बाहुन, ब्राह्मणवाद र शासक बाहुन

आङकाजी शेर्पा 

Interview-Angkaji 014बाहुनबाद भनेको  सर्व साधारणले बुझ्ने भाषामा भन्ने हो भने आफै मात्रै खाउँ । आफैं मात्रै लाउँ । सबै स्वार्थ आफैंमात्रै सिद्द गरौं । सबै नेत्रित्वमा आफैं मात्रै पुगौं । अर्थात् अरुको बारेमा पटक्कै नसोच्ने । आफु केन्द्रित, आत्मकेन्द्रित । जुन स्वार्थ सिद्द गर्ने एउटा प्रब्रित्ति हो त्यो प्रब्रित्तीलाई ब्राह्मणवादको रुपमा बुझिन्छ । यो कुनै जाति, भाषा, धर्म, संस्क्रितिलाई इंगित गर्दैन । ब्राह्मणवाद भनेको ब्यक्तिको प्रब्रिति हो । जुन प्रब्रितिको मूल उद्देश्य भनेको आफैले मात्रै सबै स्वार्थ सिद्द गरौं भन्ने । त्यस्तो खालको प्रब्रित्ति शेर्पामा हुनसक्ला । त्यस्तो खालको प्रब्रित्ति आधिबासी, दलित, मुस्लिम, मधेशीमा हुन सक्ला । त्यसैले आफु बाहेक अरु कसैको भलो नचिताउने, आफै मात्रै स्वर्थ सिद्द गर्ने प्रब्रितिलाई बुझ्ने गरेर ब्राह्मणवाद भन्छौं ।

तर कतिपय ठाउँमा ब्रामणबाद भनेको बाहुनलाई हो भनेर अपब्याख्या गरेको छ । र नेपालको राजनितिक सन्दर्भमा प्रयोग गर्ने नयाँ शब्दावली ब्रामणबाद हो । र ब्रामणबादपनि एक किसिमले माओवादीले औंल्याएको शब्द हो । माओवादी जनयुद्दकालमा धेरै राजनितिक शब्दहरुलाई प्रचलनमा ल्याएको छ । त्यसमा माओवादीले प्रयोगमा ल्याउँदा आफ्नो मात्रै स्वार्थ सिद्द गर्ने भन्ने छ । यो प्रब्रित्ति र चरित्र हो ।

बाह्मण भनेको ज्ञान हो । मैले बुझ्दा खेरि ब्रह्म ज्ञान भन्छ नी ! विश्वको बारेमा ज्ञान राख्ने । तर त्यो ज्ञान बसिसकेपछि खाली आफ्नो स्वार्थ सिद्द गर्न मात्रै प्रयोग गरेपछि त्यसलाई ब्राह्मणवाद भनेको जस्तो मलाई लाग्छ । त्यसको शाब्दिक अर्थ के होला म जान्दिन । तर राजनितिक रुपले चाहिँ हामीले बुझ्ने त्यहि प्रब्रित्तीका रुपमा हो । पशुपतीमा बस्ने स्वामी प्रपन्नाचार्य राई समूदायकै हुनुहुन्छ ।  उहाँलेपनि आफूलाई बाह्मण भन्नुहुन्छ । ब्रामण भनेको जातले मात्रै हुँदैन । जसले ब्रह्म ज्ञान प्राप्त गरे ति सबै ब्रामण हुन् । ब्राह्मण भनेको ज्ञानसित संवन्धित छ जातसित छैन । त्यसकारण त्यतिबेला अलि पढेलेखेका ब्राह्मण हुने भएकोले बाहुनलाई धेरै भनिए होला । विश्व ज्ञान भएको मानिसहरुलाई ब्राह्मण भन्छन् । त्यतिखेर सबै अध्ययनशिल मानिसलाई ब्राह्मण भन्थे । तर नेपालको सन्दर्भमा अरु जात जातिले पढ्न लेख्न पाएनन् । सायद त्यो सन्दर्भ बाहुनसित बढि संवन्धित हुन गयो । किनकि बढि पढे लेखेको बाहुन भए । अहिलेपनि भन्छन् नी बाहुनहरु टुप्पी कसेर पढ्छन् । कास्कीका गोरु जोत्ने बाहुनहरुले टुप्पी कसेर पढे होलान् ? दाङ देउखुरीका बाहुनले अहिलेपनि खान लाउन पाएका छैनन् । टुप्पी कसेर पढ्न पाएको छ ? त्यसकारण एक दुईवटा बाहुनको चरित्रलाई सिंगो बाहुनमाथि लगाइएको छ । पेरिस डाँडा बस्ने, बलेखु बस्ने, सानेपा उच्च डाँडामा बस्ने बाहुनले राज्यसत्ता चलाएको २४० वर्ष भयो भन्दैमा त्यो बाहुनलाई त्यहाँ जोडेर गाली गर्न पाइन्छ ?

अहिलेपनि सिटामोल खाएर भारि बोक्दाबोक्दै मर्ने बाहुन छन् । त्यहाँ जोड्न पाइन्छ ? पाइन्न । त्यसकारण एका दुईको चरित्रलाई जोडेर सबैलाई इंगित गर्‍यो त्यो नहुन सक्छ । त्यस कारण हामीले बुझेको ब्राह्मणबादको अप्रिभाषा त्यहि नै हो । मैले पटक पटका भाषण गर्दा भन्नेपनि त्यहि प्रब्रित्ति हो ।

२०४७ सालको प्रजातन्त्र स्थापनापछि देशमा २० वटा प्रधानमन्त्री भए । जनजातिबाट कोहि पनि भएन । गणतन्त्र स्थापनापछि प्रचण्ड, माधव, झलनाथ, बाबुराम गरेर चार जना बाहुननै भए  । कांस्की र दाङ देउखुरीको बाहुनलाई मैले इंगित गरेको होइन । यो सिंहदरबारको सत्तालिप्सा ब्रामण जातिका शासकहरु म भन्छु । शासक बाहुन । जो शासन सत्तामा टिकिरहन चाहन्छ । पदम शमशेरको पालादेखि गणतन्त्रको अहिलेको युगसम्म त्यो सत्तालिप्सा छोडेको छैन ।

(संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पासित गत मार्च २६ मा बेल्जियमको आन्तर्पेन शहरमा लिएको अन्तर्वार्ताको सानो टुक्रो हो यो। उनको अन्तर्वार्ता केहि दिन भित्रै राष्ट्रिय मेडियामा आउने भएकाले अन्तर्वार्ताको पूर्ण भाग यहाँ नराखिएको हो । पाठकले उनीसित राखेका जिज्ञासा, बाहुनको रगत चाट्ने प्रसंग, बाहुन क्षेत्रीको जिब्रो थुतेर भुस्याहा कुकुरलाई दिने भनिएको उनको भनाईको वास्तविकता (जुन उनले अतिरन्जित र षडयन्त्रपूर्ण भनेका छन् ।) लगायत अन्य महत्वपूर्ण विषयमा उनले दिएको अन्तर्वार्ता बुधावर साँझ राख्ने छु )

तपाइँको प्रतिक्रिया