बेल्जियम आएका एमाले नेता प्रहरी घेरामा
एमाले नेता भिम रावल लगायत बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेल आज आईतवार बेल्जियम प्रहरीको घेरामा परे । संघियता बिरोधी भन्दै उनमाथि पहिचान र संघियता पक्षधरहरुले कालो झण्डा देखाएपछि उनीहरुलाई सुरक्षा दिन प्रहरी बोलाइएको थियो । बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेल र भिम रावल लगायतका नेतालाई कार्यक्रम भएको हलभित्र प्रहरी घेरामा सुरक्षा दिइएको हो । भिम रावलले जनजाति र पहिचान पक्षलाई फकाउन खोजेपनि मन्तब्यका क्रममा नेपालमा सात प्रदेश मात्रै बनाउन सकिने र भाषा र संस्क्रितिका आधारमा राज्य दिन नसकिने बताएपछि उनीमाथि कालो झण्डा देखाईएको थियो । त्यसपछि दुई पक्षबिच तातानातान र आक्रमणको प्रयास भएपछि प्रहरीहरु आएर सुरक्षा दिएका थिए ।
घटनाका प्रत्यक्षदर्शी थिए, सोम नारायण थनेत । उनले त्यस घटानबारे दिएको जानकारि अनुसार आइतवार नेकपा एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमको चौथो अधिबेशन थियो । त्यसमा नेकपा एमालेका नेता भिम रावललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो । आन्तर्पेन शहरमा भएको त्यस कार्यक्रममा नेपाली राजदूत राममणी पोख्रेल विशेष अतिथि थिए । चौथो अधिबेशनमा मन्तब्य राख्ने क्रममा भिम रावलले शुरु बाटै चिप्ला कुरा गर्दै जनजातिको भावना बुझेझैं गरि समर्थन लिने प्रयास गरेका थिए । उनले पिछडिएका वर्ग, जनजाति र दलितहरुलाई अग्र स्थानमा ल्याउने काम नेकपा एमालेले गरेको दाबी गर्दा दर्शकहरु एक टकले सुनिरहेका थिए । उनले जनजातिलाई फकाउन छोडेनन् । किनभने यस अघि गत साल पोर्चुगल आएका बेलापनि उनलाई जनजाति बिरोधी भन्दै कालो झण्डा देखाउने र हुटिङ गर्दै बेइज्जति गरेकाले सायद बेल्जियममा उनी सचेत हुन खोजेका थिए । तर उनको त्यो प्रयास काम लागेन ।
एमाले जस्तो पार्टीलाई जनजाति बिरोधीका रुपमा उभ्याउने गरिएको भन्दै उनले गुनासोपनि गरे । उनले एमाले जनजातिकै पक्षको पार्टी भएको दाबी गरेका थिए । मन्तब्य राख्दै जाँदा उनले नेपालमा करिब १२५ भाषा रहेको र धेरै जनजाति रहेको बताए । त्यसपछि हलमा उपस्थितहरु मध्ये केहिले सल्याङबल्याङ गर्न थालेका थिए । केहिलाई उनको मन्तब्य जनजाति बिरोधी लागिसकेको देखिन थालिसकेको थियो । जब उनले अष्ट्रेलियामापनि जनजातिहरु रहेको र त्यहाँ जातिय पहिचानका आधारमा कुनै जातिय राज्य वा प्रदेश नबनेको, नदिएको बताए त्यसपछि हलमा केहि दर्शकको पारो तातेको देखियो । त्यति मात्रै होइन, रावलले नेपालमा धेरै जनजाति र भाषा भाषी र सस्क्रिति भएका मानिस भएकाले त्यसका आधारमा पहिचान सहितको राज्य दिन नसकिने बताए ।
त्यसपछि नेता रावलले आफ्नो गोजीबाट आइफोन झिके । यस्सो औँला नचाएर एउटा गित बजाए । ‘नेपालनै नरहे पहिचान कसरि रहन्छ?’ भन्ने बोलको गित थियो । त्यो गित लेख्नेपनि जनजातिनै भएकाले जनजातिहरुपनि जातिय राज्यका पक्षमा नरहेको भन्ने सन्देश दिन खोजेका थिए । एकातिर आफु र आफ्नो पार्टी जनजाति, हेपिएका, पिछडिएका र दलितको पक्षमा रहेको बताउने । चिप्ला कुरा गर्ने । अर्को तिर गित सुनाइसुनाई पहिचानको बिरुद्दमा माहोल तयार गर्ने कुत्शित भावना राखेको भन्दै संघियता र पहिचान पक्षधरहरु आक्रोशित बने । नेपालमा सात प्रदेशमात्रै बनाउन सकिने भनेर भिम रावलले स्पष्ठसित भन्नासाथ हल भित्रबाट एक युवा जुरुक्क उठेर हुटिङ शुरु गरे । उनी थिए, बेल्जियम निवासी अमित लिम्बू । उनले हलमा ‘हामीलाई त्यो कुनैपनि हालतमा मान्य छैन । यो षडयन्त्र हो’ भन्दै हुटिङ गरेका थिए ।
