भारतीय सरकारलाई घूँडा टेकाउन तात्दै सिक्किम र आसामपनि

sikkim-to-darjeeling

 (गोर्खाल्याण्डको समर्थनमा सिक्किममा निकालिएको मार्चपास)

गोर्खाल्याण्ड माग गर्दै दार्जिलिङबाट शुरु भएको आन्दोलन अब भारतीय सरकारकालागि गलपासो भएको छ । जसरि भारतले बिगतदेखि दबाउँदै, फुटाउँदै र हेल्चेक्र्याइँ गर्दै आएको थियो त्यसरि अब गोर्खाल्याण्डको माग नदब्ने स्पष्ठ आधार तयार हुँदै छन् । त्यसको मुख्य कारण के भने गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्नेहरु अब भारतका अन्य क्षेत्रमापनि देखापरेका छन् । गोर्खाल्याण्डको समर्थन गर्दै आशाम, दिल्ली, गुहाटी, सिक्किम र नागाल्यण्डतिरपनि जुलुसहरु हुन थालेको आशामबाट नेपालप्लस सहयोगी देवी प्रसाद गौतमले जानकारि दिए ।

भारतीय सरकारले दार्जिलिङमा अत्याचार गरेको भन्दै सिक्किमवासी नेपालीहरुपनि रुष्ट बनेका छन् । गोर्खाल्याण्डको समर्थन गर्दै त्यहाँबाट एक र्‍यालीनै निकालिएको छ । त्यो र्‍याली सिक्किमबाट गोर्खाल्याण्डको समर्थन गर्दै दार्जिलिङ आइपुग्ने छ । दार्जिलिङ आएर र्‍याली गोर्खाल्याण्डका आन्दोलनरतकर्मीहरुसित मिसिने छ । र आफ्नो ऐक्तबद्दता जनाउने छ ।

उता आसाममापनि भारतीय सरकारले लामो समयदेखि दमन गर्दै आएको थियो, आसाम राज्यको माग गर्नेहरुमाथि । अहिले गोर्खाल्याण्डको माग दार्जिलिङमा चर्किएपछि आसामीहरुलेपनि गोर्खाल्याण्डको समर्थनमा आसाममा नाराबाजी, जुलुस र आन्दोलन गर्न लागेका छन् । तर आसाममा हने अहिलेसम्म फाट्टफुट्ट रुपमा मात्रै समर्थनमा नेपालीहरु निस्किएका छन् । गोर्खाल्याण्डको समर्थनमा अझ ब्यवस्थित र प्रभावकारि आन्दोलनका लागि भित्रै भित्रै तयारि भैरहेको गौतमले नेपालप्लसलाई लेखेको मेलमा उल्लेख छ ।

त्यसैगरि, राजधानी दिल्लीमा रहेका आसामबासी, दार्जिलिङबासी, सिक्किमेली र नागाल्याण्डका नेपालीहरुलेपनि नारा जुलुस गर्ने, गोर्खाल्याण्डको समर्थनमा र्‍याली निकाल्ने र केन्द्रिय सरकारलाई दबाब दिने गरिरहेका छन् । गोर्खाल्याण्डको समर्थनमा राजधानी दिल्लीमा अझ ब्यवस्थित आन्दोलनकालागि तयारि गर्न लागिएको छ ।

गोर्खाल्याण्ड आन्दोलनले उचाई लिएको भन्दै त्यसलाई भारतका सबै राज्य र क्षेत्रमा रहेका नेपाली भाषीहरुले भित्र भित्र प्रभावकारि आन्दोलनको तयारि गरेका हुन् । उता दार्जिलिङमा भने भोली मंगलबारबाट फेरि जनता घरबाहिर कार्यक्रम घोषणा गरिएको छ । यो चार दिने कार्यक्रममा गोर्खाल्याण्डको समर्थनमा जनताहरु सडकमा निस्किएर अनेक खालका र्‍याली, जुलुस र प्रदर्शनहरु गरिने छन् ।

 

तपाइँको प्रतिक्रिया