राजिनामा दिएर लिखित माफी माग्दै पार्टी सच्याए एकता !
● देबेन्द्र खरेल
उखान छ नेपालीमा ‘पोलेपनि घामै जाति । पिटेपनि आमै जाति ।’ हो रहेछ । सामान्य मानिसमा मात्रै होइन, ठूला भनिएका नेतामापनि लागू हुने रहेछ । यो उखान फेरि हाम्रा नेता प्रचण्डमा लागू भयो । कुटेपनि गुरुनै जाति भन्दै उनी आफ्ना राजनितिक गुरु मोहन बैध्य ‘किरण’ लाई भेट्न गए । पार्टी कार्यकर्ताको बोलीको वाणले लेखेटिरहेका छन् चेला । प्रतिपक्षीहरु मुर्छा पर्नेगरि हाँसोले लखेटिरहेकै छन् । आफ्नै पार्टीका नेताहरुले त अब झन नेत्रित्वकै बिकल्प सोच्नुपर्छ भन्दै औंलो उठाइरहेका छन् । यस्तो बेला उनी कहाँ जाने ? आफ्नै राजनितिक गुरु बैध्य बालाई भेट्न पुगे । केहि राहत मिल्ला कि ? बिगतमा झैं केहि ढाडस देलान् कि ? भन्ने सोच्दै । तर भने के त गुरुबाले ? के चेलाले आसा गरेझैं बिगतमा झैं ‘हस हस’ भन्दै पठाए होलान् त ?
प्रचण्डले बैध्यका सामु केहि नयाँ प्रस्तावहरु लिएर गएका थिए । उनले बैध्यबाका दुई नेता देव गुरुङ र राम बहादुर थापा ‘बादल’ लाई सँगै राखेर केहि नयाँ प्रस्ताव सुनाए । ‘शुरुमै उनले पालुङटार बैठकमा आफूले संविधान सभामा जाउँ । त्यहाँबाट जनपक्षिय संविधान बनाउन दिएनन् भने जनताको बलमा दिर्घकालिन जनयुद्दको बाटोमा जाउँला’ भन्ने प्रस्ताव गरेको उल्लेख गरेछन् । त्यसपछि त बैध्य तातिहाले । ‘अनि बन्यो त, बन्ने भो त जनपक्षिय संविधान ?’ केहिबेर यहि विषयमा गुरु र चेलाको मतान्तर चल्यो ।
प्रचण्डले अबपनि राजनितिक नेत्रित्व हामीलेनै लिनुपर्छ । लिन सकिन्छ । त्यसकालागि दुई पार्टी एक हुनुपर्छ । बिगतमा जे जे कमजोरी भए सच्याएर, मनन गरेर जाउँ । संविधान सभा हाम्रै एजेन्डा भएकाले हाम्रै निति अनुसार अगाडि बढ्नुपर्छ । संघियताबादीहरुसित हातेमालो गरेर जाउँ । पहिचानबादीहरुको हात माथि पारौं । प्रचण्डले सुनाउँदै गए ।
नेपाली कांग्रेस र एमालेले मात्रै संविधान बनाउन नसक्ने । संघियताका पक्षधरहरु धेरैलाई षडयन्त्रमुलक ढंगले पराजित गरिएकाले हामी एकजुट हुनुपर्छ । यो षडयन्त्रलाई संविधान सभाबाटै चिरौं । पार्टी फुट्नाले ठूलो घाटा बेहोर्नुपर्यो । पार्टी एक हुने हो भने अहिलेपनि संविधान सभामा राजनितिक सहमती गरेर जान सकिन्छ । पार्टी एक भयो भने हाम्रो हात माथि पर्छ । अघिल्लो संविधान सभाले पारिद गरेका संघियता, पहिचान लगायतका मुद्दालाई यो संविधान सभामा कायमै राख्नुपर्छ भन्ने हिसाबले जाउँ । नसल्टिएका मुद्दालाई संघियता र पहिचानबादीहरु एक भएर आफ्नो पक्षमा पारिद गराउने हिसाबले जाउँ । राजनितिक सहमतीबिना संविधान बनाउने हो भने हामी संविधान सभामा जाँदैनौं भनेपछि एमाले र नेपाली कांग्रेस एक्लैले संविधान बनाउनै सक्दैनन् । पार्टी एक भयो भने जनबिरोधी संविधान बनाउन लागेभनेपनि आन्दोलनको बलमा असफल बनाउन सकिन्छ । किनभने संविधान सबह र पहिचानका पक्षधरहरु बाहिर निकै छुं । बलिया छौं ।
