एन आर एन : अब पूँजीवादीहरुको क्लब मात्रै

दधिराज घिमिरे 

dadhiraj-ghimire-ukकुनै पनि संस्था संचालनको लागी मुख्य बिषय निति हो । नेतृत्व सहायक हो । एनआरएन बिश्व सम्मेलनले पारीत गरेको नितिले संपुर्ण प्रवासी नेपालीहरुको साझा नारालाई त्याग्दै आफ्नै बर्गको वरीपरी घुम्ने खालको नेतृत्व केन्द्रित बिश्व सम्मेलन सम्पन्न गरेको छ । यो सम्मेलनले एनआरएन भित्रको धुब्रिकरणलई स्पष्ट खाका तयार पार्न सफल भयो । सामाजिक संगठन भनेर ढोग गर्ने संगठनमा राजनैतिक लबि हावी हुनुले यो संस्थाको धोती राम्रैसँग खुस्किन पुग्यो । बिस्तारै यो संस्था विशेषत नेपाली काग्रेस र एमालेको छाता संगठनको रुपमा बिकसित हुँदै गईरहेको बिषयमा अव कसैले नकार्न सक्ने स्थिती छैन ।

एनआरएन भित्रको होडवाजी भनेको राष्ट्रिय पुजिंपतिहरुको हाबी हुनेकी दलाल पुंजिपतीहरुको हाबीहुने भन्ने बिषयको अन्तरसंघर्षनै अर्को पाटोको सुरुवात हो । यो अधिवेसनले एनआएनको नेतृत्व हुनकालागी चाहिने योग्यतामा गरेको निर्णयले अव बिश्वमा काम गरी खाने मजदुरबर्गहरु तिमिहरु आफ्नै संगठनको निर्माण गर भन्ने सन्देश दिएको छ । यो संस्था भनेको पुजिबादीहरुको क्लब मात्रै हो । तिमी मजदुरहरुको पसिना हामीलाई गनाउँछ भनिएको हो । अव बिश्व भरीका मजदुरहरु यो संस्थामा रहीरहनु पर्ने छैन भन्ने  औचित्यको पुष्टि यो बिश्व सम्मेलनले गरेको छ । 

सम्मेलन भएको हप्तामानै एनआरएनको मह्रत्वपुर्ण पदमा जितेकाको नाम एउटा साप्ताहिकले मानव तस्करको भनेर भनिरहँदा त्यहि ब्यक्ति यो संस्थामा निर्वाचित हुन पाउने कस्तो संस्था रहेछ ? यो आधारले पनि एनआरएनको बिषयमा औंला ठडिँदा प्रवासि नेपालीहरु नतमस्तक हुनु भन्दा अरु केहि छैन । त्यहाँ कुनै स्पष्टिकरण सोधिने, कुनै कार्वही हुने ब्यवस्थानै छैन । जे गरे पनि छुट । निर्वाचनमा उठ्नकालागी बिधान संसोधन गरेर नेतृत्व तहमा एउटा बर्गकोलाई घुमाई राख्ने ब्यवस्था गर्नेले मानव तस्कर, श्रम शोषण जस्ता गहन आरोपीहरुलाई किन प्रवेश निषेध गर्न सकेन ? एउटा प्रश्न खडा भएको छ ।

बिश्वभरि रहेका मजदुर बर्गिय प्रवासी नेपालीहरुले यो संस्थाको बिषयमा टाउको दुखाईरहनु पर्ने छैन । किनकि यो संस्थामा मजदुरहरुलाई प्रवेश निषेध गरिएको छ । नेपाली जनताले गरेको आन्दोलनमा संपूर्ण नेपाली जनताको मुक्तिको प्रश्न थियो । प्रवासमा रहेका नेपालीहरुकोलागी पनि थियो त्यो आन्दोलन । त्यसैले संबिधान निर्माणकोलागी हुने चुनावमा प्रवासी नेपालीहरुको मागलाई पनि स्पष्ट पार्न खोजिएको हो । यो कुनै एनआएन आन्दोलनको प्रतिफल हुनै सक्दैन । बिदेशिनुको मुख्य कारण नेपाली शासन पद्धतीमा जनताप्रति अनुदार हुनु र राज्यको थिचोमिचोनै हो भन्नेमा प्रष्ट हुन जरुरी छ । प्रवासी नेपालीहरुले उठाउँदै आएको मागलाई आगमी संबिधान निर्माणमा लागू गर्न सक्ने आधारहरु कुन पार्टीले आफ्नो घोषणापत्रमा समेटेको छ भन्ने बिषयमा बहस केन्द्रित गर्नु पर्नेमा अतिथिकोरुपमा बोलाएर पार्टीको नेतृत्वलाई बेईज्जत गर्न कोशिस गर्नेहरुले एक पटक आफ्नो बिगत तर्फ फर्कने हो की ?

