सुन र डलरको रास थुपारेर युरोपमा सुशासनको गफ हाँक्दै अर्थमन्त्री डा महत
उता आफ्नो देशमा डलरको रास छ । सुन र चाँदीको चाङ छ अर्थमन्त्री डा रामशरण महतसित । पटक पटक मन्त्री बनेका उनले सोहोर्नु सम्म सोहोरेका छन् । कमाउन पाएसम्म, भेटेसम्म धन लिएका छन् । बिदेश भ्रमणको डलर त छँदै छ । शक्तिको दुरुपयोग गरेर उनले यति रकम जम्मा पारेका छन् कि दर्जन भन्दा बढि उध्योग, कलकारखाना, बैंकमा उनको लगानी छ । तर यिनै रामशरण महत अहिले युरोपेली परिषदको राजधानी भएको देश बेल्जियममा आएर आर्थिक पारदर्शिता, सुशासन र लोकतन्त्रको दह्रो गफ दिँदै छन् । नेपाली कांग्रेसका सदस्य, शुभेक्षुकहरु जम्मा पारेर । देशका लागि निकै काम गरेका, महान राष्ट्रवादीलेझैं फूलका गुच्छा लिएर स्वगतपनि खाए बेल्जियममा ।
हिजो बेल्जियम ओर्लिनासाथ उनलाई स्वागत गर्न नेपाली कांग्रेस समर्थक, केहि गुण्डा, हमलाकारी र मण्डलेसमेतको घुइँचो लागेको थियो । लाम लागेर डा महत कहिले ओर्लेलान् भनेर कुरेका थिए तिनले । नेपाली कांग्रेसका बास्तविक कार्यकर्ताको भिडमा केहि मण्डले, आक्रमणकारी, हमलाकारी र गुण्डाहरुपनि मिसिएर स्वागतमा बसेका थिए । महत कहिले यात्रु आगमन कक्षमा निस्किएलान् र नजिकै जाउँला, फोटो खिचाउँला, म फलानो संस्थाको भनेर साखुल्ले बनौंला भनेर कुर्नेहरुको संख्या वास्तविक कांग्रेस कार्यकर्ताको भन्दा बढि थियो । जे होस नेपाली कांग्रेसका कार्यकर्ता कांग्रेसको चार तारे झण्डा बोकेर, फूलको गुच्छा बोकेर डा महतलाई स्वागत गर्न पुगेका थिए ।
(बेल्जियममा फूलको गुच्छासहित स्वागत लिँदै डा महत)
बाहिर निस्किएर स्वागत खानासाथ डा महतले केहि बेर तस्विर खिचाए । अनि मुलुकको सुशासनका बारेमा अनौपचारिक गफ दिएको स्वागतमा सहभागि एक जनाले प्रतिक्रिया दिए । संविधान गतिलो बनाउने, कंग्रेसले नेत्रित्व लिने र त्यसपछि देशमा आर्थिक क्रान्ति गर्ने कांग्रेसको योजना रहेको केहि कार्यकर्तालाई अनौपचारिक गफमा बताए, महतले ।
देशमा किलोका किलो सुन र चाँदी थुपारेका, बैंकमा डलरका क्याँट राखेका, अनेकौ ब्यापारिक संस्थामा लगानी गरेका, लगानी ढाँट्न, स्रोत लुकाउन परिवारका अनेक सदस्यको नाम प्रयोग गरेका । नेपालको कानुनले दाइजोलाइ अस्विकार गर्दागर्दैपनि त्यसलाई लत्याएर आम्दानीको स्रोत दाइजो भन्दै लाजै नमानी उल्लेख गरेका उनलाई त्यसबारे कांग्रेसका कुनैपनि कार्यकर्ताले सोध्ने आँट गरेनन् । उनको स्वागतमै लागे ।
स्वदेशमा उनको लगानी कति कति । स्ट्याण्डर्ड चार्टर बैंक, हिमालय बैंक ठमेलमा डलर टन्न जम्मा पारेका । भारतीय बैंकको शाखाबाट लाखौं ऋण लिएका । ठग्न र छक्याउनपनि उनी चतुर छन् । ऋण लिएपनि कुन बैंककबाट लिएको भन्ने खुलाउँदैनन् । शक्ति र पदमा पुगेर सोरेको रकम लुकाउन परिवारका अनेक सदस्यको नाममा अनेक ठाउँमा लगानी गरेका छन् । लगानीपनि कम्ति ठाउँमा छ र ? अनलाईनखबरका अनुसार आभा इन्टरनेशनल मार्फत् हिमालय बल्क, सप्तगण्डकी सहकारी, एन्एम।बी बैंक, छायाँ इन्भेष्टमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टे्रडिङ, चन्द्रागिरी बचत सहकारीमा लगानी छ । नेपाल टेलिकममा अर्थमन्त्रीकी नातेदार आज्ञा महतको ८२ हजारको शेयर लगानी छ ।
पाए, देखे, भेटेसम्म उनले जतापनि शेयर हालेका रहेछन् । बिराट शु, नेकोन एयर, भृकुटी पल्प र हरिशिद्धी युनाइटेट इन्स्युरेन्समापनि उनको लगानी । यति धेरै संस्थामा लगानी गर्ने लाखौं करोडौंको आम्दानीको स्रोत के हो ? नुवाकोटको डाँडामा जन्मे हुर्केका उनले केहि बिदेशी संस्था र योजना आयोगमा काम गर्दैमा खरबौं कमाउन सक्छन् ? सुशासन, आर्थिक पारदर्शिता, आर्थिक क्रान्ति, भ्रस्टाचार उन्मुलन, लोकतन्त्रका खुबै चर्का उपदेश दिन्छन् रामशरण महत । आफूले भने देश लूटेर अकुत कमाएका रहेछन् । यस्ता मन्त्रीले सुशासनको पारदर्शिताको गफ हाँक्दै हिँड्न सुहाउँछ ? अनि नेपाली कांग्रेसका कार्यकर्तालेपनि यसका बारेमा सोधखोज गर्नु पर्दैन ? स्वागत गर्ने, माला पहिर्याइदिने मात्रै ?
