निर्वाचन प्रतिनिधी सुतेपछि बेल्जियममा डाङडुङ, हानाहान र भागाभाग

belgiym-nc-election-1212

(धाँधलीको आरोप लागेपनि अबिर लाउन त के छोड्ने ? सबैभन्दा बढि अबिर घस्ने बेल्जियमकि महिला डन अनुजा प्रधान।)

आइतवार नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचनममा अचम्मै भयो । नेपालको संसदिय निर्वाचनमा बरु त्यति डाङडुङ नहोला । मत गन्ने बेला । तर बेल्जियममा मत गणनाका बेला डाङडुङ र हानाहान भएपछि केहिले बाल बाल बचेको प्रतिक्रिया दिँदै हिँडेका छन् । कोहि ज्यान बचाउनै मुश्किल भो भन्दै सुनाउँछन् । नेपालबाट निर्वाचन शान्तिपूर्ण र प्रजातान्त्रिक तरिकाले गराउन भनेर नेपाली कांग्रेस बेल्जियमले नेपाली जनसंपर्क समिति समन्वय विभाग प्रमुख एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीलाई दाम खर्च गरिगरि ल्याएका थिए । तर साँझ उनी सुत्न गएको मौका पारेर निर्वाचन गणना गरिरहेको स्थलमा डाङडुङ र हानहान गरेका छन् । यसलाई सकेसम्म छोपछाप गर्ने कोसिस गरेका थिए । भएको के हो ?

आइतवार नेपाली जनसम्पर्क समिति बेल्जियमको तेस्रो निर्वाचन अधिबेशन थियो । त्यसमा अध्यक्ष पदका तिन जना उमेदवार थिए । बहालवाला अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ र सुभाश जोशी । बेल्जियममा नेपाली कांग्रेसका दुई टोली कुकुर र बिराला जस्ता थिए । सधैं मन मुटाव । सधै बखेडा र मारमुंग्री हुन्थ्यो । कहिले कसका हात भाँच्चिने हानाहानमा । कहिले कसको कोट र कमिज च्यात्तिने तानातानमा । त्यसैले हरेक निर्वाचनमा दुई पक्षका उमेदवार हुन्थे । त्यहाँ ईन्द्र क्षेत्री समूह र गंघाधर समूह भनेर चिनिन्छ । कसैले कांग्रेसका दुई पार्टी पनि भन्छन् यसलाई । यो पटक अध्यक्ष पदका लागि गंगाधर उठ्या झैं गरेर देखाए । तर सुभाश जोशी उनैको पक्षका थिए । उता इन्द्र क्षेत्री समूहले प्रेम गुरुङलाई उठायो । अन्तिममा गंगाधरले सुभाश जोसीलाइ समर्थन गर्दै आफ्नो नाम झिके । गंगाधर समूहबाटै जोशी अघिल्लो कार्यकालमा महामन्त्री थिए ।

शुरुमा त सहमतीमै अधिबेशन सिध्याउने भन्दै थिए । तर नेपाली कांग्रेस बेल्जियममा त्यो संभव थिएन । किनभने दुई पक्षबिच कति जनाको त बोलचालसमेत हुन्नथ्यो । सधै शत्रुतापूर्ण ब्यवहार हुन्थ्यो । एकले गरेको कार्यक्रममा अर्कोले सकभर निषेध गर्न खोज्थे । गंगाधर गौतम भनिने पक्षले पेलान दिन खोज्थ्यो । तर इन्द्र क्षेत्री भनिएको पक्षपनि कम थिएन । त्यसैले टक्कर परिरहन्थ्यो । यो तेस्रो अधिबेशनमापनि सहमति गर्ने गर्ने त भने । तर सबैलाई थाह थियो, त्यो संभव हुन्न । भएनपनि । किनभने प्रेम गुरुङ पक्षले गंगाधर गौतमलाई पाखा लगाउनुपर्छ । नेपाली कांग्रेसलाई बदनाम गराएको, फुटाएको, गुण्डागर्दी गरेकोले यस्तो बदमासलाई जसरिपनि हटाउनुपर्छ भनेर उनीहरु लागेका थिए । गंगाधर पक्षले सहजै किन छोड्थ्यो । उनीहरुपनि बलिया थिए । अनि आआफ्ना तर्फबाट अलग अलग उमेदवार उठाए ।

उनीहरुले एक क्षेत्रबाट महामन्त्री । अरु क्षेत्रबाट उपाध्यक्ष र सदस्यहरु उठाएका थिए । महामन्त्रीमा शालिकराम गौतम निर्बिरोध चुनिए । कुनै  शक्ति र आकर्षण नभएको पद भएकाले त्यसमा उमेदवारी नपरेको नेपालप्लस स्रोतले बतायो ।

