सत्ताको रसबाट बाहिरिनासाथ जुहारी
न निति, न सिद्दान्त, न आदर्श न त दस्ताबेज केहि मिल्छ एकिक्रित नेकपा माओवादी र मधेशी दलको ? कम्युनिष्ट सिद्दान्त र देश टुक्रा पार्न खोज्ने पार्टीबिच सहकार्य हुन सक्छ ? लिखित दस्ताबेज र निति हेर्दा कहिँ मेल खाँदैन । तर सत्ताकोलागि चाहिँ असाध्यै मेल खाएको थियो यिनको । त्यसैले माओवाद र तराईलाई टुक्रा पार्नेबिच सत्ताको रस चुस्न स्वार्थ मिल्यो । र मिलि मिलि खुब रस लिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एकिक्रित नेकपा माओवादीका सबैभन्दा प्रशंसक बने । ‘परिवर्तनकारि, अग्रगामी शक्ति’ भन्दै मधेशी दलकोपनि खुब हाई हाई गरे प्रचण्डले । किन ? मिलेर सत्ताको भोग गर्न । तर अहिले एकले अर्काको उछित्तो काढ्दै छन् । सत्तामा रहँदा एकले अर्काको प्रशंसा गर्न जसरि मरिहत्ते गर्थे । सत्ताबाट बाहिरिएपछि अहिले यि दुई एकले अर्कोलाई आरोप लगाउन सबैभन्दा बढि कस्सिएका छन् । जुहारी खेल्दै छन् । प्रचण्डले मधेसी नेता शिरदेखि टुप्पोसम्म भ्रष्ट र बद्नाम भन्ने अरोप लगाएपछि अहिले मधेसी नेतासित कसले कसलाई बदनाम गर्ने भनेर कस्सिएका छन् ।
बिजय कुमार गच्छदार, राजेन्द्र महतो र ह्रिदयश त्रिपाटी लगायतका मधेशी दललाई के दिएन माओवादीले ? सत्ताकोलागि के गरेन यिनलाई फकाउन, अड्याउन ? राष्ट्रियतानै बेच्यो सरकारमा टाँस्सिनकालागि । मधेसी दलले राखेको नागरिकता बिधेयकमा सहि धस्काएर तराईका २५ लाख भारतीयलाई नेपाली नागरिकता दिलायो । एक मधेश एक प्रदेशमा सहमती जनाएर तराईलाई टुक्रा पार्ने मधेशीका षडयन्त्रमापनि राजि भयो । लूट्न दियो । सरकारी धनको दूरुपयोग गर्न दियो । तिनका तालमा लागेर जनतालाई महँगीको बोरा बोकायो । सबैभन्दा ठूलो गलत काम, मधेशी भ्रस्ट नेतालाई अशल भन्दै चोख्यायो । जन आन्दोलनका सहयात्रिहरुलाई दुश्मनको कित्तामा राख्यो । सकेसम्म मोज गर्यो । मधेशी दललाईपनि मोज गर्न दियो । मधेशीहरुसित सरकारमा बसुन्जेल त माओवादीले एमाले, कांग्रेस र अन्य दललाई पश्चगमनकारि ठोकुवा गरेको थियो ।
प्रचण्डले मधेसी नेता शिरदेखि टुप्पोसम्म भ्रष्ट र बद्नाम रहेको आरोप लगाए, केहि दिन अघि । सरकारमा बसुन्जेल गौ माता । सरकारबाट हट्नासाथ कसरि ति भ्रस्टाचारी भए ? यदि यस्ता भ्रस्टाचारी थिए भने तिनैसित मिलेर किन सरकार बनाएको ? तिनलाई अग्रगमनकारि, अशल, गतिला र संघियताका पक्षधर भन्दै किन प्रशंसा गरेको ? भ्रस्टाचारिसित मिलेर सरकार बनाउने माओवादीपनि भ्रस्टाचारी पार्टी भयो कि भएन ? भ्रस्टसित मिलिजुली सरकारको रस पिउनेहरुपनि भ्रस्ट भएकि भएनन् ?
बिजय गच्छदारले प्रचण्डलाई चुनौति दिएका छन् ‘भ्रस्टचारि हौं हामी भने प्रमाणित गर’ भन्दै । सरकारमा रहुन्जेल यि गच्छदारलेपनि खुब सरापे एमाले र कांग्रेसलाई । एमाले र कांग्रेस भ्रस्टहरुको पार्टी, संघियता बिरोधी, अग्रगमन बिरोधी, मधेशी र उपेक्षित, महिला र गरिब निमुखा बिरोधी पार्टी भनेर । माओवादीको खुब प्रशंसा गरेका थिए । प्रचण्डलाई त झन ‘ महान नेता’ नै भने । तर अहिले सरकारबाट निस्किएपछि तिनै गच्छदार प्रचण्डको खोइरो खन्दै छन् । ‘सत्ता र सरकारमा जान जोसितपनि सम्झौता गर्ने माओवादी झन ठूलो भ्रस्टाचारी रहेको’ भनेर चुनौति नै दिए । सँगै मिलेर देश चुसेको कुरो उनले बताए ।
गम्छा र धोती लगाएर मधेशी जनताको बिचमा गएका थिए प्रचण्ड भाषण ठोक्न, केहि साता अघि । त्यसलाई नौटिंकी भनिदिए गच्छदारले । सरकारमा रहुन्जेल मित जस्ता लाग्ने यि दुई अहिले एक अर्काको हुर्मत लिन तल्लिन छन् । आरोप प्रत्यारोपमा उत्रिएका छन् । यो आरोप सरकार छोड्न पर्नुको बाध्यताको रोष हो । सरकारी सुबिधा, सत्ता र शक्तिबाट हट्नु परेको पीडा हो । यि दुबै महास्वार्थी हुन् । जनताका आँखामा छारो हालेर राष्ट्रघाती काम गरुन्जेल यि मिले । बाँडेर खान पाउन्जेल प्रशंसा गरे । जब त्यो सक्कियो अनि फेरि जनताका अगाडी अरुलाई खराब देखाएर आफु अशल बन्न आरोप प्रत्यारोप गरिरहेका छन् । दुबैले नाटक गरिरहेका छन् असल बन्ने । सरकारमा गएर मस्ति गर्न पाएका बेला सबैलाई अशल देख्ने यिनले फेरि स्वार्थ मिल्दा अशल नै अशल देख्ने छन् । चुनावका बेला यस्ता नाटक अझै कति मञ्चन हुने हुन् !!