अनलाईन खबर डटकमको यो समाचारपनि पढ्नुस्
यी चाँहि परेछन् डलरवाला मन्त्री !
महतसँग २१ हजार, रिजालसँग ४७ हजार अमेरिकी डलर
२०७० चैत ५ गते २०:२४ मा प्रकाशित
५ चैत, काठमाडौं । भूमिहीन प्रधानमन्त्री सुशील कोइरालाले बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार जाँदा आर्जन गरेको ६ सय ५० अमेरिकी डलर सरकारको ढुकुटीमा फिर्ता गरेर राम्रो उदाहरण देखाए । तर, कोइराला सरकारका अर्थमन्त्री डा. रामशरण महतले भने विदेश भ्रमणबाट र्फकंदा बचेको अमेरिकी डलर सरकारलाई फिर्ता नगरी ठमेलस्थित एउटा बैंकमा जम्मा पार्ने गरेका छन् ।
मन्त्रीहरुले सरकारी खर्चमा विदेश घुम्दा नेपाल सरकारले दिने दैनिक भ्रमण भत्ताबाट राम्रैसँग आम्दानी गर्दैर् आएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी प्रश्नमा संसदलाई जवाफ दिएलगत्तै मन्त्री महत मंगलबारै युरोपतिर लागिसकेका छन् । महतको विदेश भ्रमण व्यक्तिगत कमाइका लागि समेत भरपर्दो माध्यम बन्ने गरेको छ ।
अर्थमन्त्री महतले दुईवटा बैंकमा व्यक्तिगत खाता खोलेर अमेरिकी डलर राखेेका छन् । स्ट्याण्र्डर्ड चार्टर बैंक, बानेश्वरमा मन्त्री महतका नाममा २१ हजार ५ सय ४६ अमेरिकी डलर रहेको छ । त्यस्तै हिमालय बैंक ठमेलमा मन्त्री महतले ४ हजार २ सय ८८ अमेरिकी डलर राखेका छन् ।
यसरी बैंकमा राखिएको डलर ‘स्वआर्जन तथा विदेश भ्रमणबाट प्राप्त’ भनी महतले उल्लेख गरेका छन् । मंगलबार ब्रसेल्सतर्फ उडेका मन्त्री महतले फर्केपछि विदेश भ्रमणबाट प्राप्त भत्ता ठमेलको बैंकमा लगेर थपे भने यसलाई अन्यथा नमाने हुन्छ । राष्ट्रिय योजना आयोग र विदेशी दातृ निकायमा समेत काम गरेका महतले पेन्सनबाट समेत डलर आर्जन भएको बताएका छन् ।
आधा दर्जन बैंकमा खाता, एक दर्जनमा शेयर लगानी
मुलुकको अर्थमन्त्रालयको जिम्मा लिएका मन्त्री महत र उनका परिवारले करिब १ दर्जन बैंक र वित्तीय संस्थाहरुमा शेयर लगानी गरेका छन् । भारतको पञ्जाव बैंकसँग संयुक्त लगानी रहेको र सबै सभासदलाई खाता खोल्न अनिवार्य गरिएको एभरेष्ट बैंकलाई मन्त्री महतले ८० लाख ऋण तिर्न बाँकी छ । बैंकको लाजिम्पाट शाखाबाट मन्त्री महतले ऋण लिएका हुन् । यही ऋणको गुन तिर्न मन्त्री महतले एभरेष्ट बैंकलाई सिंहदरबार छिर्ने अनुमति दिएको बताइन्छ ।
एभरेष्ट बैंकको बाहेक आफ्नो अनुकुलमा तिर्ने गरी अन्य दुईठाउँबाट अर्थमन्त्री महतले ३० लाख ऋण लिएको सम्पत्ति विवरण मन्त्रालयमा पेश गरेका छन् । कहाँबाट ऋण लिएको भन्ने अर्थमन्त्रीले नखुलाई विवरण बुझाएका छन् ।
अर्थमन्त्री महत र उनका परिवारका सदस्य रोशना, आज्ञा र रक्षा महतका नाममा शेयर लगानी गरिएका बैंक र वित्तीय संस्थाहरुमध्ये हिमालय बैंक र इन्भेस्टमेन्ट बैंकमा मन्त्री महतको आफ्नै शेयर छ । हिमालय बैंकमा ५८८ र हिमालयमा १२१२ कित्ता शेयर अर्थमन्त्री महतका नाममा रहेको छ ।
