निर्वाचन रोकिने चर्चा, भाइहालेपनि मान्यता नपाउने आँकलन
मंशिर चारमा तोकिएको दोस्रो संविधान सभाको निर्वाचन नहुने अंशका त थियो नै । पछिल्लो पटक यो निर्वाचननै रोकिने चर्चा छ । भित्र भित्रै निर्वाचन रोक्ने ग्रिहकार्य भएको तर ड्याम्मै बाहिर ल्याउन नसकिएको सुनिएको छ । यो चर्चा अक्ति सत्य हो भन्न सकिन्न ।
निर्वाचनको तयारी निकै अगाडि बढिसकेकालेपनि यो असत्य हुन सक्ला । तर हिजो नेकपा माओवादीसित निकट, डा बाबुराम भट्टराई र प्रचण्ड लगायतका उच्च स्तरिय नेतासित निकै निकट रहेका माओवादी कार्यकर्ताले दिएको जानकारि हो यो । ‘के गर्ने अन्तिम अवस्थामा संविधान सभाको निर्वाचन रोकिने भयो । यो निर्वाचननै नहुने अवस्था भयो ।’
संविधान सभाको निर्वाचन यहि अवस्थामा गर्न हुन्न भनेर सुरक्षा निकायलेनै आन्तरिक रिपोर्ट दिएकाले यो रोक्ने अवस्थामा पुगिएको उनको मुख्य तर्क थियो । उनी सुनाउँदै थिए, अहिलेकै अवस्थामा निर्वाचन गर्न कोहि इच्क्षुक छैन, एकिक्रित नेकमा माओवादी बाहेक । पछिल्लो अवस्थामा माओवादीपनि लत्रेको छ । किनभने यो निर्वाचन नगरि नहुने भनेर माओवादीलेनै जबर्जस्ति गरेको हो । उसको एकोहोरो लगाव बैध्य पक्षका निर्वाचनमा आउँदैनन् । र तिनको मतपनि सोरिएर आफैंलाई आउँछ । तर पछि अवस्थाको निर्वाचन माहोल हेर्दा माओवादीले बुझिसकेको छ, बहुमत माओवादीको पक्षमापनि आउने अवस्था छैन । अहिलेको अवस्थामा बहुमत कुनै पार्टीकोपनि आउने अवस्था छैन, आउँदैन ।
बहुमत न आए संविधान बनाउन सकिन्न । संविधान नबने त्यसको मुख्य दोषीपनि माओवादीनै बन्छ । किन ? अघिल्लो संविधान सभा भंग गर्ने मुख्य खेलाडीपनि माओवादीनै हो । अनि अहिले बैध्य पक्षिय माओवादीलाई निर्वाचनमा आउनबाट रोक्ने मूल खेलाडीपनि उहिनै हो ।
माओवादीले सोचेको थियो, बैध्य पक्षिय बाहेक बहिस्कारबादी बाँकि सबै दलहरुलाई फकाएर निर्वाचनमा ल्याउन सकिन्छ । तर त्यो संभव भएन । माओवादीको ललीपप चुस्न चाहेनन् तिनले । पूर्वका नौ जिल्लामा आन्दोलनरत रहेको संघित लिम्बुवानपनि तिनकालागि एक प्रमुख घाँडो भैदियो । लिम्वुवान घोषणा गरिएका जिल्लामा गतिलोसित निर्वाचन त के त्यहाँ निर्वाचन पक्षलाई पस्नपनि दिएका छैन लिम्बुवानीहरुले । र तिनको बहिस्कारवादी आन्दोलन अझ चर्किँदो छ । तिनको आन्दोलनले लिम्बुवान क्षेत्र मात्रै होइन छरछिमेकका जिल्लालाईपनि प्रभावित नपारि छोड्दैन ।
अनि यति हुँदा हुँदैपनि सुरक्षाकर्मी उत्साहित छैनन् । भनिसके, यो निर्वाचनले राजनितिक गन्तब्य दिन्न । यसले निकास दिन्न । झन देशलाई दिर्घकालिन हिंसाको बाटोमा अँचेट्न सक्छ । सुरक्षाकर्मीलेनै यसो भन्दा भन्दै जबर्जस्ति गरिएको निर्वाचनमा तिनले कस्तो सहयोग गर्लान् ? बाध्यताले प्रहरीले लौरो नचाउने हुन् । तर मुख्य कर्ताले ध्यान दिँदैन । निर्वाचन भैहालेपनि मान्यता कसरि पाउने ? बैध्य माओवादी सिंगै बाहिर छ । गएको संविधान सभाको निर्वाचनमा भएका सभासदका सय भन्दा बढि तिनैसित छन् । यो भनेको निक्कै ठूलो र महत्वपूर्ण पक्ष हो । त्यसैगरि ति बहिस्कारबादी ३३ दलिय मोर्चा भित्रका अरुपनि केहि बहिस्कारकै पक्षमा छन् । लिम्बुवान क्षेत्रको झन भैहाल्यो । अनि यत्रो संख्याले भाग लिन नपाउने निर्वाचन कसरि संभव हुन्छ ? भएपनि कसरि मान्यता पाउँछ ?
