भारतलाई रिझाउने कांग्रेस देखि कम्युनिष्ट नेताका अनेक रुप
● मदन बज्राचार्य
बैद्यले छविराम गुटको माओवादिलाई लगाएको आरोपमा बहस त गर्न सकिएला । तर बिबाद गर्न सकिँदैन । किनभने छविराम गुटको बाबुराम सत्तामा पुगेपछि आफ्ना नीति मात्रै होइन आफ्नो शैद्दान्तिक अडान त्यागेको र दलीय प्रव्रित्ती समेत बदलेको स्पस्ट देखिन्छ । हुनत बाबुराम अघोषित रुपमा तिनीहरुको दलमा हाबी हुनुमा र प्रधानमन्त्रि समेत बन्ने सक्ने बनाउने बैद्य नै हुन् ।
बाबुराम सहि हो वा गलत हो त्यो आफ्नो स्थानमा छ । र उहाँको यथार्तता समयले नै प्रस्ट्याउने छ । तर उहाँ माथि मुलत भारतको नेपाल प्रतिको नीतिको विरोधमै केन्द्रित रहेको जनयुद्धकै समयमा भारत परस्त भएको आरोप लागेको कुरा नकार्न सकिंदैन । बैद्य उहिले पनि आज पनि भारतको नेपाल प्रतिको नीति र ब्यबहारको बिरोधिनै भएको देखिन्छ । जनयुद्धको समय, सत्ताको नेतृत्व समेत गर्दै गरेको बेला देखि प्रधानमन्त्रीको चुनाव हुँदै गएको बेला र माप्वादीको पहलमा झलनाथको नेतृत्वमा भारत समेत झस्किने दुई तिहाइ बहुमतको सरकार बनेको बेलासम्म प्रचण्डको भारत बिरोधि नीति बैद्यको नीति र बोलि भन्दा फरक थिएन । त्यतिबेला पनि बाबुराम आफ्नै माओवादी पार्टीको पहलमा बनेको बहुमतीय सरकारको बिरोधिनै भएको देखिन्थ्यो ।
लोकतन्त्रमा सहमति हुन नसकेको कुरामा बहुमत बाट निर्णय गरिन्छ । यो कुरानै लोकतन्त्रको मुख्य बिशेषता मात्रै होइन, कुनै पनि राजनैतिक बिबादको सहि समाधानको माध्यम पनि हो । चार बर्ष सम्मपनि सहमति हुन नसकेर संबिधान सभा र सरकारले आफ्नो कर्तब्य पुरा गर्न नसकेको अवस्थामा प्रचण्डले प्रधानमन्त्रीको चुनाव बाट पछि हटेर झलनाथको नेतृत्वमा दुई तिहाइको सरकार गठन भएको बेला सहमति हुन् नसकेको बुँदाहरुमा बहुमत बाट निर्णय गरेर संबिधान बनाउन सकिन्थ्यो । तर प्रचण्ड (सायद बैद्यको पनि) पहलमा बनेको झलनाथको नेतृत्वमा बनेको दुई तिहाइ बहुमतको सरकारको बिरोध भारतले मात्रै गरेनन बाबुरामले समेत गरे । यस्तो बेला बैद्यले प्रचण्डलाई धम्क्याउँदै बाबुरामलाई पार्टीमा शक्तिशाली मात्रै बनाएनन् देशकै प्रधानमन्त्रि बनाउन समेत सघाए । बाबुराम प्रधानमन्त्रि बनाउनमा तिनै मधेशबादीहरुले साथ दिएको थियो जुन मधेशबादीहरुले भारत बिरोधि देखिएको प्रचण्डको सरकार बन्नुमा बिरोध गर्दै आएका थिए । यो कुरालाई लिएर बैद्यको भूमिकालाई कुन हिसावले लिएर हेर्ने ?
