‘प्रचण्डले जेपनि गर्न सक्ने दह्रो प्रमाण’

सीताराम भट्टराई

prachanda-44346माओवादीको गोप्य रणनिति सफल भएमा फेरिपनि माओवादी पहिलो पार्टी बन्ने छ । माओवादीका बिचमा फुट भएर बैध्य समूह अलग हुँदापनि खासै फरक पर्ने छैन । किनभने एकिक्रित नेकपा माओवदीले चुनाव आफ्नो पक्षमा पार्न सबै खाले झुठ, अक्किल, फकाउने, घुर्काउने, तर्साउने र लोभ्याउने रणनिति बनाएको रहेछ । कसरि एकिक्रित एकपा माओवादी पहिलो दल बन्यो गत संविधान सभाको निर्वाचनमा भन्ने गोप्य आन्तरिक रिपोर्ट आजको जनआस्थाले सार्वजनिक गरिदिएको छ । यो आन्तरिक रिपोर्ट पहिलो पटक आफूले सार्वजनिक गरेको र बाहिर नजाओस् भनेर माओवादीले त्यसलाई रिपोर्टलाई केन्द्रिय स्तरका नेताभित्रै सिमित राखेको दाबीपनि आज बुधबारको जनआस्था साप्ताहिकले गरेको छ ।

‘प्रचण्डले जेपनि गर्न सक्ने दह्रो प्रमाण’ शिर्षकको आजको मुख्य समाचार हेर्नुस् जस्ताको तस्तै–

जनआस्थामार्फत् पहिलो पटक सार्वजनिक भइहेको यो एक्स्क्लुसिभ दस्तावेजको २६ औ बुँदामा लेखिएको) छ, ‘आफ्नो पक्षमा आउन नसक्ने मतदातालाई मतदानमा भाग नलिने वातावरण तयार पार्न प्रयास गर्ने । ३९ औं तथा अन्तिम बुँदामा, ‘विस्थापित भएकाहरूलाई घर फर्कन नसक्ने वातावरणको सिर्जना गर्ने । घर फर्किसकेकाहरूको हकमा आफ्नो पार्टी पराजित भए पुनः विस्थापित हुनुपर्ला भन्ने धम्की दिई मत खसाल्न बाध्य पार्ने उल्लेख गरिएको यो दस्तावेज तपाईंले अनुमान गरेझैं त्यसबेला माओवादीले चुनाव जित्न तयार गरेको आन्तरिक रणनीतिपत्र हो । 

पासाङ र लडाकु शिविरका डिभिजन कमान्डरले) प्रचण्डकै उपस्थितिमा सक्रिय सहभागितामा तयार गरिएको यो दस्तावेज चर्को संवेदनशीलताका कारण तत्कालीन केन्द्रीय सदस्यबाहेक तलका कसैको हातमा पुग्न दिइएन । त्यसैले आजसम्म यो गोप्य नै रह्यो । तर पनि त्यो जादूको छडीले कमाल गरेरै छाड्यो र यतिका वर्षसम्म एमाओवादीले सबैभन्दा ठूलो पार्टी बन्ने मौका पायो । दस्तावेज प्रभावकारि बन्नुपछाडिको रहस्य अझ रोचक छ किनकि शाही शासनकालका गुप्तचर, सेना, प्रहरीका हाकिमहरूको समेतराय, सुझाव र माथापच्चीपछि यसले अन्तिम स्वरुप प्राप्त गरेको थियो । चुनाव जितेपछि माओवादीबाट सेवाको मेवा पाइने लोभले सूचनादेखि सल्लाहसमेत उपलब्ध गराएका सुरक्षा फौजका रिटायर्ड हाकिमहरूलाई पछि हिस्स पारे पनि प्रचण्डले त्यसबेला प्राप्त गरेको दीक्षा भने अहिले पनि प्रयोग गदै)रहेको निकट स्रोत बताउँछ ।

२०६४ सालमा साम, दाम, दण्ड, भेदको सूत्र प्रयोग गरेर माओवादीले चुनाव जितेको कुरामा अब कुनै सन्देह छैन किनकि उनीहरूको चुनावी रणनीतिपत्रको १९ बुँदामा स्पष्ट रुपमा मतदान केन्द्र नियन्त्रणमा लिने योजनाबारे उल्लेख गदै लेखिएको छ– नियन्त्रणमा लिनुपर्ने मतदान केन्द्रहरू निश्चित गरि निर्वाचनलाई आफ्नो पक्षमा पार्न कार्ययोजना तयार पार्ने, (क) विदेशी पर्यवेक्षकको नजर नपर्ने मतदान केन्द्र । (ख) अधिक मतदाता भएका मतदान केन्द्र । (ग) दूरदराज रिमोट एरियाका मतदान केन्द्र । (घ) आफ्नो पकड भएका मतदान केन्द्र । (ङ) विपक्षीको पकड भएका मतदान केन्द्र । (च) कमजोर सुरक्षा भएका मतदान केन्द्र ।