हामी बेल्जियम तथा यूरोपको बिभिन्न देशको गल्लि गल्लिमा नेपाली जनताको मुक्तिको पक्षमा नारा घन्काउँदा तपाई माहानभावहरु कुन बार वा डिस्कोमा रम्नु भएको थियो ? हामीसँग अहिले पनि रेकर्डहरु छन । बिदेशमा आएर राजनिती गर्ने भनेर हामीलाई होच्याउने तपाईहरु होईन ? ज्ञानेन्द्रको शासनकालमा के तपाई कुनै कार्यक्रमको आयोजना गर्न सक्नु भयो ? राजतन्त्रको बिरुद्धमा कुनै बिज्ञप्ति सम्म दिन नसक्ने अनि ठुला कुरा गर्ने तपाईहरु एनआरएनको भेषमा फेरी पनि नेपाली जनताको परिवर्तनको चाहाना बिरुद्ध जाल बुन्दै हुनुहुन्छ । त्यसमा सबै सचेत छन । नेपाली जनता निरंकुशताको जाँतोमा पिसिंदां दास यूगका बादशाह  जस्तै रक्सीको चुस्किमा रम्दै हांस्ने तपाईहरुको ईतिहास हो भन्ने बिषयमा कसैले भुलेका छैनन् । एउटा आवला नारीलाई श्रमशोषण गर्ने, उसको परिचयपत्रलाई कब्जामा राख्ने अनि आफुलाई चाहिँ नेपाली नागरीक निरन्तरताको ठुलो महिसा संझने ? स्यालको भेषमा ब्वाँसा बनेर नेपालीहरुलाई भ्रम पार्न खोज्ने  ? नेपालमा बस्ने नेपालीहरुको पक्षमा काम गरेको छु भनेर नाक ठाडो बनाउनेको नाक काटिएको पत्तै नपाउनेले तपाईहरुले प्रश्न गर्ने ? तपाईहरु महलमा बसेर शहिदको झुप्रो हेर्नु भएको छ तपाईको महल कति फ्क्किा देखिन्छ ? घाईतेको आत्म छाम्नु भएको छ उ के चाहान्छ ? तपाईको लगानी अथवा अग्रगामी परिवर्तन ?

कार्यक्रमको बिषय प्रसंग भन्दा बाहिर गएर तपाईएनआरएन भन्नेहरु क्रान्तिको कुरा गर्ने ? क्रन्ति के किन जरुरत हुन्छ भन्ने बिषयको कखरा नजन्नेहरु नेपाली जनताको परिवर्तका बाहाकहरुका बिरुद्ध लाग्ने ? अनि कोहि हिसाव किताव माग्ने रे । भ्रष्टचार गरेको भए एनआरएनले गएर अख्तियारमा मुद्धा हाले भयो नि । हिम्मत भए । तपाईहरु भ्रटचारीलाई फूलको माला किन्नलाई लगानि गर्नु हुन्छ । अरुलाई चाहिँ भ्रष्टचारको कुरा उठाउने ? एनआरएनहरुले नेपाली जनतासँगको घनिष्टतालाई यसरीनै बिगार्दै जाने हो भने नेपाली जनताले एक दिन एनआरएनको लगानी बहिष्कार गर्ने दिन नआउला भन्न सकिदैन ।

