डा साप, नेपाली गाडी नपाएर कि भारत भक्ति देखाउनलाई हो यो ?

baburam

आफ्नो उमेअदवारी दर्ता गराउन जाँदा आज डा बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटको गाडी चढेर गएछन् । नेपाली गाडी नपाएर हो कि निर्वाचनमा उमेदवारी दर्ता गर्ने दिनदेखिनै भारतभक्ति देखाउन हो कुन्नि ! 

बाबुरामले रुपन्देही जिल्लामा आफ्नो उम्मेदवारि दर्ता गराउन जाँदाको यो द्रिष्यले उनैलाई ब्यंग्य गरेको थियो । किनभने जनयुद्द शुरु गर्नु पूर्व बाबुरामले तात्कालिन देउवा सरकारलाई २० दिनको अल्टिमेटम दिएका थिए जनमोर्चा नेपालका तर्फबाट । उनले बुझाएको ४० बुँदे मागपत्रको बुँदा नम्बर ३ मा यसो लेखिएको थियो-

३ नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ ।

४० बुँदा मध्यको यो एउटा बुँदा हो जसलाई जनयुद्द गरिनुपर्ने कारण भनिएको थियो । आज त्यही बुँदाको बलत्कार गर्दैछन बाबुराम । उनी आफ्नो उम्मेदवारी दर्ता गराउने क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्दैछन । उसो भए तात्कालिन ४० बुँदे माग केका लागि थियो ? जनताका छोराछोरीलाई जनयुद्दमा होमेर आफू सत्तामा पुग्न ? भारतीय नंबर प्लेटका गाडी बन्देज गर्नुपर्ने माग केकालगि थियो ? जनतालाई राष्ट्रबादी हुँ भन्ने नाटक देखाएर सस्तो लोप्रियता हाँसिल गर्न ?

देशको प्रधानमन्त्री भैसकेको ब्यक्ति । प्रमुख दलको वरिष्ठ नेता । यस्तो ब्यक्तिले यसरि बिदेशी नंबर प्लेटको गाडी चढेर जानुको स्वार्थ के ? यसले के सन्देश दिन्छ ? भारतीय प्रशासन, शासकलाई त यसले खुशि बनाउला नै । तर नेपाल र नेपालीका लागि यसले कस्तो असर गर्ला ?के भन्छन माओवादी कार्यकर्ता यस बिषयमा ? 

(सान्दर्भिक लागेकाले गुरु भट्टराईको फेबुकबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया