‘रिबल रोड’ हेर्ने पश्चिमेलीका थरी थरी आँखा
माओवादीको जनयुद्दका बेला रोल्पाको तिला देखि सदरमुकाम लिबाङसम्म मोटर बाटो बनाउने, खन्ने ब्यापक प्रचार प्रसार भयो । विश्व भरिका सञ्चार माध्यमहरु केन्द्रित, आकर्षित भए । बिपन्न देशका नागरिक, नेताले जे काम गरुन् पश्चिमी देशका लागि आलोचनाकै विषय बन्छ प्राय । वालवालिकालाई सामान्य काम लगाए वाल श्रम शोषण भन्छन् । काम नलगाए बरालिएका भन्ने आरोप लगाउँछन् । वाल वच्चाले सक्ने काम लगाएर तिनलाइ गुजारा चल्न दिनु भन्दा भोकै मर्न दिएको राम्रो जस्तो गरि सामान्य काम गर्दापनि वाल श्रम शोषणको अलाप रच्छन् । जनयुद्दका बेला माओवादीहरुले सन् २००५ मा मोटर बाटो बनाए । आफ्नै श्रममा । आफ्नै प्रविधी र सक्रियतामा । तिला देखि थवाङ पुग्ने करिब ९० किमीको सडक बनाएका थिए । यो सडक बनाउँदा विश्वभरिनै ब्यापक प्रचार प्रसार भयो । बिबीसी र सि एन एन जस्ता विश्व प्रसिद्द मेडियालेपनि खुब चर्चा गरे । तैपनि यो सडकका बारेमा पश्चिमेलीहरुबिच समान धारण देखिएन । आआफ्नै ढंगले ब्याख्या गरे । कसैले प्रशंसा गरे । कोहि बदनाम गर्नतिर लागे ।
त्यो सडक बनेका बेला बिबीसीका चार्ल्स हाभिल्याण्ड माओवादीको राजधानी भनेर प्रचार गरिने रोल्पा गएर निकै रिपोर्ट बनाए । माओवादीहरुले पूल भत्काएको । सडक खनेर, भ्वाङ पारेर गाडी हिँड्न नमिल्ने बनाएको प्रचार भैरहन्थ्यो । तर रोल्पाको तिला देखि थवाङसम्मको ९० किमी सडक खनेर माओवादीहरु विध्वंश मात्रै रुचाउँछन् भन्ने आफ्नो छबी र प्रचारलाई चुनौति दिएको बिबीसीले उल्लेख गर्यो । चार्ल ह्याभिल्याण्ड आफैं त्यो सडकमा हिँडिहिँडि रिपोर्ट गर्न गए । त्यो सडक बन्नु अघि त्यहाँका धेरै नेपालीले गाडी नदेखेको उनले उल्लेख गरेका छन् । चार्ल्सले माओवादीको यो कामको प्रशंसापनि गरे । उनले यसलाई रिबल रोड भन्ने नाम दिएका थिए ।
यहि सडकका बारेमा युरोपका अन्य मेडियालेपनि बिभिन्न लेख, समाचार लेखे । फ्रान्सेली दैनिक पत्रीका ल मोंद युरोपमै प्रसिद्द छ । त्यो अखबारलेपनि यो सडकका बारेमा लामो लेख लेख्यो । रिपोर्ट बनायो । भिन्सेन्ट प्राडो रोल्पा पुगेरै त्यो रिपोर्ट तयार पारेका थिए । यो सडक बनाउन वाल श्रम शोषण गरेको । गाउँलेलाई जबर्जस्ति काममा लगाएको । सडक खनेको पैसो नदिएको । सडक खन्न नचाहनेलाईपनि बाध्य पारिएको भन्ने उल्लेख गरेका थिए । यहाँका दुबै तस्विर तिनै प्राडोले खिचेका हुन् ।
त्यो बेला माओवादीको एकदम चर्चा हुन्थ्यो । अनि मैले भेटेका अधिकांश युरोपेलीहरु सोध्थे यो सडकबारे । माओवादीबारे । अनि भन्थे ‘माओवादीको प्रभाव भएको ठाउँमा त गज्जब रहेछ हगि ? काम गरेको पैसा दिनै नपर्ने । काम गर्न आउ, सडक खन्न आउ भनेपछि खुरुक्क आएर सित्तिमै काम गर्नुपर्ने । सरकारलाईपनि चासो नहुने । सडक त त्यसरि पो बनाउनुपर्ने रहेछ, सित्तैमा श्रम लिएर ।’ फ्रान्सेलीहरुले अझ बढि चासो राख्थे । को चाहिँ ‘माओवादीले त अब सडकपनि आफू हिँड्नलाई छुट्टै बनाउन लागे रे नी ।’
