सिक्किमलाई भारतमा मिलाउँदापनि अहिलेको जस्तै अवस्था

केशव न्यौपाने

keshav-nyaupane-232[सिक्किमका लेन्डुप दोर्जेलेपनि यस्तै संक्रमणकालमा जनमत संग्रह गराएर नेपाललाई भारतको हातमा पारेका थिए । प्रचण्डको यो प्रस्ताव लेन्डुपकै अभ्यासको नक्कल गर्न खोजेको बुझिन्छ ।]

सन १९७५ अगाडि सिक्किममा राजतन्त्रात्मक व्यवस्था थियो । सन १९७५ मा सिक्किमलाई स्वतन्त्र राज्यकै रुपमा राख्ने कि भारतमा विलय गराउने भन्ने विषयमा जनमत संग्रह गराइएको हो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सिक्किमलाई भारत संरक्षित राष्ट्रको मान्यता दिएका थिए । नेहरुको मृत्युपछि भारतको प्रधानमन्त्रीमा इन्दीरा गान्धी आइन र उनले आफ्नो बुबाको नीतिको आलोचना गर्दै सिक्किमलाई भारत संरक्षित राष्ट्र नभई भारतमै गाभ्नुपर्ने बताइन ।
त्यहीबेला प्रजातन्त्रको पक्षधरको रुपमा अगाडि बढेका लेन्डुप दोर्जेले सिक्किम नेशनल कांग्रेस नामक पार्टी गठन गरी चुनावको माग गर्दै आन्दोलनको सुरुवात गरे । उक्त आन्दोलनमा भारतले अप्रत्यक्ष रुपमा सहयोग ग¥यो । भारतीयगुप्तचर संस्था ‘रअ’ प्रत्यक्ष रुपमै उक्त आन्दोलनलाई सफल पार्न लाग्यो । आन्दोलन बढ्दै गएपछि भारतले सहयोगीको रुपमा मध्यस्तकर्ता बनेर दोर्जे र तत्कालीन राजाका बीचमा सम्झौता गरायो र ताजा निर्वाचन भयो । निर्वाचनमा दोर्जेको पार्टीले बहुमत ल्यायो र सरकार बनायो ।
लेन्डुप दोर्जे प्रधानमन्त्री बने । तर, उनी र राजाबीच विवाद कायमै थियो जसका कारण सिक्किम दिनप्रतिदिन अस्थिर बन्दै गयो । त्यसैको फाइदा उठाएर तत्कालीन दोर्जेले १९७५ मा भारतसरकारलाई गोप्य पत्र लेखेर सिक्किमलाई भारत सरकारको राज्यको रुपमा स्वीकार गर्न आग्रह गरे ।
उनको पत्र पाए लगत्तै भारतीय सेना सिक्किम प्रवेश ग¥यो र राजदरवार कब्जागरेर सिक्किमका सेनालाई नियन्त्रणमा लियो । दुई दिनमै भारतिय सेनाले पुरै सिक्किमलाई आफ्नो नियन्त्रणमा लियो । सिक्किमका राजा थोन्डुप नाम्ग्याललाईभारतीय सेनाले बन्दी बनायो । तर, अन्तराष्ट्रिय क्षेत्रबाट विरोध हुने डरले सिक्किमको भूमी के गर्ने भन्ने बारेमा जनमत संग्रह गर्ने भनियो । सोही अनुरुप जनमत संग्रह भयो । तर, जनमतसंग्रहमा खसेको मत गायव पार्दै फर्जी परिणाम सार्वजनिक गरियो । लेन्डुप र इन्दिरा गान्धीको मिलेमतोमा त्यो सबै काम भयो । जनमत संग्रहमा ७५ प्रतिशत मत सिक्किमलाई भारतीय राज्य बनाउने पक्षमा परेको घोषणा गरियो । त्यहीबेलादेखि नै सिक्किम भारतको २२ औं राज्य भयो ।

 (सिक्किमिकरण सिक्किमिकरण भन्छन् सबैले । कसरि नेपालको सिक्किमलाई भारतमा गाभिएको थियो ? बुझ्न सजिलो होस् भनेर न्यौपानेको फेसबुक वालबाट यहाँ राखिएको हो)

 

 

 

 

तपाइँको प्रतिक्रिया