नेपाली कांग्रेसले बेल्जियममा अनेक क्षेत्र छुट्याएको छ । नेपालमा जिल्ला, अञ्चल, गाउँ, ईकाई बनाए जस्तै नेपाली कांग्रेसकापनि बेल्जियममा अनेक समिति छन् । ब्रसेल्स राजधानी भएकाले एक क्षेत्र । मेखलेन र आन्तर्पेन शहरलाई एक क्षेत्र । सबैभन्दा बढि नेपाली बस्ने भएकोले लुभेनलाई एक क्षेत्र । बुर्गे र ओस्टान्डे भन्ने दुई शहरलाई एक क्षेत्र । हो, यि सबै क्षेत्रमा दुबै समूहले आआफ्ना तर्फबाट उमेदवार उठाए । ब्रसेल्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा निर्वाचन भयो ।

कतै तिन पदकालागि सात उमेदवारी । लुभेनमा त पाँच पदका लागि ११ जनाको उमेदवारी पर्‍यो । मतदान परिणाम अनुसार सिता सापकोटा र विष्णु सापकोटा सहित जम्मा तिन जनाले मात्रै जिते ईन्द्र क्षेत्री समूहले । बाँकि सबै गंगाधर पक्षले जित्यो भनेर सार्वजनिक गरियो । तर यहिँनिर ईन्द्र क्षेत्री पक्ष भने त्यो मान्न तयार छैन । त्यसलाई धाँधली गरेको भनेका छन् । उनीहरुले त्यो नतिजाको पूर्ण बिरोध गरेका छन् । बिरोधमा प्रेस बिज्ञप्तीनै जारि गरेका छन् ।

भएको के हो नेपाली कांग्रेसका प्रवास ईन्चार्ज तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीसहितको नेत्रित्वमा मत गणना जारि थियो । कांग्रेसकै सक्रिय सदस्य बिनोद धितालको लाङेत्रापेन रेस्टुरेन्टमा मध्य रातसम्म शान्त वातावरणमै मत गणना भैरहेको थियो । करिब राती एक बजेतिरको मत गणनामा ईन्द्र क्षेत्री पक्षका भनिएका प्रेम गुरुङले करिब ११ मतले गंगाधर गौतम पक्षका जोशीलाई उछिनेका थिए । २१५ मत गणना भएको थियो त्यतिबेला । त्यहि बेला गंगाधर गौतम रक्सीले चुर परेर आए मत गनिरहेको ठाउँमा । अनि जथाभावी बोल्ने र कराउने गर्न थाले । क्षेत्री पक्षकाले उनलाई सम्झाउँदै थिए । तर उनले मुख छोडेर गाली गर्दै आक्रमण गर्न थाले । त्यसपछि दुई पक्षबिच हानाहान भयो । हान्ने क्रममा कोहि घाईते भए । चार जनालाई घाईते भएर अस्पत्ताल लगेको नेपालप्लस स्रोतले बतायो । तर नाम भने उपलब्ध हुन सकेन ।

त्यो हानाहानमा दुई पक्ष दुईतिर बाट उत्रिए । रेस्टुरेन्टका झ्याल फोडे । कुर्सीले हानहान र फालाफाल गर्दा कुर्सी भाँच्चिएका छन् । कोहि ‘लु ज्यान ज्गाउनु पर्‍यो’ भन्दै बुर्कुसी मार्न थाले । कोहि कुनाकोप्चेरा तिर लुक्न गए । कोहि साट्ट सुट्ट बाहिर निस्किए । नरसंहार हुन्छ भन्ने डरले प्रहरी बोलाइयो । स्थिति नियन्त्रणमा लिन गाह्रो परेपछि बल्ल सुरक्षाकालागि प्रहरी बोलाएका थिए । प्रहरीले केहिलाई समातेर लग्यो । ईन्द्र क्षेत्री पक्षले चाहिँ जाँड खाएको बहानबाजीमा पुरै मतदान कब्जा गर्न खोजेको आरोप लगाएको छ । मतदान अधिकारीहरु राख्दापनि आफ्ना पक्षका बढि राखेको र धाँधलीको प्रयास गरेको आरोप लगाएको छ ।

मध्य रातीसम्म अवस्था ठिक देखेपछि कांग्रेसका प्रवास ईन्चार्ज वा यो अधिबेशनका प्रमुख अतिथि अर्जुन प्रसाद जोशी सुत्न हिँडेछन् । त्यसपछि उनलाई त्यहाँ के के भयो जानकारि भएन । आफूले मध्य रातसम्म शान्तपूर्वक छोडेको मत गणना राती मारा मार भो रे भन्ने एकैचोटी बिहान थाह पाउँदा जोशी स्वयं अचम्मित भएका थिए । यो घटनाले उनलाईपनि पार्टीगत रुपमा अप्ठेरोमा पारेको बताइन्छ ।

