असक्षम नेता लाई सभासद बनाउन फेरी निकाल्ने भए काईते अक्किल

constituent essambly building-nepal-122334गत संविधान सभाको निर्वाचनमा एकिक्रित नेकपा माओवादीका राम कार्कीले हावा खाए । नेपाली कांग्रेसकै सभापती सुशिल कोइरालालाई जनताले संविधान सभाका लागि असक्षम बनाए । चर्कै नेता हुँ भन्दै भाषण छाँड्दै हिँड्ने एमाओवादीक लिलामणीलाई त आफ्नै पार्टीकि बागी उमेदवार महिअलले झण्डै जमात खत्ताम पारिदिएकि ।  देश भँडुवा र भ्रस्ट भनेर चिनिने केपी ओली उसैगरि पछारिए ।

एमालेका वामदेव गौतम देखि केपी ओलीसम्मलाई नालायक सावित गरे । तरपनि पार्टीमा यिनको बर्चस्व कायम रह्यो । तलब र भत्ता नपाउँदा छट्पटिए । त्यसैले अब त्यस्तो नहोस् भनेर यिनले जनतालाई झुक्याउने नयाँ तरिका निकाल्न खोजेका छन् । जनतामा विश्वास नभएका । जनताले नपत्याएका । असक्षम भनेर मत नदिएका नेताले अब काइते, चोर बाटो समातेरैपनि नेता बन्ने, तलब र भत्ता लिने अक्किल निकाले । 

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अनेक अनेक रुपको दाबी गर्छन् हाम्रा नेता । त्यो जे नाम दिएपनि त्यसमा जनताको मतको कदर हुनुपर्ने हो । जनताले हो मूल्यांकन गर्ने आफ्ना नेता । तिनले जनताको पक्षमा काम गरे कि गरेनन् ? जनताको लागि विश्वाशयोग्य काम गरे कि गरेनन् ? जनताका आँखामा ति नेता हुन लायक छन् कि छैनन् ? तर प्रजातन्त्र र गणतन्त्र, जनताको प्रजातान्त्रिक अधिकारको जति सुकै सुगा रटान दिएपनि हाम्रा नेतालाई त्यसको मतलब छैन । तिनलाई जसरिपनि संविधान सभामा जानु छ । तलब र भत्ता चप्काउनु छ । जनताका नाममा ठूलो र अशल नेता बनेको किर्ते दाबि गर्दै देश बिदेशको फन्को मार्नु छ । त्यसैले जनताबाट असक्षम भईने डरले स्थानिय स्तरमा तालमेल गरेर त्यस्ता जनविश्वास हराएकाहरुलाई संविधान सभामा छिराउने अक्किल निकाल्दै छन् । नेपाली कांग्रेसका सभापती, स्वच्छ भनेर चिनिएका नेता सुशिल कोइरालाले यसको भेउ खोलेका छन्, बाँके पुगेर ।

उनले त्यहाँ जम्मा भएका पत्रकारहरुसित त्यो रहस्य खोलेका हुन् । तर अचम्म, तालमेल हुने हो भने किन सबै सिटमा तालमेल हुन्न ? निति, उद्देश्य, योजना, नेपाल बनाउने द्रिढ इच्क्षा अनि मुलुकको हितकालागि हो भने किन दलहरुले सबै क्षेत्रमा तालमेल मिलाउन नसक्ने ? टाउके टाउके नेताहरुलाई जिताउन मात्रै तालमेल किन ? यदि जनताले रुचाएको नेता हो भने किन गर्नु पर्‍यो तालमेल ? जनताको विश्वास र मन जितेको नेता हो भने जनताले आफैं जिताउँदैनन् र ? यदि जनताको विश्वास छैन भने त्यस्ता नेता किन चाहियो ? जनताको मनबाटै बहिस्क्रित नेता संविधान सभामा कसकालागि चाहियो ? जनताकालागि राजनिति गर्ने हो भने जनताद्वारा बहिस्क्रित नेतालाई किन लैजाने संविधान सभामा ?

