कुर्सि र पैसाका लागि देश बेच्ने अपराधिहरुको राष्ट्रघाती तस्विर

भरत दहाल

“भारतको नदि जडान योजनाले ठूलो जलाशय बन्दैछ नेपालको तराइ र पहाडी भूभाग । देश खाने यस्ता अपराधिहरुबाट देश निर्माणको आशा गर्नु मूख्र्याईंको पराकाष्ठा हो

rivers-nepal

भारतमा पानीको ठूलो समस्या छ । यसको पूर्ति गर्ने कुनै पनि श्रोत भारतमा छैन । उर्जाका विभिन्न विकल्पहरु बनेका छन् । तर पानीको कुनै विकल्प छैन । त्यसैले विष्लेशकहरुले अबको विश्वयुद्ध पानीका लागि हुने भविष्यवाणि गर्दै आएका छन् । यो वास्तविकतालाइृ बुझेर नै भारतले नेपालका सबै जलश्रोतहरु हडप्न थालेको छ । बिजुली उत्पादन गर्ने भनेर गरिएका संझैाताहरु पनि वास्तवमा पानी लैजानका लागि मात्र गरिएका छन् । यसको एउटा उदाहरण महाकालि सन्धि हो । भातमारा देशद्रोहीहरुले सवा अर्ब रुपैयाँ मासिक आम्दानि हुने भनेर प्रचार गरिएको महाकालीको आजसम्म डीपीआर बनेको छैन । जबकि डीपीआर नबनिकन सन्धिमा हस्ताक्षर नै हुँदैन । यस्तो गर्नुको कारण पानी हडपेर राख्ने भारतको खेल हो ।

योजनाको थालनी :

koshi-dampत्यसैले भारतले आफ्नो सिंचाई, खानेपानी र बिजुलीको ठूलो समस्यालाई समाधान गर्न भनेर सन् १९८२ मा ‘राष्ट्रिय जल विकास एजेन्सी’ गठन गर्यो । सन् २००० मा उक्त योजना पारित भयो र सन् २०१६ सम्म काम पूरा गर्नेगरि त्यसले सन् २००२ बाट नदि जडान योजनाको काम सुरु गर्यो ।

लक्ष्य :

भारतका सुख्खाग्रस्त क्षेत्र हरियाणा, राजस्थान, गुजरात, उत्तराञ्चल, उत्तरप्रदेश, बिहार, आसाम, उडिसा, आन्ध्रप्रदेश, कर्णाटक र तामिलनाडुको १६ करोड हेक्टर भूमीमा सिंचाई गर्ने र ३४ हजार मेगावाट बिजुलि उतपादन गर्ने ।

योजना :

भारतीय भूमीमा उत्पत्ति भएका बाहेक हिमालय र त्यो भन्दा उत्तरबाट उत्पत्ति भएका नेपालका नदीहरुबाट २२४ क्युबिक किलोमिटर पानी (२२४ क्युबिक किलोमिटर पानी भनेको २२४ किलोमिटर लम्बाई, चौडाई र गहिराई बराबरको क्षेत्रमा जम्मा हुने पानीको मात्रा हो) र नेपालका सिमावर्ति क्षेत्रहरुबाट १३८।५ क्युबिक किलोमिटर पानी लैजाने ।

नेपाल योजना :

१) महाकालि र कर्णाली नदिलाई भारतको यमुना नदिसंग र गण्डकी, कोशी तथा कोशी–मेची लिंकलाई गंगा नदिसंग जोड्न जोड्रने । हेर्नुहोस् चित्र नं। ३ ।

२) नेपालको सिमाना पारि मेचीदेखि महाकालीसम्म ५४ वाटा बाँधहरु बनाएर जलाशय निर्माण गर्ने, जसमध्ये अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरीं नेपालसंगको स्विकृति विना २० वटा बाँधहरु बनाई सकेको छ । नेपालको सिमानामा बनाईएका यीनै गैर कानूनी बाँधहरुले बर्षेनि डुबान, कटान र धनजनको क्षति गर्दै आएका छन् । हेर्नुहोस् चित्र नं। १ ।

