भ्रष्टाचार छानबिन गर्ने भन्नासाथ कामरेड ब्रुक ब्रुक
जसको काँधमा बन्दुक नचाएर जनयुद्द लड्यो माओवादीले । जसका पाखुरीका बलमा सरकारमा गयो माओवादी । जसले राज्यसत्ता बिरुद्द आक्रोश बोल्यो उसैलाई रुवायो । अपमान गर्यो । र सरकारले दिएको भत्तापनि भ्रस्टाचार गर्यो । नेता गाडीमा हुइँकिए । महल जोडे । आफन्तका नाममा दाम लुकाए । जनसेना हातमा लौरो लिएर सडक बन्द गरे ‘हाम्रो रगतमा त खेल्यौ । हाम्रो पाखुरी र बेच्यौ । दिमाख त भुट्यौ । हाम्लाई बसिखान देको रकमपनि खान्छौ ?’ भन्दै । लाज शरम सबै लुकाएर थामथुम पारे । भ्रस्टाचारको नाटक छोप्न ‘पार्टीको आन्तरिक छनबिन समिति’ भन्ने एउटा पर्दाले ढाके । तर त्यो छानबिन समितिले के रिपोर्ट दिने ? ‘हैन’ भने जनसेनाले आगो बालिहाल्थे । ‘हो’ भनेमा सर्वाङ्ग नांगो भईने । अनि दिनरात घर्काउँदै लगे । तर आर्काको आँसु लुटिखाएको सधैं छोपिन्छ र ?
अहिले सरकार बदलियो । अब सरकारले छानबिन गर्ने भो । तर भ्रस्टाचार गरेको आरोप लागेका ‘महान नेता’ प्रचण्डका विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ को हंसले थातथलो छोड्यो । परिने भो अब भनेर । अनि उनले त्यो छानबिन समिति बनाउन पाईन्न भन्दै बिरोध गरे । अनन्त कामरेड त ब्रुक ब्रुक गरेछन् । भ्रस्टाचार गरेकै छैन भने जोसुकैले छानबिन गरोस् न के को पिर ? किन त्रास ?
लडाकू समायोजन विशेष समितिको शुक्रबार नयाँ बानेश्वरमा बैठक बस्यो । बैठकले महालेखा परीक्षकको कार्यालयलाई लडाकूको तलब र भत्तामा भएको अनियमितताको छानविन गर्न दिने भन्यो। माओवादी पार्टीकै उपाध्यक्ष डा बाबुराम भट्टराईले हस्ताक्षर गरे । उनको कार्यकालको बिरोध र आलोचना गरेपनि यसलाई मान्नै पर्छ । राम्रो गरे । उनी र उनका आफ्नाले खाएका छैनन् भने किन डराउँने ? तर अनन्तले चाहिँ बिरोध गरे । किन ?
कुरो सोझो छ, त्यहाँ करोडौं भ्रस्टाचार भएको छ । प्रचण्ड पक्षकाले लुट्नु लुटेको आरोप लाग्दै आएको छ । । सरकारी स्तरमा छानबिन हुँदा मर्कामा परेका जनसेनाको तलब भत्ता समेत लिएको भर्पाई र साराको अब खोजिनिति हुन्छ । अनि रकम खाएको त सोझै देखिन सक्छ । यदि सहि ढंगले छानबिन भयो भने । अनि भ्रस्टाचार गरेको त मध्यान्हको घाम जत्तिकै छर्ल्ङ्ग छ । नत्र जुन नेताले एक शब्द बोल्दा ज्यान फाल्ने जाने जनसेनाले हाम्रो तलब खायौ भन्दै सडकमा ओर्लेर बिरोध गर्छ ?
‘लडाकू शिविरमा भएको खर्च सरकारी निकायबाटै भएकोले फेरी सरकारी निकायबाटै छानबिन गर्न पाइन्न । छनबिन गरे अविश्वासको वातावरण बन्छ ।’ यसले त सोझै ‘हामीले लुटि खाएकै हो । चुपचाप लाग । अरुले गरेका भ्रस्टाचारको हामी बिरोध गर्छौं । हामीले चाहिँ जेपनि गरे हुन्छ । जति खाएपनि हुन्छ । तर हाम्रो छानबिन गरे खबरदार अविश्वाश बढ्छ ।’ ल हेर्नुस् त अनन्तको यस्तो तर्क ।
आफ्नो तलब भत्ता खाए भनेर त जनसेनाले भ्रिकुटी मण्डप भेलामा चको बिरोध मात्रै गरेका होइनन् कि एक दर्जन कमाण्डरले त राजिनामानै ठोकेका हुन् । भ्रस्टाचार नगरिकन आरोप लगाएको भए त पार्टीले झ्याम्म कारवाही ठोक्नुपर्ने होइन ? किन लुते कुकुरको पुच्छर झैं लत्रेर चापचुप पार्नु पर्यो ?
त्यति मात्रै हो र ? हेटौंडामा भएको महाधिबेशनमा पनि त्यसैगरि टालटुल पारे । जनसेनाले अनियमितता भएको बारे छानबिन के भो ? रिपोर्ट चाहियो भनेपछि । अनि त्यहाँ ध्यान तान्न ‘कामरेड हो हामी ईतिहाँसको एकदम कठिन मोडमा छौं, सानातिना कुरालाई बिर्सौं । बाँकि सानातिना कुरा पार्टीको महाधिबेशनपछिपनि सल्टाउँला’ भन्दै । अनि एकाएक ध्यान सरकार गठनमा लगेर मोडियो । भ्रस्टाचारी महान कम्युनिष्ट नेता त्यहाँबाटपनि उम्के ।
अब चाहिँ कामरेड भ्रष्टाचारीहरु पर्ने भईयो माकुरी जालैमा भन्ने त्रासले छानबिन गर्नै हुन्न भनेर अविश्वास हुने धम्कि दिँदैछन् । भ्रष्टाचारीहरु जुन सुकै दलका जोसुकौ होउन् लाउनुपर्छ कानुनको गोर्खे लौरी ।




