समान अधिकार र जनसंविधानका लागि अष्ट्रियामापनि गरमागरम बहस

शिव सापकोटा / भियना, अष्ट्रिया

lochhar-in-vienna(austria-121222

नेपाली आदिबासी जनजाती एकता समाजले गत हप्ता ल्होछार पर्ब मनायो । अस्ट्रियाको राजधानी भियना सहरको ओट्टो बाउयर गास्से हाउस डेरबेगेग्नुंग हलमा आयोजना गरिएको थियो । संस्थाका उपाध्यक्ष मुक्त गुरुङ तथा युलिका रिगरद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली तथा अष्ट्रीयन राष्ट्रिय गानबाट शुरु गरिएको थियो । संस्थाका सह-सचिब सुष्मा लामाले ल्होसारको बारेमा परिचय दिँदै सबै आगन्तुक पाहुनाहरुलाई संस्थाको तर्फबाट स्वागत गरिन ।

सबै अथितिहरुले शुभकामना मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा श्री सेक राज सुनुवारले हाम्रो भाषा, सास्कृतिक, धर्म, परम्परा जगेर्ना गर्दै हाम्रो मुलुकलाई संघियता सहितको संबिधान निर्माण गर्नुपर्ने बताए । उनले नेपालको प्राक्रितिक स्रोत र साधनलाई एकनासले जल जमिन, हिमाल पहाड, वन जरिबुटी र जन शक्तिलाई प्रयोग गरि हाम्रो देशलाईपनि पनि बिकसित मुलुकमा परिणत गर्नुपर्ने उल्लेख गरे । यो मुद्दा हामी सबै नेपालीको मुद्दा ठान्न सबै दर्शकहरुलाई आग्रह गरे ।

यसैगरि नेपाली जनप्रगतिशिल शान्ति समाजका अध्यक्ष तथा नेपाली आदिबासी जनजाती एकता समाजका महासचिब बुद्धि बहादुर तामांग (बिक्रम लामा) ले एकात्मक राज्य सत्ताले एउटै भाषा, धर्म, सस्कृति लादेपछि आदिबासी जनजातिको पहिचान कुण्ठित भएको बताए । त्यसपछि विभिन्न जातिहरु राजनैतिक, सामाजिक आर्थिक र शैछिक क्षेत्रबाट पछाडी पारिएको भनाई थियो । उनले भने “देशमा विभिन्न कालखण्डमा नेपाली आमाका सुपुत्र सुपुत्रीहरुको आफ्नो त्याग, तपस्या र बलिदानबाट पाएको राजनैतिक परिबर्तनको यो महत्वपूर्ण घडीमा नेपाली जनताले आफ्नो भाग्य आफैले कोर्ने बेलामा भाबी पिढीलाइ मध्ये नजर राख्दै राजनैतिक अग्राधिकार, आत्मनिर्णयक र मौलिक हकअधिकार सहितको संविधान निर्माण गरि मुलुकमा शान्तिको किरण फिजाउन अत्यन्त आवश्यक छ ।”

“आज हाम्रो देशमा नेपाली जनताले खम्बा ठान्ने नेताहरु राष्टको ढुकुटी रित्याउँदै देश खोक्रो बनाइसकेको अवस्थामा तपाई हाम्रो रिमिटेन्सले देश धानेको अबस्था छ । जनताका सेवक राज नेता भन्नेहरुले देशमा कति रिमिटेन्स भित्रियो भन्नेमा मात्रै ध्यान केन्द्रित हुन्छ । तर विदेशमा नेपाली नगरीको दुख कस्ट र कति बाकसमा प्याक भएर आयो भन्ने सन्दर्भमा हेक्का नराख्दा हामी प्रबासी नेपालीहरुलाई गम्भीर चोटलागेको छ । तपाइँ हामी संसारको जुनसुकै कुनामा किन नहोस देशलाई पूर्ण अग्रगमन तर्फ लम्काउन प्रबासी नेपालीहरुले आत्मादेखि राष्ट्रियताको भावना राखेर महत्वपूर्ण भूमिका खेल्नुपर्छ । सबै जातजातिहरुको पहिचान सहितको संघियता र संघियता सहितको संबिधान स्थापना गर्नु पर्नेमा अग्रसर हुनुपर्छ ।

बर्गीय उत्पिडनमा परेका जातीय, क्षेत्रिय र लिंगीय समस्या भनेको राष्ट्रिय मुद्दा हुन् । यसमा सबै नेपालीको समान हक अधिकार दिलाउन आज सबै नेपालीहरुले उतिकै भूमिका खेल्नुपर्छ ।  नेपाली जनताले चाहेको जनसंबिधान निर्माण गरि नेपाली क्रान्तिलाई सफल बनाउनु पर्ने भन्दै खरो मन्तब्य राखे उनले ।

उक्त कार्यक्रममा भियनाका साथ साथै जर्मनी, मुनिख, पोल्याण्ड तथा अष्ट्रीयाका विभिन्न शहरबाट ल्होसार प्रेमी पाहुनाहरुको उपस्थिति रहेको थियो । अष्ट्रीयामा रहेका स्थानीय कलाकारहरु मैना गुरुङ, मन्दिरा मगर, श्रेया कार्की, श्रेया पाख्रिन तामांग, शेली पाख्रिन तामांग, क्रिश्म गुरुङ, छेवंग शेर्पा, दावा यांग्ची अधिकारी, मोहन चौधरी, जपन राइ तथा फ्रान्सबाट आएका ओर्नेला आदि कलाकारहरुको प्रस्तुति थियो ।

कार्यक्रममा सास्कृतिक सयोजक मैना गुरुङ तथा जपन राइको व्यवस्थापनमा स्थानीय कलाकारहरुले आ-आफ्ना भाषा र सस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरे । गायक तथा गायिका दुर्गा गुरुङ तथा ज्योति मगरको सांगीतिक प्रस्तुतिमा सम्पूर्ण अतिथिहरु मस्त नाचेका थिए । कार्यक्रमको समापन सगै कलाकारहरुलाई प्रमाणपत्र वितरण गरि विशेष सहयोगी नेत्र थापा, माधव थापा, याक एण्ड यती रेस्टुरेन्ट, सोमनाथ पौड्याल लगायतका व्यक्तिहरुलाई खाता लगाई सम्मान गरेका थिए । भोलि पल्ट नेपाली आदिवासी जनजाती एकता समाज अष्ट्रीयाद्वारा १७ फेब्रुवरीका दिन आमेर्लिंग हाउस भियनाको सभा कक्षमा जर्मनीबाट आएका पाहुना तथा समाजका सदस्यहरुबिच परिचय तथा अन्तरक्रिया कार्यक्रम तथा दिवा भोजको आयोजन गरि पाहुना कलाकारहरुलाइ बिदाई गरिएको थियो ।

उक्त कार्यक्रमको सभापति नेपाल आदिबासी जनजाती एकता समाजका अध्यक्ष नबिन गुरुङ थिए । प्रमुख अतिथि थिए गैरआबसिय नेपाली संघका अध्यक्ष प्रभाकर घले । विषेश अतिथिमा नेपाल जनजाती समाजका अध्यक्ष र गैरआबशिय नेपाली संघका केन्द्रिय सदस्य जर्मनीका सेक राज सुनुवार थिए । यसैगरि ग्रुने पार्टीका सदस्य र यस ओ यस पदाधिकारी दित्तर, मंफ्रेड रेइत्तेर, धुर्ब पौडेल, पूर्व जलस्रोत मन्त्रि अथिति थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

 

तपाइँको प्रतिक्रिया