हुगो चाभेज र नेपालका माओबादी
-मोहन राज बराल “मुन” / बेलायत
सन् २००३ मा प्रकाशित नोम चोस्कीको बहुचर्चित पुस्तक “हेगेमोनी और सरभाब्बल” मा अमेरिकी विदेश नीतिको कडा आलोचक समेत रहेका उनले उक्त पुस्तकमा दोस्रो बिश्वो युद्द पछि सन् १९४५ देखि सन् २००३ सम्म शान्ति, मनावधिकार, र प्रजातन्तको नाममा गरिब देशमाथि थुपारेको युद्द र अमेरिकाले गरेको अमेरिकी दादागिरीलाई उदाहरण सहित प्रस्तुत गरेका छन् । नोम चोस्की अमेरिकाको याम आई टि बिश्वबिधालयका प्रोफेसर पनि हुन् । २० सेप्टेम्बर २००६ मा जब संयुक्त राष्ट्रसंघको ६१ औ महासभा अमेरिकामामा भएको थियो त्यो बेला नोम चोस्कीको बहुचर्चित पुस्तक “हेगेमोनी और सरभाब्बल ” हातमा लिदै अमेरिकी राष्ट्रपति बुसलाई यो बुक पढन सुझाव दिँदै उनले भाषणमा भनेका थिए “हिजो शैतान यहाँ आएको थियो र आजसम्म पनि गनाइरहेको छ” अमेरिकी राष्ट्रपतिलाई “सैतान”,”मिस्टर डेन्जर”, “आतंकबादीको नाईके” जस्ता उपमादिने चाभेज ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाका एक स्वाभिमानी र निडर नेता थिए ।
नेपालमा १० बर्षको जन युद्द गर्दा या शान्ति प्रक्रिया दिनहरु ताका माओबादीलाई ल्याटिन अमेरिकी मुलुकका पाटीहरु सँग तुलना गरिन्थ्यो। सन् २००६ पछिका दिनहरुमा नेताहरु आफुले आफुलाई हुँगो चाभेज झैँ देख्ने थिए । ल्याटिन अमेरिकि मुलुकहरुमा क्रान्तिपछि स्थापित पाटीहरुलाई आफ्नो पाटी झैँ ठान्ने थिए । नेपालमा बाबुराम सरकारले ‘हेलो सरकार’ चलाए । ‘जनतासँग प्रधानमन्त्री’ भन्दै भट्टराईले रेडियो र टेलिभिजनमा जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम लगभग यो हुगो चाभेज को “हेलो राष्ट्रपति” कै नक्कल हो । बाबुराम अर्थ मन्त्रि हुदा लाएको कार्येक्रम तथा अहिले ३०,००० भन्दा कम ऋण हुने साना किसानहरुको ऋण मिनाहा जस्ता कामहरु पनि चाभेजकै मार्ग हुन् येसो सारमा हेर्दा माओबादी पनि चाभेज कै मार्गमा हिडेको झैँ देखिन्छ के माओबादी मार्ग पनि साच्चै चाभेज मार्ग जस्तै हो त ?
चाभेज र माओबादी दुवै लाई येसो हेर्दा बिगत मा उस्ता-उस्तै देखिन्छ । यी दुवै अमेरिकाका, एक महान शत्रु र अर्को आतंकबादी ,दुवै गरिब जनताको नाममा राजनीति गर्नेहरु, यी दुवै अमेरिकी साम्राज्यबादका बिरोधिहरु, दुवै सत्ताको भोकाहरु, यी दुवै नोम चोस्कीका फ्यानहरु तर पनि के यी उस्ता उस्तै हुन् र ? ल्याटिन अमेरिकी मुलुक देशहरुलाई स्पेनिसन साम्राज्यबाट मुक्त पार्ने सिमोन बोलिभारलाई आफ्नो आदर्श मान्ने हुगो चाभेज एक गैर कम्युनिष्ट नेता हुन् । तर आफुलाई कम्युनिष्ट भन्ने माओबादीहरुका आदर्श भनेका मार्क्स, लेलिन र माओ भए तर नेपाललाई साम्राज्यबाटको पन्जाबाट बचाउने बलभद्र कुवर, भक्ति थापा जस्ता लडाकुहरु आफ्नो आदर्श हुन सक्दैनन् भने कसरि चाभेज र माओबादी उस्ता उस्तै भए ? अमेरिकालाई साम्राज्यबादी मान्ने चाभेज अमेरिका पुगेर बुसलाई” सैतान” भनिदिन्छन तर हाम्रा बाबुराम र प्रचण्डहरु ” हे प्रभु, हाम्रो आतंकबादी बिल्ला हटाई बक्सियोस” भनेर बुसको पाऊमा शरण पर्छन । कसरि यी उस्ता-उस्तै भए ?