समानुपातिक सभासदको नाम छान्दा तिन गूटको मारमुंग्री

Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmanduनेकपा माओवादीले २६ सिट मात्रै जित्यो । संविधान सभाको गत निर्वाचनमा । यो सिट प्रत्यक्ष तर्फको हो । समानुपातिकमा भने ५४ सिट जितेको छ । हो, ति सिट छान्नकालागि माओवादीबिच लामो समयदेखि बिबाद परेको थियो । उनीहरुले समानुपातिक सभासद छान्न नसक्दा पटक पटक निर्वाचन आयोगसित समय मागेका थिए ।

आज फेरि ति पद छान्न माओवादीको केन्द्रिय समितिको बैठकमा आज तिन शिर्ष नेताबिच मारमुंग्री परेको छ । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच आआफ्ना पक्षका सभासद छान्न मारमुंग्री गरेका हुन् । 

निर्वाचन आयोगले समानुपातिक सभसदको नामावली बुझाउने म्याद अब निर्वाचन आयोगले नथप्ने भएपछि सोमबार माओवादी केन्द्रिय समितिको बैठक बसेको थियो। ति सबहसद छान्नकालागि । तर त्यहि बैठकमा मुख्य तिन नेताले यसरि बिबाद गरे । ५४ जना सभासद छान्नुपर्नेमा प्रचण्डले आफ्ना पक्षका अधिकांश सभासद छान्न खोजेपछि बिबाद बढेको बाबुराम र नारायणकाजीको आरोप छ । उता प्रचण्ड पक्षले भने त्यसको खण्डन गरेको छ । भट्टराई र श्रेष्ठले न्यायपूर्ण, लगानी र आवश्यकता अनि क्षमताका आधारमा भन्दा बहगबण्डा गर्न खोजेको आरोप प्रचण्ड पक्षको छ ।

निर्वाचनका बेला प्रचण्डले बिभिन्न पार्टीका नेता, स्वतन्त्र र पार्टी त्यागेर बसेका, पूर्व पञ्च लगायतका ब्यक्तिहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए । तिनलाई सभासद बनाइदिने, पार्टीको सरकार निर्माण भए मन्त्री पद लगायत अन्य पदको लोभ देखाएर पार्टीमा भित्र्याएकाले हाल यो समस्या देखिएको माओवादी कार्यकर्ता बताउँदै हिँडेका छन् ।

५४ जनाको सिटमा प्रचण्डले भटाभट आफू निकटका ब्यक्तिहरु प्रस्ताव गरेपछि डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले तत्कालै प्रतिबाद गरेका थिए । पार्टीमा योगदान गरेका, देन दिएका, पिडित, सक्षमलाई स्थान दिनुपर्ने भन्दै भट्टराई र नारायणकाजीले प्रचण्डको प्रस्तावमा असहमती जनाए  ।

नारायणकाजी र बाबुराम भट्टराईको गुनासो थियो, जनयुद्दका क्रममा जेलनेल भोगेका, दुख पाएका,पार्टीमा योगदान गरेकाहरुलाई कदर गरिएन । पार्टीमा आफ्ना पक्षकालाई मात्रै स्थान दिन खोजियो । पार्टी भर्तिकेन्द्र जस्तो बन्न खोज्यो । बिबाद बढ्दै गएपछि भट्टराई र श्रेष्ठले पूर्णरुपमा असहमती जनाए । त्यसपछि ‘ल जे गर्नुस् गर्नुस् हाम्रो सहमती छैन यो सूचीमा’ भन्दै प्रचण्ड पक्षले तयार पारेको सूचीमा असहमती जनाउँदै भट्टराई र श्रेष्ठ बाहिरिएका थिए ।

प्रचण्डले यसरि मनलागि आफू निकटका, आफूले पदको लोभ देखाएर भित्र्याएका हरुलाई अहिले आफू निकट बनाउन त्यस्तो सूची तयार पारेको । पार्टीलाई झन बदनाम खोजेको भन्दै पार्टी कार्यकर्ताबिचपनि तिब्र बिबाद भएको छ । बिबादकै बिच प्रचण्ड पक्षले समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाएको छ । तर बिबाद भएकाले हुन सक्छ त्यो सूची भने तत्कालै गरेनन् । किनकि निर्वाचन आयोगमा बुझाएपनि तिन सम्म त्यो सूची सच्याउन सकिने प्रवधान भएकोले हुन सक्छ । समानुपातिक सभासदको सूची सहमतीमा सच्याउन सक्ने संभावनापनि छ । यदि सच्याईएन र पेलेरै लगेमा प्रचण्ड पक्षको यो पेलानले माओवादी भित्र तिन मुख्य गूट प्रचण्ड, बाबुराम र श्रेष्ठबिच अझ बढ्न सक्छ ।

तपाइँको प्रतिक्रिया