नेपालीका लागि नेपाल बनाउने कि आरक्षण खोज्ने ?

मदन बज्राचार्य

writer-pen-11212अवसरलाई मौका पनि भनिन्छ । सामान्यत मौका योग्य व्यक्तिलाई दिईन्छ । योग्य व्यक्तिले अवसर पाउने ब्यबस्था भएको समाज र देशमा योग्य बन्न सबैले बराबर र बिना भेदभाव मौका पाउनु पर्छ । तर यदि योग्य बन्न कसैलाई गाह्रो र कसैलाई सजिलो बनाईन्छ तव योग्य व्यक्तिलाई मात्रै अवसर दिने कुरामा पनि प्रश्न उठ्छ । यो प्रश्नले थप बिबाद र आपसी असमझदारी निम्त्याउँछ ।

अरुलाई योग्य बन्ने अवसर दिन गाह्रो मान्नेले मानसिक, बौद्धिक, शारीरिक कुरामै मात्र त्यस्तो गर्दैनन् । भाषा, संस्कृति र धर्ममा समेत गर्छन् । जस्तै हाम्रो देशमा भैरहेको छ । यसले गर्दा देशको नागरिक समाजको धेरै ठूलो भाग अपाङ्ग भएको छ भन्नु भन्दा अपाङ्ग बनाईएको छ भनेमा बढि तर्कयुक्त होला । देशमा भएको अब्यस्थाले भन्दा यसले देशलाई पछाडी बढि धकेलेको छ ।

देशमा कयौं क्रान्तिहरु भए । परि वर्तनहरु आए । तर यो विकृतिमा कुनै सुधार आउनु भन्दा राजनीतिमा समेत फैलिन थालेको छ । म फलाना जातको र मलाई बिशेष अधिकार मात्रै होईन आत्म निर्णय गर्न सकिने आफ्नै जातको छुट्टै सेना समेत भएको राज्यनै चाहिन्छ भन्ने माग राख्नु यसको उदाहरण हो ।

अरु भाषा, धर्म र संस्कृति भएका नागरिकलाई योग्य बन्न गाह्रो बनाउने व्यवस्था लादेर कुनै समुदाय आज केहि बढी योग्य बनेपनि त्यही समुदायले मात्रै देशको विकाश गर्न सक्दैनन् भन्ने कुराको उदाहरण पनि हाम्रै नेपाल भएको छ । आज एकातिर करोडौंको संख्यामा बिहारीहरुले नेपालमा रोजगारी र अवशर पाउँदै आएका छन् भने लाखौँ नेपालीहरु हरेक वर्ष बिदेशमा रोजगारीको भिखारी बन्न बाध्य भएका छन् । यस्तो “रोजगारीको भिखारी”भन्ने कठोर शब्द प्रयोग गरेर मैले बिदेशमा गएको नेपालीको अपमान गर्न खोजेको होईन । मात्र स्थिति कति बिकराल भएको छ त्यो चित्रण गर्न खोजेको हुँ ।

हिजो कसैलाई योग्य बन्ने अवशरकालागि गाह्रो बनाउने समुदायले अलिकति मात्रै सहिष्णुता देखाएको भए आज यो जात त्यो जातलाई छुट्टै राज्य चाहिन्छ भन्ने माग उठ्दैनथ्यो । आज मेरो जातलाई छुट्टै राज्य चाहिन्छ समेत भन्नुपर्ने अबस्था आईसकेको अवस्थामा के “आरक्षण”ले मात्र समस्याको निदान गर्न सक्ला ?

“आरक्षण”मात्र पिडा दवाउने औषधि जस्तै मात्र हो । यसले रोगको निदान गर्दैन । यस्तो औषधिको अत्यधिक सेवनले रोगलाई अझै जटिल मात्रै बनाउँछ । आरक्षणको व्यवस्थाले योग्य व्यक्तिलाई पिडित बनाउँछ । आरक्षणले योग्य व्यक्तिलाई मौका पाउनबाट बन्चित गर्छ । यस्तो व्यवस्थाले थप बिरोध र बिरोधि जन्माउँछ । अब सोच्नुस त, हामीले कतिलाई अझै पिडित बनाउने ? कतिको बिरोध झेल्दै गर्ने ?