प्राडोले ‘ले माओइस्त रिबेल’ भन्ने डकुमेन्ट्री पनि बनाए । त्यो डकुमेन्ट्री पुरै पश्चिम नेपालमा माओवादी जनयुद्द र तिनका गतिबिधीमा केन्द्रित थियो । माओवादीहरुलेपनि खुब साखुल्ले बनेर तिनका सैनिक क्याम्प लगि लगि तालिम गरेको द्रिश्य खिच्न दिएका थिए । ‘आवर कामरेड फ्रम पेरिस कम्युन’ भन्दै खुब सैनिक क्याम्पहरु घुमाइदिएका थिए ।
नेपालीहरुले दिएका प्रतिक्रिया मलाई फ्रान्सेली भाषामा अनुवाद गर्न लगाएका थिए । रोल्पाका केहि नेपालीको अन्तर्वार्ता, प्रतिक्रिया थियो । प्रतिक्रियापनि कसरि लिएका थिए भने माओवादीको बिरोध गर्नेहरु खोजि खोजि । सडक त हाम्रै लागि हो तर हामीले बाटो खनेको त पारिश्रमिक दिनुपर्छ नी । सडक खन्ने सित्तैमा ? माओवादीले सडक खन्न बाध्य पार्छ भन्नेहरुको गुनासो मात्रै समेटिएको थियो । कोहि न कोहि त त्यो सडकको पक्षमा । सडक आफ्नै श्रमदानले बनाउनुपपर्छ भन्ने पक्षमा हुँदा हुन् । तर त्यो पक्षलाई समेटेकै थिएनन् । कोहि ‘ल माओवादीका पक्षका आउँछन्, चुपचाप बसौं’ भनेर डकुमेन्ट्रीका लागि प्रतिक्रिया दिँदै गरेका बेला पनि चुपचाप बस्थे । माओवादी पक्षकाले सुने भने कारवाही गर्छन् भनेर सडक खन्न आएका मध्ये केहिले फ्रान्सेली पत्रकारसित बताएका थिए । प्राडोपनि कहाँ माओवादीको बिरोध गर्ने मानिस पाइन्छ भनेर खोज्दै हिँडेका जस्तो लाग्ने । पत्रीकामा उनको रिपोर्ट होस् वा डकुमेन्ट्री सबै पूर्ण रुपमा माओवादी बिरुद्द थिए ।
मेरो त काम त्यहाँका बोल्नेको भनाई फ्रान्सेली भाषामा बनाइदिनु मात्रै थियो । बेला बेला उनले ‘कस्तो लाग्छ ? ‘ भन्दै सोध्थे । म हाकै जवाफ दिन्थें ‘यो रिपोर्ट जानी जानी माओवदीको बिरुद्दमै तयार पार्न लागेको प्रस्टै देखिन्छ । सत्य त्तह्य, भेटिएको जस्तो लाग्दैन ।’ त्यसपछि उनी केहि प्रतिक्रिया दिँदैनथे । बरु आफ्नै बचाउमा लाग्थे ‘हैन मानिसहरु खुशि थिएनन् ।’ तर त्यो पहाडी भेगमा सडक निर्माणको अर्को बिकल्प कहाँ, के थियो त ? त्यसमा फ्रान्सेली पत्रकारको रिपोर्टले ध्यान दिएको छैन ।
सरकारले सडक निर्माण गर्न सकेको थिएन । सरकारी निति र योजनामा तिला देखि थवाङको सडक पर्दैनथ्यो । सडक नहुँदा स्थानिय तर त्यो पहाडी भेगमा सडक निर्माणको अर्को बिकल्प कहाँ, के थियो त ? त्यसमा फ्रान्सेली पत्रकारको रिपोर्टले ध्यान दिएको छैन । सरकारले सडक निर्माण गर्न सकेको थिएन । सरकारी निति र योजनामा तिला देखि थवाङको सडक पर्दैनथ्यो । सडक नहुँदा स्थानिय जनतालाई मार पर्नुपसम्म परेको थियो । बिकटताले बनाउने असहज, कठिन जिवन भोग्न कति गाह्रो हुन्छ भन्ने सात समुद्र पारीका पश्चिमेलीहरुलाई के थाह ?
