चुनाव जित्न करोडौं खर्च गर्ने सुकुम्बासी नेता को को ?
कम्तिमा मोटर साईकल दिनै पर्यो । मासुभात त न्युनतम भैहाल्यो । जाँडपानीको ब्यवस्था नगरि आजकाल कोहि डेग चल्दैन । क्षेत्र, जनताको मानसिकता हेरि दाम पनि लि हाल्छन् । नदिए जसको खान पाइन्छ उसैकोमा ताँती लाग्छ । धेरै ठाउँमा । जसले केहि लगनी गर्न सक्दैन तिनको प्रचारप्रसारमा लखर लखर हिँड्दै को जाने ? तर त्यो खर्च कहाँबाट ल्याउने ? शक्तिशाली ब्यक्ति भए त ब्यापारी, कालो बजारियालेपनि देलान् । एक दिन मन्त्री होला र त्यसको दश गुणा असुलौंला भन्ने दाउमा । तर त्यस्तो शक्तिशाली छैन भने त बाहिरियाले पत्याउने कुरो भएन । पार्टीले अड्कलेर दिएकोले पुग्दैन । अनि कि बेच्नुपर्यो घर घडेरी । कि लिनुपर्यो ऋण । कि हुनुपर्यो धनीमानी । हो, यो चुनावमापनि करोडौं खर्च गर्ने उमेदवार रहेछन् । कसैको घडेरीनै गएछ । कसैको घर जग्गा । कोहि त जितौंला भनेर करोडौं खर्च गरे । जितेपछि कमाइहालिन्छ नी करोड करोड भन्ने सोचेर । तर करोडौं खर्च गर्दापनि हारे । अहिले तिनको घरबार बिहिनै हुने अवस्था भएछ । खर्च गर्नेमा अरु पूँजीबादी त भए नै । सुकुम्बासीका पजेरे नेतापनि रहेछन् ।
हिजोको जनआस्था साप्ताहितले यसरि करोडौं खर्चिनेको छोटो राम कहानी दिएको छ । भक्तपुर–२ बाट विजय पाएका कांग्रेसका रामेश्वर ढुंगेलले कटुञ्जे गाविसस्थित पुख्र्यौली १० आना जग्गा बेचेर चुनाव लडे । उनको छोरो बिदेशमा रहेछ । छोरोले बाउको चुनाव खर्च भनेर ३० पठाएछ । तर त्यो त हात्तीको मुखमा जिरा जस्तो । त्यो ३० लाखले त केहि दिन मात्रै चल्यो । आफ्नो गाविसको पूर्वअध्यक्ष समेत रहेका उनले चन्दा र सहयोगका नाममा ३० लाख जम्मा गरेछन् । दुबै जोड्दा ६० लाख भयो । त्यसलेपनि नधान्ने भएपछि परिवार बस्नलाई एउटा घर मात्रै बाँकी राखेर जग्गा बेचेछन् । उनको कुल खर्च डेढ करोड नाघेको जनआस्थाले सार्वजनिक गरिदिएको छ । अब यत्रो दाम खर्च गरेर चुनाव जितेपछि त्यो नउठाई भो ? त्यो नउठाई छोड्लान् त ? अनि हुनु परेन मन्त्री ? खसि बोका झैं पार्टी बदलेर भएपनि बिक्रि हुनु परेन पैसो उठाउन ?
झापा क्षेत्र नम्बर पाँचका उम्मेदवार एलपी साँवा । उनी त झन कम्युनिष्ट परे । एमालेका । करोडभन्दा बढी खर्च गरेछन् । तर पत्तासाफ भए उनी । वैदेशिक रोजगार संघको पूर्वअध्यक्ष भैसकेका । पैसोको दुख त थिएन होला सायद । तर करोडौं उठाउँला भनेर चुनावमा खर्चेको दाम बेफ्वाँकमा गएन त ?