जे जस्तै अवस्थामापनि जिम्मेवारी बहन गर्ने मौका अर्थात अवशर त योग्यलेनै पाउनुपर्छ । जो योग्य बन्न सक्ने भएर पनि योग्य बन्ने अवशरबाट बन्चित भएको थियो तिनीहरुको उत्थानको निमित राज्यले मात्रै होईन योग्य बनेका समुदायहरुले समेत आफुलाई लचिलो र उदार बनाउनुनै यो समस्याको प्राथमिक उपचार हुनेछ । तर मात्र प्राथमिक उपचारले गम्भीर रोग वा समस्याको निदान हुँदैन । यसको निमित गहन उपचारकै व्यवस्था गर्नुपर्छ । गहन उपचारको निम्ति रोगले कहाँ कहाँ संक्रमण गरेको छ त्यो पत्ता लगाउनुपर्ने हुन्छ । भित्र गढेको रोगको उपचार गर्न स्वस्थ शरीरले पनि केहि पिडा भोग्नु पर्ने हुन्छ । के त्यो सहन हामी तयार छौं ? तयार छौं भने हाम्रो उपचार अझै सम्भव छ ।

“आरक्षण”ले कसैलाई केहि राहत दिन्छ । तर यहि आरक्षणले नै नागरिक नागरिक बिचमा द्वेष, ईर्ष्या र बिबाद सबै जन्माउँछ । नागरिक नागरिक बिचमा यस्तो भएमा समाज र देशमा विभाजन ल्याउँछ जसले गर्दा विदेशीले समेत नागरिकलाई हेप्न र दवाउन खोज्छन् । तराईमा बिहारबाट बसाई सरेर आएका आफुलाई मधेसी भन्ने बिदेशी समुदायले अन्य जातको नेपालीहरुलाई पहाडी भनेर हेप्न र लखेट्न चाहेको प्रमाण यहि नै हो ।

नागरिक विभाजित भएको देशले स्वतन्त्र राजनीति गर्न नसक्ने मात्रै होईन आफ्नो देशको सिमाना र सार्वभौमसत्ताको सुरक्षा समेत गर्न सक्दैन । सिक्किमको नागरिक भारतीय बन्न बाध्य गरिएको र नेपाललाई भारतले भुटान जस्तै भारतको पिठ्ठु बन कि बन भनेर दवाव दिएको यस्तै कारणले हो ।

कुन बेलाको नेपालले विश्वमा सुनाम कमाएको थियो । आजको नेपालले वा पहिलाको नेपालले भन्ने सोचेर हेरुँ त । चीन जस्तो शिप, कला र संस्कृतिको धनि देशले नेपाललाई आफ्नो गुरु नै मानेको थियो । नेपालकै दुई चेलीले चीन र तिब्बतलाई नेपालमा जन्मेको बुद्धको अनुयाई समेत बनायो । चीन नेपालमा जन्मेको बुद्धको अनुयाई राष्ट्र बनेबाट जापान, भियतनाम, थाईल्याण्ड, बर्मा आदि दक्षिण पुर्व एसियाको सबैजसो देशहरुले समेत नेपालमा जन्मेको बुद्धको पूजा गर्ने राष्ट्र बने । तर नेपालमै के भैरहेको छ ?

आज नेपालको बुद्ध माथि भारतले दावी गर्दापनि हामी बिरोध गर्न नसक्ने अवस्थामा पुग्यौं । बुद्ध नेपालको हो । बुद्ध जन्मेको लुम्बिनी नेपालको भुमि हो भनेर प्रमाणित गर्न नेपालको राजनेताहरु लाग्न सकेको थिएन । संयुक्त राष्ट्र संघको तत्कालिन प्रमुख लागेको थियो । अस्ति भर्खरै पनि कोरियाको राष्ट्रपतिले बुद्ध भारतमा जन्मेको होईन नेपालमा जन्मेको हो भन्दै भारतले आफ्नो देशमा जन्मेको भनेर झुठो दाबी गर्दै लेखेको किताब कोरियामा पढ्न र पढाउन रोके । तर नेपालमा ?

“आरक्षण”एक किसिमले अभाव शिर्जना गर्ने कालो बजारीले दिने छुट जस्तै हो । परल मोलमा कटौती हुने छुट ईमान्दार व्यापारीले त दिंदैन भने कालो बजारीले कसरि पो देला ?

नेपालमा अहिले पिउने पानी र खाने अन्नको मात्रै अभाव भएको छैन । दिन अर्थात उज्यालोको समेत अभाव भएको छ । पसल खुलेको छ । तर किन्न सकिने कुनै चिज छैन । स्कूल र कलेज यत्र तत्र छन् । तर पढाउन सकिने कहिँ छैन । नेपालमा करोडौं बिहारीलाई रोजगारीमै मात्र होईन नागरिकता लिनमा समेत सहुलियत छ । तर नेपालीलाई के छ ?

