खुराफाती, गुटबन्दी र बाहुनबाद
● सरोजदिलु विश्वकर्मा
हार्मीले सुन्दै र भोग्दै आएका छौं- खुरापातीका कुरा गुटबन्दीका चाल। आज यस्तो खुरापाती प्रवेश राजनीनतक दल र तिनका प्रत्येक संगठनमा हुने गर्दछ । राजनीनतक दलका शिर्षस्थ नेतादेखि सरकार सदन र सडकर्मा जताततै खुराफाती र गुटबन्दी छ । म आफैं एउटा राजनीनतक संगठनको केन्द्रिय निकायमा छु । हामीबिचमा र अन्य संगठनमा भाग लिन जाँदा खुरापाती र गुटबन्दीकै कुरा चल्छ । ब्यवहार पनि त्यस्तै हुन्छ, आफ्ना स्वार्थ
अनुसारका कुरा हुन्छन । स्वार्थ नमिल्दा एकैछिन अघिको मैत्रिपन क्षणभरमै परम शत्रु र मिल्दा एकै क्षण मै नजिकको मित्र बन्दछन् । स्वार्थकालागि गुरुचेला, दाजुभाई आमा बुवा, श्रीमान श्रीमती मितमित बिचमापनि फाटो हुन्छ । आफूलाई जीवनभर भलो चिताउनेहरुलाई छोडेर हिजोसम्म आफुबिरुद्दनै नै खैरो खन्नेससँगपनि सहकार्य हुन्छ ।
खुराफाती र गुटबन्दीको ईतिहास वर्ण वणष ब्यवस्थाको शुरुवातसंगै भएको मान्नु पर्दछ । जव जात र वर्णको निर्धारण भयो, तव ठूला जातले साना वर्ग र समुहलाई बिभिन्न वहाना, जाल र लोभमा पारेर फसाउँदै ल्याए । अर्थात त्यो तल्लो वर्ग समुहलाई प्रयोग गर्ने गोटी बनाई सिध्यानकालागि बिभिन्न प्रपञ्च गरियो । अझ खुराफाती गर्न सक्नेले अन्तत: आफ्नो खुरापातीलाई कानुनी रुप दिएर आफू बिरोधीलाई दण्डको भागीदार तुल्याउँथ्यो ।
ईतिहासलाई हेरौं, चार जात ३६ वर्णको निर्धारण कसरि भयो ? राजा बिरुद्द उनकै भाईहरुलैऐ उक्साउने, रानीहरुका बिचमा बैमन्ष्यता स्रिजना गरिदिने, राजकुमारहरुलाई विष खुवाई मार्न लगाउने र शासकलाई खुशी पार्न आफ्नै छोरी-भाञ्जी भोगविलासका लागि सुम्पने, सरकारमा गएको वेला राजालाई पदच्युत गराउने र आफ्नो स्वार्थ पुरा गर्ने एउटा संस्कार बस्यो । त्यसो गर्ने सबै गुरुपुरोहित र भाइ-भारदार नै थिए, जो जो तिनै विशेष भनिने जातिनै थिए । शाहकालर्मा बहादुर शाहसम्मको ईतिहासमा निरन्तर युद्दको कारणले गुटबन्दी ओझेल परेतापनि रणवहादर शाहको कालदेखि पुन: यो खुरापाती शुरु भयो । त्यसवेला पनि बिचरा सोझा राजाहुलाई फुर्क्याउने, उचाल्ने र फसाउने काम दरवारका तिनै गुरुपुरोहित र त्यो छेऊछाऊमा बसेर शामान्तका प्रसाद चाट्दै आएका जनैधारीलेनै गर्दथे । बाहुन–बाहुन मिलेर क्षेत्रीलाई समाप्त गर्ने, क्षेत्री–क्षेत्री मिलेर बाहुनलाई सिध्याउने वा क्षेत्री–बाहुन मिलेर जनजाति, दलित र मधेशीलाई सिध्याउने अथवा आआफ्ना स्वार्थकालागि एक अर्कामा फुट ल्याउने काम हुन्थ्यो । यसका लागि कुनाकुना बसेर, दरवारका कोठरीमा लुकेर तानावाना बुनिन्थ्यो र षडयन्त्र रचिन्थ्यो । यसरी त्यो विशेष जाति राज्यको राज्यको मुल मुद्दालाई छोडेर छोडेर शक्ति, भक्ति र सत्ताको खेलमा लागिरह्यो । आज पनि तिनकै सन्तानहरु यथास्थितिमा शक्ति, भक्ति र सत्ताकै खेलमा लागिरहेका छन् ।
