प्रचण्डको भाषण सुन्दा स्विसहरू मूर्छा

ददि सापकोटा

Geneva-30-07-2012 040नेपालमा एक दशकजति स्विस परियोजनाअन्तर्गत काम गरेका एडोल्फ मुलेमान प्रचण्डको नाम सुन्दा अहिले पनि मुस्कुराउँछन् । तर, व्यंग्यले भरिएको मुस्कान । प्रचण्डको नाम, काम वा प्रसंग सुन्नासाथ उनलाई स्विटजरल्यान्डमा प्रचण्डले दिएको हावादारी भाÈणको झल्को आउने गर्छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्विट्जरल्यान्ड आए । नेपालीलाई चकित पार्न र स्विस नागरिकको समर्थन बटुल्न ठूलो हल लिइएको थियो । दश वर्षे जनयुद्ध गरेर विश्वमा धेरै नाम सुनिएका प्रचण्डको भाषण सुन्न हलमा नेपाली खचाखच भए । नेपाल र नेपालीलाई माया गर्ने केही स्विस थिए । केही कूटनीतिज्ञ । प्रचण्डले भाषण ठोके, ‘हामी नेपाललाई स्विट्जरल्यान्डजस्तै बनाउँछौ“ । त्यसका लागि तपाईहरुले सहयोग गर्नुपर्छ ।’ सेताम्मे जुँगा फुलेका मुलेमान र केही स्विस दौंतरी, नेपालको चासो राख्नेहरू मूर्छा परेर हा“से । नेपालीहरूले भने अब नेपाल स्विट्जरल्यान्डजस्तै बन्ने भो भनेर गटट्ट ताली ठोके । तर, स्विसहरू भने मुख छोपी–छोपी हा“से । नेपालीहरू ‘वाह हाम्रो नेताको भाषण सुनेर स्विस दंग परे भन्ने मानेर हाँसे, फुरुंग भए । स्विसहरूको व्यंग्यात्मक हाँसे बुझेनन् ।’

प्रचण्ड आउने भनेपछि निकै मानिस जम्मा भएका थिए । ‘नेपाल कहिल्यै स्विट्जरल्यान्ड बन्न सक्दैन न त स्विट्जरल्यान्ड नै नेपाल बन्न सक्छ । यी दुवै देश जे छन् त्यही हुनुमै विशेषता छ,’ मुलेमानले सुनाए ।

त्यसैदिन संयोगले पुगेका थिए, फिलिप सियाम । यी अधवैंशे करिब दश वर्ष अघि धौलागिरि हिमाल छेउछाउ सामाजिक काम गर्न गएका थिए । लाग्यो, ‘नेपालका सबैभन्दा तगडा नेता रे ! जाउँ न त सुन्न ।’ तर जब प्रचण्डको स्विट्जरल्यान्ड बनाउने भाषण सुने, उनी पनि लाजले मुख छोपेर हाँसे । किनकि दश वर्षमै स्विट्जरल्यान्ड बनाउने भन्दै प्रचण्ड कड्किएका थिए ।

आजको स्विट्जरल्यान्ड बनाउन उनका पुर्खाले करिब ५० व र्षकडा मिहिनेत गरेका थिए । पहिलो विश्वयुद्धताका बिग्रिएको थिति बसाल्न मात्रै स्विस नागरिकलाई निकै वर्ष लागेको थियो ।

फिलिपको बुझाइ पनि झन्डै मुलेमनकै जस्तो छ । नेपाल कहिल्यै कसैगरी स्विट्जरल्यान्ड बन्दै बन्दैन । किनकि यी दुई देशका नागरिकको शिक्षा, सामाजिक बनोट, राजनीतिक पद्धति र संस्कृति नै अलग छ । हरेक देश अलग पार्ने नै यिनै शिक्षा हुन् । नेपाल र स्विट्जरल्यान्डको हावापानी नै अलग छ । त्यसैले यी दुई देश उस्तै कुनै हालतमा हुन सक्दैनन् । ‘नेपाललाई स्विट्जरल्यान्ड बनाउँछौं भन्नु हावादारी गफबाहेक केही होइन । स्विट्जरल्यान्डजस्तै बनाउँछु भनेर कस्सिए पनि दश वर्षमा त नेपालमा स्विट्जरल्यान्डको जस्तो सडक पनि बन्न सक्दैन,’ फिलिपले भने ।

