बेल्जियम आएर ज्यान जानेको आत्माले अब चाहिँ शान्ति पाउँछ कि ?
पहिलो र दोस्रो विश्व युद्दमा भारतीय सेनामा भर्ति भएर बेलायतका तर्फबाट धेरै नेपाली युरोप छिरे । ति मध्ये बेल्जियमको ईपेर भन्ने ठाउँमापनि धेरै नेपाली मारिए । कि त बन्दि बनाइए । ति रहरले भन्दापनि बाध्यताले, झुक्याएर वा फकाएर छिरेका थिए, अधिकांश । लामो समयसम्म तिनको सोधखोज भएन । धेरैलाइ जानकारि नै नभएको बेला बेल्जियम निवासी राम बहादुर गुरुङले त्यहाँ मारिएका नेपाली सेनाको गतिबिधी बाहिर ल्याएपछि त्यसले चर्चा पाएको धेरै नेपालीले स्विकार्छन् । यो घटनाबारे पूर्ण जानकारि लिन यहाँ, यहाँ र यो ठाउँमा क्लिक गर्नुहोला । तर यो स्विकारोक्तिसँगै त्यसको चर्चा बढ्दै गयो । तर जब तिनको सोध खोज भयो तब राजनिति गर्नेका आँखा ति म्रितकका नाममा पर्न थाले । मरेर जानेका आत्मलाई सम्मान गर्नु भन्दा पनि तानातान गर्न थालियो । अब भने तिनको आत्माले शान्ति पाउँछकि भन्ने आशा पलाएको छ । तमु समाज बेल्जियमले कानुनी रुपमै नेपाली सेनाका नाममा स्मारक बनाउने काम अगाडि बढाएपछि त्यो आशा पलाएको हो ।
गोर्खाली सेना भन्ने नामबाट ति इपेरसम्म आएर लडेकाले नेपालीहरुले त्यहाँ गोर्खाली सेनाकै नाममा स्मारक बनाउन खोजे । स्मारक बनाउने चर्चा चल्नासाथ एन आर एन बेल्जियमले बनाउनुपर्ने भन्दै उचालिए । तर त्यहाँ मारिनेहरु अधिकांश जनजातिका मानिस भएको र त्यसमापनि तमुहरु धेरै परेकाले त्यो समरक तमु समाज बेल्जियमलेनै बनाउने दाबी गर्यो। त्यसलाई जनजाति महा संघ बेल्जियम, संघिय समाजवादी पार्टी, भूतपूर्व गोर्खा सैनिक संगठन र नेकपा-माओवादीको बेल्जियमस्थित भात्री संगठनलेपनि समर्थन गर्यो । तर एकिक्रित नेकपा माओवादी, एन आर एन बेल्जियम र नेपाली कांग्रेसको संस्थापन पक्ष भनिनेहरुले बखेडा झिके । बिबाद लम्बिँदै गयो । तमु समाज बेल्जियमले बितेका करिब १० वर्षदेखि बेल्जियमका नेपालीहरुलाई त्यहाँ लगेर स्रद्दान्जली गराउँदै आएकालेपनि त्यो समारक आफैंले बनाउन पाउनुपर्ने दाबी गर्यो । तमु समाजकै ब्यक्तिले त्यसलाई सर्वप्रथम सोधखोज गरेर बाहिर ल्याए ।
बिबाद धेरै लम्बियो । यसमा सहमती गर्न भनेर धेरै पटक बैठक बसे । सबै नेपालीको लागि साझा बन्नुपर्ने नेपाली दुतावास बेल्जियमसमेत यसको राजनितिमा उत्रियो । बेल्जियमका राजदूत राममणी पोखेरल एकिक्रित नेकपा माओवादी कोटामा राजदूत बनेकालेपनि यसलाई झन बिबादास्पद बनाए ।
गत जनवरी छका दिन तमु समाज बेल्जियमले एक सार्वजनिक सूचना जारि गर्यो, इपेरमा स्मारका बनाउनका लागि छलफलमा आउनु भन्दै । आयोजक तमु समाजका संयोजक थिए, पदम बहादुर गुरुङ । पछि उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै संयोजक पदबाट राजिनामा दिएपछि आए जिम्मेवारी लिन चित्र गुरुङ । यसले कामको गति लियो ।