अहिलेको मुख्य अन्तरसघर्ष भनेको एनआरएनहरुले नेपाली जनता प्रति हेर्ने दृष्टिकोणनै हो । नेपालमा बिकासको लहर सिर्जना गर्दै जाने क्रममा एनआरएनहरुको नेपाली जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेन भने एनआरएनको लगानीले मात्रै नेपाली जनताको दुरी घटाउन सक्ने छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै अहिले संबिधानसभाको चुनावमा देश होमिईरहेको बेलामा कुन पार्टिको घोषणा पत्रले नेपाली जनताको जिवन स्थरमा सुधारल्याउन सक्छ ?कस्तो राज्य प्रणालीको खाँचो छ ? हामीले बिदेशमा भोगे जानेको, देखेको र सिकेको सिप के हो ? कसरि नेपालमा त्यसलाई उपयोग गर्ने ? नेपालमा हाम्रो अनुभव के हो ? यो महत्वपूर्ण पक्ष हो । हामी प्रवाशी नेपालीहरुले गर्दै आएको मुख्य माग ‘एक पटकको नेपाली, सधैको नेपा’ली भन्ने कुन पार्टिको घोषणा पत्रले समेटेको छ भन्ने बिषयमा बहस केन्द्रित गरौं ।

मुख्यत नेपालका तिन पार्टीहरुको घोषाणा पत्रमा कसरी समेटीएको छ त ? हेरौं एकिकृत नेकपा माओबादीले प्रतिबद्धता पत्रको पेज १८ मा स्पष्ट भनेको छ “गैरआवासीय नेपालीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिइने छ ।  नेपाली श्रमिकहरुको संख्या ठूलो भएका देशहरुमा अनिवार्य रुपमा श्रम सहचारीको व्यवस्था गरिने छ । नेपाली दूतावास र नियोगहरुलाई आर्थिक कुटनीतिको क्षेत्रमा विशेष सक्रिय गराइने छ । विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपालका राष्ट्रिय महत्वका निर्वाचनमा मतदानको व्यवस्था गरिने छ ।”

नेकपा एमालेले आफ्नो घोषणा पत्रमा छ “बिश्वको बिभिन्न भुभागमा छरिएर रहेका गैह्र आवाशिय नेपालीहरुलाई सद्भावना दुतकोरुपमा सम्मान गर्दै उनिहरुको सिप, साधन, श्रोत र अनुभवलाई राष्ट्र निर्मार्णमा साझेदारी बनाउन पहल गर्ने । उनीहरुलाई नेपालमा सहज ढगंले लगनी गर्न पहल गर्ने । लगानीको प्रतिफल फिर्ता लैजाने र आर्थिक कृयाकलापमा सहज तुल्याउन आवश्यक ब्यवस्था गर्ने । गैह्र आवसिय नेपालीहरुलाई अरु नेपाली नागरीक सरह आर्थिक सामाजिक र सम्मानको ब्यवस्था गर्ने । गैह्र आवशिय नेपाली नागरीकता पत्र प्रदान गर्ने । ”

नेपाली कांग्रेसले आफ्नो घोषणपत्रको पेज १३ मा उल्लेख गरेको छ “गैह्र आवाशिय नेपालीहरुको नेपाली नागरीकतालाई निरन्तरता दिईने छ । साथै बिभिन्न पेशा, श्रम, अध्ययन वा बिभिन्न ब्यवशायको सिलसिलामा नेपाल बाहिर रहेका नेपालीहरुको मतदानको अधिकारलाई सुनिश्चित गरिने छ । ”तर पेज ५४ मा ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावानाको बिकास गर्दै संसार भरी फैलिएका नेपालीहरुलाई आफ्नो मात्रिभूमिसँग आवद्ध गर्न बिभिन्न निति र कार्यक्रम र कानुको ब्यवस्था गरीने छ ।” उल्लेख छ ।

जन्मको आधारमा र बंशजको आधारमा नेपालको नागरीकता प्राप्त गरी बिदेशिएका नेपालीहरुलाई उपयूक्त ब्यवस्था गरी आर्थिक सामाजिक सांस्कृतिक अधिकार रहने गरी गैह्र आवशिय नेपाली नागरीकताको प्रवन्ध गरीने छ ।

