बिर्खे गोठालो भन्दा भट्टराईको राजनिति पछौटे

ललीत केसी

baburam-bhattarai_12दशक भन्दा बढि राजनितिक सहयात्रा गरे डा बाबुराम भट्टराईले एकिक्रित नेकपा माओवादीका  अध्यक्ष प्रचण्डसित । भारतमा बसे । नेपालका गाउँ चहारे । सँगै खा । बसे । सुते । अनेकौं बैठक गरे । दस्ताबेजमा भावना पोखे । निति बनाए । पार्टीको आचरण बनाए । तरपनि अँहँ उनले त्यत्रो उठबस गरेका सहयात्री चिन्न सकेका रहेनछन् । अथवा चिन्दै नचिनी पछी लागेका रहेछन् । अन्ध भक्त जस्ता । बरु डा बाबुराम भट्टराईले भन्दा त बिर्खे गोठालोले पो चिन्दो रहेछ प्रचण्डलाई । प्रचण्डको राजनिति वर्षौं प्रचण्डसित उठबस गर्ने भट्टराईले भन्दा छिटो बुझ्ने रहेछ बिर्खे । झन बढि जान्दो रहेछ, बिर्खे गोठालो । 

बिर्खे गाइभैंसी गोठालो हो । उ आफ्नो पेशा राम्रोसित जान्दछ । कतिखेर ति भोकाउँछन् उ जान्दछ । कतिखेर तिर्खाउँछन् मेसो पाउँछ । उसका गाइभैंसी बिरामी हुनासाथ ऊसले थाह पाइहाल्छ । ति रिसाउँदापनि उसले अलग्गै पत्ता लगाउँछ । तिनको गाह्रो साह्रो बुझ्न उसलाई मुश्किल पर्दैन । त्यहि अनुसार ऊ गाइभैंसीको हेरचाह गर्छ । पालनपोषणमा ध्यान दिन्छ । उ आफ्नो पेशामा पारंगत छ । अनुभवी छ । र छ, सफल । उसलाई राजनितिमा उति चासो छैन । उसको त्यो पेशापनि होइन । उसले त्यसमा टाउको खियाएकोपनि छैन । तरपनि ऊ वर्षौं राजनिति गरेका । प्रचण्डसितै उठबस गरेका । लाखौं जनतालाई ‘यो राम्रो पार्टी’ भन्दै पछि लाग्न लगाएका डा भट्टराई भन्दा बढि जान्दछ ।

किनभने डा भट्टराईले एकिक्रित नेकपा माओवादी प्रचण्डको प्राईभेट कम्पनी जस्तो भयो भनेर बल्ल कुर्लिँदै छन् । बल्ल मेसो पाउँदै छन् । बल्ल भट्टराईको दिमाखले प्रचण्डले पार्टीलाई निजि कम्पनी बनाउन लागे भनेर बुझ्दै छ । तर बिर्खेले उहि बेला बुझेको तथ्य हो त्यो । जतिबेला प्रचण्डले कसैलाई हप्काएर किनारा लगाए । कसैलाई चाकरिले पछि लगाए । कसैलाई अक्किल र धुर्त्याइँ गरेर निच राखे । अनि आफू महान । आफ्नो नेत्रित्व सर्बोत्तम । आफ्नो बोली श्रेष्ठ । पार्टी बनाउने मुख्यपनि आफैं । फस्टाउनेपनि आफ्नै बल र बुताले । आफैं भगवान । आफैं जनता । आफैं नेता । आफैं हर्ताकर्ता । अरु पिछलग्गु । आकाशबट खसेका कुनै किताबमा पढिने अवतारी लामा जस्ता । यस्तो मूल्यांकन गरेर उनले आफूलाई सर्बश्रेष्ठ घोषणा गरेका थिए । त्यो उनको दम्भलाई उनले प्रचण्डपथको नामाकरण गरेका थिए । यतिखेर डा बाबुराम भट्टराईले पुरै साथ दिए । त्यसैका पछि लागे । त्यसैलाई शिरमा बोके र आफू लुरुलुरु हाँस्दै पछि पछि हिँडे  ।