उल्लेखित समूहमा पर्ने मतदान केन्द्रबाहेक अरुमा चाहिँ माओवादीले मतदान ढिलो गर्ने योजना थियो । विपक्षी मतदाता बढी भएका, विपक्षीले क्याप्चर गर्नसक्ने, सुरक्षा सुदृढ भएका ठाउँमा मतदान ढिलो गर्ने, आफ्ना मतदातालाई सुरुमै मतदान गर्न लगाएपछि मतदाताको पहिचानमाथि चुनौती दिने र ढिलो पार्ने निर्देशन थियो । माओवादीले त्यसबेला चुनावका लागि खटाएका कर्मचारीलाई फकाउने र नमाने धम्की दिएर भएपनि आफ्नो पक्षमा काम गर्न लगाउने गरेका थिए । एघारौं बुँदामा त्यस्तो रणनीतिबारे उल्लेख छ, ‘निर्वाचन डोरलाई साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्ने र हातमा लिने ।’त्यसको (६) नम्बर बुँदामा छ, ‘आवश्यक पर्दा धम्कीसमेत दिने ।’कर्मचारीलाई हप्काउने योजना कार्यान्वयन भयोभने त्यसबेला सुरक्षाफौजलाई चाहिँ योजनाअनुसार नै झुक्याइएको थियो । दस्ताबेजको १७ औं बुँदामा उल्लेख छ, ‘सुरक्षा योजनाअनुसार तय गरिएको सेक्युरिटी डिप्लोइमेन्ट, प्याट्रोल,रिजर्भ फोर्स आदिलाई विभिन्न किसिमका भ्रामक प्रचार गराई आफ्नो फाइदा हुने किसिमले प्रयोग गर्न–गराउन प्रयास गर्ने ।’ सुरक्षा फौजलाई मात्रै होइन, मतदातालाई समेत झुक्याउने काम उनीहरूले त्यसबेला गरेको त्यही कागजले बोल्छ । जसको बारे योजनापत्रको १५ औं बुँदामा लेखिएको छ, ‘निर्वाचन हुने दिन बिहानै प्रतिस्पर्धी पार्टीको उम्मेदवारले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने केन्द्रीय स्तरमा सहमति भइसकेको खबर ‘फेकडकुमेन्ट’ मार्फत् फैलाउने। यो योजना सञ्चारको सञ्जालबाट टाढा रहेको मतदान क्षेत्रमा मात्र सम्भव हुन सक्छ ।

मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई हामी जुनसुकै हालतमा पनि चुनाव जितेर सरकार बनाउँदै छौं, सरकार बनेपछि तपाईंहरूमाथि भएका अन्याय र पक्षपातहरूको अध्ययन गरि न्याय दिलाउने छौं जस्ता आश्वासन दिई उनीहरूलाई आफ्नो पक्षमा लिन प्रयास गर्ने भन्ने योजना १८ औं बुँदामा छ भने विपक्षी उम्मेदवारका एजेन्टलाई साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरी आफ्नो पक्षमा काम गराउन प्रयास गर्ने कुरा २५ औं बुँदामा छ । यसअन्तर्गत माओवादीको बल र धनको प्रभावमा पारेर कुन दलका कति एजेन्ट थर्थरी  काँपे, कति बिके, सहजै अनुमान लगाउन सकिन्छ ।

अघिल्लो चुनावमा कति फर्जी मत खसे होलान्, यो दस्तावेजको २७ औं बुँदा पढ्दा स्पष्ट हुन्छ । जसमा उल्लेख छ– ‘मतदानमा उपस्थित हुन नसक्नेहरूको सट्टामा नक्कली मत खसाल्न विश्वास गर्न सकिने मतदाताहरू तथा मसी मेट्ने केमिकल्स तयारि हालतमा राख्ने । यस्ता मतदातालाई मतदानको केही दिन अगाडिदेखि नै अभ्यास गराउने ।’ मतदातालाई त्रसित पारेर आफ्नो  पक्षलाई मत हाल्न बाध्य बनाउने योजनाचाहिँ यस्तो थियो– ‘जनतामा माओवादी जंगल जाला भन्ने त्रास अझैपनि बाँकी रहेको हुँदा आवश्यकताअनुसारका ठाउँमा निर्वाचनमा पराजित भएको खण्डमा जंगल पस्नुपर्ने बाध्यता हुनसक्ने कुरा प्रचार–प्रसार गर्ने गराउने ।’