त्यसैगरी परिवारका सदस्यहरुको शेयर लगानी रहेका संस्थाहरुमा आभा इन्टरनेशनल मार्फत् हिमालय बल्क, सप्तगण्डकी सहकारी, एन्एम.बी बैंक, छायाँ इन्भेष्टमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टे्रडिङ, चन्द्रागिरी बचत सहकारी, रहेका छन् । नेपाल टेलिकममा अर्थमन्त्रीकी नातेदार आज्ञा महतको ८२ हजारको शेयर लगानी छ ।
नेपालमा औद्योगिक विकासको वातावरण बनाउँछु भन्दै आएका अर्थमन्त्री महतले लगानी गरेका बिराट शु, नेकोन एयर, भृकुटी पल्प र हरिशिद्धी युनाइटेट इन्स्युरेन्सका शेयरहरुको कुनै सूचना नपाएको मन्त्री महतले बताएका छन् ।
श्रीमती रोशनासँग रहेको मारुती जीप र आफूसँग रहेको टोयोटा कार स्वआर्जनबाट जोडेको मन्त्री महतको स्पष्टीकरण छ । ९५ तोला सुन, २१ सय तोला चाँदी र केही हिराका जवाहरत रहेको बताउने मन्त्री महतले दाइजो, पेवा, विवाह र स्वआर्जनबाट गरगहना जोडेको बताएका छन् । तराईमा दाइजो प्रथाको विरोध भइरहेका बेला अर्थमन्त्रीको सम्पत्ति विवरणमा ‘दाइजो’ लाई आय आर्जनको आधार मानिएको छ ।
मन्त्री महतले काठमाडौं र नुवाकोटमा आठ स्थानमा घर र जग्गा जमीन रहेको उल्लेख गरेका छन् । नुवाकोटमा रहेको पैत्रिक सम्पत्ति भाइ प्रकाशशरण महतसँग अंशवण्डा गर्न बाँकी रहेको उनले उल्लेख गरेका छन् ।
मन्त्री रिजालसँग ४७ हजार डलर, सवा करोडको लगानी
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालका साथमा डा. रामशरण महतको भन्दा झण्डै दोब्बर अर्थात् ४७ हजार अमेरिकी डलर रहेको छ । योमध्ये ४५ हजार अमेरिकी डलर ‘दिदी गीता धितालबाट प्राप्त भएको’ रिजालले बताएका छन् । नबिल बैंकमा राखिएको सो मध्ये २ हजार अमेरिकी डलरको स्रोत मन्त्री महतले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।
राजधानीको एपेक्स कलेज र सरिन भ्याली स्कुलमा समेत लगानी गरेका मन्त्री रिजालसँग मोरङको दुलारी गाविसमा ८ विगाह जमीन छ । त्यस्तै १९ वटा बैंक र वित्तीय संस्था एवं कलेजमा रिजाल र उनका आफन्तको लगानी रहेको छ । भक्तपुरमा १ रोपनी १० आना जग्गा र बिराटनगरमा चार आना घडेरी रहेको रिजालले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
विभिन्न संस्थाहरुमा मन्त्री रिजालका परिवारको १ करोड १३ लाख भन्दा बढीको लगानी रहेको छ । मन्त्री रिजाल र उनका परिवारका सदस्यहरुकोे लगानी रहेका बैंक र वित्तीय संस्थाहरुमा मञ्जुश्री इन्भेस्टमेन्ट, क्लिन इनर्जी बैंक, युग दर्शन सहकारी, कृषि विकास बैंक, पोखरिया बचत तथा सहकारी, एभरेष्ट बैंक, सिटिजन बैंक, स्टाण्डर्ड चार्टर्ड, एबीआइ बैंक, बैंक अफ काठमाडौं, नबिल बैंक र सानीमा बैंक रहेका छन् ।
– See more at: http://www.onlinekhabar.com/2014/03/178371/#sthash.R66CGziu.dpuf






