थेप्चो छ नाक ? उसो भए प्रवेश निषेध
● मिलन साङपाङ राई / न्युयोर्क
हिजो न्युयोर्कमा एमालेको भात्रि संगठन लोकतान्त्रिक नेपाली मञ्चको पहिलो अधिबेशन थियो । त्यसमा एमाले अध्यक्ष झलनाथ खनाल र नेता भिम रावल आए । प्रवासीहरुको संगठन भनिएपनि एमाले नेताहरु थेप्चो नाक हुनेदेखि सार्है तर्सिएका रहेछन् भन्ने देखियो । उनीहरुको कार्यक्रममा प्रवेश गर्न दिने वा नदिने मापदण्ड नै नाक थियो । यस्सो हेर्यो । नाक लामो छ भने खासै समस्या भएन । सरासर पस्न दियो । नाक अलि थेप्चो, आँखा घुम्किएको छ भने छड्के पाराले हेर्यो । अनि प्रवेश निषेध गरिदियो ।
न्युयोर्कको चेन फेडेरेशन भनिने भवनको एउटा सानो हलमा उनीहरुले कार्यक्रम घोषणा गरेका थिए । एमालेका नेता जतापनि कालो झण्डाले स्वागत गरिँदै आएका । असाध्यै त्रसित रहेछन् यहाँपनि । अनि कार्यक्रम हुनुभन्दा धेरै चाँडो बिहानै उनीहरुले केहि सुरक्षाकर्मी पठाएछन् । आफ्नै पार्टीका कार्यकर्ता, स्वयंसेवक सुरक्षाकर्मी । पहिचान र संघियताका पक्षधरहरु कार्यक्रम शुरु हुनु भन्दा पहिलेनै प्रबेश गर्लान् । कालो झण्डा देखाउने तयारि गर्लान् भन्ने डर रहेछ । त्यसैले उनीहरुले पार्टीका समर्थकको नामवली सूचीनै तयार पारेछन् । कसलाई छिर्न दिने र कसलाई छिर्न नदिने भन्ने नाम तयार पारेछन् ।
दुई सय जना सजिलैसित अटाउने हल थियो । यो हलमा पहिले नेपालका धेरै नेताले कार्यक्रम गरिसकेका छन् । शुसिल कोइराला, केपी ओली देखि बाबुराम भट्टराई सम्मको कार्यक्रम यहि ठाउँमा भएको हो । यसै हलमा पहिले डा बाबुराम भट्टराई र सुशिल कोइरालालेपनि कालो झण्डा खाईसकेका थिए । झन पछिल्लो समयमा एमालेका नेता जता गएपनि कालो झण्डा खाने गरेका । भिम रावललाई त बिदेशमा जुन देश गएपनि कालो झण्डा देखाउने, कार्यक्रम बिथोल्ने भएको थियो । कोरिया, बेल्जियम र पोर्चुगलमा उनलाई कालो झण्डा देखाइएको थियो । कार्यक्रम भाँडिएका थिए । त्यहि डर रहेछ यहाँपनि ।
अनि कार्यक्रम शुरु हुनु केहि अघि एमालेका कार्यकर्ता स्वयंसेवक दस्ता बनेर देखिए । अनि नामको सूची हेरे । कोहि यस्सो अनुहार हेर्थे । अनि बाहुन क्षेत्रीलाई प्रवेश सजिलै दिन्थे । पहिले तिनले नाक हेर्थे । नाक लामो भएकालाई नाई नास्ति कम गरे । तर जब नाक थेप्चो देखिन्थ्यो अनि प्रवेशमा रोक लागाए ।
त्यहाँ रोक लगाइएकामा जनजाति पक्षधरका थिए । उनीहरुले ‘हामीपनि कार्यक्रम सुन्न आएको हो । केहि जान्न, छलफल गर्न आएको हो । हामी किन प्रवेश गर्न नपाउने ?’ भन्दै प्रवेश गर्न खोजेका हुन् । तर संघियता र पहिचान पक्षियदेखि यो एमाले भन्ने पार्टी कति तर्सिएको रहेछ भने उनीहरुले नेताका कुरा सुन्न चाहनेहरुलाईपनि बञ्चित गरे । स्वच्छ बहस र बादबिबाद देखि तर्सिएर जान दिएनन् । प्रवाशी मञ्च भन्ने नाममा संगठन खोलेपनि तिनले पहिचान बिरोधी, संघियता बिरोधी, जनजाति बिरोधीको नाच्ने स्थल बनाए । र अमेरिकि कानुनकोपनि तिनले उल्लंघन गरेर जातिय पक्षधरता देखाए । जातिय राजनिति त एमालेले पो गर्यो, जनजातिका