नयाँ राज्यको खाका कोर्ने नयाँ पुस्ता

बिनोद न्यौपाने भैरे‘ / इटाली

binod-nyaupane-bhaireतपाईं यहि राज्य भित्र हुनुहुन्छ । राज्य अहिले खोक्रो छ ।  आफ्ना आफ्ना रणनिति, योजना पास गराउन शक्तिहरु तानातानमा छन । बिवादहरु बढ्दै गैरहेका छन । यसले समाधानका बाटाहरुपनि खोज्दै गईरहेको छ । सामूहिक निर्णय, प्रक्रियामा नआइ कसैलाई सुखै छैन । चाहे बैध्य बा को पार्टी नै किन नहोस् । शक्ती ठूलो पार्न प्रचन्ड दाईको पार्टी घुस्रीएको छ । किनकी समय पत्ता लगाएर निर्णय गर्न नसक्दा नङ फुकालीएका औंला भएको छ त्यो पार्टी । अब अहं गर्न सक्ने स्थिती छैन । किनकी जनआधार पहिलेको स्थितीमा छैन । त्यहाँ भौगोलीक र संस्थागत संपर्क र स्थानिय सञ्जालले गर्दा मानीस जहाँ जहिल्यै आफ्नो पेशा, दक्षता भजाउन सक्ने भैसकेको छ । त्यो राज्यले रोकेर रोक्ने अवस्थामै छैन । 

यो खोक्रो अवस्थामा बिवाद, समस्या धेरै हुनु भनेको समाधानका बाटा धेरै खुल्नु नै देख्दछु । जती धेरै नकारात्मक बाटा हुन्छन त्यतिकै सकारात्मक बाटाहरु निस्कन्छन् । नेपाली कांङ्रेस, एमाले वा कोही एकले मात्रै समाधान गर्छु र जस लिन्छु भन्ने सोच्नु नीरर्थक हो । यहाँ सामूहीक नीर्णय, सामूहीक समाधानको उपाय निकाले मात्रै पार्टीहरु जोगिएलान । नत्र दिन प्रतिदिन पार्टीहरु खुइलिँदै र खिइँदै जाने छन । अबको पुस्ता भूमण्डलीकरण बुझेको, जानेको, विश्वब्यापी पहुँचको तैयार हुँदै आउँदैछ ।

नेपाल १२५ जाती र १४० भाषा भाषी बस्ने देश हो । नभुलौं, चीन र भारत बिचमा छ । हिजो भोट र सीक्किमका इतिहाँस आलै छन् । सबैतिरबाट लखेटिएका मान्छेहरुको थलो हो यो । को कहाँबाट आए भनेर खोज्नु भन्दा अब के गर्दा हाम्रो भलाई हुन्छ सोच्ने बेला हो यो । अझ हाम्रो निरक्षरता माथि खेलिरहेका छन । भारतसँगका कुराहरु कुटनितीक रुपमै समाधान गरिनु पर्दछ । चीनसँग पनि त्यहि ब्यवहार गर्नु अपरिहार्य छ । यो विश्व पूँजी “लिबेरलाइजेसन” (स्वतन्त्रता) को यस्तो नुन पानीमा मिसिएको नभेटिने छालले हामीलाई भेटेको छ जसमा हाम्रो मगज, संस्थागत शैली सबै भत्काउँदै लाँदैछ । परिणामत देशमै नयाँ पूँजीपती जन्माउँदैछ । नयाँ राज्यको खाका कोर्दै छ जसमा उनिहरु मोजमज्जासँग सुरक्षित बस्न सक्छन । यो परीवर्तन विश्वकै हावा (आर्थिक रुपमा चीन दह्रो हुँदै गैरहेको) मुताबीक देश, काल र परिस्थिती अनुसार सामाजीक संरचना, आर्थीक संचना हुँदै गैरहेको देख्दछ भैरे । समय के रोकौला र ? पो भन्छ !

(लेखक ईटालीको पादोभा विश्व विध्यालयमा विश्वका संघियताका मोडेल, सामाजिक संरचना लगायत विषयमा उच्च शिक्षा अध्ययन गर्छन् । त्यो अध्ययनका लागि विश्वका धेरै मुलुकका विध्यार्थीसितको प्रतिस्पर्धामा जितेर उनले त्यो अवशर पाएका हुन् )।

तपाइँको प्रतिक्रिया