हुनपनि त्यहाँ डाङडुङ र हानाहान यति भयो कि त्यहाँबाट ज्यान जोगाउन मुस्किल भएपछि इन्द्र क्षेत्री पक्षकाहरु भागेका थिए । हो त्यहि मेसोमा गंगाधर पक्षकाले फर्जी मत हालेर जितेको आरोप उनीहरुले लगाएका छन् । तर गौतम पक्षकाले भने त्यहाँ स्वतन्त्र तरिकाले निर्वाचन अधिकारीहरु तोकिएकाले त्यस्तो आरोप लगाउनु झुठो भएको बताएका छन् । लोतान्त्रिक बिधीले गरिएको चुनावको परिणामा हार स्विकार्न नसकेर अनेक जालझेल र आरोप लगाएको दाबी गर्दै आएका छन् । । स्रोतका अनुसार मत गणना भएको ठाउँ वरिपरि पछि सम्मपनि मत पत्र छरिएको देखिएको थियो ।

निर्वाचन अधिकारी राख्दा आफ्ना पक्षका र केहि गुण्डाहरुलाई तैनाथ गरिएको थियो भन्ने ईन्द्र क्षेत्री पक्षको दाबीमा किनपनि दम छ भने निर्वाचन संयोजक चिनियाँ दुवाल (फोटोमा सबै भन्दा देब्रे) थिए । यि दुवाल गत मार्च महिनामा नेपाल आदिबासी जनजाति महासंघले राखेको कार्यक्रममा गुण्डागर्दी मच्चाउने र बाटो छेकेर पत्रकारलाई कुट्न तम्सिने मध्येका एक थिए । त्यो लिंक यहाँ गएर हेर्नुस् । निर्वाचन संयोजक जस्तो पदमा यस्ता आक्रमणकारीका नाईकेलाई राखेपछि कस्तो हुन्छ निर्वाचन ? यस्ता हुलियाले मत कब्जा गर्न खोजेनन् भनेर कसरि पत्याउने ?

निर्वाचनको प्रचार प्रसार गर्नपनि गंगाधर पक्षनै भएकाले धाँधली गरेर जितेको निर्वाचन प्रजातान्त्रिक तरिकाले भयो भन्दै प्रचार गरेको आरोप लगाईएको छ । इन्न्द्र क्षेत्री पक्षले त्यो निर्वाचन नमान्ने बताइसकेका छन् ।

बेल्जियममा यि दुई पक्षमा ईन्द्र क्षेत्री पक्षधरहरु बढि बौद्दिक र कांग्रेसमा अलि गतिला भनेर चिनिन्छन् । उल्का घिमिरे, समाजसेवीका रुपमा बढि चिनिने सिता सापकोटा, ईन्द्र क्षेत्री, ध्रुव पौडेल यि सबै कांग्रेसका (बेल्जियममा) बिचारवान भनेर चिनिन्छन् । उता गंघाधर पक्षमा यस्ता हुँदै नभएका त होइनन् तर गुण्डागर्दी र बलको तुजुक देखाउनेहरु धेरै भएको आरोप लाग्ने गरेको छ । हुनपनि नेपाली कांग्रेसले गर्ने धेरै कार्यक्रममा अध्यक्ष भनिएका गंगाधर आफैं डाङडुङ र हानाहानमा मुछिएका देखिन्छन् । बेल्जियममा महिला डन भनेर नाम आएका अनुजा प्रधान, अनिता लामाले गंगाधर पक्षबाटै अहिले जितेका छन् चुनाव । चिनियाँ दुवाल सबै यहि गंगाधर पक्षमा छन् । तर अर्कि आक्रमणकारी र एन आर एन बेल्जियमलाई बदनाम गराउने जानकि गुरुङ भने यो पटक गंगाधर पक्षबाट ईन्द्र क्षेत्री क्याम्पतिर डेरा सरेकि छन् ।

नेपाली कांग्रेस बेल्जियमले आयोजना गर्ने यस्ता अकर्यक्रममा प्राय डाङडुङ र हानहान धेरै भएका छन् । यस अघिका हानाहानमापनि कहिले गंगाधर पक्षकाले दह्रो गोदाई खाने त कहिले ईन्द्र क्षेत्री पक्षकाले खाने गरेका हुन् । ईन्द्र क्षेत्रीको त आक्रमणमा एउटा हातै भाँचिदिएका थिए । उता जाँड खाएर ढल्ने, कुट्ने, कुटिने र सडकामा पसारिएका बेला फोटो खिचेर सार्वजनिक गर्ने त पटक पटक भएको छ गंगाधर गौतमको ।

तपाइँको प्रतिक्रिया