करिब १४ वर्ष भन्दा बढि एमाले महासचिव भए माधव कुमार नेपाल । यिबाट जनता र देशको लागि माखोपनि मर्दैन भन्ने बुझियो । देखे जनताले । न त्यो पार्टी फस्टायो । न त्यो पार्टीले देश र जनतालाई उँभो लगाउन सक्यो । त्यहि देखेरनै जनताले धुलो चटाइदिए । वामदेव गौतम ग्रिहमन्त्री भए । यिनैको पालामा भ्रस्टाचारले निर्वाध प्रवेश पायो विमानस्थलसम्म । इश्वर पोख्रेल पटक पटक मन्त्री  भए । उनी रातारात करोडपती बने, जनताले केहि पाएनन् । जनताको मनबाट बहिस्क्रित यस्ता थुप्रै छन् । हो यस्तै नेतालाई फेरी संविधान सभामा लैजाने । प्रजातन्त्रको बदनाम गराउने । देशलाई अझै भ्रस्टाचारको दलदलमा भसाउने । मिलेर यो देश लुट्ने । अझै खोस्रिने । अझै मिलिजुली सल्लाहले खाले । नेपालीलाई थप यातना दिने । मुलुकलाई अझै बन्धक बनाउने । यसैकालागि होइन टाउके टाउके नेतालाई जिताउन स्थानिय स्तरमा तालमेल ?

संविधान सभामा हारेका माधव नेपाललाई भित्र हुलियो, चोर बाटोबाट । मंगलसिद्दी मानन्धर  शुसिलचन्द्र अमात्यलाई राजिनामा गर्न लाएर हुले । तिनै असक्षम साबित लाई पछि सक्षम बनाउन एमाओवादीनै कम्मर कसेर लाग्यो । लग्यो । र अन्तत : प्रधानमन्त्री बनाएर गणतन्त्रको सक्कली रुप देखाए । चोर पल्क्यो । त्यहि देखेर अब हारिन्छ । जितिन्न भन्ने भएका हुतिहारा नेताहरुले आफ्नो वास्तबिक परिक्षण अगाडिनै अब तालमेल गरेर ढुक्कले नेता हुने अक्किल निकालेका हुन् यो । यिनको दिमाखमा राजनिति भनेको पेश हो यिनको । यिनले सधैं आफ्नो देशको बिर्ता झैं सधै मन्त्री नै हुनुपर्छ भन्ने शामान्ति सोच पालेका छन् । जनताका नाममा लुट्नु अबहेक यिनको दिमाखमा आउँदै आउँदैन ।

हिम्मत छ भने भन न नेपाली कांग्रेसका युवा नेता गगन थापाले झैं ‘म प्रचण्ड जहाँबाट उठ्छन् त्यहिँबाट उठ्छु’ भनेर । आँट र विश्वास छ भने घोषणा गरुन् न संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले झैं ‘म गगन थापा उठेकै ठाउँबाट उठ्छु’ भनेर । त्यो हो नी जनताले कसलाई विश्वास गर्छन् भनेर तौलिने माध्यम । जनताका लागि राजनिति गर्ने हिम्मत छ भने त गगन थापा र आङकाजी शेर्पाले झैं चुनौतिको सामना गर्न सक्नुपर्‍यो नी । जनताका आँखामा बास्तविक रुपले परिक्षण हुने आँट गर्न सक्नुपर्‍यो नी । जसलाई जनताको मत, विश्वास, भरोसा र परिक्षणको विश्वासनै छैन, जनताका अगाडि म बदनाम छु भन्ने छ त्यस्ता बदनामहरुले फेरीपनि चोर बाटो निकालेर जनताले लुट्ने काईते अक्किल हो यो ।

कति लाज शरम हराएको यिनको ? कांग्रेसका फुच्चे नेता गगन थापा प्रचण्डसित लड्छु भनेर हिम्मत गर्छन् । चुनौति सहन तयार देखिन्छन् । भर्खरै जन्मेको संघिय समाजवादी पार्टीका नेता आङकजी गगन थापासित भिड्न म तयार छु भन्छन् । तर वर्षौं वर्ष सत्तामा बसेका, पार्टीको महत्वपूर्ण पद ओगटेर बसेकाहरु जनविश्वास गुमाएर जनताबाट भाग्न पो खोज्छन् ।

तपाइँको प्रतिक्रिया