महोत्तरी–३ का एमाओवादी उम्मेदवार रामआधार कापड त झन चर्का भैहाले । किनकि यि त झन सबैभन्दा क्रान्तिकरी पार्टीका । चर्को पार्टीका नेता । खर्चपनि चर्कै । डेढ करोड जति खर्च गरेछन् । तर जनताले हावा खुवाइदिए । चुनावकालागि भन्दै उठाएको र ऋण गरेको पैसाले नपुगेपछि राष्ट्रिय वाणिज्य बैंक जलेश्वरमा जग्गा धरौटी राखेर ३० लाख ऋण लिए । खुवाए कार्यकर्तालाई । बाँडे पैसो । तर, चुनाव भने एमालेका रामदयाल मण्डलले जिते । यत्रो पैसो खर्च गरेको । कम्तिमापनि त्यो उठाउँला भनेरै होला । तर हारे । अब यि कापड बहुलाउँछन् कि कुनै कालो धन्दा गर्छन् त ? हेर्नुस् त सुकुम्बासीको राजनिति गर्नेको चाला !
संखुवासभा–२ का कांग्रेस उम्मेदवार जलविद्युत व्यवसायी दीपक खड्काले त झन चुनावकै नाममा २५ करोडमा हाइड्रोपावर बेचेछन् । हेलिकोप्टरबाट पार्टी सभापति सुशील कोइराला र गगन थापालाई ओरालेर भाषण गराएकोपनि खोलैमा गयो । बन्दका कारण कतिपय मतदातालाई काठमाडौंबाट हेलिकोप्टरमै संखुवासभामा झारे । यति गर्दा पनि एमाले उम्मेदवार राजेन्द्र गौतमले जिते। उनी हेर्या हेर्यै । अब जलबिद्दुत बेचेर मान्छे हेलिकोप्टरमा ओसार्न लागेको खर्च केसरि उठाउलान् त यिनले ?
झापा–६ का एमाओवादी उम्मेदवार पुष्प ढकाललाइ अमेरिकामा बस्ने आफ्ना दुई भाई छोराले चुनाव खर्च भन्दै ६० लाख पठाइदिएछन् । त्यतिलेपनि नपुगेर गौरादहस्थित खेत ४० लाखमा बेचे उनले । चुनाव खर्चकालागि । त्यसलेपनि नपुगेर ३० लाखजति चन्दा र सहयोगबाट उठाएर चुनावमै खर्च गरे । यत्रो खर्च गर्दापनि उनले जितेनन् । बरु एमालेका दीपक कार्कीले ११ हजार ३ सय मत ल्याएर जिते ।
हरिबोज गजुरेल को त के कुरो भो र ? प्रचण्डका सबैभन्दा विश्वाशिला । यसैपनि पैसोको दुख हुने कुरै भएन । प्रचण्डसित मागे जतिपनि ओ इरिने भैगो सबैभन्दा विश्वाशिला नेतालाई। ड्यास माओवादीका शक्तिशाली नेता सिपी गजुरेलका भाई परे, हरिबोल । ड्य्सा माओवादीको उछित्तो काढ्नेमा उनीपनि छानिएका मध्ये पर्छन् । त्यस्ता चर्को बिरोध गर्नेलाई झन बेशी पाइन्छ पैसो, सहयोग । सिन्धुली–३ का एमाओवादी उम्मेदवार हरिबोल गजुरेलले एक करोड बढी खर्चिएर चुनाव जिते । सुकुम्बासीका घरहरु डोजर लगाएर लखेटेपनि उनको चुनाव प्रचार समितिका संयोजक पाणिराज बम्जनले मंसिर १ गते सदरमुकामको वाणिज्य बैंकबाट एकमुष्ट ३५ लाख झिकेर नेता, कार्यकर्ता र मतदातालाई बाँडे । सर्लाहीका कांग्रेस सचिव शम्भुलाल श्रेष्ठलाई अघिल्लो दिन पार्टी प्रवेश गराएर भोलिपल्टै टिकटसमेत दिन महत्वपूर्ण भूमिका खेलेबापत हरिबोलले राम्रै रकम हात पारेछन् । शम्भुले सिन्धुलीस्थित एक आफन्तलाई भनेअनुसार ५० लाखको लगानीमा टिकट पाएका हुन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छठअघि ६ नम्बर क्षेत्रका महिलालाई एक हजार साडी बाँडे । तैपनि १० हजार मतान्तरमा हारे ।