त्यसपछि शुरु भयो होहल्ला र चर्को हुटिङ । तानातान र कालो झण्डा देखाउने क्रम । पहिचानका अन्य पक्षधरले उनैलाई साथ दिँदै नारा लगाउन थाले
त्यसपछि आयोजकहरुले नारा जुलुस गर्नेहरुलाई हलबाट बाहिर निकाल्न खोजे । उनीहरुलाई धकेलेर निकाल्न खोजियो । आयोजकका तर्फबाट पुरुषहरुले नियन्त्रण गर्न नसक्ने देखिएपछि उनीहरुले केहि महिलालाई अगाडि सारेका थिए । तिनै महिलालेनै नारा जुलुस गर्नेलाई धकेल्दै र पाखुरामा समात्दै बाहिर निकाल्न कोसिस गरेका थिए । महिलालाई अगाडि सारेपछि पुरुषहरुले अभद्र ब्यवहार गर्न गाह्रो हुन्छ भन्ने मानसिकताले उनीहरुले यसो गरेका थिए । महिलाहरुलाई अगाडि सारेर धकेल्न लगाएपछि जनजाति र पहिचानका समर्थकहरु झनै क्रुद्द बने ।
त्यसपछि झन चर्कोसित नारा बाजि गरे संघियता र पहिचान पक्षधरहरुले । मञ्चमा उपस्थित नेपाली लोकतान्त्रिक मञ्चकि एक महिला कार्यकर्ताले मञ्चको कुर्सी बोकेर नारा र जुलुस गर्नेमाथि हान्न खोजिन । तर त्यसलाई सोम नारायण थनेतले बिचैमा समातेर खोसे । त्यसपछि त स्थिति झन उग्र देखियो । नारा लगाउनेहरुले झन चर्कोसित भट्ट्याउन थाले । सायद आयोजकहरुलाई अब त्यहाँ राजदूत र नेता भिम रावलको सुरक्षामा समस्या पर्न सक्छ भन्ने लागेहोला । किनभने त्यहाँ पहिचानका पक्षधरहरुको स्थिति दह्रो देखियो । आयोजकले तत्कालै प्रहारीहरु बोलाए । हलभित्र करिब दुई दर्जन प्रहरीहरु पसेर सुरक्षा पकडमा लिए । प्रत्यक्षदर्शीहरुका अनुसार हल बाहिर दुई तिन ट्रक पहरीहरु तैनाथ थिए । प्राय नेपाली कार्यक्रममा त्यस्तो हुने नगरेकोमा यो पटक त्यति धेरै प्रहरीहरु तैनाथ भएको देखेर केहि मानिसहरु अचम्मित परेका थिए ।
समर्थकहरुले भिम रावलका पक्षमा नाराबाजी गर्ने । बिरोधीहरुले उनका बिरुद्द नारा लगाउने । कोहि दगुर्ने । कोहि पख पख भन्ने । कोहि यसलाई ठिक पार्नुपर्छ बह्न्ने । कोहि पख्लास भनेर कुर्लिने । कसैले भिमे मुर्दाबाद भनेर नारा लगाउने । कालो झण्डा देखाउँदै कराउने । दुई पक्ष चारतिरबाट आमनेसामने भएपछि केहि महिलाहरु डराएर भागेका थिए । बर्दीधारी प्रहरीहरु देखेपछि त झन’अब के हुने होला’ भन्दै केहि महिला र साना केटाकेटीहरु रुँदै भागेकापनि थिए । प्रहरीहरु तैनाथ भएपछि भिड तितरबितर भयो । त्यसपछि बल्ल मञ्चको कार्यक्रम निकै बेरमा शुरु गरियो ।
त्यो तानातान, धकेला धकेल र झडपका बेला केहिले फोटो खिच्न लाग्दा नेपाली लोकतान्त्रिक मञ्चका कार्यकर्ताले क्यामरा खोस्ने र फोटो नखिच्न भन्दै बन्देज लगाउन खोजेका थिए । शालिकराम गौतमको क्यामरा कार्यक्रम आयोजक मञ्चका कार्यकर्ताले खोसेको स्रोतले उल्लेख गरेको छ ।
जनजातिलाई भिन्न ब्यवहार गर्ने, संघियता र पहिचानका बिरुद्द बोल्ने गरेपछि पटक पटक अपमान र बहिस्कार सहेका बेल्जियमका राजदूत राममणी पोख्रेलले शुरुमा नम्र भएर आफ्ना कुरा राख्न खोज्दै थिए । उनले कसैकोपनि कतै पक्ष लिएको नदेखिने र तटस्थ हुने प्रयास गरेका थिए । तर उनको मनमा जे थियो त्यो निस्किहाल्यो । उनले दोस्रो बिश्वयुद्दमा बेलायती सेनाका तर्फबाट बेल्जियममा आएर मारिएका नेपालीका नाममा बनाउने भनिएको स्मारक एन आर एन बेल्जियमलेनै बनाउनु पर्ने भनेर पक्ष लिईछाडे । उनले हाकै भने ‘ईपेरमा स्मारक बनाउनकालागि एन आर एनलाई मात्रै सहमती दिन सकिन्छ । अरु संस्थाका नाममा सकिन्न ।’ उनको त्यो भनाई सुन्दा लाग्थ्यो, उनीनै बेल्जियम सरकारका सर्वेसर्वा हुन् । त्यहाँ स्मारक बनाउने जग्गा दिने, अनुमती दिने र लागेको खर्च ब्यहोर्ने, त्यहाँ मारिने नेपाली सेनाको खोजबिन गर्ने आधिकारिक निकायनै उनै हुन् । उनले त्यति भनेपछि सहभागिहरु मध्ये धेरै उनीसितपनि अक्रोशित बनेका थिए ।






