भँडुवालाई संयन्त्रको नेत्रित्व ?
अहिले संसदमा पुगेका राजनितिक पार्टीहरुले राजनितिक संयन्त्र बनाउने घोषणा गरेका छन् । त्यसले बिभिन्न राजनितिक विषयमा राजनितिक सहमती गर्ने । मूलत संविधान कस्तो बनाउने ? कसरि बनाउने ? कसरि अन्य दलहरुलाई सहमतीमा ल्याउने ? यहि प्रयोजनकालागि हो । यो संयन्त्रको संयोजक कसलाई बनाउने भनेर अहिले पार्टीहरुमा छलफल भैरहेछ । एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका छन् सो पार्टीका नेताले । त्यसमा नेपाली कांग्रेसका केहि नेतापनि सहमत भैसकेछन् । एमालेको निर्णय् कस्तो आउने हो ? कांग्रेस सहमती गरे एमालेले सायद बिपत्ती नगर्ला । यस्तो अवस्थामा प्रचण्डनै संयोजक हुन सक्ने संभावना पनि छ । तर नेताहरुले फेरि बाटो बिराउँदै छन् । प्रचण्ड जस्तो चौतर्फी असफल नेतालाई संयन्त्रको जिम्मेवारी दिएर ।
प्रचण्ड यति खेर आफ्नै पार्टी थाम्न नसकेर हैरान छन् । निर्वाचनमा पराजय भोगेर छटपटिएका छन् । सत्ताको केन्द्रबिन्दू बसेको काठमाडौंमै सम्पूर्ण शक्ति, दलबल, दाम र पाखुरा लगाउँदापनि आफैंले हारेको हारबाट उनी गिजोलिएका छन् । हारपनि कांग्रेसको सामान्य कार्यकर्ताबाट । उनलाई काठमाडौंका जनतालेनै पत्याउँदैनन् भन्ने संझिँदा मन चसक्क हुन्छ ।
उता पार्टी फुट्नुको जिम्मेवारी त झन कलंक जसरि लागेको छ । राजनितिक छलछाम, सत्ता र शक्तिको स्वार्थ, दम्भ र अहमले मात्रै होइन । उनको निशाबिहिन नितिले उनको पार्टी फुटेको हो । पार्टीको चुचुरोमै रहेका उनी पार्टी फुट्नुको मूल कारक हुनेनै भए । वा मुख्य जिम्मेवारी उनैको काँधमा जान्छ । यो हिसावले उनी आफ्नै पार्टी सम्हाल्न नसक्ने देखिए ।
पहिलो संविधान सभा बचाउनै नसकिने अवस्था थिएन । उनैको नेत्रित्वमा त्यो बाबुराम भट्टराइले तुहाए । देशलाई अनिश्चयको भूमरीमा धकले । ठूलो आर्थिक घाटा ब्यहोर्नु पर्यो । अर्को चुनावकालागि । उनैको जबर्जस्तिमा गैह्र राजनितिक क्षेत्रका ब्यक्ति मन्त्री परिषदको अध्यक्ष बनाईयो । उता जनताको सर्बोच्च न्यायालयलाई बिबाद तान्ने कामपनि यिनैले गरे । यहाँ राजनितिक दलहरुलाई निषेध गर्ने मनोकांक्षा देखियो । फेरि राष्ट्रिय सुरक्षाकालागि आफैंले भन्दै आएको सेना आफैंले निर्वाचनमा बाहिर निकाले । निर्वाचनमा राष्ट्रिय सेना परिचालन गराए । जुन आवश्यक थिएन । निर्वाचनका बेलापनि उनले असन्तुस्ट दलहरुलाई निर्वाचनमा ल्याउने भन्दा बाहिरै राख्ने चालबाजी खेले । अझ तिनलाई सेना लगाएर दबाउनुपर्ने, कारबाही गर्नुपर्ने धामस दिँदै हिँडे ।
प्रचण्डले कहिँ राजनितिक सहमती गर्न सकेका छैनन् । उनको सफलता भनेकै भाँड्ने । टुक्रा पार्ने । राजनितिक पानीलाई बरु सकेसम्म धमिलो पार्नेमै उनको सफलता देखिएको छ । आफ्नै पार्टीभित्रको आगो निभाउन नसकेर उनको दिमाखमा धुवाँ पुत्ताएको छ । आफ्नै पार्टीको कलह, आफूमाथि लागेको आरोप, आफ्नै असफलतालाई सम्हाल्न नसकेका प्रचण्डलाई राजनितिक संयन्त्रको संयोजक बनाएर कसरि पार लगाउन सक्छन् । भाँड्न बाहेक अरु जानेको सिद्द गर्न नसकेका उनले भनेका प्रस्ताब, कुरा कसले सुन्छ ?
यसको संयन्त्रको नेत्रित्व त सबैले पत्याउन सक्ने । अरुलाई विश्वासमा लिन सक्ने । कम्तिमा संयन्त्रकर्ताको कुरो सुन्न तयार हुने खालको नेता चाहिन्छ । कसैका सामु उभिनासाथ यसले भाँड्छ भन्ने त्रास हुनुहुन्न । राजनितिक दल र नेताहरुलाई । त्यस्तो ब्यक्तिले मात्रै संयन्त्रको नेत्रित्व गर्न सक्छ । प्रचण्डमा त्यो देखिएको छैन । त्यसैले यस्ता भँडुवालाई फेरि नेत्रित्व दिनु भनेको फेरिपनि संविधान सभामा भाँडभैलो मच्चाउनु मात्रै हुन सक्छ । दलहरुलाइ बिच्क्याउनु मात्रै हात लाग्न सक्छ ।




