संविधान सभा – २ मा कसको कती सिट : मेरो विष्लेषणको आधार

● हर्क पुन

harka-pun-kathmanduमैले मध्य पश्चिमको कालिकोट, दैलेख र सुर्खेत देखी लिएर बाँके बर्दिया, सुदुर पश्चिमको अछाम हुँदै डोटी, डडेलधुरा र कैलाली अनि पश्चिमाञ्चलको धेरै जिल्लाहरु, अझ गाउँहरुमा गएर राजनीतिक कार्यकर्ता र सामान्य नागरिकसँग छलफल गर्ने मौका पाएको थिएँ । चुनावमा जाने कुरैले नेपाली कांग्रेस र नेकपा एमालेको जिल्लास्तरिय चल्तापुर्जा कार्यकर्ताहरुको नौनारी गलेको पाइयो ।

एमालेको जिल्ला देखी गाउँ सम्मको कार्यकर्तामा यो निर्वाचन हुनुहुदैन या हुनदिनु हुँदैन भन्ने मानसिकता रहेको पाइयो भने नेपाली कांग्रेसका कार्यकर्तामा निर्वाचन त हुनुपर्छ तर निर्वाचनको मिति घोषणा डेढ या दुई महिनाको मात्र अवधी राखेर होस् ताकी एनेकपा माओवादिले आक्रामक प्रचारप्रसार गर्ने समय नपाओस भन्ने सोचाइ रहेको पाइयो ।

नेपाली कांग्रेस कार्यकर्तामा माओवादिको चुनाव प्रचारले आफुहरुलाई overwhelm गर्छ भन्ने बढी डर भएको पाइयो । उता एमाओवादि कार्यकर्तामा भर्खर फुटेर गएको मोहन वैध्य खेमाले विभिन्न निहुनिकालेर आफुसँग झडप गर्ने अवस्था नरहोस् भन्ने सोच रहेको पाइयो ताकी निर्वाचन प्रचारलाई एमाले र कांग्रेस विरुद्ध केन्द्रित गर्न पाइयोस ।

राष्ट्रिय एजेन्डालाई नै आधार मान्ने हो भनेपनी नेपाली कांग्रेस र नेकपा एमाले अब सुदुर पश्चिमको पहाडी जिल्ला र मध्य पश्चिमका केही क्षेत्रमा मात्र अगाडि हुने सम्भावना देखिन्छ । उनिहरुको एजेन्डाले त्यही क्षेत्रको जनमतको मात्र प्रतिनिधित्व गर्छ । समग्र तराइ, पुर्वी तथा पश्चिम पहाडमा अब निकट्तम प्रतिद्वन्दी र तेस्रो चौथो स्थानमै सिमित हुने देखिन्छ । मेरा विश्लेषणका आधारहरु यिनै थिए । रामकान्त सुबेदिजीले व्यक्त गरेको भावना अनुरुप निर्वाचन भएमा परिणाम उलटफेर नै हुन्छ भन्ने मलाई लाग्छ । अमाचकारी गाली र आग्रहपूर्ण आरोपको जवाफ भने मसँग छैन ।

(पुनको अघिल्लो लेखमा नाजायज, बेप्रसंगका र अभद्र प्रतिक्रिया दिएको पाइयो । यस्ता प्रतिक्रियाहरु ब्यक्त गर्नुभन्दा आफ्ना दाबी र विष्लेशण अनि तर्क दिनुहोला । अभद्र प्रतिक्रियाहरु हटाइने छ)

तपाइँको प्रतिक्रिया