जनयुद्ध कालिन माओवादी भारतको हेपाहा नीति र प्रबिती र तत्कालिन नेपालको राजनीतिमा ठुलो प्रभाव राख्ने तर भारतपरस्त भएको ठुला दलका ठुला नेताहरुको बिरोधिनै भएको देखिन्छ । यस्ता नेताहरुमा उता पारीको किनारासम्मै नेपालकै रहेको महाकाली नदि आधा भारतको हुनेगरि सन्धि गर्न सघाउने एमालेको माधव नेपाल पनि हुनुहुन्छ । झलनाथ एमालेमा माधवको विरोधीको रुपमा चिनिन्छन् । झलनाथले माधवको नेत्रित्वको सरकार असफल भएको भनेका थिए । र माधव नेपालले आफ्नै पार्टीको सभापति झलनाथको नेत्रित्वको सरकार बनेकोमा बिरोध गरेबाट यो कुराको पुस्टि पनि हुन्छ।
एमाले र माओवादी दुवै कम्युनिस्ट दलहरु हुन् । दुवै दल भारतीय विस्तारवादको बिरोध गर्दै नेपालको राजनीतिमा आएका हुन् । झलनाथको नेतृत्वमा सरकार बनाउने बेलासम्म एमालेको भारतीय विस्तारवादको प्रखर बिरोधि मदन भण्डारीको बोलिसित प्रचण्डको बोलि फरक भएको पनि देखिँदैनथ्यो । सायद उतिबेलाको प्रचण्ड नै देशको प्रधानमन्त्रीको पदमा रहेर भारतको बिरोध गर्ने पहिलो व्यक्ति थियो । त्यतिबेला भारतले प्रचण्ड नेपालको प्रधानमन्त्रि बन्ने कुरा भारतलाई अस्वीकार्य हुने समेत भन्दै थियो । त्यतिबेला बैद्य साँच्चिनै यत्तिको भारतीय विस्तारवादको बिरोधि भएको भए जनयुद्धकालमा भारत परस्त भएको आरोप लागेको बाबुरामलाई साथ दिँदैनथ्यो । प्रचण्डलाई साथ दिन्थ्यो ।
एमालेमा ओली र माधव जस्तो भारतपरस्त भएको आरोप लागेको गुट को बोलि र नीति एमालेको मदन भण्डारीको नीति सित मिल्दैन मात्रै होइन बाझिन्छ नै । मदन भण्डारीको नीति र बोलीले एमालेलाइ राजनीतिको चुलीसम्म पुर्यायो । तर माधवको नीति र बोलीले एमालेलाई टुक्र्याएको मात्रै होइन एमालेलाई बिवादास्पद नीति भएको श्रीखण्डी पार्टीको रुपमा बद्नाम समेत गरायो । यस्तै घटना बैद्यले बाबुरामलाई पार्टीमा शक्तिशाली बनाउँदै नेपालको प्रधानमन्त्रि बनाउन सघाएपछि माओवादी दलमा पनि घटेको छ । उहिले माधवको कारणले एमाले तटुक्रिएझैं आज माओवादी पार्टी पनि टुक्रिएकोछ । माधवको एमाले बदनाम भए झैँ माओवादी पार्टी पनि बदनाम भएको छ । उहिले माधवको एमालेमा एमालेको सभापति मनमोहन जस्तो बन्न बाध्य भएको थियो । ठिक त्यस्तै माओवादीमा प्रचण्ड बनेका छन् । यस्तो हुनुमा बैद्यको भूमिकाको बारेमा बैद्य आफैंले पनि सोच्ने वा नसोच्ने ?
नेपालको राजनीति र ठुला दलहरुमा जहिले पनि फरक फरक नीति र परिचय बोकेका तिन ठुला नेताहरुको बिबादमा अल्झिएको छ । कांग्रेसमा गणेशमान, कृष्णप्रसाद र गिरिजाको बिचमा कुनैपनि कुरामा सहमति भएन । ति तिन कांग्रेसको नेताहरुमा नेपाल र भारत बिचको कुरालाई लिएर गिरिजा कृष्ण प्रसाद र गणेशमान जत्तिको नागरिकहरु बाट प्रशंसित नभएको मात्रै होइन आलोचित नै बने । कृष्ण प्रसाद र गणेशमान जस्तो नागरिकहरुको बिच लोकप्रिय भएको नेताहरुलाई पन्छाएर तथा निरिह बनाएर गिरिजा दल भित्र शक्तिशालि र भारतको निमित प्रिय त बने तर उ आफै र उ शक्तिशाली बनेको कांग्रेस जनताको बिच अप्रिय बने ।
माओवादिमा पनि तिन जना ठुला नेता बनेको छन् । प्रचण्ड, बैद्य र बाबुराम । उहिले गिरिजाको भारतपरस्तको नीतिको बिरोध गर्दा कृष्ण प्रसादले गिरिजालाइ नै साथ् दिए। गणेशमानलाइ साथ दिएनन् । त्यसको परिणाम कृष्ण प्रसादले कसरि भोग्नुपर्यो भन्ने कुरामा भारत परस्त भएको आरोप लागेको माधव ओलीको विरोधीको रुपमा चिनिने एमालेकै झलनाथको नेतृत्वमा भारत समेत झस्किने गरि प्रचंण्डको पहलमा बनेको दुई तिहाइ बहुमत भएको सरकार बनेकै बेला बाबुराम सित मिलेर प्रचण्डको बिरोध गर्ने बैद्य आज गिरिजाले लखेटेको कृष्णप्रशाद भट्टाराई जस्तै बने वा बनेनन् यो कुरामा बैद्यले सोच्ने बा नसोच्ने ?