बैध्य बाले कतिबेर सुन्ने ? त्यसपछि उनीहरुले पालै पालो प्रचण्डलाई हाकर्न थाले । पार्टी संसदिय दलदलमा फस्ने भो, जनताका मुद्दा ओझेलमा पर्ने भो भनेरै पटक पटक सचेत गरायौं । आफ्नै सरकार बिरुद्द सडक आन्दोलन गर्न बाध्य पार्नु भो । जनसेना बिनाको कम्युनिष्ट पार्टी अन्तत संशोधनबादमा पतन हुन्छ भन्ने जानि जानि बिघटन गराउनु भो । षडयन्त्र गरिगरि । पार्टीलाई पुरै संशिशनबादी, बिस्तारबादीको चंगुलमा पुर्याएर सिध्याउनु भयो । यो संसदबाट दुई तिहाई जितेको भएपनि जनपक्षिय संविधान बन्न सक्ने अवस्थानै थिएन । यो निर्वाचन देशी बिदेशी प्रतिक्रियाबादीहरुले चाहेका हुन् । तिनैको स्वार्थमा हुन्छ । देश र जनताको हितमा निर्वाचन हुनै दिँदैनन् भनेर त हामीले भनेकै हो ।
जनसेना बिघटनको मामिलामा बादल आक्रोशित रुपमा प्रस्तुत भएको । अन्य अधिकांश समय उनी देव गुरुङ र बैध्य बा बोलेपनि उनी सुनेर बसेका थिए । देव गुरुङ आक्रोशित रुपमा प्रस्तुत भएका थिए । बैध्य बाले ‘माओवादी पुरै संसदिय रसातलमा पुगेको । सुधार्न सकिने अवस्थासम्म नरहेको । बरु आफूहरुले पार्टीको क्रान्तिकारी धार बचाएको बताए । ‘यदि दुई पार्टीबिच एकता हुने हो भने तपाईले नेत्रित्वबाट राजिनामा दिनु पर्छ । बिगतमा गल्ति भएको थियो भनेर मौखिक होइन, लिखित माफी मागेर संसदिय धार सच्याउने हो भने बल्ल पार्टी एकता हुन सक्छ । तपाईको नेत्रित्व अब स्विकार्य हुन्न । तपाई पुरै असफल हुनु भो, जनताका सिमित अधिकारपनि प्रतिक्रियाबादीका हातमा सुम्पनु भो । नत्र पार्टी एकता संभव छैन’ बैध्यले उत्तर दिए । नेत्रित्व छोड्नुपरेपनि छोडौंला तर पार्टी एक हुनुपर्छ भन्ने मत प्रचण्डको थियो ।
प्रचण्डले पार्टीमा असल कार्यकर्ताहरु पाखा लागेको । संविधान सभामा आएपछि पार्टी बिस्तारमा ध्यान पुग्न नसकेको । यस्ता कमजोरी रहेको स्विकार गरेका थिए । उनले आफ्नै पार्टीका बिरुद्द आन्दोलन गरेकालेपनि जनतामा अविश्वाश बढेको र त्योपनि माओवादी हारको एक कारण रहेको बताउँदा देव गुरुङले त्यसको ठाडै प्रतिबाद गरेका थिए ।
अन्त्यमा पार्टी एकता गरौं । बिगतका गल्ति कमजोरी सच्याउँ । जनपक्षिय संविधान बनाउने कोसिस गरौं । तपाईहरुपनि संविधान सभामा आएर जनपक्षिय संविधान बनाउन सहयोग गर्नुस् । अहिलेनै शसस्त्र वा दिर्घकलैन जनयुद्दको बाटोमा जान सक्ने अवस्थानै छैन । संविधान बनाउन दिएनन् भने आन्दोलनको बिकल्प सोचौंला । प्रचण्डको कथन थियो । बैध्य पक्षिय नेताहरुले भने त्यसलाई ठाडै अस्विकार गरे । अन्त्यमा उनीहरुले दुई पक्षिय वार्तालाई जारि राख्ने सहमती गरेका थिए ।