मानिसलाई भित्र पस्नै रोक लगाएर । नाक थेप्चो देख्ना साथ यि त हाम्रा बिरोधेनै हुन् भनेर । एमालेले आफैंले पो जनजातिहरुलाई अपमान गर्यो । उसको पार्टी जनजाति बिरोधी भनेरै देखायो । नाक थेप्चाहरु बहिस्क्रित तिरस्क्रित हुन्छन् एमालेमा भन्ने सिद्द गरिदियो । एमालेको पछौटे बन्ने, जेपनि मान्ने, कुनै बहस र छलफल नगरि एमाले नेताले भनेको खुरुखुरु मान्ने बाहेक अरु जनजाति त बहिस्क्रित पो हुने रहेछन् एमालेमा ।
कार्यक्रम भित्र छिर्ना दिँदापनि उनीहरुले एकदम निगरानी गरेका थिए । त्रास रहेछ तिनलाई, कतै कालो झण्डा लगिपो हाल्छन् कि भन्ने । अनि नेता हरु हलमा प्रवेश गर्नु अघिनै बाटोदेखिनै तिनले खुब कार्यकर्तामाझ घेरेर ल्याएका थिए । सतर्कतासा साथ हलभित्र हुलेका थिए झलनाथ खनाल र भिम रावललाई । तिनका नेता तत्कालै अपहरणमा पर्छन् कि झैं गरेर घेरिघेरि हलहित्र लैजानुपर्ने कस्तो जातिय संकुचित पार्टी रहेछ एमाले । कति त्रसित पार्टी रहेछ संघियताका पक्षधरसित । कति नालायक र छेरुवा पार्टी रहेछ जुन अरुको कुरा सुन्नै नसक्ने । बादबिबाद गर्ने क्षमतापनि नराख्ने । आखिर जनैबादी पार्टी भन्ने त एमालेले अ मेरिका पो झन पुष्टि गर्यो त ।
त्यहाँ कार्यक्रममा उपस्थितको संख्या भन्दा कालो झण्डा बोक्नेहरुको सल्बलाहट धेरै देखिएको मूल्यांकनपनि गरेका रहेछन् । अनि तिनलाई रोक्न सुरक्षा दस्तानै परिचालन गरेका हुन् । जनजातिहौर्ले बह्ने ‘ए अहमीलैऐ यस्तरि हेप्ने ? ल अमेरिकामा रोक्यो । अब एमाले नेपालमा गाउँ गाउँ जाँदा कसरि बच्ला ? देखाइदिन्छौं’ भन्नेपनि थिए ।
हलमा कार्यक्रम शुरु भएपछिपनि तिनका स्वयंसेवक दस्ताले बाहिर सुरक्षा दिएका थिए । निस्किँदापनि खुब बचाएर बाहिर लगेका थिए । अनि हलभित्र खासै बहस र छलफल के हुन्थ्यो । झलनाथ खुब चिच्याए । त्योपनि एकिक्रित नेकपा माओवादीलाई गाली गर्दै । माओवादीले जित्यो भने संविधान बन्दैन भन्दै थिए । त्यसपछि भ्रस्टाचारी भिम रावल त जहाँ गएपनि पहिचान र संघियता बिरुद्द बोल्ने भैहाले । यहाँपनि उनले ‘नेपालमा यति धेरै जातजाति छन्, केहि विशेष जातिलाइ राज्य दिएर हुन्छ ?’ भन्दै उफ्रेका थिए । उनले त यहाँ अझ प्रस्टसित संघियताकै बिरुद्दमा बोले । ‘केहि जनजातिलाई चाहिने संघियताका पक्षमा म र हाम्रो पार्टी एमाले छैन, हुन सक्दैन’ भन्दै ।
उनीहरु कति तर्सिएका रहेछन् भने ‘कार्यक्रम हुँदापनि तिनका आउरे बाउरे कार्यकर्ताहरु सल्बलाईरहेका थिए । सायद कालो झण्डा निकालिहाल्छ कसैलेकि भनेर होला । पछि थाह भयो, ठाउँ ठाउँमै कालो झण्डा खाएका एमाले नेता भिम रावलले जनजातिहरुलाई प्रवेश नदिन, कडाई गर्न निर्देशन दिएका रहेछन् । ‘यो कार्यक्रममा कुनैपनि हालतमा कालो झण्डा देखाइनु हुन्न है कामरेडहरु, कडाइ गर्नुहोला’ भनेर हाकै आफ्नो भात्रि संगठनलाई निर्देशन दिएका रहेछन् । यो कार्यक्रमबाट एमाले पार्टी कति तुच्छ जातिय राजनिति गर्छ । कति जनजाति बिरोधी रहेछ । अमेरिका जस्तो देशमा पनि कति त्रसित रहेछ एमाले भन्ने देखिएको छ ।