तिनले भुलेको अर्को पाटो के हो भने हाम्रो संस्क्रितिनै श्रमदान गर्ने हो । हाम्रा बौद्द, पशुपती, पच्पन्न झ्याले दरबार, हाम्रा अधिकांश गाउँघरका बाटा र गल्ली सबै श्रमदानबाट बनेका हुन् । श्रमदानबिना हाम्रो देशको ग्रामिण विकास कल्पनापनि गर्न गाह्रो छ । भलै अहिले त्यसमा कमी आए होला । तर तिनले हाम्रा भौतिक संरचना कसरि खडा भए, बने भन्ने नबुझि श्रम शोषणको बिरोध गर्छन् । जनताले केहि समय श्रमदान गरेर सडक बनाए तिनैको सुबिस्ता र सुबिधाका लागि हुन्छ । केहि समय श्रमदान गर्दा दिर्घकालिन हित हुन्छ । सामूहिक हित हुन्छ भन्ने तिनले बुझ्दैनन् । वा बुझेर पनि राजनितिक आँखेले हेरेर बिरोध गर्छन् । बरु माओवादीले गरेका गलत अन्य काम र कमजोरीमा तिनले ध्यान दिन सकेनन् । कतिपय फ्रान्सेली मेडियाले त प्रोपोगान्डाको लागि, माओवादी जनयुद्दलाई झन चर्काउनको लागि भनेरपनि लेखे । कतिपयले हतियार ओसार्ने बाटो भने । तर सडक खनिसकेपछि स्थानिय जनताको लागि सुविस्तापनि हुन्छ भन्ने अलिकति ज्ञानपनि नभएझैं तिनले पश्चिमेली मेडियाको क्षमता र विकसित सुझबुझ देखाए ।
तिनले नबुझेको वा बुझ्न नचाहेको प्रसंग, वाल श्रम । अथवा बुझेरपनि गलत ढंगले सार्वजनिक गर्ने अर्को विषय हो वाल श्रम । नेपालमा वालवालिकाहरुले सानो तिनो काम नगरि हुन्न । गरिवीको कारणलेपनि काम नगरि चल्दैन । काम नगरे तिनले खानपनि पाउँदैनन् । क्रिषीप्रधान मुलुक भएकाले गाइ भैंसी बाखा पाठा नहेरे, धरालो नगरे ब्यवहार चल्दैन । वाल श्रम भो भन्ने नाममा तिनलाई काम गर्न नदिए झन गरिवीले टिक्न खान दिन्न । अनि सानो तिनो तिनको क्षमताले काम गरेर बाँच्न दिएको जाति कि वाल श्रम शोषण भन्दै कामबाट बञ्चित गर्दा जाउलोबाटपनि बञ्चित हुनुपर्ने अवस्था स्रिजना हुन दिएको जाति ? गलत कुरोको बिरोध गरिनु पर्छ । त्यो माओवादी वा अन्य जुनैसुकै दल र संस्था । तर बिरोधको रुप कुनै दल विशेष र निति हेरेर गर्नुहुन्न पत्रकारले, मेडियाले । केहि समयकालागि नै होस् दबाब दिएरै भएपनि बनाएको यो सडकको सकारात्मक पक्षनै थिएन भनेर हेर्ने पश्चिमेली मेडियाको द्रिष्टिकोणलाई के भन्ने ? वाल श्रमका नाममा वालवालिकालाइ भोकै राख्ने पश्चिमेली बुझाईलाई हामीले कसरि हेर्ने ?