उता नेपाली कांग्रेस र एमालेपनि भित्रि रुपमा निर्वाचन यहि रुपमा हुन न्सक्ने पक्षमै थिए । तिनले निर्वाचन सारेर भएपनि लिम्बुवान पक्ष र बाँकि बैध्य सहितका दललाई मिल्ने गरि अर्को मिति घोषणा गर्न चाहेका थिए । त्यसले गर्दापनि दोषजति सबै माओवादीकै पोल्टामा जाने निश्चित छ । त्यसो त महत्वपूर्ण पक्ष भनेको निर्वाचन तयारिपनि हो । निर्वाचनकालागि अति आवश्यक कामपनि अहिलेसम्म सरकारले पुरा गर्न सकेको छैन । ति निर्वाचन सामाग्रिनै निर्वाचन केन्द्रमा बेलैमा पुग्न न्सक्ने अवस्था देखियो छ । कतिपय ठाउँमा ति लुटिएका छन् र जहैपनि बहिस्कारबादीले लुट्ने अवस्था छ । सरकारकै आन्तरिक तयारि फितलो भएकालेपनि निर्वाचनको सम्पूर्ण तयारि नहुने अवस्था देखिएको छ ।
कूटनितिक क्षेत्र कोहि उत्साहित देखिन्न यो निर्वाचनमा । जसरिपनि निर्वाचन गराउने पक्षमा देखिएको भारत हो । निर्वाचनको खाका, सरसामान देखि निर्देशन सबै उतैबाट आएको छ । तर बाँकि अमेरिका, युरोप लगायतका कूटनितिज्ञहरु उति उत्साहित देखिएकापनि छैनन् । उनीहरुकोपनि बुझाइ छ, यो निर्वाचनले राजनितिक निकास दिन्न । बरु झन द्वन्द निम्त्याउन सक्छ । जनतामापनि उत्साह छैन निर्वाचनमा । शान्तिपूर्ण रुपमा मतदान गर्ने अवस्था छैन । मतदानलाइनै ताकेर बहिस्कारबादीले आम हडताल राखेका छन् । देशमा चौतर्फी आक्रमणका घटना भएका छन् । अनि कसरि मतदान गर्न जाने ? निर्वाचनको पक्षमा रहेका दलहरुले जति शान्तिपूर्ण रुपमा होला भन्ने सोचेका थिए त्यस्तो देखिएनन् । ‘निर्वाचन बहिस्कारबादीको हुति निर्वाचनलाई असर पार्ने खालसम्मको छैन’ भन्दै आएका थिए । तर त्यसको बिपरित देखियो । तिनले ठाउँ ठाउँमा आक्रमणलाई तिब्र पारेपछि स्थलबाट चुनाव प्रचारमै जान नसक्ने बनाइदिए र माओवादी नेता हेलिकोप्टरप्रेमी बनेका छन् ।
निर्वाचन मतदानमा जनताको सहभागितपनि मान्यता पाउने हदसम्मको नदेखिने आँकलन गरिँदै छ । किनभने पहिलो त जनता उत्साहित छैन्न । दोस्रो निर्वाचनमा ठूलो शक्ति बाहिरै खुम्चिएको छ । पूर्वमा लगातार बन्द र आन्दोलनले गर्दा झन मतदान हुने अवस्था छैन । बैध्य माओवादीले आव्हान गरेको आम हडतालले गर्दा मतदानमा उपस्थित हुनै नसक्ने अवस्था देखिँदै छ । जनता मतदानमा जाने होइन घरमै बस्न पनि असुरक्षित महसुस गर्ने अवस्था देखिएको छ । सुरक्षा निकायले बाटोघाटोमा झन वालुवा र मुढा ठड्याएर सुरक्षा स्थिति बिग्रिएको सन्देश दिएका छन् । जनतालाई त्यो सक्रियताले झन के के न होला भन्ने त्रास स्रिजना गरिदिएको छ । यहि कारणले गर्दा निर्वाचन रोक्ने अन्तिम ग्रिहकार्य भैरहेको बताइन्छ । र माओवादीपनि आफुले नजित्ने निर्वाचनमा सम्पूर्ण दोष लिन तयार नबनेको माओवादीकै निकटहरुले बताएका छन् ।




