शान्ति संझौता नटुंग्याएकाले फेरि द्वन्दको खतरा

satya-nirupan-aayogसंसदिय राजनितिमा रहेका र केहि बिदेशी सरकार अनि मानव अधिकारकर्मीलाई लाग्यो, माओवादीलाई शान्ति संझौतामा ल्याउन मात्रै पाए सबै समाधान हुन्छ । माओवादीका जनसेना मुख्य समस्या हुन् । तिनलाई बिघटन गराउन पाए बाघका दाह्रा भाँचिन्छन् र शिकार गर्न नसक्ने हुन्छ । सरकारमा गएर सत्ता र शक्तिको कुराउन चाट्न हतारिएका माओवादीलाई लाग्यो, हाम्रा केहि सेना नेपाली सेनामा मिसाउन पाए पुग्छ । त्यत्ति गर्न पाए जनसेना सामयोजन भएको भ्रम छर्न सकिन्छ । त्यसपछि सरकारमा गएर बाँकि काम सक्छौं । सरकारमा गएपछि सोचे अनुसार भटाभट काम गर्न पाइन्छ । तर त्यो भ्रम मात्रै थियो । जनसेना बिघटन गर्नु, माओवादी सरकारमा आ उनु मात्रै शान्ति संझौता टुंगिनु थिएन । त्यो भ्रम आज चिरिँदै छ । देशमा अर्को द्वन्दको हुरिबातास नजिकै आएजस्तो लाग्छ । त्यसको कारण हो, शान्ति संझौतालाई राम्रोसित नटुंग्याउनु । 

दलाहरुले ठूलो भ्रम साँचे, जनसेना बिघटन मुख्य कुरो हो । त्यो सक्कियो भने माओवादीले केहि गर्न सक्दैनन् । माओवादीले ठान्यो, जनसेना मुख्य समस्या हुन् हामी सरकारमा जानबाट रोक्न सक्ने । किनकि ति रहुन्जेल हामीले धोका दिँदा वा सरकारको रसमा भुल्दा तिनले प्रहार गर्ने भय हुन्छ । जनसेना रहुन्जेल संसदिय दलहरु हामीसित डराउँछन्, तर्सिन्छन् र सरकारमा जान दिँदैनन् । त्यो बिघटन गरिए हामीलाई पत्याउँछन् । त्यसैले दुबै पक्ष हतारिए । तर त्योपनि भ्रम र धोका बाहेक केहि थिएन । एकले अर्कोलाई दिएको धोका । जनतालाई दिएको धोका ।

द्वन्दकालमा धेरै नागरिक मारिए । त्यो बेला दुबै तर्फबाट द्वन्दसित सरोकार नभएका धेरैको ज्यान लिईयो । सरकार पक्षबाट धेरैको अकालमा ज्यान लिईयो । जताबाट अन्यायपूर्वक ज्यान लिएपनि त्यसलाई सुल्झाउन भनेर सत्य निरुपण आयोग बनाइयो । तर सजाएँको भागि हुने डरले त्यो आयोगलाई सक्रियनै गराइएन । जनयुद्दका बेला सरकारमा रहेर सर्वसाधारणको ज्यान लिन आदेश दिने संसदिय पार्टीहरुलेपनि आफु सजायँको भागि हुनुपर्ने डरले सक्रिय गरएनन् । माओवादीलेपनि त्यहि डरले वास्ता गरेन । दुई पटक सरकारमा जाँदापनि उसलाई यसमा वास्ता भएन । घरजग्गा जोड्नु, गाडीमा सयर गर्नु, बिदेश घुम्नु, ठेक्का पट्टा र मस्तिमै बिताए । सोझासाझा कार्यकर्ता अझै केहि हुन्छ, हाम्रा नेताले केहि गर्छन् भन्दै पछि कुदिराखे ।

द्वन्दमा बिना गल्ति, निर्दोषलाई मारेपछि तिनका परिवारले न्याय माग्छन् नै । अधिकारी दम्पत्तीको दोष छैन । आफ्ना छोराको हत्यारा जानि जानि, देखि देखि कसरि हत्यारालाई कारवाहीको माग नगर्ने ? तिनका पक्षबाट यो माग जायज हो । तर भुलिएको पक्ष के हो भने अधिकारीले जसरि आफ्ना छोरी छोरी, श्रेमती, पति गुमाउने धेरै छन् । धेरै अझै गुमनाम छन् । बेपत्ता छन् । हो ति सबैलाई न्याय दिनको लागि मेलमिलाप तथा सय निरुपण आयोगलाई अ क्रिय गराएर द्वन्दकालका मुद्दालाई निट्याइनुपर्थ्यो । त्यसो नगरिनाले अब द्वन्दकालका एक एक मुद्दा बल्झिने, बल्झाइने संभावना बढेको छ । यस्ता मुद्दा बल्झिँदै जाँदा चुनाव त अनिश्चित बन्नेनै देखिन्छ । बरु एक पक्षले अर्कोलाई बदला लिन खोज्दा फेरि अर्को द्वन्दको शुरुवात हुने हो कि भन्ने पो देखियो ।

यसको दोषी माओवादीले संसदिय दल भन्ने गरेका एमाले, नेपाली कांग्रेस र अरु मात्रै होइनन् । स्वयं माओवादी यो दोषको मुख्य भागिदार हो । सरकारमा गएर मस्ति गर्न हतारिँदा, जनता र कार्यकर्तालाई झुठा आश्वाशन बाँडेर सरकार बाहेक सबै मिथ्या हो भन्ने भ्रम पाल्दा द्वन्दकालका सबै मुद्दा बल्झिँदै गएका हुन् । मेलमिलाप तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय गराएर शन्ति संझौतालाई सहि ढंगले, न्यायपूर्ण ढंगले नटुंग्याउनुको परिणाम हो यो । यसलाइ जति ढिलो गरिन्छ उतिनै देशले अझ अनिश्चय बेहोर्छ । अर्को झन ठूलो द्वन्दको खतरा मोलिरहन्छ ।

तपाइँको प्रतिक्रिया