सबैभन्दा अचम्म त आफैंले घरजग्गा खोसेर बिचल्ली पारेकाबाट समेत भोट लिएरै छाड्ने योजना थियो) । जसका लागि ३८ औं बुँदामा लेखिएको छ, ‘कब्जा गरिएका घरजग्गा फिर्ता नभइसकेका क्षेत्रमा त्यस्ता घरजग्गाका मालिकहरूलाई आफ्नो पार्टी विजयी भएपछि अध्यक्षको हातबाट बिनाशर्त उनीहरूले स्वेच्छाले भोगचलन गर्न पाउने गरी फिर्ता फर्ने घोषणा गर्ने ।’ उल्लेखितबाहेकका अन्य बुँदाहरू अझ रणनीतिक महत्वका छन् । जसलाई यहाँ जस्ताको त्यस्तै निम्नानुसार राखिएको छ :

१) विभिन्न निर्वाचन क्षेत्रका मतदाताहरूको विस्तृत नामावली तथा विवरण प्राप्त गर्ने । २) राजनीतिक पकडका आधारमा बलियो, बराबरी तहको र कमजोर मतदान केन्द्रहरूको पहिचान गरि विवरण तयार पार्ने । ३) निम्नअनुसारको मतदाताहरूको विवरण तयार पार्ने– (क) मृत्यु भएका । (ख) बाहिर गएका । (ग) आफ्ना पक्षमा रहेका । (घ) विपक्षमा रहेका । (ङ) मतदानमा भाग लिन नजाने खालका । (च) प्रभावमा पार्न सकिने । (छ) प्रभावमा पार्न नसकिने। (ज) न्युट्रल । (झ) नेतृत्व लिनसक्ने किसिमका । ४) आफ्नो पक्षकाविपक्षका निर्वाचन डोरका कर्मचारीहरूको पहिचान गरी विवरण तयार पार्ने । ५) मतदान अधिकृतहरूको आधिकारिक हस्ताक्षरको नमूना प्राप्त गर्ने । ६) सुरक्षाका दृष्टिकोणले संवेदनशील भनी जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेका मतदान केन्द्रहरूको पहिचान गरि विस्तृत विवरण तयार पार्ने । ७) सिडिओले निश्चित मतदान केन्द्रहरूमा खटाउनका लागि निश्चित कर्मचारीहरूको लिस्ट निर्वाचन अधिकृतमतदान अधिकृतलाई दिन्छन् वा दिँदैनन् पत्ता लगाउने । ८) जिल्ला सुरक्षा समितिले तयार पारेको विशेष सुरक्षा योजनाको विस्तृत जानकारी लिने । ९) कुन–कुन दलको कुन–कुन वडामा के कस्तो प्रभाव छ भन्ने सम्बन्धमा गाविस सचिवहरूबाट पनि सूचना प्राप्त गर्ने । १० शिक्षा, स्वास्थ्य, कृषि, वन तथा हुलाक सेवाको सञ्जाल सदरमुकामदेखि गाविसको वडा स्तरसम्म फैलिएकाले गाउँमा खटिएका त्यस्ता कर्मचारीसँग स्वतन्त्र हैसियतका व्यक्तिमार्फत् दलहरूको शक्ति तथा कमजोरीको सूचना प्राप्त गर्ने । ११) निर्वाचन डोरलाई साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरेर हातमा लिने । जस्तै : (क) निर्वाचन डोरलाई आवश्यक सहयोगहरू गर्ने । (ख) सहयोगको बहानामा निकट हुन खोज्ने । (ग) सुरक्षाको प्रत्याभूति दिने । (घ) मतदान केन्द्र निर्माण कार्यमा सहयोग गर्ने । (ङ) खाना तथा खाजा व्यवस्थापनमा सहयोग गर्ने । (च) विभिन्न किसिमका प्रयत्न गरेर निकटता प्राप्त गर्न प्रयास गर्ने । (छ) आवश्यक पर्दा धम्कीसमेत दिने ।

१२) मतदान केन्द्रहरूमा निर्वाचन डोर खटाउने जिम्मेवारी जिल्ला निर्वाचन अधिकृतको हुनेहुँदा निजसँग सद्भावपूर्ण सम्बन्ध कायम गरि निकट हुन प्रयास गर्ने । १३) प्रशासन, सेना, प्रहरी, राअविबीच उम्मेदवार र निजहरूको सम्बन्धमा के कस्तो धारणा बनेको छ, उनीहरूले केन्द्रमा के–कस्ता प्रतिवेदन पठाउने गरेका छन् जानकारी लिन कोसिस गर्ने । १४) मतदान हुने दिनको तीन हप्ता अगाडिदेखि प्रशासन र सुरक्षा प्रमुखहरूको भेटघाटमा उम्मेदवारको हारजितको सम्भावना बारे केकस्ता टिप्पणी हुने गर्छन्, निरन्तर रुपमा थाहा पाउन प्रयास गर्ने ।

