एन आर एन कै महासचिवद्वारा नेपालीमाथि मानसिक यातना र शारिरिक हमला
‘नेपालीद्वारा नेपालीका लागि ।’ आहा कति मिठो है यो नारा ? तर के गर्नु ? यहि नारा मुनि, यहि मिठो सामाजिक सेवाको झण्डामुनि कति नेपाली पिडित छन् । कति नेपालीलाई ठग्न, शोषण गर्न, सताउन र पीडा दिन यो नारा कतिले प्रयोग गरेका होलान् ? ‘नेपालीद्वारा नेपालीका लागि’ भन्ने यहि आकर्षक, गुलियो नारा लिएर, एन आर एनको समितिमै रहेर नेपालीलाईनै मानसिक यातना दिएको, कुटपिट गर्न तम्सेको, अपहेलना गरेको भन्दै एक जना पिडीत नेपालीले कतैबाट न्याय नापएपछि एन आर एन समन्वय समिति, एन आर एन युरोपेली समिति लगायतका एन आर एनका अभियन्ता, नेताहरु समक्ष अपिल गरेका छन् । त्यसरि पिडा दिने, अपमान गर्ने ब्यक्ति एन आर एन फ्रान्साक महासचिव भक्त वाग्ले हुन् । उनले आफूलाई मानसिक यातना दिएको, अपमान गरेको भन्दै न्यायकालागि याचना गर्ने ब्यक्ति हुन्, राज खरेल ।
उनले सगरमाथा रेस्टुरेन्टका मालिक भक्त वाग्ले (एन आर एन फ्रान्सका महासचिव) भक्त वाग्लेको रेस्टुरेन्टमा हप्ताको सातै दिन (सोमबार बिहान बाहेक) काम गर्दापनि जम्मा मासिक आठ सय (दिनको करिब १२ घण्टाको दरले) लिएको । त्यो द्विपक्षिय सहमती अनुसारनै काम गरेकाले गुनासो नभएपनि मानसिक यातना दिने गरेको आफ्नो अपिलमा उल्लेख गरेका छन् । निरन्तर मानसिक यातना खपेपनि काम गर्ने बैधानिक ईजाजत नभएकोले त्यो अपमान सहेर काम गरेको । त्यसरि काम गर्दापनि गत सेप्टेम्बर महिनामा बिरामी परी चिकित्शकले आराम गर्नु पर्ने भनेका बेलापनि जबर्जस्ति कामम आ उन दबाब दिने गरेको र आफूले स्विकारेको । तर केहि समयपछि आफूले चाहे जस्तो कामदार पाएपछि भने तत्कालै काम छोडेर जान निर्देशन दिएको उल्लेख गरेका छन् ।
“शूरुका दिनमा उहाँले मलाइ मेरा अफीसियल मिटिँगहरुमा जान दिने भनि मौखिक सहमति जनाउनु भएको थियो । यसरी मिटिँगमा गएबापत तलब नकाट्ने सहमति पनि भएको थियो । तर पछि पछि उहाँले म अफीसियल मिटिँगमा गएको बेला तलब काटिदिने गर्नथाल्नुभयो । अनि पछि पछि म र मेरा सहकर्मीहरुलाई अत्यन्त नमिठो शब्द बोल्ने, अपमान गर्ने र काम छिटो गर्न पर्ने भनि दबाब दिनुभयो । यस्तोभएपनि रोजगारी गुम्ने डरले सहेर बसेँ ।” उनले एन आर एनको केन्द्रमा न्यायकालागि पठाएको अपिलमा उल्लेख छ ।
आफ्नै रेस्टुरेन्टको मुख्य कुकले दिएको निर्देशन अनुसार स्टाफ खाना बनाउँदा आफूलाई खाना कम्ति भएपछि ‘यो तेरो बाउको रेस्टुरेन्ट हो ? मेरो हो, किन थोरै बनाइस्’ भन्दै आमा, बाउ चकारी गाली गर्दै आफूमाथि साह्रै अपमान गरेको उनको अपिलमा उल्लेख छ । उनले लेखेका छन् ‘दाइ सेफले भनेअनुसार बनाउँदा यस्तो भयो । अरु केहि बनाउँछु नि’ भन्दा रिसाउनुभयो र किचनमा छिरेर बाल्टी र प्लेट फुटाउनु भयो । अनि तैलेँ तेरो हैसियत बिर्सीस माचि…………। मुजी भन्दै आमाचकारी शब्दहरु बोल्नुभयो र रिसाउँदै बाहिरीनु भयो । यति हुँदा पनि मैले बोलिन किनभने मेरो रोजिरोटीको सबाल थियो । तर सडकमा पुगेको मानिस फेरी फर्केर आउनु भयो र उहि आमाचकारी शब्दहरु बोल्दै फ्रिजमा मुड्कीले ढ्वाँग ढ्वाँग हानेर फ्रिज नै कुच्चाउनु भयो । मैले ‘मलाइ जे भनेपनि भन्नुस दाइ तर कृपया नेपालमा रहेका बुबा आमाका नाउँमा जे पायो त्यहि शब्दहरु नभन्नुहोस’ भनेँ ।