नेपाली कांग्रसले माथिको बुँदालाई अर्को पेजमा आएर उल्ट्याको छ । भ्रमको पनि  सिमा हुन्छ । यो अहिले पाईरहेको दश बर्षे काडनै हो । नयाँ केहि छैन । एमाओवादीले स्पष्ट सँग ‘नागरीकतालाई निरन्तरता दिने छ’ भनेको छ । एमालेले गैह्र आवसिय नेपाली नागरीकता पत्र प्रदान गर्ने जुन ब्यवस्था अहिले पनि छ त्यसैलाई निरन्तरताको कुरो उठाएको छ । । एनआरएन परिचयपत्र दुतावासमा गएर अहिले पनि लिन सकिन्छ । सिधै प्रवाशी नेपालीहरुलाई उल्लु बनाएको छ नेका र एमालेले । प्रवाशमा रहेका नेका र एमालेमा बिश्वास राख्ने एनआरएनहरुको धाराणा के हो ? स्पष्ट पानु पार्यो । नेपाली कांग्रेसको धारणा संपुर्णरुपमा घोर दक्षिणपन्थि रहेपनि र प्रवाशी नेपालीहरुको नागरीकतामा माओबादीको नक्काल गरे पनि पछिल्लो पेजमा प्रवासी नेपालीहरुले अहिले प्राप्त गरेको दश बर्षे एनआरएन कार्डको ब्यवस्थाको निरन्तरतामा जोड दिएको छ । उअसको घोषणापत्रमा बिदेशमा रहेका श्रमजिबी नेपालीहरुको बिषयमा मौन छ । केहि दलाल पूँजिपतिहरुको मागलाई झाराटारे जस्तो देखिन्छ । अव एमाले र नेपाली कांग्रेसमा लाग्नु भएका प्रवाशि नेपालीहरुले आगामी चुनावमा कसलाई जिताउने भन्ने बिषयमा सोच्न बाध्य भएका छन ।

माओबादी नेताको बिरुद्धमा एनआरएन सम्मेलनमा अभद्ररुपमा प्रस्तुत हुँदैं संपूर्ण प्रवाशी नेपालीहरुको मानमर्दन गर्ने बिदेशमा तपाईहरु कुन राजनितीमा लाग्नु भएको छ स्पष्ट छ । अव तपाईहरुकै मागको बिषयमा तपाईकै नेताहरु किन बिमुख भयो प्रश्न गर्नुहोस । पार्टीको गलत बिचारको फुर्को समातेर बैतर्णी तर्ने प्रयास नगर्नुस । कि एमाले कांग्रेस भन्ने पार्टीलाई छोडेर तपाई भित्र थोरै भएपनि रहेको क्रान्ति प्रतिको बिश्वासलाई सहयोग गर्न एकिकृत नेकपा माओबादीमा आउनुहोस । सँगैं नेपालमा समाजबादी ब्यवस्थाको लागी लडौंला ।

नेपालमा त चुनावकै मुखमा पनि पार्टी प्रवेशको लहर छ । प्रवाशमा पनि यो लहरको प्रकृया सुरु हुन थालेको छ । एकिकृत नेकपा माओबादीलाई जिताउनमा सँगैं हिडौं । प्रवासी नेपालीहरुले उठाउँदै आएको मागलाई लागू गर्न जोड गरौं । कि तपाई घोर दक्षिणपन्थि बिचार तर्फ लाग्नुस । तर बिचमा बस्ने बेलाको अन्त भईसक्यो । तपाईहरुले बिदेश मा बसेर ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हैसियत गुमाउनु भएको छ । एनआरएनको फोरममा यो बिषय उठाउनु भयो भने तपाईहरु उल्लु ठहरिनु हुने पक्का छ । तपाई जवाफहिन हुनुपर्ने छ । त्यसैले प्रवासमा रहेका नेपाली कांग्रेस र एमालेमा आस्था राख्नेहरुले एमाले र नेपाली कांग्रेस त्यागको घोषणा बाहेक बिकल्प केहि छैन । ति पार्टीहरु भित्र रहेका परिवर्तनका पक्षधरहरु पनि यो बिषयमा अध्यन गर्न जरुरी छ । सबै प्रवाशी नेपालीहरुले नेपालको परिवर्तकारी र प्रवासी नेपालीहरुको हकहितको स्पष्ट खाका लिएर आएको पार्टि एकिकृत नेकपा माओबादीलाई दुई तिहाई बहुमतको लागी जोड गरौं । नेपालमा भएका अफन्तहरुलाई गोलाकार भित्रको हँसियां हथौडामा भोट हाल्नकोलागी अभिप्रेरीत गरौं । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने नारालाई नेपालको संबिधानमा ब्यवस्था गर्न एनेकपा माओबादीलाई जिताउन संपुर्ण क्षेत्रबाट पहल गरौं ।

(लेखक क्रान्तिकारी पत्रकार संघ, यूरोपका संयोजक हुन्)

तपाइँको प्रतिक्रिया