कान्छी बिनालाई छोडेर प्रचण्ड पूत्र एक्लै राजनितितिर
एक्लो ब्रिहस्पती जस्तो एक्कासि प्रचण्डपूत्र प्रकाश आफ्ना ‘सर्वश्रेष्ठ राजानितिक नेता प्रचण्ड’ सँगै विमानस्थलमा देखिए । बाबाको कुम जोड्दै उनी राजनितिक कार्यक्रममा पुगे । उता प्रचण्डले आफ्नी पत्नी सितालाई सँगै लिएर हिँड्छन् । तर प्रचण्ड पूत्र प्रकाशले भने आफ्नी कान्छी पत्नी बीनालाइ कता छोडे ? किन उनले बीना मगरलाई सँगै लान सकेनन् ? यो भरपर्दो र सत्य हो भनेर किटान त गर्दिन, तर आजै एकिक्रित नेकपा माओवादीका एक स्थानिय नेताले प्रकाश र बीना मगरलाई छुटाएको सुटुक्क बताएका छन् । प्रकाश र बीना सँगै भारतमा थिए । प्रकाश पूत्र आफ्ना बाउसितै कुम जोडेर राजनितिक कार्यक्रममा जान थाले । तर बीना नेपालमा देखिएकि छैनन् । र बीनाको फेसबूक स्टाटशमा यो टिप्पणी लेखुन्जेलसम्म आफू भारतको नयाँ दिल्लीमै भएको उल्लेख गरेकि छन् । प्रचण्ड पूत्र यता नेपालमा एक्लै देखिनु । उता बीना भारतमै रहनुले कतै बीना र प्रकाशबिच नाता तोडिएको, तोड्न दबाब दिईएको त हैन ?
हुँदै गरेकि पत्नीसित उनले संवन्ध बिच्छेद गरेका छैनन् । त्यो नातो यथावत राखेर उनले बिवाहित बीना मगरलाई लिएर भागे । तर उनले त्यसपछि ‘हामीले बिवाह गरेका छैनौं । सँगै बसेका छौं’ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछिपनि उनले स्पष्ठसित बीना मगरलाई पत्नीका रुपमा स्विकारेको वा नस्विकारेको सार्वजनिक गरेका छैनन् । माओवादी पार्टीले प्रकाशमाथिको अनुशासनको कारवाही फुकुवा गरेको छ । अब उनी राजनितिक सुनपानीले चोखिएका छन् । तर बीना मगरमाथिको कारवाही किन फुकुवा गरिएन ?
बीना मगरको राजनितिक हैशियत प्रकाशको भन्दा धेरै सक्षम, सबल र क्रान्तिकारी थियो भन्छन्, उनैका पार्टीका जान्ने बुझ्नेहरु । तर प्रचण्डको राजनितिक शक्तिको लहरोले प्रकाशमाथिको कारवाही फुक्का भएको होला । तर बीना मगरका सायद बाउ आमा पार्टीमा शक्ति देखाउने हैशियतका छैनन् । बलियाको फेरो समातेर धेरै कामरेडले प्रचण्डकै चाकडी गर्न कारवाही फुकुवाको प्रस्ताब गरे होलान् । तर बीनामाथिको कारवाही फुकुवा गर्नु पर्छ सायद कसैले भनेन । किनभने बीनालाई फुकुवा गरेर तिनको राजनितिक भर्याङ चढ्ने खुड्किला कतै छैनन् ।
बीना कहाँ छन् अहिले ? बीनालाई किन टपक्क टिपेर दिल्ली भागे प्रकाश ? अब बीना र प्रकाशको नातो के हो ? के प्रकाशले बीनालाई अलपत्र पारेर त्यागेका हुन् ? यसको जवाफ एकिक्रित नेकपा माओवादीले दिनुपर्छ । र दिनुपर्छ प्रकाशकले सबैभन्दा पहिले । त्यतिले मात्रै उम्किन पाउने ठाउँ छैन प्रचण्डकोपनि । उनलेपनि अब बीनामाथि न्याय गर्न सक्छन् कि सक्दैनन् ? बोल्नु पर्छ । बोल, बीना कहाँछन् र तिनको हैशियत अब के हो ?
बीना र प्रकाश दुबै बिवाहित थिए । दुबैले आआफ्ना सित संवन्ध नतोडी भागेका थिए । दोष दुबैको बराबरी हो । दुबै दोषी हुँदा हुँदै प्रकाशमाथिको अनुशासनको कारवाही फुक्का हुने । बीना मगरमाथिको नहुने किन ? किन प्रकाश पूत्र राजनितिमा फर्किन अपौने तर बीना नपाउने ? एकिक्रित नेकपा माओवादीले के सन्देश दिन खोजेको हो, आम नेपाली जनतालाई ? आम नेपाली दिदी बहिनीहरुलाई कस्तो न्याय गर्न खोजेको हो ? कुन समानता बाँड्न खोजेको हो ?
जनयुद्द कालमा यस्ता घटना हुँदा माओवादी कामरेडहरु भाटे कारवाही गर्थे । यस्ता घटनामा महिलालाई भन्दा पुरुषलाई बढि दोषी ठानेर अझ बढि कारवाही गर्थे । तर अहिले दाम, नाम, शक्ति र पहुँचको धनी भएपछि के ति सबै बिर्सिन, लत्याउन मिल्छ ? प्रचण्डले आफ्नै पार्टीमा नेत्रित्व तहमा रहेकि महिलामाथि यस्तो अन्याय गर्छन् भने यिनले आम नेपाली चेलीबेटीमाथि कसरि न्याय गर्न सक्छन् ? कसरि कस्तो समानता दिन सक्छन् ? के बीनाका तर्फबाट महिला अधिकारकर्मी, मानव अधिकारवादी, पत्रकार, लेखक, नेता र यदि नैतिकता छ भने माओवादीकै कार्यकर्ता बोल्नु पर्दैन ? कि शक्ति र राजनितिक सामर्थ्यका अगाडि सबै लम्पसार परेका हुन् ? बोल, कहाँ छन् बीना ? उनको हैशियत के हो ?