हामीले देखिराखेका छौं– संविधान बनाउन ४ वर्ष गुज्रिसक्दापनि अधिकांश समय सत्ता परिवर्तन र शक्ति प्राप्त गर्नेमै बितिरहेको छछ । संविधान लेखनको कुराभन्दा मन्त्री, प्रधानमन्त्री को बन्ने खेल र दाउपेचमै समय गुमिरहेको छ । सोही गुटबन्दी र खुरापातीमा एक पाटीले अर्को पाटीलाई निषेध गर्ने र विपक्षीका काम कुरा जति नै सत्य भएपनि हल्ला गरेर वा भीड जम्मा गरेर समेत तुहाईदिने काम निरन्तर रुपमा भइरहेको छ । मात्र शक्तिमा केन्द्रित हुने दुष्कार्यमा यो अन्तिम घडीमापनि हाम्रा नेताहरु सत्ताकै लागि लागीपरेका छन, चाहे मुलुक धरापको स्थितितिर किन नजाओस । संविधान बने बनोस, नवने पनि नबनोस, मुलुकमा ग्रिहयुद्द भएर आगो बलोस । सुदूरपश्चिममा वन्दको प्रभावले मानिसहरुमा भोकर्मरी नै किन नचलोस, गुटबन्दी गर्ने जातिलाई त्यो वास्ता हुँदैन । यसरी प्रत्येक पार्टी, प्रत्येक दलभित्र र प्रत्येक संगठनसभित्र यो खालको मानसिकताले प्रभाव पार्दै लगेको छ ।
त्यसको नेतत्व यिनै परम्परावादी पुरेत, पण्दितज्यूहरुको हालिमुहाली भएको पार्टीले गरिरहेका छन् । अर्थात् जयस्थिति मल्ललाई वर्णब्यवस्था लागु गर्न प्रभावित पार्ने तिनैका जीनहरुले आज सोही शैलीमा राज्य ब्यवस्थालाई प्रभावित पारिरहेका छन । जसले रणबहादुर शाहलाई स्वास्नीमोहमा फसाई राजगद्दी त्याग्न लगाए, जसले पाण्डेहरुलाई उचालेर थापाहरुलाई सिध्याए । राणाहरुलाई सत्तामा पुर्याए । जसले सत्ताको भक्ति गरे र शक्ति जमाए, आज तिनकै वंशजहरुलेले नै यो खुराफाती र गुटबन्दीको पनि नेत्रित्व गरिरहेका छन् । फलत: नयाँ बनेका र युद्दले जर्जर भएका देशहरुले हामीभन्दा अग्रमी फड्को मार्दै गइरहेको वेलामा हार्मी भने एकले अर्कोलाई सिध्याउने र बिरोधीको अस्तित्व स्वीकार गर्दै नगर्ने अर्थात् प्रतिपक्षीले राम्रो र भलै भनेपनि वेसही नै देख्ने र आफ्नो समुह बनाउने, सत्यलाई मिथ्या सावित गर्ने र विपक्षीलाई कमजोर बनाउने खेल खेलिरहेका छौं । त्यसले राष्ट्रिय मुद्दाहरु गौण हुनपुगेका छन ।
गुटबन्दी र खुराफातीका पात्रहरु खुराफातलाई द्वन्दवादी, भौतिकवादी राजनितिको नियम हो भन्दैछन । तर यो राजनितिको नियम भनेका विचार हो । कार्यनिति हो । माओवादीमा माओवाद विचार हो । तर वैद्य रप्रचण्ड समुहबिच किन मनमुटाव छ ? कांग्रेसमा विपीको समाजवाद विचार हो । तर देउवा, शुशील र रामचन्द्रबिच किन टकराव छ ? एमालेमा मार्क्सवाद र जवज जबज हो । तर के पी र झलनाथ वा झलनाथ माधवबिच किन त द्वन्द भएकै