सहमतीमै काम छोड्ने निर्णय गरेर काम गरेको एक महिनापछि तलब लिन जाँदापनि आफूलाई फूटपाथे, मखने, रोगी, खान नपाएको, सडकवाला भन्दै अपमान गरेर घाँटीमा न्याक्दै रेस्टुरेन्टबाट बाहिर निकालेर साह्रै अपमान गरेको अपिलमा उल्लेख छ । “पैसा लिन गएका बेला ए तँ पैसा चाहिएर आइस हैन ? पैसा लिन गएका बेला तलब दिनुको साटो उहाँले मलाई त्यो बेला ‘तँ एक मिनेटपनि मेरो रेस्टुरेन्टमा पाइला नटेक, तँ बाहिर गैहाल’ भन्दै दूर्ब्यवहार गर्नुभयो ।’ हेपाहा र नमिठो भाषामा सोध्नुभयो । भिख माग्न गए जसरि भन्नुभयो । मैले उहाँलाई नरम र सम्मानजनक रुपमै ‘दाई किन यस्तो नमिठो बोल्नुहुन्छ । नराम्रो नभन्न्नुस् तपाई जस्तो ब्यक्तिले त्यस्तो भन्न सुहाउन्न, मेरो पैसा दिनुस् म गैहाल्छु नी’ भनें । तैपनि उहाँले मलाई दूर्व्यवहार गरिनैरहनु भयो ।” खरेलले अपिलमा स्पष्ठ लेखेका छन् ।
“त्यो बैठकमा भक्त वाग्लेजीले आफ्ना रेष्टुरेन्टका कर्मचारी उहाँकी श्रीमती उहाँको भान्जा सहितका मानिसहरुलाई ल्याउनुभएको रहेछ । जब मैले बोल्थेँ त्यहाँ हो हल्ला गरिन्थ्यो । जब भक्त दाइ र उहाँको श्रीमती बोल्नुहुन्थ्यो सब चुपचाप बस्थे । भक्त वाग्ले त्यहाँ यति रिसाउनुभएको थियो कि उहाँले तिन पटक त कुट्नकालागि उठ्नुभयो तर त्यहाँ अरुले छुट्टाए ।” खरेलको अपिलमा छ । ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएर नेपालीका लागि सेवा गर्ने भावनाले गठन र सक्रिय संस्था एन आर एनको महत्वपूर्ण पदमा बसेकै ब्यक्तिबाट भएको यो मानसिक दूर्व्यहार म कहाँ गएर पोखुँ भन्दै यहाँहरु समक्ष यो निवेदन पेश गर्छु । आशा छ यहाँहरुले मलाइ मेलमा लिखित जवाफ दिनुहुनेछ ।
यो निवेदनमा म यो जानकारी गराउन चाहन्छु कि यदि गैर आवाशिय नेपाली संघ, फ्रान्सका महासचिवमाथि केन्द्रले कुनै कारवाही गरेन र उहाँले आफूले गरेको दूर्ब्यवहार र प्रायश्तिचको लागि माफी माग्नु भएन भने म यहाँको सरकारी निकायमा नियम अनुसारको कारबाही होस भनि निवेदन दिनेछु ।” उनले यदि एन आर एन केन्द्रबाट न्याय नगरे आफू पछि नहट्ने बरु नययका अन्य बिकल्प अपनाउने उल्लेख गर्दै एन आर एनका अभियन्ताहरुलाई लिखित अपिल गरेका छन् । ‘ए उटा नेपालीलाई अकम लगाउनु । काम गरेको पैसा एक महिअनपछि लिन जानु । त्यति हुँदापनि अपमान सहनु । फेरि त्यहि नेपालीले साझा सहमती गरौं न त भन्दै नेपलीहौर्को बैथक रख्नु । त्यहि बैथकमापनि संघ संस्थाका पदाधिअकरीकै बिचमा तिन पटक जुरुक्क जुरुक्क उथेर कुट्न तम्सिने ब्यक्तिको अत्याचार कामदर, पीडितले कति सह होला ? आफूपनि संस्थाकै परियो, प्याच्च बोल्न भएन के गर्ने ?’ २३ तारिख बैथकमा उपशित एक सहभागिले भने ।