तर बिर्खे गोठालोले उतिबेलै बुझेको थियो । यो प्रचण्डपथले पार्टीलाइ रसातलमा लान्छ । कहि नपुर्‍याउने पथ हो त्यो । पार्टी अब निजि कम्पनी जस्तो भो । यो दम्भ हो । ढोंग हो । ब्यक्ति पूजा हो । आम कार्यकर्ता, नेता र जनता प्रतिको अवमूल्यन हो । सामूहिक नेत्रित्वमा चल्नुपर्ने पार्टी अब ब्यक्तिगत निर्देशन, ब्यक्तिगत हाँक, ब्यक्तिगत, शान, प्रचण्डको लहड र धम्कीमा चल्ने छ । बिर्खेले उतिबेलै जानेको थियो । बोलेको थियो । तर त्योबेला यसो भन्नेहरुलाई डा भट्टराई प्रतिक्रियावादी देख्थे । षडयन्त्रको हस्को मान्थे । निजि कम्पनी बनाउन लागेका प्रचण्डलाई देउता ठानेर प्रचण्डपथ बिनाबिकल्पको निति मान्थे ।

तर अहिले बल्ल डा भट्टराईले बुझेछन्, एकिक्रित नेकपा माओवादी प्रचण्डको निजि कम्पनी जस्तो भयो भनेर । पार्टीलाइ आफ्नो निजि कम्पनी बनाउन प्रचण्डले कतिलाई पालनपोषण गरे । कति ढल मिसाए । कति खहरेलाई ठूलो नदी हो भन्ने हौवा फिँजाएर हुले । कतिलाई आर्थिक लोभ देखाए । कतिलाइ मनपरि पद बाँडे । यो ख्याल गरेनन् भट्टराईले । आफ्ना बिरोधीलाइ कसरि तह लगाउँथे प्रचण्डले भन्ने हेक्कापनि राखेनन् । त्यो बुझ्ने राजनितिक क्षमतापनि भट्टराईसित थिएन । फेरि प्रचण्डको बलमिच्याई भन्दा उनैकी पत्नी महान नेत्रि हिशिला यमी पो के कम थि ईन् ? आफ्नै पत्नीको नकामलाई कर्के नजरसम्म लगाएर हेर्न अन्सक्ने भट्टराईले कसरि प्रचण्डको निजिकरणका बिरुद बोलिन् र ? कहाँ बाट आ ओस् त्यो नैतिकता र ?

प्रचण्डलाई टककर दिन सक्ने बैध्य पक्षका, हार्ड लाईनर भनिएकाहरुलाई कस्तो निति अँगालेर पार्टी फोर्ने वातवरण बनाए, प्रचण्डले । जब उनलाइ टक्कर दिनेहरु बाहिरिए तब प्रचण्डलाई बाटो खुला भयो । झन सजिलो भयो । जति बाटो खुला भयो उति निजिकरण गर्दै लगे पार्टीलाई । जबसम्म आफूलाई अप्ठेरो परेको थिएन । प्रचण्डले पत्याउँदै थिए, भट्टराईअलैइ । प्रचण्डबाट पद र कुर्सीकालागि आँच पुगेको थिएन तब सम्म बाबुराम भट्टराईपनि चुपचाप बसे । वा आफूलाई पद मिलुन्जेल उनले प्रचण्डले पार्टीलाई निजिकरण गर्न लागेको, पार्टी प्रचण्डको प्राईभेट कम्पनी भएको कहिल्यै देखेनन् । बुझ्नपनि चाहेनन् । प्राइभेट गर्न लागेको छनक अपौन्जेलपनि बोलेनन्, आफ्नो स्वार्थमा धकक नलागुन्जेल । अहिले बल्ल भट्टराईको आँखामा लागेको बादल उग्रिएछ । राजनितिक बादल । राजनिति नबुझ्ने कुहिरो । यस मानेमा भट्टराई बिर्खे गोठालो जत्तिपनि राजनिति बुझ्दारहेनछन् । स्वर्थी रहेछन् । दशकौं सँगै बस्दा, संगत गर्दा, सहकार्य गर्दापनि प्रचण्डलाई नबुझ्ने, एउटा गोठालाले जतिपनि राजनिति नबुझ्नेले के राजनिति गर्नु ?

तपाइँको प्रतिक्रिया