बुढा हो अवकाश लेउ

old-maoist-leaders

क्यास र ड्यास दुबै माओवादीका यि बुढा नेताहरुले नेत्रित्व लिएको धेरै वर्ष भयो । चौथो महाधिवेशन । मोटो मशाल । पातलो मसाल । नेकपा एकताकेन्द्र । जनमोर्चा । नेकपा माओवादी । अनेक नामका कम्युनिष्ट पार्टी, दल र मोर्चाको नेत्रित्व गरिसके यिनले । जनयुद्द हाँके । जन आन्दोलन हाँके । बिध्यार्थी आन्दोलन हुँदै । तर अहिले यि सबै नेता पार्टीलाई एक ठाउँमा राख्न । कम्युनिष्ट पार्टीलाई एकिक्रित गराउन । जनताको अपेक्षा अनुसारको आन्दोलन गरेर त्यसलाई सफलतामा पुर्याउन करिब करिब असफल जस्तै देखिएका छन् । यि मध्ये नारायणकाजी श्रेष्ठ, प्रचण्ड र बाबुराम भट्टराई र सरकारमा पटक पटक गए । नेत्रित्वपनि लिए प्रचण्ड र बाबुराम भट्टराईले । तर खै यिनले न पार्टीलाई उर्जा दिन सके । न सरकारमा जाँदा जनताका पक्षमा गतिलो काम गरेर देखाउन सके । तर नेत्रित्व भने ओगटिरहेका छन् । 

माओवादीको नेत्रित्वमा मोहन बैध्य पुगे । सेक्टर काण्ड भन्ने काण्डमा नेत्रित्व असफल भएको भनिएपछि उनले राजिनामा दिएर प्रचण्डलाई सुम्पे । प्रचण्डले नेत्रित्व लिएकोपनि दशक भयो । तर उनैको पालामा पार्टी शान्ति सम्झौतामा आयो । जनयुद्द रोकियो । जनसेना केहि पदमा बिलिन गराइए । पार्टी फुट्यो । एकिक्रित नेकपा माओवादी राष्ट्रियताको विषयमै नराम्रोसित पराजित देखियो । पिछलग्गु बन्यो । संसदिय राजनितिमा आयो माओवादी । पहिलो संविधान सभा हुँदै दोस्रो पटकमा सर्वनाक हार भयो । दिशाहिन, नितिहिन बन्यो । तैपनि प्रचण्ड नेत्रित्व छोड्न तयार छैनन् । जनयुद्दकालमा सफल देखिएपनि त्यसपछि प्रचण्ड सर्वाधिक असफल नेता बनेका छन् । तरपनि उनी नेत्रित्व छोड्न तयार देखिन्नन् । बाबुराम भट्टराईको नेत्रित्व उसैगरि असफल साबित भयो । प्रधानमन्त्री भएका बेला उनी गन्हाउनु गनाए । सबै भन्दा बढि उनी राष्ट्रियताका विषयमा झुक्न खोजे । देशलाई झुकाउन खोजे । आफैंले लडेर ल्याएको, जनताको रगत र पसिनामा आएको, दशौं हजारको रगतको मूल्यमा ल्याइएको संविधान सभा भंग गराए । त्यो भंग गराउँदा पार्टीको सहमतीपनि लिएनन् र हुकुमी शैली अपनाए । अर्को निर्वाचन त भयो। त्यसले देशलाई अरबौंको घाटा पर्यो् । उनैको पार्टी तेस्रो बन्यो । सरकारमा गएर जनताका पक्षमा एक सिन्कोपनि भाँच्न सकेनन् ।

तैपनि बाबुराम भट्टराई अझै लायक छु । अझै बिचारवान छु । अझै नितिवान छु । अझै सफल छु भनेर नेत्रित्व हत्याउन खोज्दै छन् । प्रचण्डलाई हटाएर माओवादी नेत्रित्वमा पुग्न खोज्दै छन् । उनले आफैं मुख नखोलेपनि उनि त्यहि कसरतमा छन् । उनका आफन्तीहरु त्यहि माग गर्न थालेका छन् । आफ्ना निकटहरुलाई लगाएका छन् । उनले महसुस गर्नु पर्थ्यो, उनी राजनितिमा सफल नेत्रित्व दिन सकेनन् । त्यसैले इमान्दारिपूर्वक पाखा लाग्नुपर्छ । संविधान सबह भंग गराएर देशलाई ठूलो राजनितिक संकटमा धकाले ।

नारायणकाजी श्रेष्ठपनि नेकपा (एकताकेन्द्र), नेकपा एकताकेन्द्र मसाल लगायत धेरै पार्टीको नेत्रित्वमा गए । माओवादी नेत्रित्वको पनि उच्च तहमा बसे । मन्त्री बने । उनको हालतपनि उस्तै हो । उता ड्यास माओवादीका नेता मोहन बैध्य किरण । साह्रै इमान्दार र दार्शनिक नेता भनेर चिनिन्छन् । प्रचण्डलाई देउतासमान स्थान दिएर प्रचण्डपथ घोषणा गर्न हौसिए । सिपी गजुरेल र यि बैध्य दुबै नेत्रित्वमा बसेको धेरै भयो । यि बस्दाबस्दै जनयुद्द बिश्राम भो । संविधान सभा बिघटन भो । एक पक्ष असफल । दिशाहिन । भ्रस्ट । नालायक देखिँदा नेत्रित्व लिन सकेनन् पार्टीमा । त्यसैले यिनलेपनि अब नेत्रित्वबाट बिदा लिने समय भएको छ । राजनितिलाई पेवा ठानेर आजिवन नेत्रित्वमा बस्नु न्यायपूर्ण होइन । सुहाउने कुरोपनि होइन ।

राजनितिक नेत्रित्वमा बस्ने भनेको सफल हुन्जेल हो । नेत्रित्व गर्न सक्ने । नयाँ बिचार दिन सक्ने । पार्टी हाँक्न सक्ने । देश चलाउन सक्ने । सकारात्मक परिवर्तन दिन सक्ने । जनता, कार्यकर्ताले पत्याउने ।  स्पष्ठ बिचार, निति, आदर्श, नेत्रित्व क्षमता रहुन्जेल पार्टीको नेत्रित्वमा बस्नुपर्छ । जब यि सबै विषयमा ति असफल हुन्छन् तब तिनले आफू असफल भएको बुझ्नुपर्छ । र सक्षम, युवाहरुलाई नेत्रित्व सुम्पिनुपर्छ । यि दुबै पार्टीमा युवा र सक्षमहरु आइसकेका छन् । अब यि बुढाहरुले नेत्रित्व युवाहरुको काँधमा सुम्पे हुन्छ । बुढा हो नओगट । छोड नेत्रित्व । युवाहरुलाई देउ ।

तपाइँको प्रतिक्रिया