सेर्ज आमुस नेपालमा लामो समयसम्म काम गरेका अर्का स्विस नागरिक हुन् । उनले पनि नेपालका झन्डै सबैजसो नेता भेटे । गिरिजाप्रसाद कोइरालादेखि माधव नेपाल, सुजाता कोइरालादेखि माओवादीका धेरै नेता । तर, उनले नेपाल बनाउने दृष्टिकोण भएको नेता एक जना मात्रै भेटेछन्, दावा शेर्पा । यी महिला सभासद्मा आफ्नो देश कस्तो बनाउनुपर्छ भन्ने प्रचुर ज्ञान भएको बताउँदै थिए उनी । बाँकि नेताले खाली आश्वासन मात्रै दिने गरेको सेर्जले पनि बताए । ‘नेपाल यति सुन्दर देश छ, आफैंमा । किन बनाउने स्विट्जरल्यान्ड ? राम्रो बनाउन सके नेपाल स्विट्जरल्यान्ड भन्दा पनि सुन्दर बन्छ,’ उनले भने ।

फिलिपका विचारमा नेपालका कठिनाइ के हुन् ? युरोपबाट के सिकेर नेपालको आफ्नो यथार्थताअनुसार व्यवहारमा उतार्न सकिन्छ ? युरोपको प्रविधि र अक्किलबाट के–के सिक्न सकिन्छ ? कस्तो खालको लगानी र सीप भित्र्याउन सकिन्छ ? नेपालले सोच्नुपर्ने यो हो । नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भनेर जनतालाई भन्नु सिधै ढाँट्नु हो । दूरदर्शी, कर्मशील, विचारवान नेताले यस्ता हावादारी गफ दिँदैनन् । ‘नेपालको सबैभन्दा तगडा, वर्षौं देश हाँक्ने भनेका नेता यस्ता हावादारी आश्वासन पो दिने रहेछन्,’ फिलिपले भने ।

सेर्जको अनुभवले भन्छ, पञ्चायतको पालादेखि नै नेपाली नेताहरूलाई ढाँट्ने, आश्वासन दिने र छल्ने बानी परेको छ । स्विस विशेÈज्ञहरूसित पूर्वको दोलखा, सिन्धुपाल्चोकमा शिक्षाको परियोजना लिएर सन् १९७०, ८० को दशकमा उनी जाँदापनि नेपाली नेता त्यस्तै थिए । स्विसहरू स्कुल बनाउँथे । विद्यार्थी नभएपछि स्थानीयका घर–घरै गएर विद्यार्थी खोज्थे । तर, नेपाली प्रशासकहरूचाहिँ हाजिर गरेर सदरमुकाममै बस्थे । रिपोर्टमा मात्रै यति स्कुल र उति स्कुल बन्यो भनेर लेख्ने गर्थे । मन्त्री, सांसदहरू घोडा वा हेलिकोप्टर चढेर यस्सो पुग्थे । भाषण ठोक्थे । फूलमाला पहिरिन्थे । तिनलाई वास्तविक परिवर्तनसित खासै वास्ता भएन । हाजिरीकापीमा, रिपोर्टमा सबै तयार हुन्थ्यो । वास्तविकतामा शून्य । यस्तै छलछामले दाता खुसी भएनन् । पञ्चायत गयो । बहुदलीय व्यवस्था बदनाम भयो । ‘यस्तै पारा हो भने अहिलेकाले पनि डुबाउँछन् देश । ढाँटछल र आश्वासनकै भरमा मुलुक बन्दैन,’ सेर्जले भने ।

फिलिपले के देखे भने माओवादीका नेताद्वय प्रचण्ड र भट्टराई स्विट्जरल्यान्ड आएका बेला माओवादी कार्यकर्तामा छुट्टै रौनक थियो । ती मेला लागेझैं, आफ्नै बिहेमा रमाए झैं दगुरादगुर गर्दै थिए । खानपिन, गाडी, भेटघाटको चटारो थियो । तिनले भगवानझैं व्यवहार गरेका थिए । ‘नेपाली टोपी लगाएका कार्यकर्ता हजुरका हजुर लगाउँदै थिए । त्यो देखेर हामी स्विसहरू जिल्ल पर्‍यौं, नेपालमा जुन पार्टी, सरकार, जस्ता नेता होऊन् चाकरी कहिल्यै हट्ने रहेनछ,’ फिलिपले सुनाए । तर, उनको विचारमा प्रचण्डका ती भनाइले नेपाललाई नै घाटा परेको छ । स्विस सरकार विकास र परिवर्तनबारे ज्यादै अनुभवी र चनाखो छ । यस्ता बोली सुनेपछि हाम्रो सरकारले झन् विश्वास गर्दैन । विगतमा दुरुपयोग भएको स्विस सहयोग अब यसरी हावादारी योजना सुनाउने नेतालाई कसरी विश्वास गरेर जारि राख्छ ? विगतको सम्बन्ध नतोडियोस् भनेर चारो त ङ्खया“किरहला जुन सरकार आए पनि । तर, मुलुक बनाउलान् भन्ने विश्वास त स्विस सरकारले पक्कै नगर्ला ।’

(गत बुधवारको जन आस्था साप्ताहिकमा प्रकाशित )

तपाइँको प्रतिक्रिया