१६) आफ्ना समर्थक विद्यार्थीमार्फत् उनीहरूका अभिभावकलाई आफ्नो पक्षमा ल्याउन दबाव दिन लगाउने । २१) मतदाताहरूलाई सजिलो होस् भन्नाका लागि नाम, नम्बरसहितको चिट बनाई केही दिन अगाडिदेखि नै वितरण गदै जाने । मतदानको दिन मतदान केन्द्रबाहिर टेबुल राखी नाम, नम्बर हेरि वितरण गर्ने व्यवस्था तयारी हालतमा राख्ने । २२) डमी मतपत्र छपाएर मतदातालाई आफ्नो चिह्नमा कसरी मतदान गर्ने भन्ने प्रशिक्षण गराउने । आफ्नो चिह्नमा स्वस्तिक छाप लगाउन लगाएर अभ्यास गराउने । २३) आफ्ना पक्षका मतदातालाई घ®घ®मा गएर मतदान केन्द्रमा लगी मतदान गर्न लगाउने । २४) आफ्ना पक्षका मतदाताले छाप लगाई मतपत्र पट्याउने क्रममा मत खसाल्न लाइनमा बसिरहेका अन्य मतदाताले देख्नेगरि मतपत्रको चिह्न देखाई मत खसाल्न लगाउने । २८) अब्जर्भर ग्रुपलाई सहयोग गर्ने, उनीहरूसँग सहकार्य गर्ने, अत्यन्त नम्र व्यवहार गर्ने र उनीहरूको काम– कारबाही निरन्तर अनुगमन गर्ने । उनीहरूलाई आवश्यक परेको सहयोग गरि राम्रो प्रभाव पार्न प्रयास गर्ने) । २९) मतपेटिका ओसारपसारको सुरक्षामा विशेष निगरानी एवं सहयोग गर्ने ।

३०) मतगणनास्थलको व्यवस्थापन :

(क) मतपेटिकाको सुरक्षा । (ख) बत्तीको) व्यवस्था एवं बैकल्पिक व्यवस्था । (ग) मतपेटिकाको निकटबाट निरन्तरनिगरानी गरिरहने । (घ) खानाको व्यवस्था । (ङ) प्रतिनिधिलाई मतगणनाको समयमा सम्भव भए एक घन्टा नभए बढीमा दुई घन्टाभन्दा बढी लगाएर नराख्ने । अर्थात् बढीमा दुई–दुई घन्टामा परिवर्तन अग्रिरहने । (च) प्रतिनिधिहरूलाई निर्वाचनसम्बन्धी कानुनी ज्ञान दिने ।

३१) कन्फ्लिक्ट सिचुएसनः

(क) घोषणाको अवस्था । (ख) जानकारीको अवस्था । (ग) विजयी जुलुसको अवस्था । ३२) निर्वाचनमा धाँधली भएको लागेमा सोको विरुद्ध निर्वाचन अदालतमा उजुरी गर्न पाउने कानुनी व्यवस्था भएअनुरुप यसका लागि पूर्वतयारि गरिराख्ने । ३३) राजावादी तथा भ्रष्ट उम्मेदवारहरूलाई उनीहरूको क्षेत्रमा प्रचार प्रसार गर्न नदिने । यसरि विरोध गर्दा उनीहरूकै पार्टीको ब्यानर र नारा प्रयोग गर्ने–गराउने । ३४) विश्लेषणका आधारमा आफ्नो दलको विजय हुनसक्ने अधिकतम र न्युनतम क्षेत्र किटान गरि सो लक्ष्य प्राप्तिका लागि कुन–कुन दलसँग कुन–कुन आधारमा के के सम्झौता गर्दा फाइदा हुने हो, सोही आधारमा सम्झौता गरि विजय प्राप्त गर्न प्रयास गर्ने । २५) आफ्नो विपक्षीको कमीकमजोरी खोतलेर पत्ता लगाउने र त्यस्ता कमी–कमजोरीहरूलाई जनसमक्ष अतिरञ्जित रुपमा प्रचारप्रसार गरी गराई आफ्नो पक्षलाई मजबुत पाने  । ३६) प्रचार प्रसारको क्रममा हालको चर्को  मूल्यवृद्धि, आपूर्तिको अव्यवस्थापन र लोडसेडिङजस्ता प्रत्यक्ष जनसरोकारका विषयलाई चुनावी मुद्दा बनाउने ।

 

तपाइँको प्रतिक्रिया