उता, सर्लाही–४ का उम्मेदवार सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले प्रत्येक दलित बस्तीमा भोज गर्दै खान दिइएको थाल मतदातालाई नै दिए । उनले पनि ३ हजार मतान्तरमा तमसपा अध्यक्ष महेन्द्र राय यादवसँग चुनाव हारे । चितवन–३ मा प्रचण्डका भाइ नारायण दाहालले एक करोडभन्दा बढी रकम चन्दाका नाममा जम्मा पारेपनि जित्न सकेनन् । उनलाई उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षहरूले १० लाखको हाराहारीमा चन्दा दिएका थिए । यसैगरी, चितवनका कुखुरा व्यवसायी, उद्योगी र व्यापारी गरी दर्जनजतिले ६ देखि १० लाखसम्म सहयोग गरेका थिए । पैसाको कमी नभए पनि नारायणले एमालेका कृष्णभक्त पोखरेलसँग ६ हजारभन्दा बढी मतान्तरमा हारे ।
राप्रपाको चुनाव चिह्न हलोबाट चितवन–५ मा विक्रम पाण्डे, रूपन्देही–२ मा दीपक बोहरा र धनकुटा–२ मा सुनील थापाले जितेका छन् । पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक हुन् भने बोहरा पञ्चायतकालदेखि नै बाहुबल र पैसाका आधारमा चुनाव जित्दै आएका पात्र । सुनील पूर्व राप्रपा अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् ।
पार्टी अध्यक्ष राणासहितले चुनाव हारे पनि महामन्त्रीहरूले जिते । सिन्धुपाल्चोकमा उठेका राणाले पैसा पनि राम्रै खर्च गरेका थिए । राणाको पैसा लिएर अरू पार्टीलाई भोट हालेको भन्दै राप्रपा कार्यकर्ताले पैसा लिनेहरूको सूची तयार गर्न थालेका छन् । तर, राणालाई माथ गर्ने गरी चितवन–५ र रूपन्देही–२ मा पैसाको खोलो बग्यो । पाण्डेले लगभग ३ करोड खर्च भएको राप्रपा केन्द्रीय नेताहरूलाई बताउने गरेका छन् भने बोहराले साढे दुई करोड । केही दादागिरी गर्ने, क्लब, सुकुम्बासी टोलका अगुवा, खानपिन, मोटरसाइकल, तेललाई गरेर आफूहरूको त्यत्रो रकम खर्च भएको उनीहरूले बताएका हुन् । तर पाण्डेले माडी लगायतका सुकुम्बासी बस्तीमा चुनाव अवधिभरि मासु, भात र चिउरा बाँड्दै भोज गरेको त जन् आस्थाले लेख्नै बिर्सिएछ । त्यस्तै, चिनवनका कांग्रेस उमेदवार भिम बहादुर श्रेष्ठ जो रसिएन कम्युनिष्ट हुँदै एमालेबाट कांग्रेस प्रवेश गरेका उनलेपनि रातारात मासु भात, जाँडपानी र मोटोरसाईकलमा लाखौं खर्च गरेकोपनि जन आस्था मेसो पाएनछ । उनीपनि चुनावमा चिप्लिए ।
पूर्वपञ्चहरूको पार्टी नेताले पैसा खर्च गरेर कतै जितेको त कतै हारेको खबरसँगै राजधानीसँग जोडिएको जिल्ला धादिङ–३ को अर्को रोचक खबर छ । सर्वहाराहरूको पार्टी भनेर पजेरो र हेलिकोप्टर चढी जनताकहाँ भोट माग्न जाने एमाओवादी नेता शालिकराम जमकट्टेलले दसैँपछि चुनाव जित्नकै लागि भनेर करोडौँ खर्च गरे । कार्यकर्ता र अरू पार्टीबाट आउनेहरूलाई गरेर डेढ सय त मोटरसाइकल नै किनिदिए । असन्तुष्टहरूलाई लाखदेखि पाँच लाखसम्म पैसा दिएर मुख बन्द गराए । तर, पशुपतिशमशेरको नियति भोग्दै उनले मात्रै चुनाव हारेरनन्, धादिङ पूरै नील बनाएर एमाओवादीलाई शून्यमा झारे ।