मन्दिर हाम्रो हो । तर मन्दिरको पूजारिनै हाम्रो होईन । निर्वाचनमा हामीले भोट दिएको हो । तर हामीले चुनेको व्यक्ति नै सांसद र मन्त्रि हुन सक्दैन । संबिधान र सरकार हाम्रो लागि बन्नु पर्ने हो । तर त्यसमा भारतको शर्त तेर्स्याइएको छ । यो कसरि भयो ?

आज हाम्रो नेपालमा नेपाली मात्र योग्य बन्ने र अवसर पाउने हक छिनिएको छैन कि देशको हक समेत छिनिएकोछ । नेपाल रहे नेपाली रहन्छौं । अहिले यो जात त्यो जात, यो धर्म मान्ने र त्यो धर्म मान्नेको अधिकारको कुरा भन्दा देशको अधिकार नै पहिला सुरक्षित गर्न सके मात्रै नागरिकको अधिकार सुरक्षित गर्न सक्ने हुन्छौं । आरक्षण आज व्यक्ति व्यक्ति वा कुनै समुदायको लागि भन्दा देशकै हक र अधिकारको आरक्षणको लागि हामि जुट्नु परेको छ । सरकार र संबिधान नेपालीको बन्न सके नेपालमा उपलब्ध अवशर नेपालीको हुनेछ । नत्र नेपालनै नेपालीको हुनेछैन ।

आज नेपालमा भारतको निर्देशिका, नेपालको संबिधान मान्नेको व्यवस्था अनेकौं आकर्षक नाम दिएर जसरि लादिँदैछ त्यहिनै आम नेपाली बेरोजगार र अवशर बिहिन हुँदै नेपालबाटै बिस्थापित हुन बाध्य हुनुको मूल कारण हो । जजसले यस्तो कुब्यवस्थाबाट लाभ लिंदै आएको छ तिनिहरुनै नेपालमा नेपालीले पाउने अवशर र अधिकारको कालो बजारी गर्दै आएका छन् । हामी नेपालीलाई त्यस्ता अवशरको कालो बजारीको छुट (आरक्षण) होईन तिनीहरुको कालो बजारीबाट पहिला मुक्त हुनु परेकोछ ।

हामी नेपाली आफ्नो हरेक विहानी र हरेक नित्यकर्म समेत ईश्वरको नाम लिएर थाल्छौं । पहिला नेपालको मन्दिरमा योग्य नेपालीनै भट्ट बनाउने कामबाट सुधारको कार्य शुरु गर्नुपर्छ । नेपालको मन्दिर, नेपालीको गुम्बा वा चर्च वा मस्जिदमा नेपालीनै भट्ट, गुरु, फादर र मुल्ला बन्न योग्य छन् भने त्यहाँ किन बिदेशी भट्ट, गुरु, फादर र मुल्ला राख्ने ?

नेपालको सरकार र संबिधान बन्न नेपालीले दिने मत नै पर्याप्त छ भने किन मान्ने हामीले भारतीय निर्देशिका र निर्देशनहरु ? नेपालमा उपलब्ध अवशर माटो र पानी बढ्दो नेपाली जनसंख्यालाई मुस्किलले मात्रै सुलभ हुन्छ भने हाम्रो अवशर, हाम्रो रोजगारी, माटो, पानी खोस्न तत्पर करोडौं बिहारी मधिशेलाई किन दिने नागरिकता ?

सबै जात मिलेर नेपाली जात बनेकोछ । नेपाल बनेको छ । जातीय शोषणबाट पिडित समुदायबाटै जातिय राज्यको माग उठेको भए, जातीय पहिचानको कुरा उठेको भए, आरक्षणको माग उठेको भए यो कुरा अस्वाभाविक हुने थिएन । तर नेपालीलाई जातै पिच्छे राज्य बनाउने पहिचान दिने कुरा तराईमा बिहारबाट घुसेका घुसपैठवाला बिहारीको “मधेश”बनाउन सजिलो पार्नकै निमित उठाएको हो वा  उठाउन लगाइएको हो ।

यता नेपालीको हरेक जातको निमित छुट्टै राज्य बनाउने कुरा उठाउन लगाएर उता तराईमा रहेको नेपालीको जात मेटाउने र मधेसीको मधेश बनाउने योजना गरेको घाम जत्तिकै छर्लंग छ ।  हाम्रो समस्या अलि गहन जरुर छ । तर हामी त्यसलाई मिलेर सजिलै समाधान गर्न सक्छौं । यता तिर ध्यान दिउँ मित्रहरु ।

तपाइँको प्रतिक्रिया