आरोप प्रत्यारोप र खिचातानीमा माओवादी शिर्ष नेता

Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmanduअब माओवादीलाई सरकारमा जान कसैले रोक्न सक्दैन भन्थे नाराणयकाजी श्रेष्ठ । प्रचण्डले त हाकै भनेका हुन् ‘अब माओवादीले ४० वर्ष शासन गर्छ’ भनेर । त्यसैले बाबुरामले मुख मात्रै मिठ्याएनन् ‘राष्ट्रपती हुँला भन्ने दाउ’ गरेर । तर संविधान सभामा माओवादी पछारिनु र सडकमा ट्रकले किचिएको पाओको हालत एकै भयो । अब त्यो हालत बनाउने को हो ? यति खेर एकिक्रित नेकपा माओवादीका शिर्ष नेताबिच बिबाब्द चुलिएको छ । निर्वाचन पाओ जसरि पछारिनुको कारण खोज्दै छन् । त्यसको दोष कसका ढाडमा लगेर बिसाउने तिब्र खोजि हुँदा नेताबिच बिबाद, आरोप र कटुता बढ्नु स्वभाविकै हो । 

निर्वाचनमा हारको पूर्ण बिवरणपनि न आउँदै प्रचण्डले धाँधली भएको भनेर आफ्नो ढाडको भारी सुरक्षा निकायतिर, प्रतिपक्षी दल र अ मूक बिदेशी चलखेलका ढाडमा बिसाउन खोजेका थिए । तर त्यो अंशिक कारण हुँदो हो, मूल थिएन । बिस्तारै उनैका पार्टीका नेता, कार्यकर्ताले पत्याएनन् । पार्टी अध्यक्ष भएकाले यसको जिम्मेवारी लिनुपर्ने भो । अनि कसो गर्ने ? प्रचण्ड अझैपनि सुबिस्ता पर्ने ढाडको खोजिमै छन् । त्यो मूल्यको भारी बिसाउन ।

बाबुराम भट्टराई पक्षका नेता यतिखेर बदला लिने दाउमा छन् । नेत्रित्वका लागि प्रचण्डसितै टक्कार नभएपनि पार्टी पहुँचकालागि केन्द्र र स्थानिय तहमा सधैं तानातान हुन्छ । यहि मेसोमा बाबुराम पक्ष प्रचण्डको नेत्रित्वलाई चुनौति दिँदै छन् । बाबुरामका विश्वाशिला टोप बहादुर रायमाझीले त हाकै भनिदिए ‘आकाशमा धेरै उड्नाले जमिनमा ध्यान गएन, हारियो ‘। यो उनको प्रचण्डतिर सोझिएको हो ।

भट्टराई पक्षका नेता यहि मौकामा प्रचण्ड पक्षलाई कमजोर बनाउन चाहन्छन् । पार्टी नेत्रित्व, कार्यकर्ता, पार्टी संरचना र निर्वाचनको समग्र मूल्यांकन हुनुपर्छ । उनीहरुले उठाएको आवाज हो । अहिले । यसको अर्थ प्रचण्डको नेत्रित्व असफल भयो भन्ने उनीहरुको मूल्यांकन छ । तर नेत्रित्व बदल्न सक्ने क्षमता भने उनीहरुसित छैन । पार्टीमा उनीहरु अझैपनि प्रचण्ड भन्दा कमजोर अवस्थामा छन् । नेत्रित्वको प्रश्न उठाएर आफू बलियो बन्ने, आफ्ना पक्षलाई बढि स्थान दिने उनीहरुको रणनिति हुन सक्छ ।

तैपनि यतिखेर बढि बिबाद प्रचण्ड र नारायणकाजी श्रेष्ठकै बिचमा छ । किनभने एक त बाबुराम भट्टराई धेरैजसो प्रचण्डकै पक्षमा थिए । उनीसितै हेलिकोप्टर यात्रामा जाने बाबुराम भट्टराईनै थिए । सुरक्षा निकायको जुलुस अघि पछि लगाएर गाउँ घुम्ने सोखिन नेतामा बाबुरामपनि थिए । नारायणकाजी श्रेष्ठ शुरुदेखिनै भारतीय पक्षमा धेरै निहुरिने बाबुराम र प्रचण्डका बिरोधी थिए । त्यसैलेपनि उनीहरुसित शुरुदेखिनै नारायणकाजीको बिबाद हुँदै आएको हो ।

खासगरि यो बिबाद निर्वाचनपछि आगो झैं पुत्पुताएको हो । माओवादीसहित ३३ दललाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने सोचमा थिए नारायणकाजी । तर मानेनन् प्रचण्डले ।  निर्वाचनमा तालमेल मिलाएर नजानु र ३३ दललाई निर्वाचन बाहिरै राख्नु पार्टीको दोष हो । त्यो दोष नेत्रित्वले लिनुपर्छ भन्ने गरेका छन् उनले । त्यसको अर्थ उनले सिधा प्रचण्डलाई दोष दिएका छन् ।