सार्वजनिक सूचना जारि गरेर सभा हलबाट बहुमतले तमु समाजको नेत्रित्वमा स्मारक बनाउने निर्णय गरेपछि तमु समाजलाई कानुनी र बैधानिक रुपमै सजिलो बनेको थियो । तर त्यो कुरो न त एन आर एन बेल्जियमले बुझ्यो । न भित्र भित्रै त्यसलाई असहयोग गरिरहेको नेपाली दुतावास बेल्जियमले । न त्यसमा भाँजो हाल्ने एकिक्रित नेकपा माओवादीलेनै ठम्याउन सक्यो । बरु उनीहरुले गोप्य छलफल गरेर जानकी गुरुङको संयोजकत्वमा ५५ सदस्यिय ईपेर स्मारक समिति बनाएको हल्ला पिटाए । तर ति को हुन् नाम सार्वजनिक गर्न सकेनन् । समितिमा राखिएको भनिएकाहरुलेनै ‘खै मलाई सोध्या छैनन्, म थिईन’ भन्दै हिँड्न थाले । उता अब पनि भाँजो हाले कानुनी प्रक्रियाले अगाडि बढ्ने भन्दै तमुसमाजले स्मारकका लागि जमिन दिने बचन दिएको मेयर कार्यालयमा पत्राचार मात्रै गरेनन् । बरु कानुनी परामर्शनै लिए ।
तर तमु समाजले यो सारा काम भित्र भित्रै फत्ते गरेको अर्को समिति बनाउने, दुतावास, एकिक्रित नेकपा माओवादी लगायत त्यसको बिरोध गर्ने कसैलाई पत्तोनै भएन । उनीहरुले इपेरमा समारक बनाउनकालागि समिति गठनका लागि छलफल भनेर गत आइतवार छलफल राखेका थिए । तर यो छलफलका दिन समानान्तर समिति बनाउने भनेर भित्र भित्रै दगुर्नेका ओंठ तालु सुके ।
तमु समाजले ईपेरको फाईल मागएरपनि हेर्यो । पत्राचार गर्यो । त्यसो गर्दा नगरपालिकाले दुतावास र नगरपालिकाबिच बिबाद हुने कारण देखाउँदै बच्न खोज्यो । तर तमु समाज कानुनी रुपमा अगाडि बढिसकेकोले बुझेर त्यसलाई कानुनी हिसाबले अगाडि बढाउने निर्णय गरिसकेको थियो । आइतवार भएको छलफलमा एन आर एनका तर्फबाट बोल्नेहरुले अझै सहमती गरौं । एन आर एन सबैको साझा संस्था भएकाले यसैले बनाउनु राम्रो हुन्छ भनेर ङ्याङ ङ्याङ गर्दै थिए । त्यसमा एन आर एन बेल्जियमका आइ सिसी सदस्य तथा संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पा कड्किए ‘किन के कारणले तमु समाजले स्मारक बनाउन नहुने ? किन एन आर एनलेनै बनाउनुपर्ने ? के छ कारण ? जसको मेहनत परेको छ । जसको रगत बगेको छ उसले बनाउन नहुने ? के तमु नेपाली होइन ? जनजातिहरु नेपाली होइनन् कि क्या हो ? अरुले बनाउने विषयमा कुनैपनि हालतमा सहमती हुनै सक्दैन, त्यो स्मारक बनाउने जिम्मा तमुसमाजलेनै पाउनुपर्छ ।’ उनले त्यसो भनेपछि धेरैले मुखामुख गरेका थिए ।
तमु समाज यसमा कसरिपनि माथि पर्यो भने यदि नेपाल सरकारको आधिकारिक निकाय नेपाली दुतावासलेनै बनाउने भनेको भए उसले पाउने थियो । दुतावासनै अगाढि सरेको भए बिबादको विषयपनि सायद नबन्दो हो । तर नेपाली दुतावासलेनै नबनाउने भनेर उसले सार्वजनिक रुपमै स्पष्ठ पारिसकेकालेपनि सार्वजनिक सभाबाटै अनुमति पाएको तमु समाजकालागि बैधानिक बाटो खुलेको छ ।
ईपेरको घटनाले धेरैको टाउको खाएको रहेछ भन्ने त्यहाँ ब्यक्त अभिब्यक्तिबाटपनि छर्लङ्ग भएको छ । नेपाली जन सम्पर्क समितिका शालिकराम गौतमले भने ‘जहाँ गएपनि साथीहरुले बेल्जियममा के भएको हो भनेर सोध्छन् । धेरै बेज्जत भो यसले गर्दा । बेल्जियमका साथीहरुलेपनि जमाएर धेरै कडा लेख्नु भो नेपालप्लसमा । यो विषयलाई अब धेरै बिबाद नगरौं । जसले बनाएपनि सहमती गरेर लैजाउँ र टुङ्ग्याउँ ।’