कुरा तिन ठुला नेताहरुमा कुन ठिक वा कुन बेठिक भन्ने होइन । ठुला दलका तिन ठुला नेताको बिचमा नेपालको राजनीति कहिलेसम्म बन्दीको अवस्थामा रहनुपर्ने भन्ने नै हो । भारतले जहिले मित्रवत रुपमा प्रस्तुत भएर शत्रुतापूर्ण कार्य गर्दै आएकै छ । भारतको एउटा स्वतन्त्र देशले अर्को स्वतन्त्र देशलाई गर्नु पर्ने ब्यबहार नेपाललाई गरेको छैन । नेपाल भित्र भारत विरोधीले प्रश्रय नपाउन् भनेर दवाव दिने भारतले नेपालको हरेक सरकार विरोधीलाई आश्रय मात्रै दिएको छैन, भारतको भूमिमा रहेर नेपालभित्र शसस्त्र आतंकको काम गर्नेलाई समेत प्रश्रय दिँदै आएको कुरा नेपालबाट तराइ अलग्ग्याउने भन्ने मधेशबादी जय कृष्ण गोइत जस्तालाई बिहारमा प्रश्रय दिँदै आएबाट प्रमाणित हुन्छ ।
नेपालको कुनै पनि सरकार, ब्यवस्था, नेपालको राजनीति र जनतामा प्रभावशालि व्यक्तित्वको बिरुद्ध लागेका (राणाकाल, पन्चेकाल र बहुदलीयकालमा पनि) लाइ भारतले आश्रय र प्रश्रय दिँदै आएको छ । उनीहरुलाई सत्तामा पुर्याउँ, अनैतिक लाभ नेपाल बाट लिँदै आएको छ । फेरी आफुले नै आश्रय र प्रश्रय दिएर सत्तामा पुर्यायको व्यक्ति कम्जोर भएपछि त्यसको विरोधीलाई आश्रय र प्रश्रय दिँदै आएको पनि छ । यस्तो कुरा बारम्बार दोहोरिँदै गर्दा पनि नेपालको नेताहरुको होस खुलेको देखिँदैन । नेपालको कुनै पनि नेताको विरोधलाई भारतले आफ्नो स्वार्थ पुरा गराउने माध्यमकै रुपमा परिचालन गर्ने कुरामा बैद्यले होस् पुर्यायको भए बैद्य अब हुन लागेको चुनावमा आफैँले भारत परस्त हुँदै गएको आरोप लगाएको आजको माओवादीको विकल्पको रुपमा भाग लिनुपर्ने थियो । संविधान सभाको चुनावमा भाग लिनुपर्ने थियो । आम जनता र आफैँलाई साथ दिने जनता नै आघात तथा आफ्नो बिरोधि बन्ने गरि चुनावको बहिस्कार गर्ने थिएनन् । बैद्य जस्तो नेताले “नेपाललाई भारतको मिचाहा, पेलाहा प्रबिती बाट केहि नेता बीच सहमति गरेर वा आफ्ना केहि मागहरु मात्रै पुरा गराएर मुक्त हुन् सकिँदैन । देशको नागरिकहरु साथ लिएरै मात्र सकिन्छ । जनताको साथ पाउने एक मात्र उपाय चुनावमा भाग लिनु नै हो भनेर नसोच्नु दुर्भाग्यको कुरा हो वा बैद्यको कमजोरी हो । यो कुरामा बैद्यले पहिलानै सोच्नुपर्थ्यो । तर सोचेनन । परिणाम …।!!!