छ ? किनकि यो भौतिकवाद द्वन्दबाद नभई केवल स्वार्थको गुटबन्दी हो र यसमा आफ्नो गुटलाई बलियो र अकोलाई कमजोर बनाउन खुराफाती हुने गर्दछ । यसलाई अर्को अर्थमा बाहुनवाद पनि भन्नुपर्छ । यसमा हाम्रो मुलुकको विकास, निर्माण, सभ्यता पश्चगमनमा पर्नुको मुल कारण खुराफाती, गुटबन्दी र बाहुनवाद नै हुन् । जबकि गुटको रणनिति खुराफात हो भने खुराफात भनेकै बाहुनवाद हो ।
बाहुन भन्ने कुनै जाति नै होईन, यो संस्कारबाट विन्यास भएर बनेको नाम हो । त्यो विशेषण थपिएर बाहुनवाद हुन पुगेको हो । यस्तो बाहुनवाद, बाहुन जातिमा मात्र नभइ, दलित, जनजाति, मधेशीमा हुने गरेको छ । यस्तो खालको विशेषता भएका जुनसकै जाति, रंग, वर्ण र वर्गलाई बाहुनवादी भन्नुपर्दछ । फरक यति हो– ब्राह्मण संस्क्रितिबाट भागेर जसले जालझेल षडयन्त्र र प्रपञ्च अपनाउँछ त्यसलाई बाहुन भन्न थालिएको हो । र, उसले अपनाउने चरित्रलाई बाहुनवादी भनिएको हो । सर्मयक्रमसँगै सो चरित्र अन्य जाति समुहलेपनि अपनाउन थाले । यसरी जजसले सो चरित्र अपनाए ती सवै बाहुनवादी भए । फलत: जनजाति, मुसलमान, दलितको क्षेत्रमा मुसलमान, दलितको क्षेत्रमा खुराफाती हुन्छ भने त्योपनि बाहुनवाद हो ।
आज कुनै कुनैपनि पवित्र संघ संस्थामा यस्तो खुरापाती छ भने सोही सोही उपल्लो भनिने पुरैत वर्गको सिको गरि केहि दलित र जनजातिलेपनि बाहुनवादको तौर तरिका सिक्दै छन् । यस्तो बाहुनवाद जव एउटा युद्द सिद्दिएर आर्थिक, सामाजिक अनि सांस्क्रितिक क्रान्ति शुरु हुन्छ, त्यसबेला परिश्रम नगर्नेहरु, सजिलो तरिकाले सत्तामा जान खोज्छन् । विशेष त उच्च शिक्षित वर्गहरु जो सहज तरिकाले राज्यबाट फाईदा लिन चाहन्छन् । त्यो बेला प्रपञ्च देखा पर्न थाल्छ । काम भन्दा कुरा ज्यादा, आफ्ना अनुकुलका ब्यक्तिसित साँठगाँठ र लेनदेनको कुरा हुन थाल्छ । तिनीहरुले आफु नयाँ शामान्त बन्नकालागि शामान्तवाद बिरोधी कुरा गर्छन् । आफैं हुकुमदार हुनकालागि अरुलाई निरंकुश देख्छन् । समाबेशीकरणको कुरा गरेर निषेध गर्दछन् । विकासको कुरा गरेर बिनास गर्दै जान्छन् । शाक्ति र क्रान्तिका बहस चलाएर समाजमा भ्रम फैलाउँछन् । यसरि तिनै श्रमहिन, राज्यलाई कहिल्यै कर नतिर्ने, अल्छी र कुरौटे जातिहरुले तल्लो समूह वा बिरोधीलाई कमजोर बनाई फाईदा लिन राज्यब्यवस्थालाई उचाल्ने र प्रभावित पार्ने कुरा मात्रै गर्छन् । तर श्रम गर्दैनन् । आफु त श्रम गर्दैनन्, अरु जाति समूहलाईपनि शान्तसित श्रम गर्ने वातावरण दिँदैनन् । परिणामत: संविधान बन्ने यो चार वर्षको दौरानमा होटेलमा, रिसोर्टमा, सिंह दरबारमा, बिआइसिसिमा, पार्टी कार्यालयमा, नेताका घरघरमा कुरा मात्रै भए । संविधान बनेन । अन्तत: सो खुराफाती र बाहुनवादका कारणले मुलुक अब जातिय द्वन्दमा फस्न पुग्यो । एकले अर्कोलाई निषेध गर्ने, तर्क र कुतर्क गरेर बिपक्षीलाई सिध्याउनुपर्ने स्थितिमा देश फसिरह्यो । तिनै बाहुनवादको कुरै कुराको जञ्जालमा मुलुक बर्बादीतिर धकेलिँदै छ आज ।