आफ्नु सेनाको क्याप्टेन हुँदा सन् १९९२ मा सैन्य विप्लवको असफल प्रयास गरेर २ वर्ष जेलसमेत परेका चाभेजले सन् १९९८ मा राष्ट्रपतिको निर्वाचनमा नयाँ गणतन्त्रको सस्थागत गर्ने र गरिब र श्रमिक वर्गको आर्थिक र सामाजिक सुधार गर्ने वाचा गरेर ब्यालेटबाटै सत्तामा आए झैँ हाम्रा माओबादी पनि तेस्तै नारा दिएर सत्तामा नै आए । तर चाभेजले अमेरिकी कडा बाबजुतपनि बाचा अनुरुपका काम गरे देशमा गरिबीलाई हटाउन सक्दो काम गरे । देशलाई दशकौ देखि चुस्दै आएका बहुरास्तिये कम्पनिहरुलाई देशबाट लखेटे । निजीकरणलाई सरकारीकरण गरे । तर हाम्रा माओहरु ठिक उल्टा भए । हिजो सत्तामा नहुँदा क्रान्तिको नाममा ठूलो सपना देखाउने तर अहिले सत्तामा हुदा मानिसको जीवनसँग जोडिएको साना साना कुरा हरुलाई ध्यान दिएर काम नगर्नेहरु कसरि चाभेज हुन सक्छन ? हिजोको जनयुद्दलाई आज धन युद्दमा रुपान्तर गर्नेहरु कसरि चाभेज हुन सक्छन ? के साच्चै चाभेज हुने भए किन कोहि बन बादी भनेर हिडने फेरि कोहि संघीय समाजबादी भनेर हिडन आवश्कता र बाध्यता पर्छ र ?
तर गत ५ मार्च मा ५८ वर्षको उमेरमा भेनेजुएलाका वामपन्थी राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भैसक्येको छ । उनिकोमृत्युमा हाम्रा माओ मज्जाले रुए । तर तिन को रुवाई र श्रदान्जली कता कता नाटक जस्तो लाग्छ । फेरि जनयुद्धको प्रयोगशालाबाट आएकाहरुले गरिब र श्रमिक वर्गको मत बाट नेपाललाई चाही समाजवादको चिहान बनाउन खोज्नेहरु, के सक्छौ ?
चाभेजको झैँ घोषणा गर्न ? चाभेज भन्ने थिए म “राष्ट्रपति भवन भेनेजुएलाका गरिब र आपतविपतमा परेका नागरिकका लागि छाडिदिने छु र मलाई लिबियाका राष्ट्रपति मुअम्मर कज्जाफीले उपहार दिएको पालमा बसेर आफ्नो देशको शासन सञ्चालन गर्छु ” के हाम्रा जलप लाएका कम्युनिष्टहरु गरिब र आपतविपतमा परेका नागरिकका लागि शिंहदरवार छोड्न तयार छन् । पेरिस दरवार छोडन तयार छन् तर हाम्रा माओबादी नेता बाबुरामको लागि एस्तो घोषणा धेरै परको कुरा हो बरु उनि विस्थापनको योजना बिना सुकुम्बासी बस्ति मा डोजर लगाउन तयार छन । हिजोको दिनमा लगाएकै हुन् पनि येसैले चाभेजको मृत्युप्रति यिनको रुवाई र श्रदान्जलीको कुनै अर्थ हुदैन ।
वास्ताबिकामा यी चाभेज बन्नुनै साचो उनिप्रतिको श्रदान्जली हो । चाभेज गरिब र श्रमिक वर्गको हिरा थिए अहिलेको अवस्थामा माओबादी र चाभेजको तुलना “हिरासग किरा “को तुलना हुन्छ । समय र इतिहासले चाभेजलाई हिरो बनाउनेछ !!! यी बन्दुक नबोकेर पनि २१ औ सताब्दीका चे चुयेभारा भएका छन् !!! २० औ सताब्दीमा बन्दुक बोकेर गरेको चे को क्रान्तिलाई चाभेजहरुले पुरा गरेका छन !!! चे का अनुयाही बाबुरामहरु हिजो तिमीहरु जनयुद्दको प्रयोगशालामा थियौ !!! तर आज तिम्राहातहरुमा बन्दुक छैन तर समय र सत्ता हातमा छ यो बेलामा चाभेज बन्ने कि नबन्ने ? समय यसरी नै गयो भने भोलिका पुस्ताले धिकार्ने छन् !!! भोलिका पुस्ताको हिरा कि किरा बन्ने साचो आफ्नै हातमा छ !!!