प्रचण्ड पक्ष त झन यसै बहुमतमा । के कम ? बैध्य पक्षका नेतालाई पार्टीका सूचना पुर्याएको आरोप लगाउने गरेका छन् । नारायणकाजी माथि । दुई पार्टीका बीचको सम्बन्ध विगार्न लागेको आरोपपनि उनैमाथि लगाउने गरेका छन् । माओवादी र एमाओवादीबीचमा मारमुंग्री मच्चाउने तहको वातावरण बनाउनेनै नारायणकाजी हुन् भनेर प्रचण्ड पक्षकाले बुइँबुइँ मच्चाउने गरेका छन् । यसले झन नारायणकाजी पक्षलाई सनक्क सनक्क बनाएको छ । बहिस्कारको पक्षमा हिँडेको माओवादीलाई सेना लगाएर दबाउने पक्षमा प्रचण्डले भूमिका खेलेका थिए । हो त्यहि विषयलाई सिद्द गर्ने गरि भाषण ठोक्दै, अर्थ लगाउँदै गएर झन ड्यास माओवादीसित दूरी बढाइदिए । आफू साखुल्ले हुनकोलागि । प्रचण्ड पक्षले यस्तो आरोप लगाउँदै आएका छन् ।

पार्टी हार्नुको कारण धाँधली र बिदेशी अद्रिश्य शक्तिको कारण भन्दै अन्टोसन्टो बोलेर पन्छिन खोजिरहेका छन् प्रचण्ड । नारायण काजीले त्यसमा मुकाबिला गरिहाले । जनतालाई कुरा बुझाउन सकिएन । पार्टी प्रचार शैली भड्किलो भयो । पार्टीमा तिब्र कमजोरी रह्यो भनेर । स्थानिय उमेदवार दिनु भन्दा टापटिपे शैली अपनाईयो । पार्टी निर्णय भन्दा ब्यक्तिले मनपरी निर्णय गर्ने गरियो । प्रचण्डको नेत्रित्वलाई उनले यसरि तत्कालै चुनौति दिएका थिए ।

यहि मेसोमा डा भट्टराईपनि प्रचण्डसित बदला लिन खोजिरहेका छन् । सजिलोपनि यहि बेला छ । नेत्रित्वको हार भएको भन्दै प्रचण्डलाई राजिनामा दिन लगाउन भट्टराई पक्षले भित्रभित्रै आवाज उठाइरहे का छन् । टोप बहादुर रायमाझीले ‘यसको जिम्मेवारी नेत्रित्वले लिनुपर्छ’ भनेर हाँक दिनुको अर्थपनि य्है हुन सक्छ ।

बाबुरामको चलाखीपनि गज्जबकै छ । आफू सिधा नदेखिने । प्रचण्डको राजिनामा मागेर आफू पाएसम्म नेत्रित्वमा पुग्ने । आफ्ना निकट मार्फत यो खेल भट्टराईले खेलिरहेको प्रचण्ड पक्षले आरोप लगाइरहेको छ ।

उता नारायणकाजी पक्षको दाउ फेरि छुट्टै छ । पाए आफ्नै नेत्रित्वमा होस् । नसके बाबुराम पक्षमा नेत्रित्व नजाओस् । किनभने बाबुराम त झन भारतीय पक्षका हुन् । बाबुराम आएभने पार्टी झन पूर्णरुपमा भारतीय दलाली गर्ने बन्छ । त्यसैले बाबुराम भट्टराईलाई स्विकार्नु भन्दा प्रचण्डकै नेत्रित्व स्विकार्नेमा नारायणकाजी पक्ष छ ।

उता बाबुरम पक्ष भने शुरुदेखिनै नारायणकाजी पक्षसित असन्तुष्ट रहँदै आएको छ । प्रचण्डले आफूलाई भन्दा उनलाई काखि च्यापेको । बढि विश्वाश गरेको । बढि स्थान दिएको । उचालेको । उनलाई काखि च्यापेर आफूलाई पेलान दिने गरेको आरोप लगाउँदै आएका छन् । यहि मेसोमा बाबुराम पक्ष प्रचण्डलाई कमजोर पार्न चाहन्छन् ।

उता भट्टराईमाथि नारायणकाजीको आरोपपनि कम छैन । राष्ट्रियता बिरुद्द काम गरेको । बिमानस्थलको सुरक्षा भारतलाई दिन लाग्दा आफूले परराष्ट्र मन्त्रीका तर्फबाट रोकिदिएको । अनावश्यक बिप्पा संझौता गरेर भारतलाई खुशि पारेको । हतारिएर पहिलो संविधान सबह बिघटन गरेको । भारतीय पक्षको विश्वास जित्न खोजेको ।

बाहिर धाँधलीको कुरा उठाउँदै भित्र भित्रै एक आपसमा मारामार गरिरहेका माओवादीले पौष ९ गते केन्द्रीय समितिको वैठक डाकेका छन् । त्यहाँ घम्साघम्सी हुने स्थिति छ । नेत्रित्वको आलोचना तिब्र भएपनि नेत्रित्व बदलिएला भन्ने संभावना भने तत्कालै छैन । किनभने एकातिर नारायणकाजी र भट्टराई पक्ष मिल्दैनन्न् । ति नमिलेसम्म प्रचण्डलाइ चुनौति दिएर ढाल्न सक्ने हैसियत तिनले एक्लाएक्लै राख्दैनन् । तैपनि एकिक्रित नेकपामाओवादीले कस्तो निति अपनाउँछ ? कता जान्छ यसको धार ? यसमा भने केहि परिवर्तन हुन सक्छ !

तपाइँको प्रतिक्रिया