एन आरएन बेल्जियमको त झन ईपेरमा स्मारक बनाउने आधिकारिक निर्णयनै रहेनछ भन्नेपनि त्यहि दिन खुलासा भयो । एन आर एन बेल्जियमकि उपाध्यक्ष अनिता लामाले ईपेरमा एन आर एन बेल्जियमले स्मारक बनाउने कुरोको ठाडै बिरोध गरिन् । उनले भनिन् ‘यो स्मारक बनाउने कुरो एन आरएनको चासोको विषयनै होइन । एन आर एन बेल्जियमले बनाउने भनेकै होइन । नेत्रित्वले जबर्जस्ति निर्णय गरेका मात्रै हुन् ।’ उनको यो भनाई आएपछि एन आर एन बेल्जियम अध्यक्ष जानकि गुरुङ लगायतका केहि पदाधिकारीहरुले संस्थामा निर्णयनै नगराई ब्यक्तिगत स्वार्थकालागि कसरि एन आरएनलाई बिबादमा मुछेका रहेछन् भन्ने स्पष्ठ भएको चर्चापनि उपस्थितहरुले गरेका थिए ।
उता नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन संपर्क समितिकै प्रतिनिधी सुभाष जोशीले समेत इपेरमा गोर्खाली स्मारक तमुसमाज बेल्जियमलेनै बनाउनु पर्छ भनिदिएर बखेडा झिक्नेहरुलाई चुनौति थपिदिए ।
मगर समाज बेल्जियमका अध्यक्ष मार्के मगर त झनै झोक्किएका थिए । उनले भने ‘तिमीहरुले किन जहाँपनि राजनिति मात्रै गर्छ ? कति गर्छ राजनिति ? सबै काम, खोजबिन, श्रद्दान्जली गर्दै आउने तमु समाज अनि अहिले हामी बनाउँछौं भन्दै राजनिति गर्ने तिमीहरु ?’
रमाईलो चाहिँ के थियो भने ईपेरमा समरक बनाउँछौं । तमु समाजलाई बनाउन दिँदैनौं । एन आरएनलेनै बनाउनुपर्छ भन्दै हुड्डी हाँक्दै हिँड्नेहरुले तमु समाजले भित्र भित्रै सोधखोज, पत्राचार कानुनी रुपमा अगाडि बढिसकेको पत्तोनै पाएका रहेनछन् । आफूहरु झैं उनीहरुपनि त्यहि घुर्की, प्रचार र बखेडामै समय बिताएका छन् भन्ने सोचेका रहेछन् । तर जब तमु समाजका तर्फबाट आफुहरुले ति प्रक्रिया पुर्याएको र त्यसमा बाधा ब्यवधान हाले कानुनी रुपमै अगाडि बढ्ने जानकारि दिईयो तब बखेडा झिक्नेहरु कोहि अनुहार कालोनिलो पारेका थिए । कोहि न्याम्म पर्दै बाहिर निस्किए । कसैका बोली सुके । कोहि कुनामा बसेर ‘भ्याछन्’ भन्दै खासखुस गरेका थिए । अब चाहिँ पहिलो र दोस्रो विश्व युद्दमा बेलायती सेनाका तर्फबाट बेल्जियममा आएर मारिनेका नाममा स्मारक बन्ने र तिनको आत्माले अलि शान्ति पाउला कि भन्ने आशा पलाएको छ ।
यहि विषयसित संवन्धित अन्य लेखपनि हेर्नुस्
बेल्जियमको इपरमा टकराएको जातिय पहिचान
बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति
“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”
बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?
जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा
प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली
जनजातिकै नाम मेटाएर कसरि मान्य होला र ?
बेल्जियममा स्मारक निर्माण : केहि सुझाब
झुठो बक्तब्य जारी गर्दै दिए महामहिमले कारवाहीको धम्की
बेल्जियममा नेपाल, नेपाली र राजदूत





