देउवा कांग्रेसलाई टक्कर दिन कोइराला कांग्रेसको भित्रि तयारि

nepalcongress-flagबेल्जियमका नेपालीले हरेक दिन नभएपनि हरेक हप्ता हसाउँछन् । कि त्यहाँ बस्ने नेपालीको बेइज्जति गराउँछन् । कुनै न कुनै खाले मारामार, तानातान, कारवाही र धम्की नसुनिएको त कुनै हप्तानै हुन्न । अहिले नेपाली कांग्रेस बेल्जियमम फेरि कारवाहीको स्रिङ्खलाले तातेको छ । शेर बहादुर देउवा पक्ष र कोइराला पक्षबिच कुकुर बिरालाको झैझगडा हुँदै आएको नेपाली कांग्रेस बेल्जियममा देउवा पक्षले कोइराला पक्षका केहि नेता, कार्यकर्तालाई कारवाही गरेर चुनौति दिएपछि कांग्रेसहरुको लडाभाँती हेर्न लायकको बनेको छ । नेपाली कांग्रेसको जनवर्गिय संगठन नेपाली जनसंपर्क समितिमा बहुमत देउवा कांग्रेसको भएकाले एन आर एन बेल्जियममा कोइराला कांग्रेस प्रतिद्वन्दि बनेर उठ्यो र जित्योपनि । उता देउवा कांग्रेसकाले ड्याङ खाए । हो, यहि चोटले रन्थनिएका देउवा कांग्रेसले बिधान र बहुमतको आड लिएर अहिले कोइराला कांग्रेसका केहिलाई कारवाही गरे । केहिलाई स्पष्ठीकरणको उर्दी जारि गरेका छन् ।

बेल्जियममा नेपाली कांग्रेसको आधिकारिक जनवर्गिय संगठन नेपाली जनसंपर्क समिति हो । यसमा बहुमत देउवा पक्षको छ । गत अधिबेशन अघिसम्म यसको अध्यक्ष गंगाधर गौतम थिए । गत अधिबेशनबाट देउवा पक्षकै सुभास जोशीले जिते । तर यता एन आर एन बेल्जियमको निर्वाचनमा नेपाली जनसंपर्क समितिले आधिकारिक रुपमा अध्यक्षमा गंगाधर गौतमलाई उठायो । तर कोइराला कांग्रेसले त्यो निर्णय मानेन र प्रेम गुरुङलाई बागी बनायो । ति दुबैले आआफ्नो तरिकाले अन्य दलसित गठबन्दन गरे । आखिर कोइराला कांग्रेसका प्रेम गुरुङको समूहले देउवा कांग्रेसको समूहलाई बल्ड्याङ खुवाईदियो । त्यसपछि देउवा कांग्रेस आगो भयो । गंगाधर गौतम त्यहि हारका बेला रन्थनिएर नेपाल पुगे । आफ्नै बहुमत हुँदा हुँदा एन आर एन मा हार्नुपर्दा कसरि सहने ?

उनले नेपाली जनसंपर्क समितिको बैठक राखे । अध्यक्ष सुभास जोशी भएपनि आखिर पर्दा पछाडिका खेलाडी त गंगाधर गौतम न हुन् । जनसंपर्क समितिको अस्ति बसेको बैठकले नेपाली जनसंपर्क समितिका पूर्व उपाध्यक्ष माधव सापकोटा (कोइराला पक्षबाट एन आर एन सचिवमा जितेका) र प्रेम गुरुङ (कोइराला पक्षबाट उठेर एन आर एन बेल्जियमको अध्यक्षमा बिजयी) लाई साधारण सदस्यपनि नरहने गरि कारवाही गरेको छ ।

जनसंपर्क समितिले जारि गरेको बिज्ञप्तीमा ‘उनीहरु दुबैलाई स्पष्ठीकरण माग्दापनि स्पष्ठीकरण दिन नआएकाले कारवाही गरेको उल्लेख छ । उता कोइराला कांग्रेसकै समूहका धुर्वराज पौडेल, श्रीमती जानकी गुरुङ्ग, इन्द्र क्षेत्री पकवान, सिता सापकोटा र विष्णु सापकोटालाई पाँच दिन भित्र स्पष्ठिकरण दिन बोलाइएको छ । एन आर एन बेल्जियमको निर्वाचनमा यिनीहरुकोपनि संलग्नता देखिएकाले स्पष्ठीकरण मागिएको दाबी गरेका छन् । तोकिएको समयसिमा भित्र चित्त बुझ्दो जवाफ नआएमा वा स्पस्टीकरण नदिएमा आइतवारबाटै लागू हुने गरि साधारण सदस्य बाटै निष्काशन गर्ने निर्णय गरेका छन् । कारण के रहेछ त थाह छ कारवाहीको ? संगठनको विधानको रक्षा र अनुशासन कायम गर्नका लागि  भन्ने छ । तर देउवा कांग्रेसका मुली गंगाधर गौतम आफू कति अनुशाषित छन् थाह होला नी हैन ? र उनलाई सहयोग गर्ने, भसाउने आउरे बाउरेहरु कस्ता छन् भन्नेपनि हेक्का होला नी ? उनीहरुको त्यहि अनुशासनहिन, गुण्डागर्दी, मनपरि र दादागिरिकै कारणले गर्दा त संगठनमा बहुमत हुँदापनि नेपालीहरु तिनको ब्यवहारले आजित भएर हराएका हुन् ।

तर गंगाधर गौतम आफूले चाहिँ आफू देउवा कांग्रेस नभएको सार्वजनिक मञ्चबाटै बेल्जियममा स्पष्ठिकरण दिएका थिए । तर उनको नैक्टता देउवा पक्षसितै बढि भएको र उनको पक्षलाई त्यसैगरि चिन्छन् बेल्जियममा । तर यता कोइराला कांग्रेस पक्ष भनिएकाहरुपनि सबै कांग्रेसको एक न एक खेमामा बाँडिएका छैनन् । बरु गंगाधर गौतम पक्षको मनपरि र अत्याचार सहन नसकेर अर्को पक्षमा लागेको र आफुहरु समग्रमा नेपाली कांग्रेस  रहेको बताउँछन् ।

नेपाली जनसंपर्क समितिले एन आर एन बेल्जियमकि निवर्तमान अध्यक्ष जानकी गुरुङलाई सल्लाहकार बनाएको रहेछ । अहिले तिनको पदपनि बदर गरेछन् । र जनसंपर्क समितिका पदाधिकारीहरु सबैभन्दा आगो भएकोपनि जानकि गुरुङसित रहेछ । किनभने पदकि लम्पट यिनले एन आर एन बेल्जियमको अध्यक्ष देउवा खेमामा बसेर पड्काईन । जब देउवा खेमा अलि कमजोर देखियो वा गंगाधर गौतम एन आर एन बेल्जियमको अध्यक्ष पदमा उठ्ने निर्णय गरे त्यसपछि उताको खेमा बदलेर यता कोइराला खेमातिर लुसुक्कै पसिन् । त्यसैले होला, देउवा पक्ष ‘राजनितिक चरित्र, विश्वास र ईमान्दारिता नभएको, धोकेबाज’ भन्दै आगो भएको छ ।

कारवाही गरेर रिक्त रहेका केहि पदमा भर्ति गरेका छन् देउवा पक्षकाले । देउवा पक्षका कंग्रेसले एउटा निर्णय भने राम्रो गरेका छन् त्यो हो ‘नेपालका द्धन्द प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले विपी कोइरालाको जन्मजयन्तीका अवसरमा आगामी ८ सेप्टेम्बर २०१३ का दिन च्यारिटी डिनरको आयोजन गर्ने ।’ घोषणा त गरे तर काम कस्तो गर्छन् भन्ने चाहिँ पछिनै थाह होला ।

टक्कर दिने कोइराला कांग्रेसको तयारि

नेपाली जनसंपर्क समिति मार्फत देउवा कांग्रेसले कारवाही, स्पष्ठिकरण र धम्कि दिएपछि यता कोइराला कांग्रेसपनि के कम ? उनिहरुपनि त्यसलाई टक्कर दिन भित्र भित्रै लागेका छन् । उनीहरुले देउवा कांग्रेस आक्रामक भएर पेलानको निति लिएकाले त्यसलाई कसरि पछार्ने भन्ने सल्लाहमा जुटेका छन् । उनीहरु अहिले सांगठनिक रुपमा कमजोर भएको, आफुहरु बलियो बनेको र अन्तर्राष्ट्रिय संस्था एन आर एनमा बिजयी भएकाले देउवा पक्षलाई पेल्न सकिने मूल्यांकन गरेको स्रोतले उल्लेख गर्‍यो । तिसित हारेर र निहुरिएर हैन टक्कर लिएरै जानुपर्छ भन्ने निर्णय उनीहरुले गरेकोपनि कोइराला कांग्रेसका एक सदस्यले बताए । उता देउवा कांग्रेस त झन नेपाली कांग्रेसको आधिकारिक जन वर्गिय संगठन भएकाले पेलेरै जाने निर्णयमा पुगेको बताइन्छ ।

जनसम्पर्क समिति बेल्जियमले २८ जुलाई २०१३ का दिन गरेका निर्णयहरु हेर्नुस् :

solidaritynews_image_large_11635१) गैर आवासीय नेपाली संघ बेल्जियमको चौथो अधिवेसनमा नेपाली जनसंपर्क समिति बेल्जियमले समर्थन गरेको समावेसी समुहका सम्पुर्ण उम्मेद्वारहरु र यस समुहलाई मतदान गर्ने सम्पुर्ण एनआरएनए बेल्जियमका पंजिकृत सदस्यहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्ने निर्णय गरियो ।

२) गैर आवासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा यस संगठनको पटक पटकको आग्रहलाई वेवास्ता तथा अवमुल्यन गर्दै संगठनको विरुद्धमा उम्मेद्वारी दिएका यस समितिका पुर्व उपाध्यक्षद्धय श्री माधव सापकोटा र प्रेम गुरुङ्गले संगठनले स्पस्टीकरण माग्दा समेत स्पस्टीकरण नदिएकाले आजैको मितिबाट लागु हुने गरि नेपाली जनसंपर्क समिति बेल्जियमको साधारण सदस्यबाट निलम्बन गर्ने र उक्त चुनावमा समितिको निर्णय विरुद्धमा श्री धुर्वराज पौडेल, श्रीमती जानकी गुरुङ्ग, श्री इन्द्र क्षेत्री पकवान, सिता सापकोटा र श्री विष्णु सापकोटाको समेत संलग्नता देखिएकाले उहाँहरुलाई पाँच दिनको समय दिएर स्पस्टीकरण माग्ने उक्त समयसिमा भित्र चित्त बुझ्दो जवाफ नआएमा वा स्पस्टीकरण नदिएमा आजैका मितिबाट लागु हुने गरि संगठनको विधानको रक्षा र अनुशासन कायम गर्नका लागि आजैका मितिबाट लागु हुने साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरियो । साथै यस समितिले यस पुर्व गरेको श्रीमती जानकी गुरुङलाई सल्लाहाकारको जिम्मेवारी दिने निर्णय समेत वदर गरियो ।

३) नेपाली जनसंपर्क समिति बेल्जियमको विधान बमोजिम अध्यक्षलाई प्रदत्त अधिकार बमोजिम श्री बलिराम झा, श्री घन बहादुर शाहीलाई यस समितिको कार्यकारिणी समितिमा मनोनित गर्ने निर्णय गरियो । साथै समितिका सदस्य श्री सुवास गुरुङ्गलाई सहमहामन्त्रीमा मनोनित गर्ने निर्णय गरियो ।

४) नेपाली जनसंपर्क समिति बेल्जियमको आर्थिक पक्षलाई मजबुत बनाउनको लागि कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबाट मासिक १० युरो संकलन गर्ने निर्णय गरियो ।

५) नेपालका द्धन्द प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले महामानव विपी कोइरालाको जन्मजयन्तीका अवसरमा आगामी ८ सेप्टेम्बर २०१३ का दिन च्यारिटी डिनरको आयोजन गर्ने र उक्त कार्यक्रमको संयोजन गर्न यस समितिका उपाध्यक्ष श्रीमती अनुजा प्रधानलाई संयोजकको जिम्मेबारी दिने निर्णय गरियो ।

 

तपाइँको प्रतिक्रिया