“हामीले हार्ने स्ववियु चुनाव नगराउनु नै बेस”
● हिमाल शर्मा
हेर्दा हेर्दै विचरा एमाले अखिल इतिहासमा यती धेरै कमजोर भएछ । म आफै अचम्मित भएको छु ।
चुनाव भाड्ने मुख्य षड्यन्त्रकारी मेरा मित्र माधव ढुङ्गेल नै हुन् भन्ने पहिलै थाहा पाउन सकिन । मेरो ठुलो कमजोरी भयो । चुनाव हो । हार्न र तेश्रो हुन पनि तयार हुनु पर्दथ्यो ।
फुटेर जाने ड्यासका साथिहरु त उपयोग भएका मात्र हुन् । उनीहरुलाईपनि शुन्य सिटको पिर छँदै थियो । के निहु पाउँ कनिका वुकाउँ जस्तै भयो । फर्जी भर्ना खारेज होस । त्रिविले छानविन गरोस भन्दा कोही नमान्ने बेतुकको खारेजको कुरा मात्र गर्ने । विथोल्न मात्र लाग्ने ।
सिंहदरबारमा ताला चापी ठोकेर गाविस सचिवको कार्यालय सुचारु हुँदा गर्व गर्ने प्रवृती कहाँसम्म ठिक हो ? क्रान्तिकारीले पक्का जीत्ने प्रमुख ३२ क्याम्पसमा उनिहरुले ताला लगाए पछि समस्या उत्पन्न भएको हो । त्रिवि केन्द्रीय क्याम्पस लगायतका प्रमुख क्याम्पसलाई पाखा राखेर मसिनामा क्याम्पसमा मात्र चुनाव गरेर वहादुरी नदेखाउ भन्ने हाम्रो कुरा थियो ।
त्रि वि केन्द्रीय क्याम्पसको निर्वाचन समितीमा ड्यासका मान्छे थोरै परे रे भनेर ताला ठोके शूरुमा । पछि अनेक वाहानावजी । एमालेकोटाका क्याम्पस चिफ । उनले वनाएको निर्वाचन समिती । अनि अनायासै राजिनामा गर्दे भाग्ने । एमाले अखिलको डिजाइनमा । नेविसंघका रंजित कर्णलाई पनि शुरुमा गुटमुटाए माधवजीले ।
अहिले वल्ल नेविसंघलाई थाहा भयो, अनेरास्ववियु र माधवजीको ग्राण्ड डिजाइन । शुरुमा पत्तो पाएन नेविसंघले । अहिले पनि उ झस्केको छ । उपत्यकामा कम्तीमा ३-४ कलेज एमाले अखिललाई सवैले छोडिदिनु पर्ने रे जहाँ उनिहरुको पूर्खौली छ । अनि वल्ल चुनावमा जाने रे । कस्तो अचम्म ।
शुरुमा त ड्यास अखिलको सहारा लिँदा पुग्छ की भन्ने भ्रम रहेछ । अस्ति देखी मैले अनेरास्व वियु र ड्यासका साथिहरुलाई ल्याउनुस तपाईले प्रस्ताव । चुनावहूने सर्तमा हामी लचिलो हुन तयार छौं भनेको थिएँ । तर उनीहरुले मानेनन् । नेवीसंघ पहिला भडुवाहरुको लहैलहैमा लागे पनि अहिले चेत खुलेको छ ।
भएको के हो भने मुख्य प्रतिस्पर्धी अखिल क्रान्तिकारी र नेविसंघ लागायत अरु साना संगठनहरु चुनाव चाहने । तर एमाले अखिल र ड्यास अखिल नचाहने । दुइ कित्ता भएको छ अहिले, चुनाव चाहने र नचाहनेका बिचमा ।
झलनाथ खनाल जो राजनैतिका संयन्त्रका प्रमुख हुन, यतिवेला उनले एमाले कोटामा नियुक्त भएका त्रिवि उपकुलपति हिरा व महर्जनलाई बोलाएर भनेछन् “हामीले हार्ने चुनाव नगराउनु नै बेस । ” कस्तो विडम्बना ।
अखिल क्रान्तिकारीले देशै भरी स्ववियु अध्यक्षहरुको नाम सार्वजनिक गर्नु । चुनावी माहोल , प्रचार प्रसारलाई तिव्रता दिनु । मुद्धा मिल्ने ११ संगठनसँग कार्यगत तालमेलको निर्णय हुनू नै अभिसाप बने जस्तो भो ।
मित्रहरु हाम्रो विरुद्ध तापाईहरु जो जो मिलेर आउने हो आउनुस । बरु हामी हार्न तयार छौ । स्ववियु चुनाव गरौ । तपाई हाम्रो क्षमता प्रस्तुत गरौ ।”
(ड्यास माओवादीका युवा नेता लेखनाथ न्यौपानेले स्वबियु निर्वाचन नहुनाका कारण खोलेर केहिदिन अघि अन्नपूर्ण पोष्ट दैनिकमा ‘स्ववियु स्थगनका तीन पक्ष’ शिर्षकमा लेख लेखेका थिए । उनको फेसबूकबाट हटाइएको रहेछ अहिले । तपाईहरु मध्ये कसैसित सुरक्षित छ भने प्रतिक्रियामा राखिदिनुहुन अनुरोध छ । शर्माको यो लेख भने उनको फेसबुकबाट तानिएको हो – नेपालप्लस)




