्दा उच्च पदमा रहेकाले खरेलले गर्न नसकेका असल, चुनौतिपूर्ण काम आफूले गरेर देखाउन सक्नुपर्छ वामदेवले । तर सत्तामा पुग्नासाथ कानुन हातमा लिएर मनपरि गर्न पल्केकाहरुले आफूले झैं कानुन जबर्जस्ति हातमा नलिनेहरुलाइ त्यहि आरोप लगाउँछन् । असक्षम देख्छन् ।

तर एउटा कुरो भने वामदेवले सहि भनेका हुन् । रमेश खरेल सेलिब्रेटी बन्न खोजे । खरेल गुण्डा लखेट्ने सेलिब्रेटी हुन् । राती राती अबैध हतियार बोकेर नचरी लाउँदै गर्नेलाई दोहोलो काढ्ने सेलिब्रेटी हुन् । आतंकित पारेर समाज भाँड्नेलाई गोर्खेलौरी कस्ने सेलिब्रेटी हुन् । चोर, डाँका, अपराधीहरुलाई झ्यापकाझ्याप पक्रेर प्रहरी थानामा कोच्ने हिरो हुन् । त्यसैले ग्रिहमन्त्री वामदेव गौतमको भन्दा एस एस पी खरेलको आकर्षण दशौं गुणा उच्च छ । वामदेवका अनुहारमा भ्रस्टाचार र अपराधको कालो धसिएको छ । रमेश खरेलको अनुहार भने असल कर्मचारी, जनताको मन जितेको सुरक्षाकर्मीका रुपमा उज्यालिएको छ । आफ्नो कालो धब्बाले पटक पटक पोतिएको अनुहारलाई रमेश खरेलको उज्यालो अनुहारसित दाँजेर हेर्दा वामदेवलाइ रिस, इर्ष्या, आबेग उत्पन्न हुनु अनौठो होइन ।

हुन त खरेल र गौतम दुबैको अड्डा एकै हो, ग्रिह मन्त्रालय । तर यि दुईको अड्डा भिन्न जस्तो छ, कामको शैली हेर्दा । वामदेव गुण्डाहरु पाल्छन् । खरेल लघार्छन् । वामदेव राज्यकोष खर्चेर अपाराधीहरुको सन्जाल बुन्छन् । खरेल त्यसलाई भत्काउँदै हिँड्छन् । वामदेव चोर, डाँका र हतियारधारीहरुलाई संरक्षण दिएर आफ्नो सत्ता, पार्टी, चुनावमा तिनैका पाखुराबाट भोट सोहोर्न चाहन्छन् । खरेल त्यसका जरा काटेर निमित्यान्न पार्न पार्छन् । ति जरा ल्याएर जनातका आँखा अगाडि बिस्कुन सुकाउँछन् । वामदेव जे गर्न ग्रिहमन्त्री बनेका हुन् त्यसैमा तघारो खरेलले हालिरहेका छन् । वामदेवका गुण्डाहरु रमेश खरेलका ढडियामा पर्ने अनि अक्सिजन नपाएर फुत्रुक फुत्रुक ढल्ने गरेपछि वामदेव किन राँको नबनुन् ?

अघिल्लो महिना नेविसंघका अध्यक्ष रञ्जित कर्णले अवैध हतियार बोक्ने शुभरामहरुलाई पक्राउ गर्दा रमेश खरेलमाथि कार्वाहीको माग गरेका थिए । त्यसैले कांग्रेस भित्रि रुपमा चिढिएको छ यो खरेल देखि भन्ने वामदेवलाई लागेको छ । एमालेको उनी आफैं भैहाले । हो यहि मेसोमा खरेललाइ ठेगान लगाउन सकिन्छ भन्ने कुद्रिष्टी वामदेवको मनमा मडारिएको होला । त्यसमाथि झन एमाले युवा संघका अध्यक्ष महेश वस्नेतले अमित लामालाई पक्राउ गरेकोमा रमेश खरेलमाथि कार्वाहीको माग गरे । यसले गर्दा वामदेव झन उचालिएका हुन् ।

अब सरकार, सरकार सञ्चालक दुबै पार्टी र युवाहरुकोपनि समर्थन रहने भएपछि पिउसो रमेश खरेललाई किचिक्क पार्न सकिन्छ भन्ने वामदेवलाई लागेको होला । तर जनतालाई थाह छ, कांग्रेस पार्टी र नेबी संघ, तरुण दल र एमाले अनि उसको युवा संघले गुण्डाहरु पालेर बसेका छन् । तिनै गुण्डाहरुको सन्जाल अझ बलियो बनाउन चाहन्छन् ति । त्यसैलाई छिन्नभिन्न पारिदिएकाले वामदेव आगो बनेका हुन् । प्रशासनको दुरुपयोग गर्दै गुण्डाहरुलाई संरक्षण गरिदिएर,कांग्रेस र एमालेले पालेका हतियारधारीलाई मलजल गरिदिएर साखुल्ले बनेको भए रमेश खरेल वामदेवका प्रिय बन्ने थिए । गुण्डाहरुको सन्जालमा आगो झोसिदिएकाले रम्रेश खरेललाई चुनौति दिएका न हुन् ।

तपाइँको प्रतिक्रिया