३)नेपालका भित्रि पहाडी भेगमा २६९ मिटरसम्मका अग्ला बाँधहरु (हाइ ड्याम) बनाएर पानी भारतमा लैजाने । यस्ता बाँधहरुले नेपालका सैयौं गाविसहरु डुबानमा पारेर बस्ति विस्थापित गर्दैछन् । यस्ता बाँधहरुमा कोशी हाई ड्याम मूख्य हो । यसैगरि बैतडीको पञ्चेश्वर र डडेलधुराको पूर्णागिरी बाँध बनाउने तयारीमा छ भने टनकपुर, शारदा, गण्डक र कोशी बाँध पहिल्यै बनिसकेका छन् । यस्ता बाँधहरु अग्ला पहाडी भूभागका साँघुरा घाटीहरुमा बनाउँदा खर्च कम लाग्ने र भारतीय भूमीको डुबान पनि नहुने भएकोले त्यसले सबै प्रकारका ‘ड्यामहरु’ नेपालमा बनाउँदै छ । नमूनाका रुपमा चित्र नं। २ हेर्नुहोस्

नेपालले बहोर्ने समस्या :

डुबान, कटान, बस्ति विस्थापन, मृत्यू, संझौताहरुबाट आफ्नै पानीमाथि नेपालको हक गुम्नु, पानी जम्मा गर्दा भारतले बनाईरहेका पानीका बाटाहरुका कारण नदिहरुबाट पहिलेका सिमानाहरुमा परिवर्तन । यी सबै समस्या नेपालले बेहोर्दै आएको छ । यस बाहेक यस्ता आयोजनाहरुले नेपालले आफूले निर्माण गर्न थालेका परियोजनाहरु तुहिएका छन् । बाँके जिल्लामा सिंचाईका लागि निर्माणको अन्तिम चरणमा पुगेको “सिक्टा” आयोजना र दाङदेउखुरी जिल्लाको सिंचाईका लागि बन्न थालेको “राप्ति बहुउद्देश्यीय परियोजना”, जसलाई प्रचण्डले “नौमुरे” संझौता मार्फत् तुहाएका थिए, यस्ता केहि उदाहरणहरु हुन् ।

देशद्रोहि भारतीय दलालहरुले गर्दै आएका यस्ता जघन्य अपराधहरुबारे जनतालाई कुनै जानकारी दिनु त कता हो कता यिनीहरुले यो षडयन्त्रलाई नेपालको विकासका रुपमा प्रचार गर्दै आएका छन् । तथ्यांकहरु सहित देशघातीहरुको अपराधबारे प्रत्येक नेपालीलाई सुसूचित गर्ने अभियानमा आजैबाट लागिपरौं । देशका लागि प्रतिरोधको संकल्प गरौं ।

नक्साहरू :

himalayan-river-basin

पहिलो नक्सामा भारतले नेपालको तराइ भूभागलाई जलाशय बनाउने उद्देश्यले बनाएका २० वटा अवैध बाँधहरु बाँधिएका स्थानहरु देखाएको छ । पूर्व, दक्षिण् र पश्चिमतिर जोडिएको १६०० किलोमिटरसम्म भारतले यस्ता ५४ वटा बाँधहरु बनाउँदै छ। यी सबै बाँधहरु पूरा भएपछि नेपालको आधा तराई जलाशयमा परिणत हुनेछ । भारतले बनाउने भनिएको तराईको हुलाकि राजमार्गभन्दा दक्षिणतिरको कुनै पनि भूभाग बाँकि रहने छैन ।

दोश्रो नक्सा प्रस्तावित कोशी उच्च बाँधको नक्सा हो । सुनसरी जिल्लाको कोकाखोला (जो बराह क्षेत्रदेखि थोरै उत्ररतरि सुनकोशी नदिमिसिने ठाउँमा पर्छ) मा बनाउने भनिएको २६९ मीटर अग्लौ कोशी उच्च बाँध समुद्रको सतहबाट १४० मीटर अग्लो भागमा बनाईंदै छ । यो बन्यो भने जलाशय ४०९ मीटर अग्लो हुनेछ र त्यसले नक्सामा देखाईएअनुसार ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, तेह्रथुम, मोरङ र झापाका ७९ गाविसहरु डुबानमा परेर जलाशय बन्नेछन् । तेश्रो नक्साले भारतको नक्सामा नेपालभित्र र सिमानामा बाँधहरू बनाएर यहाँको सबै पानीलार्इ भारतीय नदिहरूसँग जोड्ने गरी बनाइएको रूटलार्इ देखाएको छ ।

(महत्वपूर्ण लागेकाले दहालको फेसबूकबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया