यसरि फैलाउने रहेछन् पश्चिमाहरुले नेपालमा क्रिष्चियन धर्म
खुब चर्चा हुन्थ्यो, नेपालमा क्रिष्चियनहरुले धर्म फैलाउँछन् भनेर । तर कसरि फैलाउँछन् त भन्ने जिज्ञासा लाग्थ्यो । केहि तरिका त थाह थियो पनि । सबै गोराहरु धर्म फैलाउन जान्छन् भन्ने विश्वास गर्छन् धेरैले । त्यसो भने पक्कै होइन । किनकि कोहि बौद्द धर्मावलम्भी बनेर फर्किनेपनि त हुन्छन् । कोहि साँचो मन, बचन र कर्मलेनै सहयोग गर्छन् । तर धेरै गोरे धर्म फैलाउन जाने रहेछन् भन्ने यो चिठीलेपनि बुझिन्छ ।
उनीहरु अस्पत्तालमा सेवा गर्ने भन्दै जाने रहेछन् । अनि हाम्रो देशमा भाग्यले, कर्मले गर्दा यस्तो रोग लागेको । अघिल्लो जन्मको पाप भन्दै कुष्ट रोग, टिभी जस्ता रोग लाग्नेलाई अबुझ, अत्याचारी, अन्धविश्वाशीहरुले गरेको तिरस्कार देखेपछि तिनका पछि लाग्ने रहेछन् । उपचार, आर्थिक सहयोग गरिदिने । अनि बिस्तारै जेहोवा भगवान, जिसस क्राइस्टले माथिबाट आग्रह गरेको । आशिर्वाद दिएको भनेर घुसाउने रहेछन् । अनि माया गरेको देखाएर, आर्थिक सहयोग दिएर ‘यि हेर त क्रिष्चियन धर्म मान्नेहरुले भेदभाव गर्दैनन् , छुवाछुत र जातपात हुन्न । सबै समान हुन्छन्’ भन्दै आफ्नो धर्मतिर तान्ने रहेछन् । एक दुई जनालाई सहयोग गर्यो अनि तिनै नेपालीलाई गाउँमा प्रचारक बनाउने दाउ उनीहरुको हुने रहेछ ।
यो चिठि राम्रोसित पढ्नुस् त । बुझिहालिन्छ, नेपालमा विकास, स्वास्थ्य, महिला शसक्तिकरणका योजना लिएर गाउँ गाउँ घुम्ने गोरेहरुले कसरि धर्म फैलाउने रहेछन् । यो सामाग्रि मैले बेलायतीहरुबाट लिएको हो जो नेपालमा झण्डै दुई दशक बसेर स्वास्थ्य, सडक र विकासको अक्किल सिकाउन भन्दै बिताएका थिए । उनीहरुको कामनै गाउँमा हेला, तिरस्कार गरिएका, आर्थिक समस्या भोगेका, रोगले ग्रसित खोज्ने र तिनलाई सानोतिनो आर्थिक सहयोग गरेर क्रिष्चियन धर्मावलम्भी बनाउने पो रहेछ । सरकारनै बिदेशी चाखमा बन्ने, लम्पसार पर्ने, जे पाएपनि लिने मानसिकताका छट्टुहरुको बिगबिगी भएपछि यस्तो कुरोको निगरानी पो कसले गर्ने ?







